Showing posts with label श्रीस्वस्थानी. Show all posts
Showing posts with label श्रीस्वस्थानी. Show all posts

Sunday, January 29, 2017

स्वस्थानी व्रतकथा, भाग – १८ (सात वर्षकी अन्जान बालिकालाई महादेवको श्राप)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तपाईंलाई मैले स्वर्गको र पातालको कुरा कहेँ । अब मर्त्यलोकका कुरा पनि कहन्छु । ध्यान लगाएर सुन्नुहोस् । मर्त्यमण्डलको दक्षिणपट्टि ब्रह्मपुर नामको एक नगर छ । त्यो ठाउँमा वेदपुराणादि धर्मशास्त्रहरूको अभ्यास गर्दै ब्राह्मणहरू आफ्ना स्वधर्मको नियमपूर्वक पालना गरी बसेका थिए । ती मध्ये शिवभट्ट नाम गरेका एकजना अतीव गरिब ब्राह्मण पनि थिए । कस्तै दुःख भए पनि तिनलाई कुनै कुरामा लोभ र मोह भने थिएन । कस्तै दुःख भएपनि आफ्नो ब्रह्मकर्म छोड्दैनथे । अर्कालाई दुखाएर कहिल्यै बोल्दैनथे । तिनकी ब्राह्मणीको नाम सती थियो । यी दम्पतीको एकआपसमा ज्यादै प्रेम थियो । धनसम्पत्तिको साह्रै कमजोरीले गर्दा दुःख पाएका शिवभट्टले आफ्नी स्त्रीसित एकदिन भने – 'हे प्रिये ! हामी साह्रै गरिब भयौं । धनसम्पत्तिको अभावले बुढेसकालमा झन् दुःख पाइएला । त्यसो हुँदा सम्पत्ति प्राप्त गर्नका निम्ति हामीले सिद्धिगणेशको सेवा गरौं ।'

यी कुरा सुन्दा सतीका मनमा आनन्द लाग्यो र दुबैले सात–सात दिनमा आउने मङ्गलवारै पिच्छे विहान चाँडै उठी गणेश मन्दिरमा पुगी श्रद्धा र भक्ति पुर्याई गणेशको सेवा गर्न लागे । एकत्व भई दशवर्ष जति सेवा गरेपछि सिद्धि विनायकले प्रत्यक्ष दर्शन दिई 'हे द्विजदम्पती ! तिमी दुईले गरेको सेवाले म सन्तोष भएँ । जो इच्छा छ वरदान माग' भन्नुभयो । यो सुनी शिवभट्टले साष्टाङ्ग दण्डवत् ढोग गरी हात जोडी भने – 'हे पार्वतीनन्दन ! यो जन्मका निम्ति पूर्वजन्ममा मैले केही कमाएको रहेनछु, जसले गर्दा आज मैले सम्पत्तिको साह्रै कङ्गाल भएर दुःख पाइरहेको छु । यसकारण हे प्रभु ! सम्पत्तिका इच्छाले मैले हजुरको सेवा गरेको हुँ ।' ब्राह्मणको आशय बुझी सिद्धिविनायकले भन्नुभयो – 'हे शिवभट्ट ! अब आउँदो मङ्गलवारका दिन विहानीपख यहाँ आएर सधैं झैं मेरो पूजा गर्नू । त्यसबेला तिमीहरू दुबैले मेरा मूर्तिका सामु केही देख्नेछौ । त्यो आफ्ना घरमा लगेर तसलामा राखेर माथिबाट तसलैले छोपिदिनु । त्यसलाई चारदिनपछि उघारेर हेर्नु । सुन भइराखेको भेट्टाउनेछौ । त्यसपछि तिमीहरू सुखी होउला ।' गणेशले यो वरदान दिई अन्तर्धान हुनुभयो । ती द्विजदम्पतीले पनि गणेशलाई साष्टाङ्ग प्रणाम गरी मनमा आनन्द मान्दै घर फर्किए ।

पर्खंदा पर्खंदा मङ्गलवार आइपुग्यो र गणेशको आज्ञाअनुसार सिद्धि विनायकका मन्दिरमा गएर शिवभट्ट ब्राह्मणका पतिपत्नीले सधैं झैं श्रद्धाभक्तिपूर्वक पूजा गरे । त्यसै बखतमा गणेशका मूर्ति आगाडि एउटा लड्डु देखा पर्यो । ती ब्राह्मणब्राह्मणीले खुसी हुँदै त्यो लड्डु बोकी घरमा लगेर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि तसला झिकी लड्डु राखेको तसलामा हेर्दा त्यहाँ त सुनको लड्डु भएको देखे । अनि खुसी हुँदै त्यसलाई बडो जतन गरी राखे । त्यसपछि आज भन्दै भोलिभन्दै ती ब्राह्मण/ब्राह्मणी अतुलनीय सम्पत्तिवान् भई सुखी भए । घरघर गएर भिक्षा मागी खाने शिवभट्ट ब्राह्मणले अब हुनेखाने भएपछि एकदिन आफ्नी पत्नीसित भने – 'हे सती ! पूर्वजन्ममा हामीले कुनै दानपुण्य नगरेकाले यो जन्ममा दरिद्र भई दुःखका दिन बिताउँदै थियौं । भाग्यवश सिद्धिविनायकका कृपाले आज हामी धनी र सुखी छौं । हामीले कर्तव्य बिर्सनु हुँदैन । अब यस जन्ममा धेरै दानधर्म गरौं । पतिका कुरा सुनी ब्राह्मणी ज्यादै खुसी भइन् र दुबै स्त्रीपुरुषले नित्य गङ्गास्नान गरी, हरिहरको पूजा गरी सुवर्णादि द्रव्य दान पनि गर्न लागे । जति धर्म गर्यो सम्पत्ति पनि बढ्दै गयो ।

यो देखी एकदिन ब्राह्मणले आफ्नी ब्राह्मणीसित भने – 'हे सती ! हाम्रा सन्तान छैनन् । अब बुढ्याइँले छोयो । यो सम्पत्ति बढाएर मात्र के गर्नु ? भरे यसको रक्षा र उपभोग गर्ने हाम्रो कोही छैन । यसकारण सन्तान प्राप्तिका निम्ति फेरि सिद्धिविनायकको सेवा गरौं ।' पतिका यस्ता कुरा सुनेर सतीले 'हवस् । त्यसै गरौं' भनिन् । त्यसपछि अघि झैं प्रत्येक मङ्गलवारका दिन एकाबिहानै गणेश मन्दिरमा गई दुबैजनाले भक्तिपूर्वक सिद्धिगणेशको सेवा गर्न लागे । ती दुईबाट यसरी सेवा भएको देखी गणेश सन्तोष भई दर्शन दिई 'हे शिवभट्ट ब्राह्मण ! हे सती ब्राह्मणी ! तिमीहरूका सेवाबाट म सन्तुष्ट भएँ । इच्छाअनुसारको वरदान माग' भनी आज्ञा गर्नुभयो । तब दुबै ब्राह्मणब्राह्मणीले अञ्जली बाँधी 'हे गजानन ! हजुरका कृपाले हामीलाई परिपूर्ण सम्पत्ति भयो, तर त्यसको रक्षा गरिदिने कोही नभएकाले हामीले सन्तान पाऊँ ।' भनी बिन्ती गरे । द्विजदम्पतीका यी कथन सुनी सिद्धिगणेशले भने - 'हे ब्राह्मणब्राह्मणी ! आउँदो मङ्गलवारका दिन यसैगरी यहाँ आएर मेरो पूजा गर्नू । त्यसबेलामा एउटी गौ आएर तिमीहरूका मुखमा आएर हेरी रहनेछिन् । तिमीहरूले त्यो गाईको मुख हेरी पूजा गर्नू । केहीबेरपछि ती गाईले गोब्र्याउनेछिन् । त्यो गोबरलाई भुइँमा खस्न नपाउँदै हातमा थाप्नु र घरमा लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनू । चारदिनपछि उघारेर हेर्नू । त्यो गोबरबाट एउटी कन्यारत्न उत्पत्ति भइरहेकी हुनेछिन् । तिमीले पूर्वजन्ममा नराखेकोले यो जन्ममा तिमीलाई पुत्र भने लेखिएको छैन ।' गणेशले यत्ति आज्ञा गरेपछि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी हर्षले गदगद हुँदै गणेशलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना घर फर्किए । सिद्धिदाता गणेश पनि उनीहरूभन्दा अघि नै अन्तर्धान हुनुभयो ।

त्यसको सातौं दिन जब मङ्गलवार आयो, बिहानै उठी, स्नान, सन्ध्या सकी पूजाको सामग्री लिएर शिवभट्ट ब्राह्मण स्त्रीसहित भएर सिद्धिविनायकको मन्दिरमा गए । वहाँ पुगी सिद्धिविनायकको पूजा गर्न लाग्दा एउटी गाई आई ती दुबैका मुखतिर हेरिरहिन् । गणेशको पूजा सकिएपछि ती दुबैले गाईलाई प्रणाम गरे । त्यसै बखतमा गाईले गोब्र्याइन् । त्यो गोबरलाई भूमिमा गिर्नुभन्दा अगावै शिवभट्ट ब्राह्मणले हातमा थापे । त्यसपछि गौ र सिद्धिविनायकलाई परिक्रमा गरी प्रणाम गरी ती दम्पती घर गए । गणेशका आज्ञाअनुसार त्यो गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि छोपेको तसला उघारेर हेर्दा अर्का तसलामा भएको गोबरबाट नवजात कन्या उत्पत्ति भइरहेकी देखे । ती कन्या कस्ती थिईन् भने बालसूर्यको जस्तो झल्झलाकार तेज भएकी, पूर्णिमाका चन्द्रजस्तो मुखमण्डल भएकी, वासुकी नागका शरीरजस्ता हातगोडा भएकी, बाघका झैं कम्मर भएकी, हात्तीको सुँड जस्तो जङ्घा भएकी, यस्ती अपूर्व सुन्दरी कन्यालाई देखी ती ब्राह्मणब्राह्मणीले अत्यन्त खुसी हुँदै तसलाबाट झिकी सुरक्षित साथ लालनपालन गर्न लागे ।

ती बालिकालाई पियाउने दूध भएन र आउँदो मङ्गलबार विहान सिद्धिविनायकका मन्दिरमा गई अघिका झैं पूजा र प्रार्थना गरे । गणेशले प्रसन्न भई दर्शन दिएर 'हे शिवभट्ट ! हे सती ! तिमीहरू दुबै ब्राह्मणब्राह्मणीलाई के को इच्छा छ भन' भनी आज्ञा भयो । तब शिवभट्ट ब्राह्मणले अघिसरी बिन्ती गरे – 'हे विनायक ! हजुरका कृपाद्वारा सन्तान प्राप्त भयो, तर त्यसलाई खुवाउन पियाउन दूध नहुँदा निवेदन गर्न आएका छौं ।' ब्राह्मणका यी कुरा सुनी सिद्धिविनायकबाट 'मैले त्यो बालिकालाई दूध दिएँ, घर जाँदा हुन्छ' भन्ने आज्ञा भयो । सती ब्राह्मणीले आफ्नो स्तन निचोरी हेर्दा दूध आयो र दुबैले गणेशलाई साष्टाङ्ग प्रणाम गरी खुसी हुँदै घरमा पुगे । पुग्नासाथ सती ब्राह्मणीले बालिकालाई दूध चुसाएर स्याहारसुसार गर्न लागिन् । सीताजीको उत्पत्ति हुँदा राजा जनकलाई जुन आनन्द भएथ्यो, शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीलाई पनि त्यस्तै आनन्द प्राप्त भयो । जातक कर्म, छैठी कर्म गरी जब एघार दिन भयो, अनि वेद पढेका विद्वान् ब्राह्मणहरू डाकी आफ्ना शक्ति अनुसार शास्त्र र कुलाचारका आधारमा सूतकशुद्धि (न्वारान) कर्म गराए । गुरु पुरोहितले भने – 'हे शिवभट्ट ! तपाईं धन्य हुनुहुन्छ । यी बालिका धेरै भाग्यशाली छिन्, सम्पूर्ण लोकले मान्नेछन् । गाईका गोबरबाट उत्पत्ति भएकीले यिनको नाम गोमा भयो । यो नाम लोकमा प्रख्यात हुनेछ । यिनलाई सबैले सधैं सम्झनेछन् ।' शिवभट्ट ब्राह्मणले पनि गुरुहरूका आशीर्वादरूपी वचन सुनेर खुसी भई उहाँहरूलाई श्रद्धापूर्वक भोजन र दक्षिणाले सन्तुष्ट गराएर विदा दिए । गुरुहरू पनि आआफ्ना आश्रममा गए । 

हे अगस्त्य मुनि ! तहाँउप्रान्त गोमा बालिका शुक्लपक्षका चन्द्रमा झैं बढी पाँच वर्षकी हुन पुगिन् । एकदिन उनका बाबाआमाले 'हे छोरी गोमा ! हामी गङ्गास्नान गरी आउँछौं । तैंले पूजाको सामान तैयार गरी अक्षता पनि केलाई राखेस्' भनी अह्राई ती दुबै स्त्रीपुरुष गङ्गाजीतर्फ गए । उनीहरूको नित्य गङ्गामा जाने र वहाँ गएर स्नान गरी हरिहरको पूजा र सुवर्ण, वस्त्र र अन्न आदि दान गरेर आउने नियम थियो । ती दुई ब्राह्मण दम्पतीका यस्ता सत्कर्मका पुण्य प्रभावले गर्दा अमरावती कम्पायमान हुन लाग्यो । यो देखेर डराएका इन्द्रादि तेत्तीस कोटि देवताहरू कैलाश पर्वतमा पुगी महादेवका शरणमा गई बिन्ती गर्न लागे – 'हे स्मरहर ! मर्त्यमण्डलका दक्षिणकोणमा ब्रह्मपुर नामको एउटा नगर छ । त्यहाँ शिवभट्ट र सती नाम गरेका एक जोडा ब्राह्मण दम्पती छन् । ती दुई स्त्रीपुरुष मिली हजुरका पुत्र गणेशको सेवा गरेर उनलाई रिझाई अनगिन्ती धनसम्पत्ति पाएका छन् । ती ब्राह्मण दम्पत्तिले त्यो धनलाई पुण्य कमाउने काममा लगाए । तिनले नित्य गङ्गामा गएर स्नान गरी हरिहरको पूजा गरी सुवर्णादि दान गरेर मात्र घरमा आउने नियम बनाएका छन् । हे प्रभु ! तिनीहरूले गरेका दानधर्मका प्रभावले अमरावती हल्लियो । हे करुणावतार ! ती ब्राह्मणले गणेशका वरप्रसादले सम्पत्ति पाए पनि सन्तान पाएका थिएनन्, तर फेरि पनि गणेश प्रसन्न हुनुभई बत्तीसै लक्षणले युक्त भएकी, परम तेजस्वी, अत्यन्त सुन्दरी एक पुत्रीको पनि वरदान दिनुभयो । हे परमेश्वर ! अब हजुरबाट हाम्रो रक्षा नभएमा हामी अमरावतीबाट पतन हुनेछौं । हे नाथ ! अब हाम्रो उद्धार गरिबक्सियोस् ।' यो सुनी महादेवले देवताहरूलाई आश्वासन दिनुभयो - 'हे इन्द्रादि देवता हो ! म रक्षा गरुँला । तिमीहरू निर्धक्क भएर अमरावती फर्क ।' महादेवको आज्ञा सुनी खुसी हुँदै इन्द्रादि देवताहरूले 'हवस्' भनी साष्टाङ्ग प्रणाम गरी आआफ्ना लोकतर्फ फर्किए ।

देवताहरू गएउप्रान्त महादेवले इन्द्रको रक्षाका निम्ति जटाको मुकुट बनाई, भिक्षुकको रूप लिई, शरीरभर भष्म लेपन गरी, बायाँ हातमा त्रिशूल लिएर, दायाँ हातले डमरु बजाउँदै शिवभट्ट ब्राह्मणका घरमा भिक्षा माग्न पुग्नुभयो । त्यसबखतमा गोमा पूजाका निम्ति अक्षता केलाउँदै थिईन् । महादेवले पनि बलेंसीमा उभिई 'अलख निरञ्जन' भनी अलख जगाए । भित्रबाट गोमाले 'हे भिक्षुक ! मेरा बाबा महतारी गङ्गा स्नान गर्न जानुभएको छ । म पनि पूजाका अक्षता केलाउन थालेकी छु । यसकारण भिक्षा दिने अर्को छैन । एकैछिन पर्खनुहोला । म छिटो आउनेछु' भनी पर्खाएर थोरै वेरपछि भिक्षा लिएर दैलाका बाहिरपट्टि सिकुवामा आईन् र भनिन् 'हे भिक्षुक ! अक्षता केलाउन लाग्दा ढिलाई हुन गयो । यो भिक्षा लिनुहोस् ।' भिक्षुकरूपी महादेवले भन्नुभयो – 'हे बालिके ! द्वारमा आएर अलख जगाउने भिक्षुक, योगी, सन्यासीलाई पर्खाउने तेरा पितृकुलको कुन धर्म हो ? अघि तैंले केलाएका पूजाका अक्षता दिए लिन्छु, तर यो तैंले दिन ल्याएका भिक्षा मलाई चाहिँदैन ।' भिक्षुकको कुरा सुनी बालिका गोमाले पनि मुख फर्काइन् र भनिन् – 'लिने भए यही भिक्षा लेऊ । मेरा बाबाले पूजा गर्नका निम्ति मैले केलाएका अक्षता भने म दिन्न ।'

हे अगस्त्य मुनि ! धन सम्पत्तिका मदले मात्तिएर शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले कर्तव्य बिर्सिएर पतन हुँदै जालान् भन्ने विचारले भएभरका कुरा थाहा हुँदाहुँदै पनि लोकलाई आफ्नो महिमा बुझाउनका निम्ति भिक्षुकरूपी महादेवले गोमा कन्यासित भन्नुभयो – 'हे ब्राह्मण कन्या ! तैंले आफ्ना अहङ्कारले गर्दा मैले मागेको भिक्षा दिइनस् । अब म तँलाई चारवटा श्राप दिन्छु । तेरो सातवर्षको उमेर हुँदा सत्तरी वर्षका बुढासित बिहे होस् । सिद्धिविनायकका कृपाले पाएको तेरा बाबामहतारीका सम्पत्तिको नाश होस् । तैंले नाना प्रकारका दुःख भोग्नु परोस् । तेरा बाबाआमाको तँबाट छिट्टै बिछोड होस् ।' यत्ति भनी भिक्षुकरूपी महादेव त्यहाँ नै अन्तर्धान भई कैलाशमा पुग्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमाकन्या-श्रापप्राप्तिर्नामैकोनविंशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Saturday, January 28, 2017

स्वस्थानी व्रतकथा, भाग – १७ (विष्णुले बन्नुपर्यो - झार, घाँस, रूख र ढुङ्गो)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! यता युद्धभूमिबाट महादेवले विष्णुलाई विदा दिएर वृन्दा कहाँ पठाएउप्रान्त जालन्धरसँग युद्ध गर्न लाग्नुभयो । त्यहाँ दुवैतर्फबाट घोर घमासान सङ्ग्राम पर्न गयो । उता विष्णुले वृन्दाको पतिव्रता धर्म नष्ट गरिसकेका कारण शक्ति क्षीण हुन गएका जालन्धर युद्ध गर्न नसकी आकाशमा गएर मायायुद्ध गर्न लाग्यो । महादेवले पनि आकाशमा नै गई युद्ध गर्दा जालन्धरलाई बलहीन हुँदै गएको थाहापाउनु भयो । त्यसपछि 'अव त विष्णुले वृन्दाको सत्यलाई नाश गरिदिनुभएछ' भन्ने बुझी महादेवले आफ्ना दाहिने हातमा लिएको त्रिशूलले जालन्धरको छातीमा ताकी, तीनै आँखाबाट आगाको ज्वाला निकाली, क्रोधले पूर्ण भएर प्रहार गर्नुभयो । त्यो त्रिशूल सिधै गएर जालन्धरका छातीमा लाग्यो । जसका चोटको वेदना सहन गर्न नसकी जालन्धरका प्राणपखेरू उडे र अन्तःपुरको चोकको मध्यभागमा ठूलो आवाजकासाथ उसको प्राणरहित देह गिर्न पुग्यो । त्यस्तो डरलाग्दो आवाज अकस्मात् सुनेपछि 'के को शब्द हो ?' भनी दगुरेर चोकमा पुग्दा वृन्दाले आफ्ना स्वामीको मृत शरीरलाई देखिन् । यो देखेर वृन्दाले अनेक तरहका रोदन र विलाप गर्दै भन्न लागिन् – 'हे स्वामी ! मलाई यो अवस्थामा एक्लै छाडी हजुर कहाँ गइबक्सियो ? पापिष्ठ विष्णुका छलले गर्दा आज मैले हजुरलाई यो स्थितिमा देख्नुपर्यो । हजुरविना अब मेरो प्राण कसरी टिक्ला ? हे प्राणनाथ ! हजुर जहाँ जानुभयो म पनि त्यहीं आउँछु ।' यत्ति भनी कपाल फिँजाई विष्णुतिर फर्किएर रुँदै र अलापविलाप गर्दै रिसाएर भन्नलागिन् – 'हे विष्णु ! तिमीले छलकपट गरी मेरो पतिव्रता धर्म डगाइदियौ, जसले गर्दा आज मेरो स्वामीको यो अवस्था भयो । तिमीले झार हुनुपरोस्, तिमीले घाँस हुनुपरोस्, तिमीले रुख हुनुपरोस्, तिमीले ढुङ्गा हुनुपरोस्, यत्ति चारवटा श्राप मैले तिमीलाई दिएँ ।' तहाँउप्रान्त विष्णुलाई यति चार किसिमका श्राप दिई उनी पनि जालन्धरकासाथ सती गएर प्राण त्याग गरिन् ।

हे अगस्त्य मुनि ! पतिव्रताले दिएको श्राप विष्णुलाई लाग्न गयो । झार हुनुपरोस् भनेकोमा तुलसी, घाँस हुनुपरोस् भनेकोमा कुश, रुख हुनुपरोस् भनेकोमा पिपल र ढुङ्गो हुनुपरोस् भनेकोमा शालिग्राम हुनुपर्यो । यसकारण तुलसी, कुश, पिपल र शालिग्रामलाई विष्णुको रूप मानी पूजा गर्नाले साक्षात् ईश्वर नारायणको पूजा हुन्छ । पतिव्रता नारीको ठूलो महिमा छ, त्यस्तै पत्नीव्रताको पनि । पतिव्रता धर्म भनेको ठूलो धर्म हो, त्यस्तै पत्नीव्रता धर्म भनेको पनि ठूलो धर्म हो । पत्नीव्रता तथा पतिव्रताले दिएको आशीष होस् वा श्राप तत्काल लाग्छ । त्यसैले यदि स्त्री पुरुष आफ्नो धर्ममा बस्छन् भने उनीहरूलाई सम्पूर्ण ब्रह्माण्डका मालिक महादेवै आएपनि कसैले केही पनि गर्न सक्दैन । यसको उदाहरणका रूपमा जालन्धर र वृन्दालाई लिन सकिन्छ । यसरी पतिव्रता वृन्दाका श्राप पाई महादेवसित गई विष्णुले सारा वृत्तान्त भन्नुभयो र अब वृन्दाको श्रापलाई मोक्ष गर्न जान्छु भनेर ठूलो पश्चात्ताप मान्दै विष्णु गएर तुलसी, कुश, पिपल र शालिग्राम भएर अहिलेसम्म त्यही रूपमा रहिरहनु भएको छ । तहाँउप्रान्त विष्णु गएपछि आफू महादेव पनि साँढेमाथि चढी, ब्रह्मादि देवता अघिपछि लगाई ढोल, मादल, नगरा, तुरही आदि बाजा बजाई हिँडेका गणमा पछिपछि अप्सराहरूले नाच्दै र गन्धर्वहरूले गाउँदै, फूल र अवीरको वर्षा गर्दै, ठूलो उत्सवका साथ विजययात्रा गरी कैलाशमा आइपुगी मुख्यद्वारबट प्रवेश गरी भूत, प्रेत र प्रमथगणले सहित भई शिवशक्ति स्वरूपले रहनुभयो । साथमा आएका ब्रह्मादि देवताहरू पनि महादेवसित विदा भई आआफ्ना लोकमा गई परम आनन्दका साथ रहँदा भए ।

हे अगस्त्य मुनि ! यहाँसम्म स्वर्गपट्टिका कथा सुनाएँ । अब पातालपट्टिका कथा सुनाउनेछु । सबै श्रोता सहित तपाईले ध्यानपूर्वक सुन्नुहोला । कुनै एक समयमा पार्वतीको आज्ञाअनुसार अश्वत्थामा ऋषि सप्तपातालहरू मध्येको रसातल नाम गरेको लोकमा पठाइएका थिए । यो कुरा मैले तपाईंलाई चौधौं अध्यायमा सुनाएको थिएँ । रसातललाई उनले कस्तो देखे भने सूर्यको जस्तो ज्वाज्वल्यमान तेज भएको, अनेकौं रत्नहरू जडिएर निर्माण गरिएको, सुवर्ण नै सुवर्णले बनिएको र त्यसमा अरु धेरै सम्पत्ति भरिएको शेषनाग, तक्षक नाग, कर्कोटक नाग, पद्म नाग, शङ्खपाल नाग, कुलिक नाग, वरुण नागहरूले वास गरेको, नगिनीहरूले पनि हिरा, मोती, मणिमाणिक्यादि जडिएका आभूषण लगाइएको, रङ्गिविरङ्गी उत्तम/उत्तम वस्त्र पहिरी ऊभन्दा ऊ राम्री, ऊभन्दा ऊ झन् राम्री भएर रहेका, यस्ता यस्ता सुन्दर महल, उद्यान, सरोवर र नागनगिनी भएका सुन्दर पुरीमा उनी पुगी शेषनागका दरवारमा गए । अतिथि आएको देखी शेषनागले स्वागत गरी उच्च आसनमा बसाली सम्मानपूर्वक पाद्य, अर्घ्य आदि दिई नैवद्य भेटी चढाए । यस्ता किसिमले उच्च सम्मान पाएका अश्वत्थामाले भने – 'हे शेषनाग ! अहिले म सिधा कैलाशबाट आउँदैछु । भगवती पार्वतीको आज्ञा लिएर म यहाँ आएको हुँ । 'यहाँ जो दुःखी छन्, जो रोगी छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक रोगका कारण अशान्त छन्, ती सबलाई स्वस्थानी परमेश्वरीको व्रत गराई उद्धार गर्नू' भन्ने माता पार्वतीको आज्ञा छ । यहाँ कोही त्यस्ता छन् भने मलाई बताउनुहोस् ।' ऋषिको आशय बुझेपछि शेषनागले भने – 'हे अश्वत्थामा ऋषि ! माता पार्वती धन्य हुनुहुन्छ । आफ्ना सन्तानको कल्याण सम्झिई तपाईंलाई पठाउनुभएको रहेछ ।' यति भनी धेरै टाढामा रहेको एउटा ठूलो वनतिर औंल्याउँदै शेषनागले फेरि भने – 'हे गुरु ! ऊ त्यो परको ठूलो वनको नजिकमा शङ्खचूड नाग, कृपादत्त नाग र धार्तराष्ट्र नागहरूका स्त्रीहरू दुःख पाएर बसेका छन् । त्यहाँ गएर तिनको उद्धार गराई दिनुहोस् । यहाँ मेरा छेउछाउमा धनका दरिद्री ता कोही छैनन्, तर मनका दरिद्री भने निकै छन् । तिनलाई पनि म तपाईंका कुरा सुनाउँला । लुला, लङ्गडा, काना, खोरण्डा, रोगी र लोभीहरू पनि कोही भेटे म तपाईंलाई खबर गरुँला ।'

शेषनागका यति कुरा सुनिसकेपछि अश्वत्थामा ऋषि पनि दुःख पाएका नगिनीहरूको वास पहिल्याउँदै त्यता लागे । शङ्खचूड नागकी स्त्री हीरावती, रत्नचूड नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री मृगावतीहरू पतिपत्नीमा ठूलो प्रेमप्रीति गरी बसेका थिए । तर दिन काल र दैव दशाले गर्दा ती नागनगिनीहरूले असाध्यै दुःख र कष्टका दिनहरू खेप्नुपर्यो । कुनै दिन ठूलो सुख र ऐश्वर्यमा रहेर आज ठूला दुःख र कष्टका दिन देख्नुपरेकोले घरमा अडिन नसकेर शङ्खचूड, कृपादत्त, धार्तराष्ट्र नागहरू घरको दुःख टार्न र आफ्ना स्त्रीहरूलाई सुख दिलाउन सकिन्थ्यो कि भन्ने मनसुवा गरी धन आर्जन गरेर ल्याऊँ भनी सल्लाह गरी परदेश गएका थिए । यसरी घर छोडी गएका पतिहरू कहिले धन लिएर आउलान् भनी नगिनीहरू दुःखका दिनहरू बिताई आआफ्ना घर रुँगेर बसिरहेका थिए । धेरै दिनकाल बितिसक्दा पनि पतिहरू नआएकाले तीनैओटी नगिनीहरू 'अब कसो गरौं ? कता जाऊँ ? पतिहरूको खबर कसरी बुझौं ?' भनी मानसिक चिन्ताले दुःखी भएर घरछाडी वनमा आएर बसेका पनि बाह्र वर्ष बितिसकेको थियो । एकातिर पतिहरू नआइपुगेका र अर्कातिर झन् भन्दा झन् दुःख पाउँदै गएकाले हाड र छाला मात्र भएका नगिनीहरू साह्रै विह्वल भएका थिए । यता शेषनागले देखाएका वनमा जाने बाटो लिई दुःखका सागरमा डुबेका नगिनीहरूलाई खोज्दै, बोलाउँदै, अश्वत्थामा ऋषि बल्लतल्ल त्यहाँ पुगे । टाढैबाट कोही बोलाउँदै आएका सुनी नगिनीहरू आफ्ना गुफाबाट बाहिर निस्की कोही ऋषि आएको देखी वस्त्रले ढाकेको शिर झुकाई प्रणाम गरेर सोधे – 'हे महात्मन् ! आज हामी दुःखिनीहरूका गुफामा पाइलो पारिदिन कताबाट के कामले कष्ट गर्नुभयो ?' यो सुनी अश्वत्थामा ऋषिले भने – 'हे नगिनी हो ! म अश्वत्थामा ऋषि हुँ । जगज्जननी पार्वती माताको आज्ञापछि संसारमा जो दुःखी छन्, जो रोगी छन्, जो दरिद्री छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक व्यथाले पीडित छन् त्यस्तालाई स्वस्थानी परमेश्वरीको विधि र नियमपूर्वक व्रत गराई तिनको उद्धार गर्न आएको हुँ '

हे अगस्त्य मुनि ! अश्वत्थामाका मुखारविन्दबाट दया, धर्म र प्रेमले भरिएका अति मीठा वाणी सुनेर नगिनीहरूले मनमा आनन्द मानी आसनमा बसाई – 'हे ऋषेश्वर ! हामी दुःखी पनि छौं, दरिद्री पनि छौं, पापिनी पनि छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन् ' भनी 'आफ्ना पतिहरू परदेश गएका, आफूहरूले दुःख पाएको, घर छोडी वनमा आएर दिन विताउँदै गरेको' कुरा बताए । तिनीहरूको कुरा सुनेर हृदयभित्रबाट दया गर्दै अश्वत्थामा ऋषिले भने 'हे नगिनीहरू हो ! अब तिमीहरूको अवश्य कल्याण हुनेछ । पतिहरू आइपुग्नेछन् । अनि सुखका दिन फर्किनेछन् । अब तिमीहरू एकचित्त भई सुन । सबैभन्दा पहिले अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले स्वस्थानी परमेश्वरीको व्रत गरी जगदीश्वर महादेवलाई स्वामीका रूपमा पाउनु भएको थियो । अब म तिमीहरूलाई यो पुण्यविधि सुनाउँदै जानेछु -'पौषशुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी, भोलिपल्ट पूर्णिमाका दिनदेखि सक्नेले नित्यस्नान गर्ने, अशक्त रोगीले पञ्च स्नान गरी शरीर र मनलाई शुद्ध राखी, एकभक्त र एकचित्त रही, हविष्य (होम गर्नाका लागि तैयार गरेका पदार्थहरू, व्रत यज्ञ आदिका अघिल्ला दिन उपासकले खाने सात्विक भोजनहरू, हविष्यान्न) भोजन गरी मेरा यिनै मनोकामना सिद्ध होउन् भन्ने भावना लिई, रिस, राग, छलकपट, द्वेष, जस्ता नराम्रा दोषहरू मनमा पस्न नदिई एक महिनासम्म नित्य मध्याह्नकालमा वालुवाको शिवलिङ्ग बनाई पञ्चोपचारले महादेवको पूजा गर्नू, गोबरको कुण्ड बनाई अर्घ्य दिनू, धूपबाती गर्नू, श्री स्वस्थानी परमेश्वरीको कथा एक/एक अध्याय गर्दै महिना दिनसम्म सुन्नू र जेजस्तो जुटाउन सकिएको छ पञ्चामृत, नैवद्य आदि कथाको प्रसादका रूपमा अरुलाई पनि बाँड्नू र आफूले पनि प्रसाद लिनू । यो नित्यको क्रम गर्दै लगेर माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी, नङले उधारेका अष्टोत्तर सय सग्ला अक्षता, अष्टोत्तर सय यज्ञसूत्र, अष्टोत्तर सय पान, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय नाना जातिका पुष्प आदि सगुनसमेत नाना उपचार तैयार गरी अष्टदल युक्त तामाका थालीमा राखेको आर्सीमा ॐकार लेखी त्यहीं नै श्री स्वस्थानी परमेश्वरीको षोडषोपचार विधिले पूजा गर्नू । सबैभन्दा पहिले गङ्गाजलले स्नान गराई पूजा प्रारम्भ गरी अरु पूजा उपचार नपुगे पनि श्रीखण्ड चन्दन, रक्तचन्दन, सिन्दूर, फलफूल, धूप, दीप, नैवद्य, वस्त्र, भेटी र अर्घ्य चढाउन नछुटाउनू । ध्यान गर्नू र श्री स्वस्थानी परमेश्वरीको 'ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।' मन्त्रको जप गर्नु अथवा पञ्चाक्षरी मन्त्र (ॐ नमः शिवाय) को जाप गर्नू । आरती, पुष्पाञ्जली र मन्त्र जपेर नमस्कार गरेर प्रसाद ग्रहण गर्नू । अर्पण गरिएका सबै प्रसादहरूबाट अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी, आठ वेलीपुष्प, सगुनसमेत झिकी आफ्ना पुरुषलाई दिनू, पुरुष नभए पुत्रलाई दिनू, पुत्र नभए मीतपुत्रलाई दिनू, मीतपुत्र पनि नभए आफ्नो नजिकका नातालाई दिनू र कोही नभए आफूले जुन मनोकामना लिएर व्रत लिएको हो सोही सिद्ध होस् भनी शाली नदी वा कुनै समुद्रमा मिसिन जाने जलाशय वा नदीमा लगी बहाइदिनू । आठ/आठका दरले छुट्याएर बाँकी रहेकामध्येबाट सय/सय चाहीँ आफूले लिनू । पूजा सकेका दिन साङ्गेका दिन त्यो रातभरि जागरण बसी भजन, कीर्तन र नाचगान गर्नू । भोलपल्ट नदी, तलाउ, मन्दिर, देवीस्थान वा देउरालीमा लगी फूलपाती सेलाउनू । यसो गर्नाले तिमीहरूको दुःख अवश्य नाश हुनेछ र हे नगिनीहरू हो ! तिमीहरूका पतिहरू पनि आइपुग्नेछन्, अनि तिमीहरूको इहलोकको जीवन धन र ऐश्वर्यले परिपूर्ण हुनेछ तथा मरणोपरान्त कैलाशलोकमा पुगी शिवसायुज्य मुक्ति प्राप्त हुनेछ । यसमा कुनै सन्देह छैन ।'

अश्वत्थामा ऋषिले यति भनिसकेपछि नगिनीहरूले अत्यन्त खुसी भई भने – 'हे गुरु ! हामी स्त्री जातिले तपाईंले भन्नु भए झैं पूर्ण गर्न सकौंला के ? बरु तपाईं आफै बसी यो पुण्यदायक पवित्र श्री स्वस्थानी परमेश्वरीको व्रत गराई हामी अभागिनीहरूको उद्धार गरिदिएर जानुहोला ।' यति भनी अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक आफ्ना घरमा लगी गुरु मानी राखे । केही समयपछि पौषशुक्ल चतुर्दशीको दिन आइपुग्यो र सो दिनदेखि व्रतको आरम्भ गराई एक महिना पूर्ण भएपछि माघशुक्ल पूर्णिमाका पवित्र तिथिमा पूजाका सम्पूर्ण सामग्री तैयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा गराई पूजाको विसर्जन हुनुअघि अश्वत्थामा ऋषिले भने – 'हे नगिनी हो ! अब अर्घ्य, ध्यान, जप, स्तोत्रको पाठादि गर ।' नगिनीहरूले पनि अह्राएअनुसार गरेर मनमनै प्रार्थना गरे - 'हे ईश्वरी ! हामीले गरेका पूजापाठबाट सन्तुष्ट हुनुहोस् । हामीलाई यो दुःखका सागरबाट पार गराई दिनुहोस् ।' एकचित्त र पवित्र मन गरी बसेका नगिनीहरूका भक्तिदेखि प्रसन्न भएकी श्री स्वस्थानी परमेश्वरी अकस्मात् हजार सूर्यको जस्तो तेज लिएर पूर्व दिशाबाट प्रत्यक्ष प्रकट हुनुभयो र 'हे भक्त हो ! तिमीहरूले गरेका अनुष्ठानबाट म सन्तोष भएँ, जे इच्छा छ, वरदान माग ' भन्नुभयो । परमेश्वरीको आज्ञा सुनी नगिनीहरूले 'हे माता ! हाम्रो दुःख र कष्टको नाश होस्, दुर्दिन जाओस्, हाम्रा स्वामीहरू चाँडै घर आइपुगून्' भनी वरदान मागे । परमेश्वरीले तिम्रो इच्छा पुगोस् भनी 'तथास्तु' भन्दै वरदान दिई अन्तर्धान हुनुभयो । जब नगिनीहरूले प्रसाद झिक्नै लागेका थिए, त्यसै बखतमा स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले नागहरू आइपुगे । नगिनीहरूले आफ्ना पतिहरूलाई धेरैपछि देख्न पाउँदा मनैदेखि हर्षविभोर भई 'धन्य ! धन्य ! श्री स्वस्थानी परमेश्वरी !' भनी चढाइएका प्रसादहरूबाट आठ अक्षता, आठ वेलीपुष्प, आठ रोटी, आठ सूत्र, आठ पान, आठ कुड्का सुपारी, सगुनसमेत आआफ्ना पुरुषहरूलाई दिई ढोगिदिए । अश्वत्थामा ऋषिलाई पनि श्रद्धापूर्वक भोजन दक्षिणा दिई सन्तुष्ट गराए । पूजामा आएका अरु पनि श्रद्धालु भक्तहरू, दुःखी, दरिद्री, पुरुष नहुने, स्त्री नहुने, सन्तान नहुने, अपाङ्ग, रोगी, शारीरिक मानसिक रोगले व्याकूल भएका र मनका दरिद्रीहरू सहितले श्री स्वस्थानी परमेश्वरी माताको प्रसाद पाएर सबै सन्तापहरूबाट दूर रही धन्य ! धन्य ! भए । यसरी लोकको उद्धार गराएर अश्वत्थामा ऋषि पनि नागनगिनीहरूसित विदा भई आफ्ना आश्रममा गए । नगिनीहरू पनि आआफ्ना स्वामीहरूका साथ त्यस दिनदेखि ठूलो ऐश्वर्य प्राप्त गरी परम आनन्दले रहन लागे । हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरी माताको महिमा अपरम्पार छ ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां नागलोके स्वस्थानी-व्रत-अनुष्ठान-वर्णनं नामाष्टादशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Friday, January 27, 2017

स्वस्थानी व्रतकथा, भाग – १६ (वृन्दाले गुमाईन् सतीत्व)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! हिमालयका उत्तरपट्टि रहेको मानसरोवरमा महादेव राजहंसका राजाभई असङ्ख्य हाँसका बथान साथमा लिएर जलक्रीडा गरिरहनु भएको थियो । त्यसै बखतमा विष्णुलाई साह्रै बेग गरी अकस्मात् आएको देखी 'हे विष्णु ! यस्तो बेगसित किन आउनुभएको ? तपाईंलाई कुन कुराको दुःखकष्ट आइपर्यो ?' भनी करुणावतार महादेवबाट आज्ञा भयो । भगवान् विष्णु पनि हतारसाथ गरुडबाट ओर्ली महादेवलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरी जालन्धरले पार्वतीलाई छल्न कैलाशमा गएको वृत्तान्त सुनाउनुभयो र 'हजुर झट्टै कैलाश सवारी होस्, म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म डगाई आउँछु' भनी बिन्ती गर्नुभयो । महादेवले विष्णुको कुरा सुनी राजहंसको रूपलाई छोडेर आफ्नो रूप लिई क्रोधले राताराता आँखा पारी भन्नुभयो – 'हे विष्णु ! म अब कैलाशमा जान्छु, तपाईं जालन्धरका घरमा गई त्यसकी पत्नी वृन्दाको धर्म डगाई आउनुहोस् । म त्यो पापी जालन्धरलाई नमारी छोड्ने छैन' यति भनी क्रोधले युक्त भई पाखुरा निमोठी त्यहाँबाट अन्तर्धान हुनुभई कैलाशमा पुगी पार्वती लुकिरहेको ठाउँमा जानुभयो । महादेव आउनुभएको देखेपछि स्वामीका पाउ धोई ढोगेर पार्वतीले जालन्धर आएको वृत्तान्त सुनाउनुभयो । सबै कुरा सुनी सकेपछि महादेवले 'हे पार्वती ! त्यो दुष्टकी स्त्री वृन्दाको सत्य डगाउन विष्णु जानुभएको छ । विष्णु आउनासाथ युद्ध गरी म त्यो जालन्धरलाई मारुँला' भन्नुभयो । त्यसपछि भवानी र शङ्कर कैलाशमा आनन्दपूर्वक रहन लाग्नुभयो ।

हे अगस्त्य मुनि ! मानसरोवरबाट महादेवसित विदा भई जानुभएका विष्णु जालन्धरको भेष लिई अन्तःपुरमा जानुभयो । वृन्दाले पनि जालन्धर रूपधारी विष्णु आएको देखी स्वामी आइपुग्नुभयो भनी ढोकामा आई, पाउ धोइदिएर भित्र कोठामा लगी भन्न लागिन् – 'हे स्वामी ! पार्वतीलाई छल गर्न भनी जानुभएथ्यो, सो के भयो ? अनि मभन्दा पार्वती कत्तिकी राम्री लाग्यो ?' वृन्दाको कुरा सुनेर जालन्धररूपी विष्णुले भन्नुभयो – 'हे वृन्दे ! पार्वतीलाई छल गर्न नसकिने रहेछ । किनकि पार्वतीको घरभित्र जाने ढोकाका द्वारेहरूले को आयो ? कस्तो आयो ? पहिले नै चिन्दा रहेछन् । मैले पनि ती घोरमूर्ति द्वारपाललाई देख्दै डराएर त्यहींबाट नै फर्किएँ ।' जालन्धर भेषधारी विष्णुको त्यो कुरा सुनेर वृन्दाले शङ्का गरी 'यी मेरा पति होइनन् । अवश्य नै यो कुनै अर्कोले मलाई छल गर्न आएको हो' भनी ध्यानदृष्टिले विचार गरेर हेरिन् र 'विष्णुले जालन्धरको रूप लिई छल गर्न आएको' प्रष्ट बुझिन् । अब मैले कुनै युक्ति गर्नुपर्यो भनी हाउभाउ र कटाक्षद्वारा विष्णुलाई वशमा गराई भन्न लागिन् – 'हे स्वामी ! म एउटा कुरा भन्छु, तपाईं मान्नुहुन्छ ?' वृन्दाको कुरा सुनी विष्णुले पनि 'तिमीले जे भन्छ्यौ, म अवश्य मान्नेछु' भनी वाचा गर्नुभयो । अनि वृन्दाले 'म फर्केर नआएसम्म यहीँ बसिरहनुहोला' भनी ढोका थुनेर आफू अर्कै घरमा गएर बसिरहिन् । वृन्दा आज आउलिन्, भरे आउलिन् भनेर बाटो हेर्दा हेर्दै चारदिन बितेर गए । तैपनि नआउँदा वाचामा हारेका विष्णु विवश भएर त्यो कोठामा बसिरहे । यता कैलाशमा महादेवले विष्णु फर्केर नआएकोले ध्यानदृष्टिले विचार गर्नुभयो र पार्वतीसित 'हे पार्वती ! वृन्दालाई छल्न जानुभएका विष्णुलाई ता वृन्दाले नै पो छलेर कोठामा थुनी राखेको रहेछ । अब छुटाएर ल्याउँछु' भनी मायाद्वारा सोह्रवर्ष उमेरको एक अति राम्रो युवावयको भिक्षु सृष्टि गरी 'वृन्दाले कोठाभित्र थुनेर राखेका विष्णुलाई भिक्षामा मागी ल्याऊ' भनी आज्ञा भयो ।

यसरी आज्ञा पाएका ती भिक्षुक त्यहाँबाट अन्तर्धान भएर जालन्धरका घरमा भिक्षा माग्न पुगे । बलेसीबाट 'भिक्षान्देही ! भिक्षान्देही !!' को आवाज आएको सुनी वृन्दाले झ्याल खोली हेरिन् । अत्यन्तै राम्रो युवक भिक्षार्थी योगीलाई देखेर 'यो योगी कत्ति राम्रो रहेछ, आजसम्म यत्ति राम्रो योगी मैले देखेकी रहिनछु, हाम्रा घरमा यी कहिल्यै आएका छैनन्, यस्ता नयाँ योगीलाई त अवश्य भिक्षा दिनुपर्छ' भनी 'हे योगी ! के माग्ने विचारले आउनुभयो ? भन्नुहोस्' भनिन् । वृन्दाको प्रश्न सुनी योगीले 'हे वृन्दे ! केही माग्ने विचारले आएको हुँ, दिन्छ्यौ भने माग्छु, नत्र के माग्नु ?' भने । 'मैले दिँदा हुने र मसित भएको जे मागे पनि दिनेछु' भनी वृन्दाले वाचा गरिन् । त्यत्ति सुनेपछि भिक्षुक योगीले 'हे वृन्दा ! मलाई अरुथोक केही चाहिएको छैन, तिमीले कोठामा थुनेर राखेको जो छ, म त्यसैलाई माग्छु' भनी मागे । यो सुनी वृन्दाले मनमनै सोचिन् – 'अब कसो गरुँ होला ? दिऊँ भने स्वामी आउँदा के देखाउने ? नदिउँ त वाचामा हारिसकेँ, यो योगीले छलपूर्वक वाचा गरायो, त्यसो त मान्छै भई जन्मिएपछि आफैंले गरेको वाचामा हार्नुभन्दा दिनु नै योग्य छ' भन्ने ठानी आफूले कोठामा थुनिराखेको जालन्धररूपी विष्णुलाई बाहिर ल्याएर योगीलाई भिक्षाका रूपमा दान दिईन् । विष्णुलाई भिक्षामा पाएका ती योगी बाहिर निस्किएर त्यहाँबाट अन्तर्धान भई कैलाश पुगी महादेवका सामु सारा वृत्तान्त सुनाए । विष्णुले पनि वृन्दाबाट छुटकारा पाएपछि बाहिर आई मनमनै 'वृन्दाको सत्य डगाउन आएकोमा आफै थुनामा बस्नुपर्यो, अब महादेवले के ठान्नुहुन्छ होला ?' भनी सन्ताप मानी गरुडमा चढी योगीका सँगसँगै कैलाशमा पुग्नुभयो । यसरी विष्णु गरुडमा सवार भई आउँदा आएका शब्दबाट अचेत रहेका जालन्धर मूर्च्छाबाट बिउँझी 'यत्ति ठूलो के को शब्द रहेछ ?' भनी चारैतिर हेर्न लागे । त्यसबेला गरुडमा चढी आकाशमार्गबाट कैलाशतिर विष्णु आउँदै गरेको देखेर 'पार्वतीलाई छल्न कठिन रहेछ । अब यहाँ धेरैबेर रहनु उचित छैन' भनी जालन्धर आफ्ना घर अन्तःपुरतिर गयो ।

त्यसपछि भगवान् विष्णु कैलाशमा पुगी शिवपार्वतीलाई प्रणाम गरी एकातिर उभिनुभयो । विष्णुलाई देखेर महादेवले सोध्नुभयो – 'हे विष्णु ! वृन्दालाई छल्न जानुभएथ्यो । यत्तिका दिनसम्म के गरिरहनुभएको थियो ? वृन्दाको सत्य डगाउने कुरा के भयो ?' यो सुनी विष्णुले भन्नुभयो – 'हे जगदीश्वर ! हजुरको आज्ञा लिएर म त्यहाँ गएँ, तर म आफै वृन्दाका छलमा परेँ 'म नफर्कुञ्जेलसम्म यो कोठामा बसिरहनु' भनी मलाई वाचाले बाँधी कोठाभित्र थुनेर वृन्दाचाहिँ बाहिर निस्किई । ऊ आउली भनेर पर्खंदापर्खंदै चारदिन बिते र पनि वाचामा हारेको अनि थुनामा परेको हुनाले आउन सकेको थिइन । भाग्यले एउटा योगीलाई दानका रूपमा मलाई दिएको हुनाले तपाईंको दर्शन गर्न आउन पाएँ' विष्णुका यी वचन सुनी महादेवले ब्रह्मा, विष्णु सहित इन्द्रादि तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, नन्दी, भृङ्गी, प्रमथगण, भूत, प्रेत जम्मा गरी पापिष्ठ जालन्धरलाई मारी आऊ भनी आज्ञा भयो र शिवको आज्ञा शिरोपर गरी सम्पूर्ण देवताहरू जान तैयार भए । त्यसै बखतमा महादेवले नारद ऋषिलाई डाकी भन्नुभयो – 'हे नारद ! अन्तःपुरमा गएर जालन्धरसित 'तँसित युद्ध गर्न देवताहरू आउने भएका छन्, यसर्थ तँ पनि आफ्नो तैयारी गर्' भन्ने मेरो सन्देश पुर्याइदिनुहोस् । महादेवबाट यस्तो आज्ञा पाएर नारद जालन्धरको घरतर्फ जाँदा भए ।

उता मूर्च्छाबाट ब्युँझेपछि जालन्धर पनि कैलाशबाट फर्की सीधै आफ्नो घर अन्तःपुरतर्फ गयो । आफ्नो स्वामी आएको देखी वृन्दाले स्वागत गर्दै गोडा धोई, पानी अचाई भित्र लगेर भन्न लागिन् – 'हे स्वामी ! पार्वतीलाई छल गर्छु भनी जानुभएको काम के भयो ?' यो सुनी जालन्धरले भन्यो – 'हे प्रिये ! महादेवको भेष लिई जब म कैलाशमा पुगेँ, मलाई देखी पार्वतीले सुनको कमण्डलुमा जल लिई मेरा गोडा धुन ढोकामा आईन् । त्यत्तिबेला मैले उनलाई देखें, 'राम्री भन्छ्यौ भने पार्वतीबाहेक अरु यो पृथ्वीमा छँदै छैन, उनको मुहार देख्ने बितिक्कै मेरो ता होश नै हराएछ, मूर्च्छा परी धर्तीमा गिरेछु, पछि चेष्टा भयो र उठेँ, अनि चारैतिर हेरेँ । त्यसबखतमा पार्वती कता गईन्, थाहा भएन र फर्की आएँ ।' पतिका कुरा सुनी वृन्दाले भनिन् – 'हे प्रिय ! तपाईं नभएका बेला विष्णुले तपाईंको रूप धारण गरी मलाई छल गर्न आएका थिए र मैले चिनेर थुनेर राखेकी थिएँ । केही दिनपछि एउटा अपूर्व सुन्दर युवक योगी आएर मलाई वाचाबन्धन गराई कोठामा लुकाएर राखेका विष्णुलाई माग्दा दिएर पठाएँ ।' वृन्दाका कुरा सुनी अत्यन्त क्रोधित भएको जालन्धरले ओठ कमाउँदै भन्यो – 'हे वृन्दे ! त्यसो हो नै भने म अब पार्वतीलाई छल गरी छोड्छु, फेरि जान्छु । यति भनेर बाहिर निस्किसक्दा महादेवले पठाएर गएका नारद ऋषि टुप्लुक्क आइपुगे ।

जालन्धरलाई देखी नारदले भने – 'हे जालन्धर ! यस्तो हतारहतार कहाँ जान निस्क्यौ ?' जालन्धरले पनि 'भिक्षा माग्न जान लागेको' भने । त्यसपछि नारदले भने – 'हे जालन्धर ! मनलाई साक्षी राखी बोल । यस्तो मिथ्या कुरा किन बोल्यौ ? तिमी कहाँ जान लागेका हौ ? केका लागि जाँदैछौ ? त्यो सबै म जान्दछु । पार्वतीलाई छल्छु भन्ने कुरा तिम्रो मनमा छ । तर हेर ! तिमीसित युद्ध गर्न वहाँबाट ब्रह्मा, विष्णु, इन्द्रादि सकल देवता आउन तैयार भइरहेका छन् । यो कुराको खबर लिएर म यहाँ आएको हुँ । अब अरु कुरा सोच्ने र अन्त जाने तिम्रो बेला छैन । युद्धमा जान के के चाहिने हुन् ? त्यो तैयारी गर्न पछि लाग ।' नारदले भनेका यी कुरा सुनी जालन्धर फरक्क फर्किएर घरभित्र पसी ऋषिले भनेका सबै कुरा वृन्दाका सामु भने र केहीबेरपछि 'हे वृन्दा ! अब म लडाईं गर्न जान्छु, घरको रक्षा गरी राम्रोसँग बसेस्' भनी हातमा त्रिशूल लिई, आफ्ना सेना जम्मा गरी देवताहरूसँग युद्ध गर्न भनी कैलाशतर्फ जाँदा भए । नारदले पनि जालन्धरलाई युद्धको खबर दिइसकेर फर्किएर कैलाश पुगी सबै कुरा महादेवमा बिन्ती गरे । नारदका कुरा सुनेपछि महादेवले ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूलाई दलबल सहित युद्धका निम्ति बिदा दिनुभयो । ती सम्पूर्ण देवताहरूले महादेवबाट विदा पाएपछि नाना तरहका बाजा बजाउँदै र सिँहनाद गर्दै कैलाशबाट युद्धका निम्ति प्रस्थान गरे ।

दुबै तर्फका सेनाको बाटामा भेट भयो । दुबैतर्फबाट कल्लोल शब्द गरी आआफ्ना शस्त्रास्त्रहरू प्रहार गर्न लागे, महासङ्ग्राम प्रारम्भ भयो । देवताले छोडेका अनेकौं शस्त्रास्त्रका प्रहारले जालन्धरलाई तिलले हिर्काएसरि पनि भएन । आफूले प्रहार गरेका शस्त्रास्त्रहरूबाट कुनै काम नभएको देखी देवताहरू दिक्क मान्दै आआफ्ना शस्त्रास्त्र लिई एकातिर गई चूप लागी बसे । त्यो देखेर विष्णुले रिसले चूर भएर पाञ्चजन्य शङ्ख बजाई, कौमोदकी गदालाई घुमाएर प्रहार गर्नुभयो । त्यसले पनि जालन्धरलाई छुँदै छोएन । त्यसपछि क्रोधले आकुल भएका इन्द्रले हातमा रहेको वज्र प्रहार गरी हेरे । त्यसले पनि केही गर्न सकेन । विष्णुको कौमोदकी गदा, इन्द्रको वज्रजस्ता आयुधहरूलाई जालन्धरले तृणजत्ति पनि नठानी चूपचाप उभिइरहे । कसैगर्दा पनि केही सीप नलागेको देखेर लक्ष्मीपति नारायणले महादेवमा गई बिन्ती गर्नुभयो – 'हे भव ! हामीले जालन्धरलाई मार्न असमर्थ भयौं । तपाईं नै यसका निम्ति सामर्थ्यवान् हुनुहुन्छ । यसकारण तपाईंले लडाईं गर्न अघि सर्नुपर्यो' भनी निवेदन गर्दा महादेवबाट आज्ञा भयो – 'हे विष्णु ! जालन्धरकी पत्नी वृन्दाका महान् पतिव्रता नारी हुन् । उनको उक्त पातिव्रत्य धर्मका प्रभावले उनको पति जालन्धरलाई कसैले पनि मार्न सक्दैन । यसकारण फेरि पनि तपाईंले जालन्धरको रूप धारण गरी अन्तःपुरमा गएर मायाले छोपी छलद्वारा वृन्दाको पतिव्रता धर्म नष्ट गराइदिनुहोस् । अनि यता म जालन्धरलाई मार्नेछु ।

महादेवको आज्ञा सुनी 'हवस्' भनी विदा भई जालन्धरको भेष लिएका विष्णु वायाँ हातमा त्रिशूल लिई, दाहिने हातले डमरु बजाउँदै अन्तःपुरमा पुग्नुभयो । स्वामी आउनुभयो भन्ने विश्वासमा परेकी वृन्दाले हत्तपत्त गोडा धोई, भित्र लगी आसनमा बसाली, बिन्ती गर्न लागिन् – 'हे स्वामी ! महादेवसँगको लडाईं के भयो ? के गरेर आउनुभयो ?' वृन्दाको कुरा सुनी जालन्धररुपी विष्णुले भन्नुभयो – 'हे प्रिये ! आजै युद्ध कहाँ सकिन्छ ? हारजितको टुङ्गो छैन । युद्धमा साह्रै थाकेको हुनाले विश्राम गर्न आएको हुँ । साह्रै भोक लागेको छ । खानेकुरा ल्याऊ' यस्तो कुरा सुनी वृन्दाले मीठामीठा खानेकुरा ठीक पारेर खुवाइन् । रातपरेपछि वृन्दासित अनेक तरहका वार्तालाप गरी आफ्ना मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट गराई रात बितेर उज्यालो भएपछि जालन्धरको रूप छोडी शङ्ख, चक्र, गदा, पद्म लिएका विष्णुले आफ्नो असली रूपको दर्शन दिनुभयो । यो देखी वृन्दा अत्यन्त रिसाएर 'हे पापिष्ठ विष्णु ! तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गरिदियौ' भनिन् । वृन्दाले त्यस्तो भन्नासाथ विष्णुले भन्नुभयो – 'हे वृन्दा ! महादेवले जालन्धरलाई हिजो नै मारिसक्नुभयो । अब तिमीले मजस्तो वैकुण्ठको मालिकलाई पतिका रूपमा प्राप्त गरिसकेकी छ्यौ, मलाई पाएपछि किन फिक्री गरिरहन्छ्यौ ? तिम्रा पति जालन्धरको मृत्यु भएको खबर केही वेरमा नै आइपुग्नेछ ।' यसरी विष्णु भगवानले वृन्दालाई सम्झाई बुझाई अनेकौं सान्त्वना दिनुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां वृन्दायाः पतिव्रताधर्महरणं नाम सप्तदशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Thursday, January 26, 2017

स्वस्थानी व्रतकथा, भाग – १५ (रावणले प्राप्त गर्यो 'माता पार्वती')

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँउप्रान्त आशुतोष भगवान् भोलेनाथलाई फेरि वन विहार गर्ने इच्छा भयो र मृगको रूप लिई कसैले थाहा नपाउने गरी श्लेष्मान्तक वनमा गएर मृग/मृगिनीका झुण्डमा मिस्सिएर परम आनन्दले रहन लाग्नुभयो । उता कैलाशमा पार्वतीले महादेवलाई नदेखी अनेक ठाउँमा खोजी गर्दा पनि कतै भेट्न सक्नुभएन र हारमानी मनमा सोच्न लाग्नुभयो :– 'महादेवले अघि पनि मलाई यसै गरी छलेर दुःख दिनुभएथ्यो । अब फेरि कहाँ जानुभयो ?' यसरी सुर्तामा परेकी पार्वतीले ध्यान दृष्टिले हेर्दा श्लेष्मान्तक वनमा गएर फेरि पनि मृग रूप लिई महादेवले वनविहार गरिरहनु भएको चाल पाउनु भयो । यो कुरो थाहा पाई पार्वती आफू पनि वागमती किनारमा जानुभयो र कष्टपूर्ण तपस्या गरेर लामो समयसम्म बसिरहनु भयो ।

त्यसपछि ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूले शिवपार्वती दुबैलाई कैलाशलगायत कतै पनि नदेखी जहीँतहीँ खोजी गर्न लागे । कहीँ पनि नभेटी हार मानी फर्किएर आउँदै गर्दा वागमतीका किनारमा तपस्या गरी बसिरहनु भएकी पार्वतीलाई देखी प्रणाम गरी बिन्ती गर्न लागे :– 'हे जगदीश्वरी ! हजुर र महादेव कैलाशमा नहुनाले ब्रह्माण्ड नै शून्य जस्तै भयो । हामीमाथि करुणा राखी महादेव कहाँ हुनुहुन्छ बताइदिइबक्सियोस् अनि हजुर पनि किन यस्ता एकान्त ठाउँमा राज होइबक्सिएको हो ? हे माता ! आज्ञा हओस् ।' देवता सहित ब्रह्मा, विष्णु, इन्द्रादिबाट भएका यी कुरा सुनी पार्वतीले आज्ञा गर्नुभयो :– 'हे ब्रह्माविष्णुप्रभृत्तिका देव वृन्द ! महादेव यतै कतै आउनुभएको छ । मैले पनि वहाँको निकै खोजीनिति गरें, महादेवलाई नभेटेको हुनाले म पनि वहाँकै आराधना र तपस्या गरी यहाँ बसेकी छु । श्लेष्मान्तक वनका नैऋत्य कोणमा एउटा ठूलो पोखरी छ । त्यसैको वरिपरि वनमा महादेव मृग रूप लिई वनक्रीडा गरिरहनु भएको छ । वहाँले रूप परिवर्तन गरी बसेको त्यो मृग सुवर्ण झैं पहेंलो वर्ण, तीनवटा नेत्र र एउटा सिङ भएको मृग छ । त्यो मृगका वथानको सबैभन्दा ठूलो देखिन्छ, तिमीहरू गएर पत्तो लगाऊ । त्यस मृगलाई भेटेमा तिमीहरूले जगदीश्वर महादेवको दर्शन पाऔला ।'

पार्वती माताको यस्तो कथन सुनी ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूले त्यो ठाउँमा गई वरपर खोजी गरे । तर महादेवको केही पत्ता लाग्न सकेन । जव ब्रह्मा, विष्णु र इन्द्र मिलेर अनेक स्तुति गर्न लागे, तब धेरै मृगका बगालका माझमा पार्वतीले बताउनु भएजस्तो अत्यन्त राम्रो, अरुभन्दा धेरै ठूलो, बडो शोभायमान मृग देखा पर्यो । जसरी नीलो आकाशमा तारागणका माझमा पूर्ण चन्द्रको शोभा देखिन्छ, त्यस्तै धेरै मृगका बथानका माझमा रुद्रमृगको शोभा देखिन्थ्यो । टाढैबाट चिन्न सकिने त्यो मृगलाई तीनैजनाले एकैचोटी देखी नजिकमा गएर अनेक स्तुति गर्न लागे - 'हे ईश्वर ! कैलाश सून्य भएको धेरै काल भयो । हे करुणामय ! हामीमाथि दया राखी दर्शन बक्सियोस् ।' यस्ता तरहले अरु पनि धेरै स्तुति गरिरहेका ब्रह्मा, विष्णु र इन्द्रलाई देखी रुद्रमृग उफ्रिएर केही पर पुगी उभियो । त्यो देखी विष्णुले – 'हे ब्रह्मा ! हे इन्द्र ! हामीबाट स्तुति गरिएका महादेवमा चैतन्य आउन सकेन । यसकारण अब हामी तीनजनाले तीनतिरबाट छेकेर समाऔं ।' भन्नुभयो 'लौ त्यसै गरौं' भनी ब्रह्मा र इन्द्रले पनि सहमति दिनुभयो र तीनतिर घेरा हाली रुद्रमृगलाई समाती छोडे । समाउन खोज्दा तीनैजनाको हात एउटै सिङमा पुग्यो । सिङका फेदमा विष्णुले, माझमा व्रह्माले र टुप्पोमा इन्द्रले समाए, तर मृग भने अन्तर्धान भयो ।

तीनजनाको हातमा सिङमात्र परेको र त्यसैमा बलपूर्वक समाएका हुनाले सिङ भाँचिएर तीन टुक्रा भई तीनजनाका हातमा एकएक टुक्रा पर्न गयो । त्यस्तो भएको देखी तीनैजनालाई ठूलो पश्चात्ताप भयो । 'हामीले ठूलो अपराध गर्यौं, अब कसो गरौं' भन्दै तीनैजना एक ठाउँ बसी अपराधको क्षमा माग्दै अनेकानेक स्तुतिद्वारा महादेवको स्तुति गर्न लागे । स्तुतिबाट महादेव प्रसन्न हुनुभयो र ज्योति स्वरूपको दर्शन दिनुभयो । ब्रह्मा, विष्णु र इन्द्रले अति हर्ष मानी महादेवलाई साष्टाङ्ग प्रणाम गरे । तब महादेवले – 'हे ब्रह्मादि देवता हो ! तिमीहरूको स्तुतिदेखि म सन्तोष भएँ, इच्छामाफिकको वरदान माग' भन्नुभयो । महादेवको आज्ञा सुनी 'हजुरको भक्ति हाम्रा हृदयमा सदासर्वदा रहिरहोस्' भनी ब्रह्मादि तीनै जना देवताले एकसाथ बिन्ती गरे । महादेवले पनि 'तथास्तु' भनी वरदान दिनुभयो । फेरि ब्रह्मादि देवताले 'हे ईश्वर ! हजुरका सिङलाई हामीले तीनटुक्रा पारेकोमा हाम्रो अपराध क्षमा होस् । अनि अब यी भाँचिएका सिङका टुक्रा कहाँ राखौं, त्यो पनि आज्ञा होस्' भनी बिन्ती गरे । यो सुनी महादेवले त्यो मेरो सिङ तीन टुक्रा भएकोमा तिमीहरूलाई केही अपराध लाग्ने छैन' भनेर 'इन्द्रका हातको स्वर्गमा, ब्रह्माका हातको मर्त्यलोकमा गोकर्ण भन्ने ठाउँमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर' भनी आज्ञा दिनुभयो । ब्रह्मा, विष्णु र इन्द्रले महादेवका आज्ञाअनुसार त्यो सिङका तीन टुक्रालाई यथास्थानमा स्थापना गरी आआफ्ना लोकमा जाँदा भए । ब्रह्मादि देवताहरूले महादेवलाई साष्टाङ्ग प्रणाम गरी विदा भएर गएउप्रान्त महादेव पनि आफ्नै रूप लिई वागमती किनारमा गई पार्वतीलाई काखमा लिई अन्तर्धान हुनुभई कैलाश पर्वतमा जानुभयो । वहाँ गएर भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी र प्रमथगण समेत भएर आनन्दले रहनुभयो ।

हे अगस्त्य मुनि ! मृगका सिङको माझको टुक्रा गोकर्णमा स्थापना भयो । तहाँउप्रान्त नैऋत्य कोणको लङ्काबाट दश मुख भएको राजा रावण नित्य गोकर्णमा आई महादेवका चरणमा दण्डवत् गरी नाचगान गरी, नगरा, डमरु आदि बजाई तपस्या गरी जान्थ्यो । केहीदिनपछि एकदिन महादेव विष, भाङ, धतुरो र गाँजा खाई अचेत भएर रहेका बखतमा सधैं झैं रावण आई पुगेर दण्डवत् गरी मृदङ्ग बजाएर नाचगान गर्न लाग्यो । यो देखेर भगवान् आषुतोष प्रसन्न हुनुभई 'हे दशग्रीव रावण ! जे इच्छा छ त्यही वर माग ' भन्नुभयो । रावणले हात जोडी 'हजुरका कृपाले मलाई सबैथोक परिपूर्ण छ । म के मागुँ ?' भनी बिन्ती गर्दा महादेवले 'एकथोक नमागी सुख पाउँदैनस्, माग्नैपर्छ ' भनी आज्ञा भयो । महादेवबाट जब दाहोर्याएर वर माग भन्ने आज्ञा भएथ्यो रावणका मनमा सकल लक्षणले युक्त भएकी महादेवका काखमा बसेकी पार्वतीलाई नै मागुँ भन्ने विचार उब्ज्यो । अनि 'अरुथोक सबै कुरा त मसँग छ । हे ईश्वर ! वरदान दिने नै हजुरबाट इच्छा भएमा हजुरका काखमा बसेकी पार्वती मलाई बक्सियोस्' भनी माग्यो । रावणका यी कुरा सुनी महादेवले 'लैजा' भनी पार्वती दिनुभयो । तब रावणले जगन्माता पार्वतीलाई बोकी महादेवसित विदा भई नैऋत्य दिशातिर लम्क्यो । उतिबेलै यो कुरा वैकुण्ठमा विष्णुले थाहा पाई 'ओहो ! यो के विपरीत र अनर्थ हुन आँट्यो ?' भन्दै तत्काल वायुको वेगभन्दा पनि छिटो आई आफ्ना मायाले मोहिनी रूप धारण गरी रावणका सामु गई सोध्नुभयो 'हे महापुरुष ! तपाईं को हुनुहुन्छ ? कहाँबाट आउनुभएको ? तपाईंले पिठ्युँमा बोकेर ल्याएकी स्त्री को हुन् ? किन यिनलाई ल्याउनुभएको ? अनि कता जान लाग्नुभएको हो ?' यो सुनी रावणले भन्यो - 'हे सुन्दरी ! मलाई लङ्काका राजा रावण भनी जान । मैले कैलाशपति महादेवको तपस्या गरेको थिएँ । जसबाट सन्तुष्ट भएर वहाँले नै आफ्नी स्त्री पार्वती मलाई दिएर पठाउनुभयो र यिनलाई बोकी आफ्नो देश लङ्कातिर जाँदैछु ।' रावणका यी कुरा सुनी मोहिनीरूपी विष्णुले भन्नुभयो – 'हे लङ्काधिपति दशग्रीव रावण ! के यिनैलाई तिमीले पार्वती ठानी ल्यायौ ? त्यत्रो लङ्केश भएर पनि तिमीलाई लाज लाग्दैन ? महादेवका मायाद्वारा रचिएकी नारीलाई तिमीजस्तो पराक्रमी राजाले बुइँमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान् ? लौ यी ता पार्वती होइनन् । महादेवले तिमीलाई छल्नु छलेछन् । तिमीलाई साँच्चिक्कै पार्वती नै मागेर लैजाने इच्छा छ भने पार्वती पाइने ठाउँ समेत मलाई थाहा छ । सो बताउँछु सुन 'महादेवको आसन गरिराखेको बाघको छालाभित्र साँच्चिक्कैकी पार्वतीलाई लुकाएर राखेका छन् । तिनैलाई मागेर लैजाऊ ।' मोहिनीरूपी विष्णुले भनेका यस्ता अनेक कुरा सुनी रावणले पत्यायो र पार्वतीलाई त्यहीं छोडेर आफू फर्की फेरि गोकर्णमा गयो ।

यता विष्णुले आफ्नो मोहिनीरूप त्यागी पार्वतीलाई वैकुण्ठमा पुर्याई अनेकौं भक्तिभावपूर्वक पूजा गरिराख्नुभयो । उता रावण भने महादेवलाई गाँजा, भाङ, धतुरो लागेर अचेत भई रहेकै बेलामा पुगेर बिन्ती गर्न लाग्यो – 'हे ईश्वर ! हजुरले त मलाई मायाद्वारा रचना गरिएकी पार्वती पो दिइबक्सिएछ । मैले बाटामा जाँदै गर्दा थाहा पाएँ र त्यहीं छोडिदिएँ । मलाई दिइबक्सिनु हुन्छ भने हजुरका आसनमुनि बाघका छालाभित्र लुकाएर राखिएकी पार्वती दिइबक्सियोस् ।' रावणका यी कुरा सुनी ध्यानदृष्टिले विचार गरी हेर्दा विष्णुबाट भएको सबै कार्य र विष्णुले पार्वतीलाई वैकुण्ठमा लगेको थाहा पाई आफ्ना मायाद्वारा वाघका छालाभित्र अर्की एउटी नारी सृष्टि गर्नुभयो र त्यहाँबाट निकाली 'लौ लैजा' भनी रावणका जिम्मा दिनुभयो । रावण पनि अति हर्षित हुँदै महादेवले आसनमुनिबाट निकालेर दिएकी मायाकी पार्वतीलाई काँधमा बोकी लङ्कातिर लाग्यो । त्यसपछि विष्णुले पार्वतीलाई लिएर महादेवका काखमा पुर्याई वैकुण्ठमा फर्किनुभयो ।

महादेव पनि एकदिन पार्वतीसित सल्लाह गरी मानसरोवरमा गई राजहंस भएर जलक्रीडा गरिहनु भएको थियो । त्यसै समयमा अन्तःपुर नाम भएका नगरमा बसेका जालन्धर आफ्नी स्त्री वृन्दासित हाँस, ख्याल र ठट्टा गर्दै साह्रै खुसी भएर हाँसिरहेका थिए । वृन्दा अत्यन्त पतिव्रता थिईन् । आफ्ना पतिलाई त्यसरी हाँसेको देखेर उनीले 'हे स्वामी ! किन हाँस्नुभयो ?' भनी बिन्ती गरिन् । यो सुनी जालन्धरले भन्यो – 'हे प्रिये ! हाँसेको कारण के भने, तिमीजस्ती राम्री स्वास्नी हुने मबाहेक अरु को होला ? यो सम्झेर म हाँसेको हुँ ।' यो सुनी वृन्दाले भनिन् – 'हे स्वामी ! स्वास्नी राम्री छे भन्दैमा हाँस्नु उचित होइन । यसको परिणाम राम्रो हुँदैन । राम्रीकै कुरा गर्नुहुन्छ भने महादेवकी स्त्री पार्वतीलाई देखे कसो गर्नुहुन्छ होला ? ती मभन्दा कता हो कता राम्री छिन् ।' यो कुरा सुनेर 'हे प्रिये ! तिमीले भनेको साँच्चिकै हो भने म ती पार्वतीलाई छल गर्न जान्छु' भनी मायाद्वारा महादेवको रूप लिई जालन्धर कैलाशमा जाँदा भए । मानसरोवरबाट जलक्रीडा गरी तृप्त हुनुभएका महादेव आइपुग्नु भयो भन्ठानी पार्वतीले हत्तपत्त गरी सुनको कमण्डलु लिएर गोडा धोइदिन ढोकामा आउनुभयो । उनको सुन्दरता देख्नासाथ महादेवको रूप धारण गरी गएका जालन्धर भुइँमा लडेर मूर्छा भए । यो देखेर पार्वतीले 'के उदेक भयो' भनी ध्यानदृष्टिले हेर्दा भएभरको रहस्य बुझ्नुभयो । त्यसपछि नन्दी, भृङ्गी अदि द्वारपाललाई 'अब यहाँ कोही आएछ भने भित्र जान नदिनू' भनी आफू एकान्त ठाउँमा गई लुकेर विष्णुको आराधना गर्न लाग्नुभयो । यसप्रकारको आराधना गरेको थाहापाई चार हातमा शङ्ख, चक्र, गदा, पद्म धारण गर्नुभएका गरुडवाहन भगवान् विष्णु तत्काल नै हावाभन्दा पनि चाँडो गरी ध्यानमा रहेकी पार्वती छेउ पुगेर 'हे पार्वती ! मेरो किन आराधना गर्न लाग्नुभयो ?' भनी सुध्याउनु भयो । विष्णुको प्रश्न सुनी पार्वतीले भन्नुभयो – 'हे लक्ष्मीपते ! यसबखतमा भने महादेव मानसरोवरमा गएर राजहंस भई जलक्रीडा गरेर आनन्दमग्न हुनुहुन्छ । यो अवसर छोपी जालन्धरले मलाई छल्न भनी महादेवको भेष लिई आएछ ।' जगन्माता पार्वतीबाट सम्पूर्ण वृत्तान्त सुनिसकेपछि क्रोधित भएका विष्णुले भन्नुभयो – 'हे पार्वती माता ! दुष्ट जालन्धरले तपाईंप्रति त्यस्तो दुर्व्यवहार चिताई छल गर्न आएछ । अब म पनि गएर त्यसकी स्त्री वृन्दाको सत्यलाई निश्चय नै डगाई आउँछु । महादेवको समेत खोजी गरी वहाँ पठाइदिन्छु ।' यति भनी पार्वतीसित विदा भई विष्णु गरुडमा सवार भएर बडो वेगसित मानसरोवर जानुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां विष्णु-मानसरोवर-गमनं नाम षोडशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Wednesday, January 25, 2017

स्वस्थानी व्रतकथा, भाग – १४ (तारकासुर दैत्यको बध)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! अब म तिमीलाई गणेश र कुमारको उत्पत्ति भएको र तारकासुर विनाश भएको कथा सुनाउँछु । महादेव र पार्वती माता कैलाशमा आनन्दसाथ रहँदै जाँदा बस्दै जाँदा एकदिन पार्वती माताले शरीरमा बुकुवा घस्ता निस्केका मयलको मूर्ति बनाई द्वारपाल बनाई राख्नुभएको थियो । त्यस बखत महादेव बाहिर जानुभएको थियो । फर्किएर घरमा आउँदा त्यो द्वारपालले भित्र जान दिएन । यो देखेर महादेवले क्रोधित भई त्यसको शिर काटी भित्र प्रवेश गर्नुभयो । महादेवलाई देखी 'हजुरलाई ढोकामा कसैले रोकेन ?' भनी सोध्नुभयो 'रोक्न त खोज्दै थियो तर त्यसको शिर काटिदिएर आएँ' भनी महादेवले भन्नुभयो । यो सुनी पार्वतीले 'हे भगवन् ! त्यो त मेरो पुत्र हो, बडो विघ्न पर्न गएछ' भनी करुणा भावले रुन र सुर्ता गर्न लाग्नुभयो । यस्तो देखी महादेवले भन्नुभयो – 'हे पार्वती ! मैले नचिनेकोले गर्दा भूलमा परेछु, तर म उसलाई जसरी भएपनि जीवित पारिदिन्छु । तिमी सुर्ता नगर' । यसरी पार्वतीको मन बुझाई आफ्ना गणहरूलाई डाकी महादेवबाट आज्ञा भयो – 'हे गण हो ! तिमीहरू चारै दिशामा जाओ । त्यहाँ पहिले जसलाई दक्षिण सिरानी पारी सुतेको आफ्नासामु देख्छौ त्यसको शिर लिएर आओ' भनी चन्द्रवाण दिई पठाउनुभयो । गणहरू चारैदिशामा खोज्दै जाँदै थिए । सामुन्नेमा दक्षिण शिर पारी सुतेको एउटा हात्ती देखापर्यो र त्यसलाई चन्द्रवाण प्रहार गरे । वाण गएर हात्तीको घाँटीमा लाग्यो र टाउको शरीरबाट अलग गरिदियो । त्यो हात्तीको शिर लगी गणहरूले महादेवका अगाडि राखिदिँदै भने – 'हे ईश्वर ! हजुरको आज्ञाअनुसार सर्वप्रथम हामीले दक्षिण मोहडा गरी सुतेको यही हात्तीलाई देख्यौं र शिर लिई आउँदैछौं ।' त्यसपछि त्यस हात्तीको शिर लगी उक्त द्वारपालको मूर्तिमा जोडिदिनुभयो र त्यस बालकको नाम गणेश भनी राखिदिनुभयो ।

तहाँउप्रान्त महादेव पार्वतीका साथ भुली घरभित्र मात्रै रहन लाग्नुभयो । यो बुझेर इन्द्रले अग्निलाई डाकेर आज्ञा गरे – 'हे अग्नि ! महादेव पार्वतीका साथ भुलिरहन लाग्नुभएकोले यो ब्रह्माण्डको अब कसले रक्षा गर्ला ? कसरी रक्षा होला ? तिमी गएर वहाँलाई काशिपुरीमा ल्याउनुपर्यो ।' यस्तो इन्द्र महाराजको आज्ञालाई शिरोपर गरी अग्निले हवस् भनी कैलाश दरबारमा पुगी भित्र जान लाग्दा द्वारपालले रोक्दा भए । अग्निले पनि वायुको रूप लिई ढोकाको माझमा ताला छिराउने प्वालबाट पसी भिक्षुक रूप लिई महादेव पार्वती भएका एकान्त स्थलमा पुगे । अकस्मात् भिक्षुक रूप अग्निलाई देखी क्रुद्ध हुनुभएका महादेवको तृतीय नेत्र खुल्नासाथ अग्नि नाश हुनलागेको देखी जगन्माता पार्वतीका हृदयमा मातृकरुणा उत्पन्न भयो र रिसाएका महादेवलाई शान्त गराउँदै पार्वतीले भन्नुभयो – 'हे नाथ ! भिक्षा माग्न आएका भिक्षार्थीलाई नाश नगरिबक्सियोस् । अञ्जानमा आएछन् । केही दिऊँ र लिएर जानेछन् ।' पार्वतीको यस्तो बिन्ती सुनी महादेवले आफ्नो वीर्य लिनु भई 'लौ भिक्षा लैजा' भनी दिन खोज्दा अग्निले पनि त्यो वीर्य हातमा थापी मुखमा हाली निलेर बाहिर निस्के । यसरी वीर्य निल्नाले अग्निलाई गर्भ रह्यो र साह्रै डराई गङ्गाका तीरमा कुशघारीमा गई निलेको वीर्य उकेली दिए । त्यो वीर्य वनमा आगो बले झैं देखिन थाल्यो । त्यसैबेला सप्तऋषिका पत्नीहरू गङ्गास्नान गर्न त्यहीँ पुगे । उनीहरूले 'कस्ले आागो फुकेर गएछ, हामी पनि ताप्न जाऊँ' भनी जान खोजे तर एउटीले चाहीँ 'अर्काले बालेको आगो ताप्न हुन्न' भनी गइनन् । अरु छ ओटीले भने त्यहाँ गएर तापी आएर सातैओटी घर गए । ती आगो ताप्ने छ ओटीलाई भने गर्भ रहिसकेको थियो । तिनका पतिहरूले थाहापाई गर्भ रहेको कारण सोधे । ती छ ओटी ऋषिपत्नीहरूले कुनै जवाफ दिन सकेनन् र क्रोधित भएर ऋषिहरूबाट श्राप पाए । यसरी श्राप पाएका छ ओटी ऋषिपत्नीहरूले गङ्गामा गएर अफ्नो पेटको वीर्य उकेली आकाशमा गएर षट्कृतिका भएर रहे । आगो ताप्न नजाने एउटी ऋषिपत्नी अरुन्धती भने आफ्ना पति वशिष्ठका साथमा नै रहिन् । उता छ ओटीले उकेलेका त्यस वीर्यबाट ६ मुखको बालक उत्पत्ति भई गङ्गाका पुत्र कुमार हुन गई महादेवका साथमा रहन लागे ।

कुनै एकदिन महादेवबाट गणेश र षट्मुख कुमारलाई आज्ञा भयो – 'हे गणेश ! हे कुमार ! तिमीहरू सुमेरु पर्वत भएका ठाउँमा जाऊ र त्यसको परिक्रमा गरिआऊ । दुई भाईमध्ये जो पहिले आइपुग्छ, त्यसलाई म उत्तम प्रकारको वरदान दिउँला ।' महादेवको यस्तो आज्ञा सुन्ने बितिक्कै कुमारले 'हवस् ' भनी आफ्ना वाहन मयूरमा सवार भई सुमेरु पर्वतको परिक्रमा गर्न गए । गणेश भने 'अब के गरुँ ? कसो गरुँ ?' भनी मनमा पीर मानी कुमार गएतिर हेर्न लागे । गहिरो चिन्तामा डुबेका गणेशलाई उनका प्रिय वाहन मुसाले अघिसरी बिन्ती गर्यो – 'हे विनायक ! हजुरलाई मनमा केही पीरकष्ट भए झैं लाग्यो, के भयो ?' गणेशले यो सुनी महादेवबाट आज्ञा भएका कुरा र षट्मुख कुमार मयूरमा सवार भई सुमेरु पर्वत परिक्रमा गर्न गएको वृत्तान्त बताउँदै भने – 'खोइ के गर्नु र ? तँ बाहन भने त्यत्ति सानो, म भने यत्ति ठूलो भूँडी र लामो सुँडले युक्त छु । अब के उपाय गर्नु ?' मालिकको करा सुनेर मुसो बोल्यो – 'हे गणेश ! मसित एउटा बुद्धि पलायो । कसो हुन्छ सुनिबक्सियोस् । महादेव, पार्वती र गङ्गा बसेका ठाउँमा गएर नम्रताका साथ हात जोडी 'हे पिता ! हे माता ! मेरा निम्ति सुमेरु पर्वत भनेका र सम्पूर्ण देवता भनेका हजुरहरू नै होइबक्सन्छ' भनी तीनपल्ट परिक्रमा गरी दण्डवत् गरिबक्सियोस् । सुमेरु भनेका नै मातापिता हुन्, यत्ति गर्नाले त्यो विशेष वरदान हजुरलाई नै प्राप्त हुनेछ ।' मुसाले भनेका वचन सुनी गणेश अति खुशी हुँदै मुसालाई धन्यवाद दिँदै भन्न लाग्नुभयो – 'साह्रै राम्रो कुरा गरिस्, हे मुसा ! सानो भनेर हुँदैन, तेरो बुद्धि धन्य छ ।' यति ज्ञान पाएका गणेशले मुसाले भने झैं गरी तीनपल्ट महादेव, पार्वती र गङ्गाको परिक्रमा गरे । त्यो देखी महादेव खुशी भई भन्न लाग्नुभयो – 'हे गणेश ! तिमी धन्य रहेछौ । मातापिता नै सुमेरु पर्वतसमान हुन् र तिमीदेखि म अत्यन्त प्रसन्न भएँ । अब उप्रान्त स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैले कुनै कार्यको आरम्भमा पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्धि नहोओस् । म तिमीलाई यही वरदान दिन्छु ।'

धेरै समय बित्दा पनि सुमेरु पर्वत परिक्रमा गर्न गएका षडानन आई नपुगेकाले माता गङ्गाले महादेवमा बिन्ती गर्न लाग्नुभयो – 'हे ईश्वर ! यता गणेशले वरदान पाइसके, मेरो पुत्र भने अझै किन आइपुगेन ?' गङ्गाका वचन सुनी महादेवबाट आज्ञा भयो – 'हे गङ्गे ! तिमीले स्वस्थानी परमेश्वरीको व्रत गर, तब तिम्रो पुत्र षट्मुख कुमार आइपुग्ला ।' महादेवको यस्तो आज्ञा पाई व्रतका सम्पूर्ण विधि सोधेर पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी, पूर्णिमाका दिनदेखि नित्यस्नान गरी, एकभक्त रही 'मेरो पुत्र कुमार चाँडै आइपुगोस् ' भनी विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाका दिन व्रतको साङ्गे (व्रत वा यज्ञयज्ञादिको समापनको समय) मा १०८/१०८ प्रसादका भागहरूबाट आठ/आठ भागहरू 'मेरो पुत्र कुमार चाँडै आइपुगोस्' भनी प्रसाद पुत्रलाई दिन भनी छुट्याएकै समयमा स्वस्थानी परमेश्वरीका व्रतको प्रभावले सुमेरु पर्वत परिक्रमा सकी कुमार टुप्लुक्क दैलामै आइपुगे । गङ्गाले अति हर्षित हुँदै 'धन्य स्वस्थानी परमेश्वरी' भनी पुत्रलाई प्रसाद दिईन् । अनि कुमारले महादेवछेउ गई साष्टाङ्ग प्रणाम गरी बिन्ती गरे र भने – 'हे पिता ! मलाई पनि वरदान प्राप्त होस् ।' तब महादेवले 'हे कुमार ! स्वर्ग, मर्त्य, पाताल तीनै लोकमा कसैको केही कार्य गर्दा पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्ध हुनेछैन' भनी वरदान दिनुभयो ।

यत्ति कुरा कुमारबाट सुनिसकेपछि अगस्त्य मुनि विन्ति गर्नुहुन्छ 'हे स्कन्द कुमार ! जतिबेला महादेवले सतीदेवीलाई सम्झी बौलाहा जस्तो भएर हिँड्नु भएथ्यो । त्यही अवसर छोपी तारकासुर दैत्यले देवताहरूलाई अमरावतीबाट हटाई इन्द्राणीसहित आफ्नो अधीनमा पारेको थियो । इन्द्रादि देवता पनि तारकासुरको शक्ति देखी डराई भागेर पशुपतिस्थानको मृगस्थलीमा आई बसेका थिए । यो कथा मैले तपाईंका मुखबाट ( एघारौं अध्यायमा) सुनिसकेको थिएँ । अब म तारकासुर दैत्यका बारेमा अरु जान्न चाहन्छु । तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान प्राप्त गरेर अमरावती लिएको हो ? फेरि उसलाई कसले ? कसरी मारिदियो ? इन्द्रले आफ्नो स्वर्गको रजाईलाई फेरि कसरी प्राप्त गरे ? यी सम्पूर्ण कुराको वृत्तान्त सुन्न पाऊँ ।' अगस्त्य मुनिका यस्ता प्रश्न सुनी कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! कश्यप पुत्र तारकासुरले दुग्धप्रभा नाम गरेको तीर्थमा स्नान गर्न गएका बखतमा पेची मुनिले त्यहाँ तपस्या गरेको देखी आफूलाई पनि तपस्या गर्ने इच्छा भयो र पेची मुनिसँग सोध्यो – 'हे मुनिवर ! तपाईंले यसरी तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्ने इच्छा जाग्यो । मलाई पनि तपस्या गर्ने क्रम वताइदिनुहोस् ।' तारकासुरको इच्छा बुझी पेची मुनिले भने – 'हे दैत्य ! तँलाई तपस्या गर्ने मन भएछ । अब तैंले यो दुग्धप्रभा नाम गरेको तीर्थका शिरमा रहेको हिमालय पर्वतमा गई तपस्या गर्नु ।'

पेची मुनिबाट यस्तो उपदेश पाएको तारकासुर दैत्य त्यहाँबाट हिमालय पर्वतमा गई एक हजार वर्षसम्म ठूलो कष्ट सही घोर तपस्या गर्यो । यस तरहको तपस्या देखी ब्रह्माजी प्रसन्न भई – 'हे तारकासुर ! तेरो तपस्याबाट म सन्तुष्ट भएँ । मनमा जे इच्छा छ सो वर माग ' भन्ने आज्ञा भयो । ब्रह्माको दर्शन पाई हर्षले गदगद हुँदै साष्टाङ्ग दण्डवत् प्रणाम गरी तारकासुरले भन्न लाग्यो – 'हे पितामह ! हजुरको दर्शन पाएर म धन्य भएँ । वरदान माग भनी हजुरबाट आज्ञा भयो । सो म के माग्छु भने हजुरबाट सृष्टि भएका प्राणिमध्येबाट पाँचवर्ष उमेर नाघेका कसैबाट पनि मेरो मृत्यु नहोस् । फेरि जसले मेरो शिर भूमिमा गिराउला उसको पनि शिर फुटेर मृत्यु होस् । मैले सम्पूर्ण इन्द्रादि देवतालाई परास्त गर्न सकूँ ' तारकासुरले मागेको यो वरदानलाई ब्रह्माले 'तथास्तु ' भन्नुभयो र आफ्नो ब्रह्मास्त्र पनि दिनुभई अन्तर्धान हुनुभयो । मनले चाहना गरेअनुसारको वर पाएको तारकासुर दैत्यले आफू वलवान् भएर अर्कालाई तृणबराबर पनि नठानी, सारा दैत्यगण साथमा लिई स्वर्गको अमरावती पुगी इन्द्रादि देवतालाई युद्धका निम्ति ललकार्यो । कोटिकोटि दैत्यहरू लिएर तारकासुरले आफूहरूसँग जाइलाग्न आएको देवताका राजा इन्द्रले देखी आफ्ना पनि तेत्तीस कोटि देवता जम्मा गरी आआफ्ना शस्त्रअस्त्रले सुसज्जित भई युद्धका निम्ति अघि सरे । युद्धको मैदानमा घनघोर युद्ध भयो । देवताहरूले दैत्यपट्टिका करोडौं सेनाको संहार गरे । आफ्ना धेरै सेनाको नाश भएको देखी तारकासुर दैत्यले आफ्ना गुरु शुक्राचार्यसित गई बिन्ती गर्यो – 'हे गुरुदेव ! देवताहरूले हाम्रो दैत्य सेनाको ठूलो सङ्ख्यामा नाश गरिदिए, तपाईंले उद्धार गरिदिनुपर्यो ।' यो कुरा सुनी गुरु शुक्राचार्यले युद्धका मैदानमा आई सञ्जीवनी विद्या पढी पानी छर्किदिए । पानीका छिटा पर्नासाथ अघि मरेका सकल दैत्यहरू ब्युँझिएर फेरि युद्ध गर्न अग्रसर भए ।

आफूले मारेका दैत्यहरूलाई फेरि बचाइएको देखी क्रुद्ध भएका देवेन्द्र ऐरावत हात्तीमा चढी वज्र प्रहार गर्दै अनेक तरहसँग युद्ध गर्न लागे । दशहजार वर्षसम्म घनघोर युद्ध चलिरह्यो । दुबै पक्षका कोटिकोटि सेनाहरू मरे । दैत्यहरूपट्टि चाहिँ मर्नासाथ गुरु शुक्राचार्यले ब्युँझाइदिने र देवतापट्टिको चाहिँ मरेका मरेकै हुने हुँदा सकल देवता सहित देवराज इन्द्र त्यहाँबाट भाग्न थाले । त्यसैबेला देवगुरु वृहस्पति आई भन्नुभयो – 'हे इन्द्र महाराज ! यो सङ्ग्राममा तपार्इंको जीत असम्भव छ, किनभने अघि तारकासुर दैत्यले एक हजार वर्षसम्म कठोर तपस्या गरी ब्रह्मालाई खुशी गराएर 'ब्रह्माबाट सृष्टि भएका प्राणिमध्ये पाँच वर्ष उमेर नाघेका कसैबाट पनि उसको मृत्यु नहुने र जसले उसको शिर भूइँमा गिराउला, त्यसको पनि शिर फुटेर मृत्यु हुने' वरदान पाएको छ । यसकारण अब तपाईंहरू महादेवका शरणमा जानुहोस् ।' हे अगस्त्य मुनि ! तब गुरु वृहस्पतिका कथनअनुसार देवताहरू आएर मर्त्यलोकको पशुपतिस्थानको मृगस्थलीमा आएर लुकेर बसेका थिए । उनीहरूले महादेवलाई भेट्न नसकेर त्यहाँ बसेका थिए । किनभने त्यसबेला महादेव सतीदेवीका वियोगले बौलाहाजस्ता भएर हिँड्नु भएको थियो । कालान्तरमा हिमालय पुत्रीको रूपमा सतीदेवीको जन्म भएर पार्वती नाम रहन गई महादेवको आराधना गरी शिव/पार्वतीको विवाह भएको थियो । जुन पुण्यकथा मबाट तपाईंले सुनिसक्नु भएको छ । शिवपार्वतीबाट गणेश र कुमारको जन्म नहुञ्जेल धेरै समयसम्म इन्द्रादि देवता पशुपतिस्थानको मृगस्थलीमा नै लुकेर बसेका थिए । यसरी देवताहरू भागेर गएपछि दैत्यराज तारकासुरले स्वर्ग, मर्त्य, पाताल तीनै लोकको रजाईं गरी परम आनन्दले रहँदो भयो ।

धेरै कालपछि एकदिन देवराज इन्द्रले तेत्तीस कोटि देवताहरूलाई डाकी भने – 'हे देवता हो ! तारकासुर दैत्यले अमरावती रजाईं गरेको र हामीलाई यसरी दुःख दिएको धेरै काल भयो । अब त्यस पापिष्ठको संहार गरी हामीले आफ्नो अमरावती फर्काउनु पर्छ । गुरु वृहस्पतिको आज्ञाअनुसार अब हामी महादेवका शरणमा जाऔं । महादेवका गणेश र कुमार दुई पुत्र जन्मिएका छन् र ती दुईबाट हाम्रा शत्रु तारकासुरको नाश हुनेछ । अब गएर महादेवसित बिन्ती गरौं' भनी तेत्तीस कोटि देवताका साथ गई महादेवमा बिन्ती चढाउन कैलाश पुगेका इन्द्रले महादेवलाई साष्टाङ्ग प्रणाम गरी 'हे नीलकण्ठ ! पापिष्ठ तारकासुरले इन्द्राणीसहित अमरावती हामीबाट खोसेर हामीलाई दुःख दिएको धेरै काल भयो । अब त्यसको संहार गरी हाम्रो उद्धार गरिबक्सियोस्' भनी बिन्ती गरे । यस्तो बिन्ती सुनिसकेपछि शम्भुले भन्नुभयो – 'हे इन्द्रादि देवगण हो ! तारकासुर दैत्य मबाट मारिँदैन । तर मेरो पुत्र कुमारले भने मारिदिनेछ । देवता, यक्ष, गन्धर्व आदि सबैले कुमारलाई सेनापतिको पदमा राखी युद्धभूमिमा जाओ । म पनि आउनेछु ।' यस्तो महादेवको आज्ञा सुनी सो आज्ञालाई शिरोपर गरी महादेवमा साष्टाङ्ग प्रणाम गरी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, भूत, प्रेत, प्रमथगण सहित भई कुमारजीका सेनापतित्वमा तारकासुर दैत्यसँग युद्धका निम्ति भगवान् शिवको पिनाक धनु लिई प्रस्थान गरे ।

गणेशलाई युद्धमा लिई जान देवताहरूले बिर्सिएका हुँदा गणेशले आफ्नो वाहन मुसोसित भन्नुभयो – 'हे मुसा ! लौ हेर त महादेवबाट मैले पाएको वरदानलाई देवताहरूले अपमानित बनाए ।' आफ्ना मालिकका यस्ता कुरा सुनी मुसाले भन्यो – 'हे गणनाथ ! उनीहरूले अन्यथा गरेका होइनन् । अवश्य पनि हजुरलाई भन्न बिर्सिएका छन् । म गई सम्झाई आउनेछु ।' भनी तुरुन्त गई पिनाक धनुको ताँदो काटिदियो र फर्की आयो । इन्द्रादि देवताहरूले जब पिनाक धनुको ताँदो काटिएको देखे तब बडो खेद मान्दै भन्न लागे – 'अहो ! यो केबाट यस्तो विघ्न हुनगयो ? हाम्रो साइत बिग्रियो । अब कुन उपाय गर्ने हो ?' यो सुनी महादेवबाट आज्ञा भयो – 'हे देवता हो ! अन्यथा नठान ! तिमीहरूले गणेशलाई जाऊँ भन्न बिर्सियौ कि कसो ? उनलाई साथमा नलिए काम सफल हुँदैन । यसर्थ गणेशलाई पनि साथ लैजानुपर्छ ।' महादेवको आज्ञा सुनी इन्द्रादि देवताहरूले गणेशलाई पनि साथ लिई तारकासुर दैत्यसँग युद्ध गर्नका निम्ति अमरावती पुरी गए । त्यहाँ देवता र दैत्यहरूको परस्पर घोर घमासान युद्ध प्रारम्भ भयो । तारकासुर दैत्यले कुमारको रथ घचेटेर एक योजन पछि हटायो । कुमारले पनि क्रुद्ध भएर तारकासुरको रथलाई त्यसै गरी चार योजन पछि हटाइदिनुभयो । यो देखी क्रोधले आकुल भएको तारकसुरले कुमारमाथि खड्ग प्रहार गर्यो । आफूमाथि खड्ग प्रहार गरेको देखी कुमारले धनुको ताँदोलाई कानसम्म खिँची तारकासुरको मुन्टोलाई लक्ष्य गरी चन्द्रवाण प्रहार गर्नुभयो । त्यो वाणले दिनको सूर्यास्त हुनु र तारा नदेखिनु ठीक सन्ध्या समयमा तारकासुरको शिर चुँडायो । त्यो देखी हतारसाथ महादेव पुगी त्यो दैत्यको शिर भूमिमा गिर्न नपाउँदै बीचमा नै समाउनुभयो । तारकासुरको त्यो अवस्था देखेर दैत्य सेनाहरू दशै दिशातिर भागेर आआफ्ना प्राण बचाउन तिर लागे । त्यसपछि इन्द्रादि सम्पूर्ण देवताहरू कुमारको जयगान गर्दै 'धन्य धन्य कुमार ! ' भन्दै उनलाई अघि लगाई कैलाश पर्वतमा पुगे ।

त्यहाँ पुगेपछि इन्द्रादि देवताहरूले महादेवमा बिन्ती गरे – 'हे जगदीश्वर ! हजुरका कृपाले शत्रुको नाश गरी आइपुग्यौं । अब आज्ञा पाएमा हामी अमरावती पुरीमा जाने थियौं ' यो बिन्ती सुनेर महादेवले इन्द्रलाई भन्नुभयो – 'हे इन्द्र ! तिम्रो राज्य अब कहिल्यै कसैले जित्न सक्ने छैन र अकण्टक रहनेछ ।' यो सुनी अति प्रसन्न भएका इन्द्रसहित तेत्तीस कोटि देवताले महादेवलाई साष्टाङ्ग दण्डवत् प्रणाम गरी अमरावतीमा गएर आनन्दले राज्य गर्दा भए ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां श्रीगणेश-कार्तिकेययोः जन्म-तारकासुर-दैत्य-बधश्च-वर्णनं नाम पञ्चदशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Tuesday, January 24, 2017

स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! त्यसपछि पार्वतीले श्री स्वस्थानी परेमेश्वरीका प्रसादहरू एक सय आठ, एक सय आठका दरले राखिएका थालीहरूबाट आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत ल्याई 'हे स्वामी ! अब मेरो तपस्या र व्रत पूर्ण भयो, मैले सानै उमेरदेखि नै हजुरलाई स्वामी पाऊँ भनी दृढ सङ्कल्प लिएकी थिएँ, सो आज मैले पाउन सकेँ' भनी महादेवका हातमा प्रसाद चढाई साष्टाङ्ग दण्डवत् प्रणाम गरेर फेरि भनिन् – 'हे आदिपुरुष ! श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मेरो मनोकामना सिद्ध भयो, मैले हजुरलाई स्वामी पाएँ, हे प्रभु ! यो ब्रह्माण्डभित्रका कोही दुःखी छन्, कोही दरिद्री छन्, कोही पापी छन्, कोही निःसन्तान छन्, कोही विनास्त्रीका छन् त कोही विनापुरुषका छन् । यसरी धेरैले दुःख पाएका छन् । यसकारण तिनको उद्धारका निम्ति श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रकाश गरिदिन पाए लोकको उद्धार हुने थियो भन्ने मलाई लागेको छ । यो कसो गर्दा होला ? मलाई उपाय गरिबक्सियोस् ।'

पार्वतीका यस्ता दयाले भरिएका वचन सुनी महादेवबाट आज्ञा भयो – 'हे पार्वती ! तिमीले दुःखी दरिद्रीमाथि दया गरी तिनका दुःखहरण गर्ने जुन उपाय सोध्यौ, त्यो बताउँछु । तिमीले अहिले नै अश्वत्थामा ऋषिलाई डाकेर रसातल पातालमा पठाऊ । वहाँ गएर उनले सो व्रत प्रकाश गरिदिने छन् । महादेवबाट यो आज्ञा भएपछि पार्वतीले अश्वत्थामा ऋषिलार्इ डाक्न पठाउनुभयो । केहीपछि अश्वत्थामा ऋषि आइपुगेर उमामहेश्वरलाई साष्टाङ्ग प्रणाम गरेर आफूलाई डाक्न पठाएको कुराको कारण जान्न निवेदन गरे । खुशी भएकी पार्वतीले अश्वत्थामा ऋषिलाई भन्नुभयो – 'हे अश्वत्थामा ऋषे ! तपाईंलाई किन डाक्न पठाएकी भने, तपाईं अब रसातल पातालमा जानुहोस् । वहाँ गएर तपाईंले पातालमा जो दुःखी, दरिद्री, पापी, स्त्री नहुने, पुरुष नहुने, सन्तति नहुने र अरु कतिकति कुराले दुःख र सन्ताप भोगिरहेकाहरूलाई देख्नुहुन्छ, ती सबैलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न सिकाउनुहोस् । जुन व्रतका प्रभावले गर्दा त्यस्ता ती सबैको उद्धार होस् ।' यति भनिसकेपछि पार्वतीले अश्वत्थामा ऋषिलाई विष्णुले बताउनु भएको सम्पूर्ण व्रतविधिहरू सबै सविस्तार बताउनुभयो । तब अश्वत्थामा ऋषि पनि अत्यन्त खुशी हुँदै श्री भवानीशङ्करलाई साष्टाङ्ग प्रणाम गरी विदा लिई रसातल पातालमा गए । हे अगस्त्य मुनि ! यो कुरा तपाईंलाई अठारौं अध्यायमा अरूपनि बताउँला । 

तहाँउप्रान्त एकदिन महादेवले पार्वती कत्तिको बठ्याईं गर्दी रहिछन् बुझ्नुपर्यो भनी कसैले नदेख्ने ठाउँमा लुक्नुभयो । पार्वतीले महादेवजीलाई वरपर कतै नदेख्दा चित्त आकुल गरी विलाप गर्न लाग्नुभयो । अनेक ठाउँमा खोजी गर्दै जाँदा एकान्त ठाउँमा लुकिरहनु भएका महादेवलाई बल्लतल्ल फेला पार्नुभयो र भन्नुभयो – 'हे ईश्वर ! तपाईंले मलाई छलेर किन लुक्नु आउनुपर्यो ? के म सुन्दरी भइनँ कि ? मन परिन कि ?' भन्ने प्रश्न गर्दै आँसु खसाउन थाल्नुभयो । तब महादेवले केही नबोली 'पार्वतीले मलाई अब यसै छोड्ने भर्इनन् । अब अर्कै रूप लिई वनविहार गर्न जानुपर्यो' भनी मनमनै विचार गरी त्यहाँबाट अन्तर्ध्यान हुनुभई नेपाल देशको पशुपतिनाथ मन्दिर छेउको श्लेष्मान्तक वनमा गई, किराँतको रूप लिएर शिकारी झैं हिँड्न लाग्नुभयो । महादेवलाई पार्वतीले कतै नदेख्दा मनमा ठूलो चिन्ता लिई मलाई मेरा स्वामीले किन छल्नुभयो ? कहाँ जानुभयो ? भनी मनमा ज्यादै दुःख मानी ध्यानदृष्टिले विचार गरी हेर्दा त महादेवले किराँतको रूप धारण गरी पशुपतिनाथको श्लेष्मान्तक वनमा गई शिकार खेली हिँडेको थाहा पाउनु भयो । अनि पार्वतीले पनि महादेवजीलाई छल्नका निम्ति अत्यन्त राम्री किराँतिनीको रूप लिई श्लेष्मान्तक वनमैं गई एउटा ठूलो वृक्षमुनि बसिरहनुभयो ।

केही समय बितेपछि महादेव पनि घुम्दै फिर्दै त्यहाँ आइपुग्नु भयो र किराँतिनी रूपकी पार्वतीलाई देखी मोहित भई सोध्नुभयो – 'हे सुन्दरी ! तिमी को हौ ? देवकन्या हौ कि ? यक्षकन्या हौ कि ? नागकन्या हौ कि ? कि तिमी उर्वशी अप्सरा नै हौ कि ? तिमी जस्ती ता यो ब्रह्माण्डभरिमा कोही स्त्री जाति छैनन् होला के ? तिमी झैं सुन्दरी यो संसारभरिमा पाउन दुर्लभ छ ! यस्ती परम सुन्दरी ! त्यसमा पनि तरुनी नारी ! एक्लै यो वनको बीचमा आई किन बस्यौ ? वन्यजन्तु वाघ, हात्तीको कत्तिपनि डर नमानी यस्ता डरलाग्दा ठाउँमा बस्नुको कारण के हो ? मलाई भन ।' किराँतरुपी महादेवका यस्ता आज्ञा सुनी 'पक्का पनि मलाई सोध्ने महादेव नै हुन्' भनी किराँतिनी रूप लिएकी पार्वतीले मनमनै दण्डवत् प्रणाम गर्नुभयो । त्यस वखतमा महादेवको रूप कस्तो थियो भने बायाँ हातमा धनु र दायाँ हातमा त्रिशूल लिनु भएका, वाण राख्ने ठोक्रो काँधमा भिर्नु भएका, सर्पको गहना लगाई डरलाग्दा मूर्ति हुनु भएका किराँत रूपका हुनुहुन्थ्यो । यस्ता किराँतरूप महादेवलाई देखी पार्वतीले बिन्ती गर्नुभयो – 'हे किराँत ! म यहाँ तपस्या गरी बसेकी छु । यसरी म बसेको धेरै वर्ष भयो । किराँतिनीको जात हुनाले बाघ, हात्ती र अरु कुनै वनचरको मलाई कुनै डर लाग्दैन ।' यस्ता तरहसित दुई स्त्रीपुरुषको आपसमा अनेक कुराकानी हुँदै दिन बितेको चालै नपाई तुरुन्तै झमक्क साँझ पर्यो ।

तब किराँतरुपी महादेव आज्ञा गर्नुहुन्छ – 'हे सुन्दरी ! हामी दुईजना एक्लाएक्लै छौं । यसकारण आज यहीँ वास बसौं । हेर, अब रात पर्न लाग्यो ।' महादेवका यस्ता कुरा सुनी पार्वतीले भन्नुभयो – 'हे किराँत ! तिमीले ता बडो अनौठो बोले झैं लाग्यो किनभने तिमी पुरुषजाति र म स्त्रीजाति । अनि यस्ता वनका माझमा, कोही अर्को नभएका ठाउँमा कसरी एकै ठाउँमा वास बस्न सकिन्छ ? अर्को कुरा पुरुषजातिको ता उति भर पर्नु पनि ठीक छैन । राम्री स्त्री देखेपछि घरपरिवार सब बिर्सन्छन् । यसर्थ हामी अलगअलग वास बस्नु उचित ठहर्छ ।' किराँतिनी स्वरूप पार्वतीका कुरा सुनी किराँतरुपी महादेवले – 'हे किराँतिनी ! तिम्रो सोचाइ मैले बुझेँ, तर तिमीले त्यस्तो अनर्थ सोच्यौ । त्यो कुरा मेरो पेटमा एक रत्ति पनि छैन । तिमीले कुनै डर नमाने हुन्छ ।' भन्नुभयो र विश्वास दिलाउनु भयो । अनि दुबै किराँत/किराँतिनी रूप लिएका महादेवपार्वती कुनै एक वृक्षका मुनि बास बसे । आजभोलि गर्दै त्यहाँ बसेको पनि निक्कै दिन बितिसकेपछि एकदिन पार्वतीले मनमा 'सधैं यसै रहेर कत्ति निर्वाह गर्नु ? यी भोलेनाथ ता यत्तिक्कै बसेर पनि टार्न सक्छन् । म ता स्त्री जाति हुँ । मैले ता घरव्यवहारपट्टिको पनि चासो लिनुपर्छ । अरु कुनै उपाय त सोच्नैपर्यो' भन्ने विचार गर्नुभयो अनि महादेवलाई छलेर एकातिर जानुभयो र आकाशवाणि भए झैं गरी बोल्न लाग्नुभयो – 'हे ईश्वर ! हजुरले हामीलाई बिर्सिनुभएर यसरी वनविहार मात्र गरिरहनाले हामी ब्रह्मा, विष्णु, इन्द्रादिहरूको दुःखकष्ट कसले टारिदेला ? हे करुणामय ! हे वृषवाहन ! अब कैलाशको याद भए हाम्रो उद्धार हुँदो हो । प्रभु ! हामीले धेरै दुःख पायौं । हजुरबाट हाम्रो रक्षा होस् ।”

यसप्रकारको आकाशवाणि सुनेपछि महादेवले विचार गर्नुभयो - 'म यहाँ आएर वनविहार गरेको ता कसैले देखेको थिएन । यो आकाशवाणि जस्तो बोल्ने को रहेछ ? सायद देवताहरूले नै पो बोलेका हुन् कि ?' भनी वरिपरि हेर्दा कोही देख्नुभएन र चूपै रही किराँतिनी रूपकी पार्वतीलाई नदेखी जताततै खोज्न लाग्नुभयो । त्यत्तिक्कैमा पार्वती पनि केही थाहा नपाए झैं गरी रुखका हाँगामा बसी फल टिपी खान लाग्नुभयो । महादेवले खोज्दाखोज्दै भेट्नुभयो र 'हे सुन्दरी ! तिमी कहाँ गयौ ? तिमीलाई मैले कत्ति ठाउँ खोजिसकेँ, तर भेट्न नसकेर म ता व्याकुल भैसकेको थिएँ' भन्नुभयो । यो सुनी किराँतिनीरुपी पार्वतीले 'हे किराँत ! म कहाँ त्यत्ति टाढा गएकी थिएँ र ? भोक लाग्यो र कन्दमूल, फलफुल खान यता आएकी थिएँ' भन्नुभयो । यस्ता प्रकारका कुराकानी गरिरहँदा र पूर्णिमाको चन्द्रमाभन्दा पनि राम्री पार्वतीलाई देख्दा महादेवको मनोवेग भङ्ग भै किराँतिनी रूपकी पार्वतीलाई समाउन जाई लाग्नुभयो । यो देखेर किराँतिनी रूपकी पार्वतीले डराएझैं गरी भन्नुभयो – 'हे किराँत ! के तिम्रो धर्म यही हो ? मैले ता महादेव प्रभु बाहेक अरु श्रीमान् बनाउने छैन भनी प्रतिज्ञा गरेकी छु । तिमीबाट अन्यथा भए म तिमीलाई श्राप दिई मर्नेछु । म ठूलो विश्वासमा थिएँ तर तिमी यस्ता रहेछौ ।' तब किराँतरुपी महादेवले भन्नुभयो – 'तिम्रो त्यस्तो प्रतिज्ञा छ भने मलाई उनै महादेव भनी जान । वनविहारका इच्छाले यहाँ किराँतरूप भई आएको हुँ । नपत्याए मेरो असली रूप हेर ।' यत्ति भनी महादेवले आफ्नो ज्योतिःस्वरूपको दर्शन दिनुभयो ।

त्यसपछि किराँतिनी रूपकी पार्वतीले हर्ष मानी महादेवका पाउमा साष्टाङ्ग दण्डवत् प्रणाम गरी बिन्ती गर्न लाग्नुभयो – 'हे ईश्वर ! हजुर साक्षात् महादेव नै होइबक्सनु हुँदोरहेछ । अब कन्यादान लिन मेरा बाबाआमा भएका ठाउँमा आउनुहोस् ।' भनी महादेवलाई लिई पार्वती आफ्ना बाबा हिमालयका घरमा जानुभयो । वहाँ पुग्दा श्री महादेवले पार्वतीको असली रूप देखेर आश्चर्य मान्नुभयो । सबै कुरा बुझिसकेपछि लाजले के गरुँ र कसो गरुँ हुँदै अन्तर्ध्यान हुनुभई महादेव फेरि पशुपतिस्थानको श्लेष्मान्तक वनको उत्तर भागमा गई किराँतेश्वर शिवलिङ्ग भई रहनुभयो । श्री महादेवजी अन्तर्ध्यान भइसकेपछि पार्वतीले महादेवलाई नदेख्दा अत्यन्त विलाप गरी ध्यानदृष्टिले हेर्नुभयो, अनि श्लेष्मान्तक वनको उत्तर भागमा किराँतेश्वर शिवलिङ्ग भई रहनुभएको चाल पाउनु भयो, अनि आफू पनि सोही ठाउँमा जानुभयो र पशुपतिस्थानको किनारको पवित्र वागमती नदीमा नित्य स्नान गरी किराँतेश्वर शिवलिङ्गमा जल र अरु जुटेका सामग्रीहरू धूप, दीप, नैवेद्य, अनेकौं मेवामिष्ठान्न आदि चढाई पूजा गरी महादेवको ध्यान गरी तपस्या गर्न लाग्नुभयो । किराँतेश्वर शिवलिङ्गको नित्य सेवा गरी पवित्र वागमती नदीमा स्नान गरी किनारमा बसी तपस्या गरेको ठाउँको नाउँ गौरीघाट भयो, जुन पवित्रस्थल गौरीघाटमा गएर कुनैपनि नरनारीले पवित्र वागमती नदीमा स्नान गरी किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला, जलार्पण गर्ला तिनका सबै दुःखकष्ट नाश भइजाला र यो लोकमा अतुल ऐश्वर्य सुख प्राप्त गरी अन्त्यमा कैलाशवास होला ।

हे अगस्त्य मुनि ! पवित्र वागमती नदीका किनारमा पार्वतीले नित्यस्नान, ध्यान, पूजा र तपस्या गरेको देखी किराँतेश्वर महादेवले प्रसन्न भएर आफ्ना कर्पूर झैं गौर वर्णको स्वरूप लिई प्रकट भई पार्वतीलाई दर्शन दिनुभयो । जगन्माता पार्वतीले आफ्ना आराध्यदेवको दर्शन पाएर पाउमा परी अञ्जली बाँधी हर्षाश्रु बहाउँदै बिन्ती गर्न लाग्नुभयो – 'हे करुणाकर ! मलाई हजुरले किन यस प्रकारले दुःखकष्ट दिइरहनु भएको ? के हजुरलाई म मन परिन कि ? किन मलाई छोडेर एकान्त यो श्लेष्मान्तक वनको स्थलमा आई बसिबक्सनु भएको ?' यसरी पार्वतीले विस्मात् मानेको देखी महादेव अत्यन्तै खुशी हुँदै पार्वतीलाई अङ्कमाल गरी काखमा राखेर त्यहाँबाट अन्तर्ध्यान भई हिमालय पर्वतराजका घरतर्फ लाग्नुभयो । महादेव र पार्वती घरमा आएको देखी हिमालय पर्वतले अत्यन्तै खुशी भई छोरीज्वाईंको सम्मानमा नाना सुगन्धले युक्त पुष्पवृष्टि गराउनुभयो । त्यसपछि उच्च आसनमा बसाली पाद्य, अर्घ्यादि चढाई चौरासी व्यञ्जन तैयार गरी भोजन गराउनुभयो । ससुरालीमा चारदिन जति बस्नु भइसकेपछि महादेवबाट पार्वतीमा आज्ञा भयो – 'हे गिरिराज पुत्री ! कैलाश छोडेको पनि धेरै भयो । यहाँ बसी काम छैन । अब कैलाशमा जानुपर्छ । तिम्रा बाबाआमासित विदा मागौं ।' यसपछि दुबैजना हिमालयराज छेउ पुगे अनि महादेवले निवेदन गर्नुभयो – 'हे पिता ! जुन दिन सतीदेवीले देहत्याग गरिथिन्, त्यो दिनदेखि कैलाश शून्य छ । अब हजुरबाट आज्ञा भए पार्वतीलाई साथ लिई कैलाश जाने थिएँ ।'

महादेवले आफूलाई ‘हे पिता !’ भनेको सुनी अत्यन्तै खुशी र हर्षले गदगद भएका हिमालय राजले अत्यन्तै विनम्र हुँदै हात जोडी विन्ती गरे – 'हे त्रैलोक्यनाथ ! हे चराचरपते ! हजुरले अज्ञानीले जस्तो गरी मलाई मोहले छोपी ‘हे पिता !’ भन्नु भएकाले मेरा सम्पूर्ण विकार नष्ट हुन गए । हे प्रभु ! अब ममाथि दया गरी मेरा सम्पूर्ण अज्ञान नाश गरिबक्सियोस् । मेरा अभिमान पनि नष्ट गरिदिर्इ बक्सियोस् । हजुरका भक्तिमा मेरो चित्त सधैं लागिरहोस् ।' यत्ति भनिसकेपछि महादेव र पार्वतीलाई नानाथरीका वस्त्रालङ्कार र गरगहना पहिर्याई, सिँहासनमा बसाली, षोडशोपचारले पूजा गरी नानाथरिका मेवामिष्ठान्नादि नैवद्य चढाउनु भयो । अनि स्तुति गर्न लाग्नुभयो :– 'हे भवानीशङ्कर ! जसरी लक्ष्मीनारायण समुद्रका घरमा गएर बसिदिनु हुँदा समुद्रले आनन्द महसुस गर्नुभएको थियो, त्यसैगरी छोरी सहित भएर हजुरले मेरा घरमा राज गरिदिनाले म आनन्दमा रमेँ । हे जगदीश्वर ! हजुरको महिमा अपरम्पार छ । हजुरका मायाले नै यो विश्वब्रह्माण्ड व्याप्त छ । जतिबेला देवदानव मिली समुद्र मन्थन गरेका बेला कालकूट विष निस्क्यो र संसार नै डढाउन लाग्यो । त्यो देखेर हजुरले नै त्यो उग्र विष आफ्नो घाँटीमा राखी सबैको रक्षा गरिबक्सनु भयो । त्यसरी हजुरको नाम नीलकण्ठ पनि रहन गयो । हे विश्वम्भर ! आफैले सृष्टि र स्थिति गरी आफूले नै संहार पनि गर्ने, यस्ता हजुरलाई कोटिकोटि प्रणाम छ । हे परब्रह्म ! पृथ्वीलाई रथ, चार वेदलाई घोडा, चन्द्र र सूर्यलाई रथका पाङ्ग्रा, ब्रह्मालाई सारथी, सुमेरु पर्वतलाई धनुष, शेषनागलाई धनुको ताँदो , विष्णुलाई वाणको चुच्चो बनाई त्रिपुरासुर दैत्यको नाश गर्ने हे शम्भो ! हजुरलाई कोटिकोटि नमस्कार छ । हे युगेश्वर ! ब्रह्मा भन्नु, स्थावर भन्नु, जङ्गम भन्नु, त्यसमा पनि यम भन्नु, नारायण भन्नु सबै हजुर नै होइबक्सनु हुन्छ । फेरि सत्व–रज–तम त्रिगुण भन्नु, मृत्यु भन्नु, कालका पनि काल भन्नु, गुणका पनि गुण भन्नु, देवताका पनि देवता भन्नु, अनाथका नाथ भन्नु सबै हजुर नै होइबक्सनु हुन्छ । यसैगरी विश्वरूप मूर्ति भन्नु, आदि–मध्य–अन्त्य नभएका भन्नु, अष्टवसु भन्नु, द्वादशादित्य भन्नु, दिक्पाल भन्नु पनि सबै हजुर नै होइबक्सनु हुन्छ । हे वृषभध्वज ! हजुरका महिमाको वर्णन गर्न चतुर्मुख ब्रह्मा भए, सरस्वती भर्इन्, हजार जिब्रा भएका शेषनाग भए, यिनको पनि सामर्थ्य पुग्दैन भने मेरो कसरी पुग्ला ?'

यस्ता तरहसित हिमालय राजले स्तुति गरेको देखी महादेव सन्तुष्ट हुनुभई प्रसन्न मुद्रा लिई भन्न लाग्नुभयो – 'हे पर्वतराज ! तपाईंले गरेका सेवा र भक्तिदेखि म सन्तुष्ट भएँ । आफ्नो चित्तलाई सदा मेरो भक्तिमा लगाई कैलाश पद प्राप्त हुनेछ । अब हामी आफ्ना बाटो लाग्छौं । बिदा पाऊँ' यत्ति भनी हिमालय पर्वत र मेनकासित विदा लिई महादेव बृष वाहनमा चढ्नुभयो र पार्वतीलाई आफ्ना काखमा राखी सुस्तसुस्त कैलाशमा पुग्नुभयो र वहाँ प्रमथगणका साथमा आनन्दले राज गर्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां श्रीगौरीशङ्कर-कैलाश-प्रवेश-वर्णनं नाम चतुर्दशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।