Thursday, November 9, 2017

राशिफल (२०७४ कार्तिक २५ गते/२०१७ नोभेम्बर ११)

भोलि वि.सं. २०७४ कार्तिक २५ गते शनिबार तदनुसार ई. सं. २०१७ नोभेम्बर ११ तारिख


भोलिको चाडपर्व र उत्सव : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), 

मार्गशीर्ष कृष्णपक्षको अष्टमी तिथि, साँझ ०६:०५ बजेसम्म, त्यसपछि नवमी तिथि,
अश्लेषा नक्षत्र, साँझ ०४:५१ बजेसम्म, त्यसपछि मघा नक्षत्र,
भोलिको चन्द्रमा कर्कट राशिमा, साँझ ०४:५१ बजेसम्म, त्यसपछि सिंह राशिमा,
शुक्ल योग, बिहान ०९:२१ बजेसम्म, त्यसपछि ब्रह्म योग,
सुरुमा बालब करण बिहान ०६:५८ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०६:०५ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :– 

राहु काल : बिहान ०९:०५ देखि १०:२६ सम्म
यमघण्ट : दिउँसो ०१:०८ देखि ०२:३० सम्म
गुलिक काल : बिहान ०६:२३ देखि ०७:४४ सम्म

भोलिको वारवेला :–

काल वारवेला : बिहान ०६:२३ देखि ०७:४४ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र मध्यरात्रीपछि ०४:४३ देखि ०६:२३ सम्म
लाभ वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म र बेलुका ०६:५१ देखि ०८:३० सम्म
उद्वेग वारवेला : बिहान १०:२६ देखि ११:४७ सम्म र बेलुका ०८:३० देखि १०:०८ सम्म
शुभ वारवेला : बिहान ०७:४४ देखि ०९:०५ सम्म र बेलुका १०:०८ देखि ११:४७ सम्म
अमृत वारवेला : दिउँसो ०२:३० देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२६ सम्म
चर वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०३:०५ सम्म
रोग वारवेला : बिहान ०९:०५ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०३:०५ देखि ०४:४३ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

मध्यम खाले समय छ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा/व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।

आजको राशिफल (२०७४ कार्तिक २४ गते/२०१७ नोभेम्बर १०)

वि.सं. २०७४ कार्तिक २४ गते शुक्रबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १० तारिख

मार्गशीर्ष कृष्ण सप्तमी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, शुभ योग, विष्टि (भद्रा) र बब करण
आजको चाडपर्व र उत्सव : लौहपुरुष वीर गणेशमानको जन्मदिन,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, 
भोलिको चाडपर्व र उत्सव : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), 

आजका लागि अशुभ समय :–

राहु काल : बिहान १०:२६ देखि ११:४७ सम्म
यमघण्ट : दिउँसो ०२:३० देखि ०३:५१ सम्म
गुलिक काल : बिहान ०७:४३ देखि ०९:०४ सम्म
रोग वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म
अमृत वारवेला : बिहान ०९:०४ देखि १०:२६ सम्म


आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईष्र्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजको क्षेत्र वा विदेशमा रहेका आफन्तसँग आत्मीयता बढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । 
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिन्छन्, तर जे गरे पनि आफ्नै बुद्धि खियाएर गर्नु पर्नेछ । पञ्चम भावमा रहेको अनिष्ट चन्द्रमाको प्रभावले आज कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर आवश्यक काममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । सवारी साधनमा खराबी आउन सक्छ । बोलीमा नकारात्मक ऊर्जा हाबी छ, त्यसैले कम बोलेकै जाती हुनेछ । कुनै पनि काम दोहोर्याएर गर्ने परिस्थिति सिर्जना हुनेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

माङ्गलिक योग : अवसर कि चुनौती ?

जब कुनै पुरुष वा स्त्रीको विवाहको प्रसङ्ग उल्लेख हुन्छ वा विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा वा व्यक्तित्वको टकराव उत्पन्न हुन्छ, त्यसवेला ज्योतिषीकहाँ पुग्दा कुण्डलीमा माङ्गलिक योग छ भन्ने सुन्न पाइन्छ । कतिपय ज्योतिषीले भएको माङ्गलिक योगको उचित व्याख्या र परामर्श दिने गर्दछन् भने कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै थोरै भए पनि कमाउन पाइहालिन्छ कि भनी नभएको माङ्गलिक योगको त्रास सिर्जना गरेर ठगी गरेको पनि सुन्न र देख्न पाइन्छ । हिजो 'पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । रक्षन्ति स्थविरे पुत्राः' अर्थात् बाल्यावस्थामा पिताले, युवावस्थामा पतिले र बृद्धावस्थामा पुत्रले रक्षा गर्नुपर्ने भनी नारीलाई एउटा प्रतिबन्ध र दायरामा सीमित गरेर राखेको स्थिति अहिले देख्न पाइँदैन । बदलिंदो परिस्थितिमा नारीको जीवन केही हदमा स्वतन्त्र, खुल्ला र विशिष्ट बन्नुका साथै अझ जटिल, जुझारु र सङ्घर्षमयसमेत बन्न पुगेको छ । अझ पुरुषका तुलनामा स्त्रीमा प्रतिष्ठाका निमित्त बढी बोझ र दबाब रहेको देखिन्छ । पुरुषप्रधान समाजमा जीविकोपार्जन गर्नुपर्ने भएकाले एउटी असल बुहारी र असल सन्ततिकी आमा बन्नुपर्ने परम्परित दायित्वबाहेक उनले अहिले उच्च प्रतिष्ठाका साथमा एउटी आधुनिक नारीको प्रतिष्ठा र प्राप्तिको विषय बन्नु परेको छ । त्यसैले पनि छोरीका बाउआमामा माङ्गलिक योगको नाम सुन्नासाथ त्रास सिर्जना हुनु स्वाभाविक पनि हो, यद्यपि छोराकै अभिभावकलाई पनि यस योगले चिन्तित तुल्याएकै पाइन्छ । हुन त यस योगले प्रदान गर्ने राम्रो वा नराम्रो फल पुरुषका लागि पनि उत्तिकै शुभ वा अशुभ नै हुन्छ, तर सामाजिक बनोटमा पुरुषको दाम्पत्य सुख वा बाधाले उसको व्यक्तित्व र प्रतिष्ठालाई नबाँधेको हुँदा यस योगको दुष्प्रभावका बारेमा एउटी कन्याको जीवनमा आधारित भई बढी व्याख्या/विश्लेषण गरिएको पाइन्छ । अहिलेसम्म माङ्गलिक योगका बारेमा जेजति चर्चा भएका छन्, यसका नकारात्मक पक्षका बारेमा मात्र भएका छन्, फलादेश गर्ने होस् वा सुन्ने यसको वैशिष्ट्यका बारेमा बुझ्दै नबुझी यस योगको गलत व्याख्यान भइआएको देखिन्छ र विवाह योग्य उमेरका वरबधू वा तिनका अभिभावक सन्तप्त र चिन्तित रहने गरेको पाइन्छ । आजको यस आलेखमा माङ्गलिक योगको परिचय र यसको शुभ र अशुभ प्रभावको चर्चा गरिने छ ।


के हो माङ्गलिक योग

मङ्गल शब्दको अर्थ शुभ वा कुशल भन्ने हुन्छ । यस शब्दले ग्रहहरूमध्ये मङ्गल ग्रहको नाम र सातवटा बारमध्ये तेस्रो क्रममा आउने मङ्गलबारलाई पनि सङ्केत गर्दछ । उक्त शब्दमा इक प्रत्यय गाँसेर माङ्गलिक शब्दको निर्माण हुन्छ । विशेषण पदवर्गको माङ्गलिक शब्दको अर्थ पनि श्रेष्ठ र शुभ भन्ने नै हुन्छ । त्यसैले पनि माङ्गलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर यहाँ श्रेष्ठ वा शुभ योगको अर्थमा माङ्गलिक शब्दको प्रयोग नभई मङ्गल ग्रहसम्बद्ध योग भन्ने अर्थमा यो शब्द प्रचलित छ । कसैको कुण्डलीमा माङ्गलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ :-

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥ 

यस श्लोकको भावार्थ हो - जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो । माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ । कोशीय आधारमा माङ्गलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन । बुझ्नुपर्ने कुरा के हो भने माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छ, यसको अर्थ ऊ हाईएटिच्युडको हाईभोल्टेज पर्सनलिटि हो । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।

सैन्य पेसामा संलग्न हुन चाहने व्यक्तिको कुण्डलीमा कुनै न कुनै तरिकाले मङ्गल ग्रह प्रभावशाली रहनु अनिवार्य मानिन्छ र त्यस क्षेत्रका व्यक्तिमा माङ्गलिक योगका लक्षण भेटिने सम्भावना पनि हुन्छ । तपाईंले विचार गर्नुभएको हुनसक्छ, सेना र प्रहरिको छाउनी वा क्याम्प गाउँ र समाजभन्दा पर एकान्त स्थानमा सुरक्षित तवरले राखिएको हुन्छ । यसको मुख्य कारण उक्त क्याम्पभित्रको सुरक्षा व्यवस्था र सामरिक महत्त्व नै हो, तर मङ्गल ग्रह हाबी हुने भएकाले सैन्य सेवा संलग्न व्यक्तिको कडापन र मिजास पनि अर्को महत्त्वपूर्ण कारण हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले सरकारको एउटै कोशबाट सेवा र सुविधा खर्च हुने भए पनि प्रशासनिक र लेखा सेवाका कर्मचारी तथा सेना र प्रहरि सेवाका कर्मचारीको व्यवस्थापन र सेवासुविधामा पनि फरक बनाउनु परेको हो । वास्तवमा जुन अनुशासन र कसीको दायरामा सेना र प्रहरि बसेका हुन्छन्, खुसमिजासका अन्य कर्मचारीले त्यसलाई बुझ्न र पालना गर्न सक्दैनन् । यसरी सैन्यसेवा र अन्य प्रशासनिक सेवाका कर्मचारीको तुलना गरेर पनि माङ्गलिक र अमाङ्गलिकको स्वभावको पहिचान गर्न सकिन्छ । माङ्गलिक योगका व्यक्ति तर्क, योजना, अनुशासन र कर्तव्यलाई अहमताका साथमा पालना गर्दछन् । सांसारिक र भावनात्मक विषयमा दुई र दुई जोड्दा पाँच वा सात जति पनि हुन सक्छ तर यिनीहरू जुनसुकै परिस्थितिमा पनि दुई र दुई जोड्दा चार भएकै देख्न चाहन्छन् । अर्थात् माङ्गलिक योग भएका व्यक्ति भावना वहने र व्यवहारपरक बन्न प्रयास गर्दैनन् । त्यसैले यिनका जीवनमा आउने जीवनसाथीमा पनि त्यस्तै गुण हुनु जरुरी हुन्छ । यस्तो नभएमा जतिवेला पनि सम्बन्ध टुट्ने खतरा मँडारिरहेको अवस्था सिर्जना हुन्छ । त्यसैले माङ्गलिकको सम्बन्ध माङ्गलिकसँगै हुनु पर्दछ, अनिमात्र विवाहलगायत साझेदारीका हरेक क्षेत्रमा उत्तम जोडीको भूमिका निर्वाह हुनसक्छ र तिनको जीवनमा पनि परममङ्गलको उदय हुन्छ भन्न खोजिएको हो ।

मङ्गल ग्रह दाजुभाइ, मित्रता, साझेदारी, उत्साह, ऊर्जा आदिको कारक ग्रह भएकाले विवाहमात्र होइन, कुनै पनि दुई व्यक्तिका बीचमा साझेदारी र व्यापारका सिलसिलामा पनि माङ्गलिक योगको प्रभाव हुन्छ । स्वभावले माङ्गलिक योग भएका जातक निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी र स्वावलम्बी हुन्छन् । त्यसैले उनीहरूको सम्बन्ध पनि त्यस्तै स्वभाव भएका व्यक्तिहरूसित हुने गर्दछ । अतः माङ्गलिक योगको विवेचना आपसी सम्बन्ध निर्धारणका लागि हुने गर्दछ । विवाहले जीवनको दीर्घकालसम्म प्रभाव पार्ने भएकाले केवल विवाहका प्रसङ्गमा मात्र यस योगको विवेचना गर्ने गरिन्छ, तर आपसी सम्बन्ध कायम गरी गरिने हरेक क्रियाकलापमा यस योगको महत्त्वपूर्ण उपयोग हुनसक्छ । वास्तवमा माङ्गलिक र गैरमाङ्गलिक जातकहरूका माझमा विवाह, व्यापार वा कुनै पनि प्रकारका साझेदारी कार्य सफल हुँदैनन्, अर्थात् माङ्गलिक व्यक्तिका लागि माङ्गलिक व्यक्ति नै उपयुक्त हुन्छ चाहे त्यो विवाह होस्, व्यापार होस् वा कुनै साझेदारीको क्षेत्र होस् ।

दाम्पत्य जीवन भनेको एउटा पुरुष र एउटी स्त्रीका बीचमा कायम हुने दीर्घकालिक साझेदारी र समझदारी हो । यौनसुख यस सम्बन्धको मुख्य कडी हो, यद्यपि केवल यौनसुखमात्र दाम्पत्यको समग्र विषय होइन, यससँग कुल, परिवार, समाज, प्रतिष्ठा, वंश र आपसी सम्बन्धजस्ता जटिल विषय जोडिएका हुन्छन् । सनातन संस्कृतिमा एउटी नारीको नाम, थर र गोत्रसमेत पुरुषसँग जोडिएको हुन्छ, त्यसैले विवाहपछि जुठोसूतक समेत पतिगृहमा आश्रित भइदिन्छ, उता पुरुषको जीवनमा पनि कुलबधु र घरकी नियन्ताका रूपमा उसकी पत्नीको अहम् भूमिका रहने गर्दछ । अतः दाम्पत्यसम्बन्धमा माङ्गलिक योगको शुभ वा अशुभ प्रभावले महत्त्व राख्नु स्वाभाविक नै हो ।

मङ्गल ग्रह प्रत्यक्ष हाबी भएका व्यक्तिको विशेषता

मङ्गल ग्रहलाई मुख्यतया शक्ति र पुरुषत्वको कारकका रूपमा वर्णन गरिएको पाइन्छ । मङ्गल ग्रहले प्रत्येक व्यक्तिमा शारीरिक सामर्थ्य, आन्तरिक ऊर्जा, मानसिक शक्ति र आत्मबलको प्रतिनिधित्व गरेको हुन्छ । मानसिक शक्ति भन्नाले निर्णय गर्ने क्षमता र उक्त निर्णयमा लिइने अडान भन्ने बुझिन्छ । मङ्गलको प्रभाव भएका जातकहरू सामान्यतया तथ्यको पहिचान गरी समुचित निर्णय गर्न र उक्त निर्णयलाई व्यावहारिक रूप प्रदान गर्न सक्षम हुने गर्दछन् । यस्ता जातक सामान्यतया कुनै दबाबका भरमा कसैका अगाडि निहुरन चाँहदैनन् र यिनीहरूमाथि दबाब दिएकै भरमा आफ्ना कुरा लाद्न निक्कै कठिन हुन्छ । त्यसैले यस ग्रहका प्रभाव भएका व्यक्तिलाई तर्क र युक्तिका आधारमा आफूअनुकूल बनाउन सकिन्छ । वास्तवमा मङ्गल ग्रहले यस्ता क्षेत्रको प्रतिनिधित्व गर्दछ जसमा साहस, शारीरिक बल, मानसिक क्षमता आदिको आवश्यकता हुन्छ । स्त्री होस् वा पुरुष जुनसुकै व्यक्तिमा अहिलेको युगीन परिवेशमा यी विषय हुनु अनिवार्यजस्तै हुने गर्दछ, अनि माङ्गलिक भएका व्यक्तिमा यी लक्षण स्वाभाविक ढंगले विकसित भएको पाइन्छ ।

कुनै जातक चाहे ऊ स्‍त्री होस् वा पुरुष, ऊ माङ्गलिक हुनुको अर्थ उसको कुण्डलीमा मङ्गल ग्रहले प्रभावकारी उपस्थिति जनाएको छ । विवाहका निमित्त जुनजुन घरमा मङ्गल ग्रहको उपस्थितिका बारेमा विचार गरिन्छ, तिनमा लग्‍न, चौथो, सातौं, आठौं र बाह्रौं भाव पर्दछन् । सामान्यतया लग्नमा बसेको मङ्गलले व्यक्तिको व्यक्तित्वलाई अत्यधिक तीक्ष्ण बनाउने गर्दछ, चौथो भावको मङ्गलले जातकको पारिवारिक पृष्ठभूमिको कठोरता र अडानको सङ्केत गर्दछ । त्यस्तै सातौं भावको मङ्गलका कारण जातक आफ्नो पति वा पत्नीप्रति कठोर बन्ने गर्दछ । अनि आठौं र बाह्रौं भावमा बसेको मङ्गलले आयु र शारीरिक क्षमतालाई प्रभावित तुल्याउँदछ । यीमध्ये आठौं र बाह्रौं भावको मङ्गलको भूमिका सामान्य खराब मानिन्छ, यसको अर्थ हो, विशेष परिस्थितिमा अर्थात् मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्न भएका जातकमा यी भावमा बसेको मङ्गलले केही शुभ परिणाम पनि प्रदान गर्दछ ।

लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा बसेको मङ्गल बलशाली भएमा जातकका व्यवहारमा पनि यस ग्रहको शुभफल प्राप्त हुन्छ, दुर्बल र कमजोर मङ्गल छ भने यसको प्रभाव पनि खराब हुने गर्दछ । उदाहरणका लागि एउटा प्रतिष्ठित सर्जन डाक्टर र एउटा कुख्यात डाका दुबैको कुण्डलीमा माङ्गलिक योगको सम्भावना हुन्छ । यस्तै स्थिति एउटा उच्‍च स्‍तरीय बैंक म्यानेजर र सेनाको प्रमुखमा पाउन सकिन्छ । जसले कडा निर्णय लिनु पर्ने पद र प्रतिष्ठा ग्रहण गरेका हुन्छन्, तिनको कुण्डलीमा माङ्गलिक योग हुने सम्भावना उत्तिकै हुन्छ । माङ्गलिक व्यक्तिको व्यक्तित्व हेर्दा रातो र तमतमाइलो अनुहार, जत्तिवेला पनि कठोर निर्णय लिनसक्ने स्वभाव, कडा बोलीवचन, निरन्तर काममा खट्नसक्ने, विपरीतलिङ्गीको आकर्षणमा झट्टै लट्ठ भइ नहाल्ने, योजनाबद्ध काम गर्ने, कठोर अनुशासनको परिवेश सिर्जना गर्ने र त्यसलाई पालना गर्ने तथा धैर्यता, संयमता र सहनशीलता जस्ता विशेषता प्राप्त हुन्छन् । यिनीहरू वचनका पक्का हुन्छन्, अघि सरेको कामलाई नसिद्ध्याई विश्राम लिन चाहँदैनन् अनि लडाइँ, झगडा, दङ्गाफसाद, युद्ध, प्राकृतिक प्रकोप आदि विपरीत परिस्थितिमा पनि विचलित हुने गर्दैनन् । यिनीहरू जुझारु स्वभावका हुन्छन् । हरेक विषयको गहिराइमा पुगेर त्यसको प्राप्तिका लागि निरन्तर र लगनशील भई सङ्घर्ष गर्नु यिनको विशेषता हो । सफलता वा असफलता जे मिले पनि यिनीहरू आफ्नो लक्षबाट विचलित हुँदैनन् । अहिले हरेक व्यक्तिको जीवन सङ्घर्षमय हुने गर्दछ, अतः युगको आवश्यकतानुरूप सङ्घर्षमा रत्तिभर विचलित नभई अघि बढिरहने र विपरीत परिस्थितिमा पनि जुझारु रहन सक्ने व्यक्तिको कुण्डलीमा मात्र देखिने यो योग किमार्थ अशुभ होइन ।

ज्योतिषमा माङ्गलिक योग र यसको प्राविधिक पक्ष

एउटा वृत्तमा ३६० डिग्री हुन्छ । पूर्वीय ज्योतिषशास्त्रले उक्त वृत्तलाई ३०/३० डिग्रीका बाह्र भागमा विभाजन गरी विवेचना गर्दछ । ती विभाजित अंशलाई राशि भन्ने गरिन्छ । लग्नकुण्डली व्यक्ति जन्मिएको स्थानको पूर्वीय क्षितिजमा देखिने ब्रह्माण्डको राशिचक्रमा आधारित हुन्छ । त्यसैले हरेक व्यक्तिको लग्नकुण्डलीमा समानता हुँदैन, हरेक दुई घण्टाको फरकमा जन्मने व्यक्तिको लग्न पनि फरक हुनसक्छ । लग्न कुण्डलीका बाह्रवटा कोठामध्ये मङ्गल ग्रहको बसाइका आधारमा क्रमशः १, ४, ७, ८, १२ औं घरमा मङ्गल ग्रह उपस्थित भएमा माङ्गलिक योग र अन्यत्र उपस्थित भएमा गैरमाङ्गलिक योग भन्ने गरिन्छ । दक्षिण भारतीय पद्धतिमा दोस्रो भावमा मङ्गल ग्रह उपस्थित भएमा पनि माङ्गलिक योग नै मान्ने चलन छ ।

मङ्गल ग्रहले आफू बसेको घर र त्यसबाट क्रमशः चौथो, सातौं र आठौं घरमा पूर्ण दृष्टिले देख्दछ । त्यसैले लग्न (१) मा बसेको मङ्गलको सप्तमभावमा सातौं र अष्टम भावमा आठौं पूर्णदृष्टि, सुखस्थान (४) मा बसेको मङ्गलले सप्तमभावमा चौथो पूर्णदृष्टि, प्रणयस्थान (७) मा बसेको मङ्गलले लग्नमा सातौं र सप्तमभावमा पहिलो पूर्णदृष्टि, अष्टम भावमा बसेको मङ्गलले धनस्थानमा सातौं र अष्टमभावमा पहिलो पूर्णदृष्टि तथा व्ययस्थान (१२) मा बसेको मङ्गलले सप्तमभावमा आठौं पूर्ण दृष्टि राख्ने गर्दछ । सामान्यतया व्यक्तिको कुण्डलीको पहिलो भावबाट व्यक्तित्वको, चौथो भावबाट पारिवारिक सुखको, सातौं भावबाट दाम्पत्य सुख र साझेदारीको, आठौं भावबाट यौनसामर्थ्य र दुर्घटनाजन्य जोखिमको तथा बाह्रौं भावबाट क्रयशक्तिको विवेचना गरिन्छ । विवाह त्यस्तो विषय हो, जससँग व्यक्तिको व्यक्तित्व, पारिवारिक सुख, दाम्पत्य सम्बन्ध, अरिष्टता र सुस्वास्थ्य एवं आर्थिक सन्तुलन सबै विषय जोडिएका हुन्छन् र ज्योतिषशास्त्रमा यी तत्त्वको विवेचना क्रमशः लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावबाट हुने भएकाले ती ती भावमा मङ्गल ग्रहको योगदान र भूमिकाका बारेमा चिन्तन गरिएको हो ।

बाह्रमध्ये सातवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योग नहुने र पाँचवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योगको सिर्जना हुने ज्योतिषीय अवधारणा छ । सम्भाव्यताको सूत्रमा राख्ने हो भने संसारभरिका ४१.६७ प्रतिशत मानिसको कुण्डलीमा माङ्गलिक योग हुने गर्दछ । यसरी नै व्यक्तिको राशिकुण्डलीमा चन्द्रमा बसेको राशिबाट पहिलो, दोस्रो, तेस्रो गरी घरको गणना गर्ने चलन छ । राशिकुण्डलीमा पनि पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा बसेको मङ्गलले पनि आंशिक रूपमा माङ्गलिक योग सिर्जना गर्दछ भन्ने मान्यता छ । यस आधारलाई समेत जोडेर सम्भाव्यता विचार गर्ने हो भने बहुसङ्ख्यक व्यक्तिको कुण्डलीमा माङ्गलिक प्रभाव देख्न सकिन्छ ।

मङ्गल ग्रहलाई रगतको कारक मानिन्छ, त्यसैले यिनीहरू गरम स्वभावका हुन्छन् । पति र पत्नीको सम्बन्धको पहिलो आधार यौन हो । यौन र यौनिकताका हरेक विषयमा रगतको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले विवाहमा मङ्गल ग्रहको कारकत्वले पहिलो प्राथमिकता पाएको हो । आधुनिक चिकित्सा पद्धतिले पनि वैवाहिक सम्बन्धका लागि रक्तसमूह (ब्लडग्रुप) को उच्च भूमिका हुने कुरालाई स्वीकारेकै पाइन्छ । यिनै कारणले ज्योतिषशास्त्रमा माङ्गलिक र गैरमाङ्गलिकका माझमा विवाह भएमा सुमधुर सम्बन्ध कायम हुन नसक्ने भनी कडा शब्दमा निषेध गरिएको पाइन्छ । व्यवहारमा पनि अधिकतम सम्बन्ध यस्तै देखिएका छन् । त्यसैले माङ्गलिक योग यो शब्द नकारात्मक रूपमा प्रचलनमा आएको हुनुपर्छ ।

हिजोको समयमा सानै उमेरमा वैवाहिक सम्बन्ध कायम हुने, विवाहपश्चात् पुरुषको आश्रय, भाग्य र धनधान्यका भरमा नारीले पनि जीवनयापन गर्नुपर्ने, कुनै कारणले दाम्पत्य जीवनमा विघ्न आएमा एकल भएर बसेका नारीले प्रशस्त पीडा र दबाबका बीचमा जीविकोपार्जन गर्नुपर्ने विडम्बना थियो र थोरबहुत यसको प्रभाव अद्यावधि जीवितै छ । ज्योतिषीहरूले पनि यसको व्याख्या गर्दा सौतेनी योग, दुई विवाहको योग, वैधव्य योग भनेर सामान्य किसिमले तर एउटी नारीलाई दबाब र पीडा थप्ने गरी माङ्गलिक योगको चर्चा गर्ने गर्दथे । अझ धेरै पण्डित र ज्योतिषीले यस योगलाई भङ्ग बनाउने कतिपय परिस्थिति कुण्डलीमा रहँदा रहँदै त्यसको व्याख्या नगरेर मानसिक रूपमा त्रस्त बनाई योग शान्तिका नाममा चामल र पैसा कुम्ल्याउने योजना गरेको पनि पाइन्थ्यो । तर यतिमात्र यस योगको व्याख्या गर्नु भनेको माङ्गलिक योग सही व्याख्या होइन ।

विवाहको प्राथमिक विषय यौनिकता भए पनि विवाहपश्चात् यो विषय सुसुप्त र गौण बन्न पुग्छ । सामाजिक परिवेशमा विवाहको भूमिका एउटा संस्था झैं रूढ भएको देखिन्छ । विवाह व्यक्तिगत, पारिवारिक, सामाजिक, धार्मिक, पदीय, आर्थिक, वंशानुक्रम, परम्परा र मानसिक हरेक पक्षमा अन्तर्निहित विषय हो । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार माङ्गलिक योग भएका स्त्री वा पुरुष आफ्नो जीवन साथीबाट अत्यधिक अपेक्षा गर्ने तथा आपसी सम्बन्धमा अधिक संवेदनशील हुने गर्दछन् । यिनीहरू सहवासका क्रममा पनि प्रबल देखिन्छन् र स्वाभाविक रूपले उनीहरूले जीवनसाथीबाट पनि त्यस्तै अपेक्षा राखेका हुन्छन् । जब जीवनसाथीबाट तिनका अपेक्षा प्राप्त हुँदैनन्, अनि विवाद उत्पन्न हुने भयको सिर्जना हुने गर्दछ । एउटी माङ्गलिक योग भएकी केटीको वैवाहिक सम्बन्ध कुनै गैरमाङ्गलिक केटासँग भयो भने उसमा भएको मानसिकता, सामर्थ्य र ऊर्जाका कारण केटी केटामाथि हाबी हुन्छे । त्यस्तै कुनै माङ्गलिक केटाको गैरमाङ्गलिक केटीसँग विवाह भएमा केटो उसमाथि अत्यधिक हाबी भएको देखिन्छ, परिणामतः केटीले हरहमेशा दबाबमा जीवन बिताउनु पर्दछ । पुरानो समाजमा यो परिस्थितिवश ठिकै हुनसक्थ्यो होला, तर आजको परिप्रेक्ष्‍यमा पति र पत्नी दुबै एकआपसमा समान मानिन्छन् र प्रत्येक विषयमा बराबरीको हक र अधिकार सुनिश्चित भएको देख्न चाहन्छन् । त्यसैले प्राचीन विषय नै भए पनि ज्योतिषशास्त्रले पति र पत्नीको एटिच्युडमा समानता हुनुपर्छ भनी बताएको हो, माङ्गलिक योगको विषयलाई महत्त्व दिएर । अतः माङ्गलिक योगको तात्पर्यार्थमा पति र पत्नी दुबैको आपसी हार्मोनी कायम होस् भन्ने उद्देश्य निहित छ । अतः वैवाहिक जीवन सुरु गर्नुअघि सम्बन्ध गाँसिन लागेको व्यक्तिसँग माथिका हरेक विषयमा मेल वा बेमेल के हुन्छ भनी तर्क र छलफल हुनु स्वाभाविक हो ।

माङ्लिक दोष भङ्ग हुने परिस्थिति

व्यक्तिको जन्म र राशि कुण्डलीको प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा मङ्गल ग्रह बसेको खण्डमा माङ्गलिक योग सिर्जना हुने गर्दछ । तर कुण्डलीमा भएका केही विशेष परिस्थितिले उक्त योग आफैं भङ्ग हुने गर्दछ । तिनको विवरण यसप्रकार छ :-

जामित्रे(७) च यदा सौरिः लग्ने(१) वा हिबुके(४)ऽथवा ।
नवमे(९) द्वादशे(१२) चैव भौम दोषो न विद्यते ॥ 
(कुनै कुण्डलीमा माङ्गलिक योग छ, तर कुण्डलीको १, ४, ७, ९ वा १२ औं भावमा शनिश्चर ग्रह बसेको अवस्था छ भने माङ्गलिक योगको दोष लाग्दैन ।)

मेषे वा वृश्चिके वापि मकरो वा धरासुतः ।
निशानाथसदनेऽपि भौमदोषो न जायते ॥  
(मङ्गल ग्रहको मेष र बृश्चिक राशिलाई आफ्नो घर मान्ने चलन छ । त्यस्तै मकर राशिमा मङ्गल उच्च मानिन्छ भने कर्कट राशिमा नीच हुन्छ । त्यसैले कसैको कुण्डलीमा मेष, कर्कट, बृश्चिक र मकर राशिमा मङ्गल ग्रह बसेको अवस्था छ भने माङ्गलिक योग भए पनि यो कमजोर बन्न पुग्छ र यसको दोष व्यहोर्नु पर्दैन ।)

धनस्थिते दैत्यपचन्द्रयोगे वा पूर्णदृष्टिर्गुरुणापि भौमे ।
केन्द्री शशिः सैंहिकभौमयोगे माङ्गल्यदोषो न भवेत्कदाचित् ॥ 
(ग्रहसभामा चन्द्रमा र शुक्र ग्रहको सम्बन्ध भावुकता, सहृदयता र मनसँग गाँसिएको हुन्छ । यदि कसैको कुण्डलीमा चन्द्रमा र शुक्र एउटै भावमा बसेको अवस्था छ भने मङ्गल ग्रहले प्रदान गर्ने कठोरताजस्ता विषयमा स्वतः कमी आउने गर्दछ । अझ कुण्डलीको दोस्रो भावमा यी दुई ग्रह चन्द्रमा र शुक्रको युति भएको छ भने माङ्गलिक योगको दोष भङ्ग हुन्छ । देवगुरु बृहस्पतिले आफू बसेको घर र त्यसबाट पाँचौं, सातौं वा नवौं भावमा पूर्ण दृष्टिले देख्ने गर्दछ । कुण्डलीमा बृहस्पतिको पूर्ण दृष्टि जुन ग्रहमा पर्दछ, उक्त ग्रहले सम्पूर्ण अशुभ प्रभावको त्याग गरी शुभफल मात्र प्रदान गर्ने गर्दछ । अतः बृहस्पतिद्वारा दृष्ट मङ्गल ग्रहले प्रदान गर्ने अशुभ प्रभाव पनि नष्ट हुने गर्दछ । त्यसैले कसैको कुण्डलीमा मङ्गल ग्रहलाई बृहस्पतिले पूर्णदृष्टि प्रदान गरेको स्थितिमा पनि माङ्गलिक दोष लाग्दैन । राहु ग्रहको भौतिक पिण्ड छैन, यो छाया ग्रह हो । यसको र मङ्गल ग्रहको बसाइ एउटै राशिमा छ भने र कुण्डलीका केन्द्रमा रहेका चारवटा (१, ४, ७, १०) कोठामध्ये कुनै कोठामा चन्द्रमाको उपस्थिति छ भने पनि माङ्गलिक दोष लाग्दैन ।)

कुजो जीव समायुक्तो युक्तो वा कुजचन्द्रमा ।
चन्द्रे केन्द्रगते वाऽपि न दोषो मङ्गली भवेत् ॥ 
(मङ्गल र बृहस्पति वा मङ्गल र चन्द्रमाको युतिसम्बन्ध छ भने माङ्गलिक दोष भङ्ग हुन्छ । त्यस्तै चन्द्रकुण्डलीको केन्द्रमा मङ्गल ग्रह रहेछ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

अजे लग्ने व्यये चापि पाताले वृश्चिके स्थिते ।
वृषे जाये घटेरन्ध्रे भौमदोषो न विद्यते ॥ 
(मेष राशिमा बसेको मङ्गल यदि कुण्डलीको लग्न वा व्ययस्थानमा छ भने, बृश्चिक राशिमा बसेको मङ्गल चतुर्थ भावमा बसेको छ भने, बृष राशिमा बसेको मङ्गल सातौं भावमा बसेको छ र कुम्भ राशिमा बसेको मङ्गल अष्टम भावमा छ भने माङ्गलिक दोष भङ्ग हुन्छ ।)

अर्केन्दुक्षेत्रजातानां कुजदोषो न विद्यते ।
स्वोच्चमित्राभिजातानां तद्दोषो न भवेत् किल ॥  
(सूर्य र चन्द्रमा मङ्गल ग्रहका नैसर्गिक मित्र ग्रह मानिन्छन् । बाह्र वटा राशिमध्ये सिंह राशि सूर्यको र कर्कट राशि चन्द्रमाको घर मानिन्छ । त्यसैले कर्कट र सिंह लग्न भएका जातकका लागि माङ्गलिक दोषको प्रभाव पर्दैन । त्यस्तै मङ्गल ग्रहको स्वगृह (मेष र बृश्चिक), उच्चगृह (मकर) र मित्रगृह (कर्कट, सिंह, धनु र मीन) मा जन्मिएका जातकका लागि पनि पनि माङ्गलिकको प्रभाव कमजोर बन्दछ ।)

अष्टमो भौमदोषस्तु धनुमीनद्वयोर्विना ।
व्यये तु कुजदोषः स्यात् कन्या मिथुनयोर्विना ॥
(आठौं भावमा सिर्जना भएको माङ्गलिक छ तर मङ्गल ग्रह धनु वा मीन राशिमा बसेको अवस्था छ भने एवं बाह्रौं भावमा माङ्गलिक योग बनेको छ तर मङ्गल ग्रह कन्या वा मिथुन राशिमा बसेको छ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

केटा र केटी दुबै जनाको कुण्डलीमा अधिकतम ग्रहहरू समान भावमा बसेका छन् र समान किसिमका योग पनि देखिन्छन्, तर एउटाको कुण्डलीमा माङ्गलिक योग छ अर्कोमा छैन भने विवाह गरिदिए हुन्छ । माङ्गलिक योगको बाधा व्यहोर्नु पर्दैन ।

हुन त कालसर्प योग शास्त्रीय योग होइन, यस योगको सिर्जना आधुनिक मिडियाले गरेको भन्दा फरक पर्दैन । तर दुबै वरबधु कालसर्प योग भएका रहेछन् भने दुबैको दाम्पत्यसम्बन्ध अनुकूल नै रहेको देखिन्छ । कालसर्प योगमा राहु ग्रहको मुख्य भूमिका रहने भएकाले र मङ्गल र राहुको युतिसम्बन्ध हुँदा माङ्गलिक दोष भङ्ग हुने प्रमाण यसअघि नै उल्लेख भएकाले दुबै कुण्डलीमा समान (मुखोदय/मुखोदय वा पृष्ठोदय/पृष्ठोदय) कालसर्प भएमा पनि विवाह गरिदिए हुन्छ, दोष लाग्दैन ।

माङ्गलिक योगको निवारण

माङ्गलिक योगको दोष व्यहोर्नु नपरोस् भन्ने उद्देश्य लिएका वरबधू वा अभिभावकले यस्तो योग भएका व्यक्तिको विवाह त्यस्तै योग भएका व्यक्तिसित गरिदिनु नै यसको वास्तविक निदान हो । त्यस्तै माङ्गलिक योग भएका व्यक्तिहरू हठी, जिद्दी, अव्यवहारिक र एकोहोरा हुने सम्भावना हुन्छ । त्यसैले माङ्गलिक र गैरमाङ्गलिकका बीचमा विवाह हुने भएमा दुबैमा परिपक्वता आउनु अनिवार्य हुन्छ, त्यसैले मङ्गल ग्रहको कारक वर्ष २८ वा त्यसभन्दा बढी उमेरको नहुन्जेल विवाह नगर्नु पनि यस योगको दुष्प्रभावको निवारण गर्ने अर्को उपाय हो । तर कथंकदाचित्, माथिको प्रतिबन्ध हुँदाहुँदै कारणवश माङ्गलिक र अमाङ्गलिकका बीचमा विवाह भइहालेको परिस्थिति छ भनेमात्र यसको निवारणका लागि सुझाइएका अरु उपायहरूको अवलम्बन गर्नु पर्दछ ।

अहिले टाठाबाठाको समय छ, साँच्चिकै टाठो होस् वा नहोस् हिजोआज हरेक व्यक्ति मैले सबै बुझेको छु र जानेको छु भन्न छाड्दैन । त्यसैले कतिपय अभिभावक र गुरुपुरोहितले कुनै बालक वा बालिकाको कुण्डलीमा माङ्गलिक योग रहेछ भने विवाह हुनु कता हो कता ? विवाहयोग्य उमेर नै नपुगी माङ्गलिक शान्ति पनि गरेको देखिन्छ र सुन्न पाइन्छ । यसरी विवाह सम्पन्न भएर वा टुङ्गो लागेर दुबै वरबधूको कुण्डलीमा माङ्गलिक र अमाङ्गलिक अवस्था सिर्जना नहुन्जेल माङ्गलिक योगको शान्ति गर्नाले कुनै किसिमको लाभ हुन सक्दैन । त्यसो गर्नु भनेको टाउको भोलि दुख्छ, तर सिटामोलको ट्याब्लेट आजै खाएजस्तै हो । त्यसैले माङ्गलिक शान्ति कमसे कम विवाहको टुङ्गो लागेपछि वा विवाह भएपछि गरेको फलदायी हुन्छ । पुनश्च, माङ्गलिक निदानका लागि ज्योतिषीय प्रविधिको लेखाजोखा गरी हुन्छ हुँदैन टुङ्गो गरी विवाह गर्नु निदान हो, शान्तिद्वारा निदान गर्न खोज्नु केवल न्यूनीकरण हो भन्ने बुझ्नु पर्दछ । निदान भनेको रोगलाई जरैबाट उखेलेर फ्याल्नु हो भने न्यूनीकरण भनेको रोगलाई रोकथाम गर्नुमात्र हो । विपरीत ग्रहयोग वा महादशामा न्यूनीकृत दुष्प्रभाव बल्झने खतरा हरहमेशा विद्यमान नै रहन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । यहाँ माङ्गलिक दोषको शान्ति हुने केही उपायहरू लेखिएका छन्, जसलाई अनुकूलता र इच्छानुसार प्रयोग गर्न सकिन्छ -

विवाहको निधो भइसकेपछि विवाह हुनपूर्व माङ्गलिक योग भएको वर वा बधूले मङ्गल ग्रहको १० हजारको सङ्ख्यामा जाप र हवन गराउने अनि विवाहपछि सकेसम्म दुबै दम्पतीले एकसाथ, नत्र जसको कुण्डलीमा माङ्गलिक योग देखिएको छ, उसको जीवनसाथीले आजीवन मङ्गलबारको व्रत लिई गणेशजीको उपासना गर्ने, व्रत लिन असमर्थ व्यक्तिले लग्नअनुकूल भएमा मात्र कम्तीमा ८ क्यारेटको मुगा रत्न धारण गर्ने ।

माङ्गलिक योग भएका व्यक्तिको शमी विवाह, घट विवाह, अर्क विवाह आदि विवाह विवाहोपरान्त वा निधो भएपछि गोप्य रूपमा गरिदिने

प्रत्येक वर्ष दुबै दम्पतीले मङ्गलागौरीको उपासना र व्रत सम्पादन गर्ने

पुरुष जातकको माङ्गलिक योग भएमा उसले विवाहोपरान्त निरन्तर बिहिबार व्रत बसेर कात्यायनी भगवती वा बगलामुखी देवीको पूजा गर्ने तथा उसको लग्नअनुकूल रहेछ भने कम्तीमा पाँच क्यारेटको पुष्पराजको औंठी प्राणप्रतिष्ठा गराएर निरन्तर दाहिने हातको चोर औंलामा धारण गर्ने

स्त्री जातकले निरन्तर ज्येष्ठ महिनामा पर्ने बटसावित्री व्रत सम्पादन गरेमा पनि पतिको सुस्वास्थ्य र आयु पक्ष बलियो बनाउन सक्दछन् ।

दुबै दम्पतीले निरन्तर सोमबारको व्रत बस्ने र शिवजीलाई पञ्चामृतले स्नान गराउने

प्रत्येक वर्षको दुर्गापक्ष (चैते दशैं वा बडा दशैं) मा पतिको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा पत्नीं मनोरमांदेहि मनोवृत्तानुसारिणीम् । तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्॥  भन्ने मन्त्रले र पत्नीको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा कात्यायनी महामाये महायोगिन्यधीश्वरी । नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः॥ भन्ने मन्त्रले दुर्गासप्तशती (चण्डी) को सम्पुट पाठ गर्नाले पनि माङ्गलिक योगको दुष्प्रभावको नाश हुन्छ ।


कसरी लिने सन्तोषी माताको व्रत ?

सन्तोषी माता भगवान् गणेशकी सुपुत्री हुन् । यिनलाई पनि आद्याशक्ति जगन्माताको एउटा स्वरूप मानी पूजा र उपासना गर्ने विधान छ । प्रत्येक हप्ताको शुक्रबारका दिन सन्तोषी मातालाई प्रसन्न तुल्याउन व्रत लिने चलन छ । यस दिन व्रत लिने व्यक्तिले फलाहारका रूपमा चना र सक्खरको प्रयोग गरिन्छ । यस व्रतमा अमिलो खानु ठूलो त्रुटि मान्ने गरिन्छ, त्यसैले यस दिन कुनै किसिमका अमिलो चिजबीज चलाउनु र खानु पूर्णरूपेण निषेध गरिएको पाइन्छ । अतः सन्तोषीमाताको व्रत गरेको दिन व्रतालुले मात्र होइन, घरपरिवारका कुनै पनि सदस्यले अमिलो पदार्थ खानु चलाउनु हुँदैन । देवी सन्तोषीको उपासना गरी यिनलाई प्रसन्न तुल्याएमा घरपरिवारमा दुःखदारिद्र्य नष्ट हुनुका साथै समस्त मनोकाङ्क्षा पूर्ण भई परिवारमा सुख, समृद्धि र सन्तुष्टि प्राप्त हुन्छ । मातापिता गणेेश र ऋद्धिसिद्धि भएकाले यिनको भक्ति र उपासनाबाट घरमा आयस्रोत बढ्न थाल्छ, धनधान्य, स्वर्णादि बहुमूल्य धातु र रत्नको बृद्धि हुन्छ भने कलह र क्लेशको अन्त्य हुनुका साथै दरिद्रता दूर हुन्छन् । सुख र शान्तिको आगमन हुन्छ । बालबच्चाहरूका बालग्रह र रोगव्याधिको शमन हुन्छ । मनका समस्त शोक, विपत्ति, चिन्ता समाप्त हुन्छन्, माता सन्तोषीको नाम लिनासाथ सुखसम्मृद्धि र प्रसन्नताको प्रवेश हुन्छ ।

व्रतविधि
एकपाउ (न्युनतम एकाइमा २५ प्रतिशत थपेर) अर्थात् सवा जोडिएको पैसा, आना, सुका, रुपियाँको सक्खर र चना किनेर सन्तोषीमाताको व्रत सम्पादन गर्ने विधान छ । धनको कमी छ भने सवा पैसाकै भए पनि कुनै आपत्ति हुँदैन । सक्खर घरैमा छ भने त्यो पनि मिसाउनु पर्दछ, जोगाउन वा वचत गर्न खोज्नुहुँदैन, किनभने सन्तोषीमातालाई सक्खर असाध्यै मनपर्छ, उनी गुलियोकी भोकी देवी हुन्, वचत गर्न खोज्दा देवी असन्तुष्ट भई क्रुद्ध हुन्छिन् र चिताएको परिणामको उल्टो फल प्राप्त हुन्छ । देवी भावनाकी भोकी छन्, धेरथोरको वास्ता गर्दिनन् । त्यसैले जेजति सामाग्री जुटाउन सकिन्छ, श्रद्धा र प्रेमका साथमा जुटाई प्रसन्नचित्तले व्रत लिनुपर्दछ । कथाको प्रारम्भमा पूजास्थलमा चना र गुडले भरिएको डालोमाथि पवित्र जलले भरिपूर्ण एउटा ठूलो कलशको स्थापना गरी त्यसलाई अबीर र केशरीले सिङारेर पूजा गरिदिनु पर्दछ । यो व्रत सम्पादन गर्नेले कथा भन्दा वा सुन्दा हातमा सक्खर र भुटेको चना लिनुपर्दछ । कथामा उपस्थित श्रोताले बीचबीचमा ‘सन्तोषी माताको जय’, ‘सन्तोषी माताको जय’ भन्दै जय-जयकार भन्नुपर्दछ । कथाको समाप्तिमा त्यसरी हातमा लिएको चना र सक्खर गाईलाई खुवाउनु पर्दछ । कलशमा राखिएको सक्खर र चना प्रसादका रुपमा भक्तजनहरूलाई वितरण गर्नुपर्दछ । अन्त्यमा पूजा र आरती गरेर कलशको जल तुलसीको मठमा वा तुलसीको फेदमा सेलाई दिनुपर्दछ | दियो वा खोरीमा घिउको वर्तनमा भिजाएको बात्ती बालेर सन्तोषी माताको “जय-जयकार” गर्दै कथाको समाप्तिमा नरिवल फोर्नुपर्दछ । व्रत गर्ने व्यक्तिले कथा सुनेर अथवा कथा पाठ गरिसकेपछि प्रसाद लिनु र त्यस दिन एक छाक मात्र भोजन गर्नुपर्दछ । व्रतको उद्यापनमा साढे दुई (अढाई) सेर (एक धार्नी) खाजा (अर्नी), घिउमा मुछेको पिठोको पुरी, खीर, चनाको तरकारी आदिको नैवेद्य तैयार गर्नु पर्दछ । उक्त दिन आठ जना १२ वर्षमुनिका बालकहरू भेला पारी भरपेट भोजन गराउनु पर्दछ । तिनलाई दक्षिणाका रूपमा रुपैंयापैसा दिनु हुँदैन । पैसा पाएपछि तिनले पसलमा गई अमिलो किनेर खाने खतरा हुन्छ । त्यसैले दक्षिणाका रूपमा कुनै फल वा वस्त्रादि वितरण गर्नुपर्दछ । त्यस्तै केटाहरू जम्मा पार्दा सकेसम्म घरपरिवारका अर्थात् देवर, जेठाजु र नजिकैका छिमेकीका छोरानातिलाई जम्मा पार्नु पर्दछ । आफ्नै गोत्रका दाजुभाईका छोराहरू नभेटिए ब्राह्मण, अन्य नातेदार र पारिवारक सम्बन्ध राम्रो भएका केटाहरू जम्मा पार्नुपर्दछ । उद्यापनमा सहभागी भएका बालकहरूले त्यस दिन दिनभरि अमिलो पदार्थ खानु हुँदैन । कुनै किसिमका अमिलो पदार्थको सेवन नगरून् भन्ने उद्देश्यले सकेसम्म ती केटाहरूलाई दिनभरि घरैमा राख्नु वा निगरानीमा राख्नु पर्दछ । यसरी विधिविधानका साथमा व्रत लिनाले माता सन्तोषी अतीव प्रसन्न हुन्छिन् र मनोवाञ्छित आशीर्वाद र वरदान प्रदान गर्दछिन् ।

Wednesday, November 8, 2017

राशि तथा राशिफल

कपिलदेव भट्टराई

राशि शब्दको सामान्य अर्थ थुप्रो वा समूह भन्ने हुन्छ । यो संस्कृतभाषाबाट नेपाली भाषामा प्रयोग भएको तत्सम शब्द हो । ज्योतिषशास्त्रमा यो शब्द अत्यन्त प्रचलित मानिन्छ । ब्रहृमाण्डमा अनेकौं आकाशीय पिण्ड छन् र ती आ-आफ्नै गतिमा आ-आफ्नै कक्षमा भ्रमण गर्दछन् । सूर्य एउटा तारा हो । पूर्वीय ज्योतिषमा यसलाई ग्रहहरूको अधिपति वा प्रमुख मानी ग्रहकै कोटिमा राखिएको छ । यसको भ्रमणमार्गलाई वृत्त कल्पना गरी त्यसलाई क्रान्तिवृत्त नामकरण गरिएको छ । सोही क्रान्तिवृत्तलाई १२ समान विभाग गरी मेषादि १२ राशिको कल्पना र २७ समान विभाग गरी अश्विनी आदि २७ नक्षत्रको परिकल्पनासहित नामकरण त्यहाँ गरिएको पाइन्छ । गणितीय सिद्धान्त अनुसार वृत्तको मान ३६० डिग्री हुने र त्यसलाई १२ ले भाग गर्दा ३० अंशा पर्नेभएकाले समेत राशि भन्नाले थुप्रो वा समूह नै हो भन्ने प्रमाणित हुन्छ । ज्योतिषमा डिग्रीलाई अंशा भनिन्छ । प्रत्येक नक्षत्रमा चारवटा अक्षरहरू हुन्छन् । तिनै अक्षरबाट मान्छेको नामकरण गर्ने परिपाटी पूर्वीय ज्योतिषमा रहेको छ ।


यसरी २७ वटा नक्षत्रमा जम्मा १०८ वटा नामाक्षर हुने र तिनै नामाक्षरलाई समान १२ भागगर्दा एक राशिमा ९ वटा अक्षर पर्नेभएकाले पनि नामराशि भन्नाले अगाडिको ९ नामाक्षरहरूको समूह हो भन्ने बुझ्नुपर्दछ । प्रत्येक राशिमा ९ जना प्रतिनिधि व्यक्ति रहन्छन् केवल एक व्यक्तिको पूरै राशिमा एकलौटी आधिपत्य हुदैन । यसकारण प्रत्येक व्यक्ति कुनै एक राशिमा सीमित हुन्छन् तर राशि कुनै एक व्यक्तिमा मात्रै सीमित रहन्न । त्यसैले दैनिक राशिफल सुन्नासाथ वा पढ्नासाथ आफ्नो अनुकूल नभएमा मिलेन भन्नमिल्दैन सोही राशिका अन्य आठ जनामा तुलना गरिनुपर्दछ ।

सूर्य एक नक्षत्रमा १३ दिन २० घडीसम्म रहन्छ भने एक राशिमा एक महिना पूर्ण अवधि रहन्छ । सूर्यलाई राशिचक्र अर्थात् भचक्रको भ्रमण गर्न १२ महिना अर्थात् एकवर्ष समय लाग्छ तर चन्द्रमा एक राशिमा २ दिन २५ घडी ५४ पला १० प्रतिविपला रहने भएकाले एक महिना अवधिमा नै चन्द्रमाले भचक्रको परिक्रमा पूर्ण गर्दछ । पूर्वीय ज्योतिषमा मानिसको जन्मराशि चन्द्रमालाई आधार मानी बनाइएकाले थोरै समय अन्तरालका पनि नामराशि फरक पर्न जान्छ ।

यसरी पूर्वीय सिद्धान्तानुसार एक महिना अवधिमा १२ वटै राशिका मानिसको जन्म हुन सक्छ तर पाश्चात्य पद्धतिमा मान्छेको नामराशि सूर्यमा आधारित छ । जस अनुसार मार्च २१ त्ाारिखदेखि अपि्रल १९ सम्मजन्म भएमा मेषराशि, अपि्रल २० देखि मे २० सम्म वृष राशि, मे २१ देखि जुन २० सम्म मिथुन राशि, जुन २१ देखि जुलाई २२ सम्म कर्कट राशि, जुलाई २३ देखि अगष्ट २२ सम्म सिंह राशि, अगष्ट २३ देखि सेप्टेम्बर २२ सम्म कन्या राशि, सेप्टेम्बर २३ देखि अक्टुबर २२ सम्म तुला राशि, अक्टुबर २३ देखि नोभेम्बर २१ सम्म वृश्चिक राशि, नोभेम्बर २२ देखि डिसेम्बर २१ सम्म धनु राशि, डिसेम्बर २२ देखि जनवरी १९ सम्म मकर राशि, जनवरी २० देखि फेब्रुवरी १८ सम्म कुम्भ राशि र फेब्रुवरी १९ देखि मार्च २० सम्म मीन राशि भनी राशि निर्धारण गरिन्छ । अङ्ग्रेजी महिनाहरूको गणना सूर्यमा आधारित भएकाले राशि विभाजन पनि सूर्यमा आधारित भएको स्वतः सिद्ध हुन्छ ।

पूर्वीय सिद्धान्तानुसार मानिसको जन्म हुँदा चन्द्रमा जुन नक्षत्र र राशिमा छ मानिसको जन्मनक्षत्र र जन्मराशि पनि त्यही हुन्छ । अङ्ग्रेजी मार्च महिनाको २१ तारिख चैत महिनाको प्राय ८ गते पर्दछ । निरयण गण्ना पद्वति अनुसार चैत महिनामा सूर्य मीन राशिमा रहन्छ । पाश्चात्य कालगणना सायनपद्धतिमा आधारित छ । सायन गणना पद्वति अनुसार सूर्य प्रायः चैत्र ७ गते नै मेष राशिमा सङ्क्रमित भई बैशाख ७/८ गतेसम्म रहनेहुँदा पाश्चात्य ज्योतिषले सूर्यमा आधारित भई निर्धारण गरेको एक महिना अवधिमा जन्म हुने सबैको एउटै राशि हुने पद्धति पनि ठीकै हो तर एक महिना अवधिभर राशिफल पनि एकै हुन्छ भन्ने चाहि होइन । गणित प्रक्रिया विचित्रको हुन्छ । गणितमा जति स्थूल प्रक्रिया अपनाइयो फल त्यति सानो हुने र जति सूक्ष्म प्रक्रिया अपनाइयो फल त्यति ठूलो हुनु नै गणितको विशेषता हो । यसर्थमा पाश्चात्य पद्धतिको जन्मराशि निर्धारण भन्दा पूर्वीय मान्यताको जन्मराशि निर्धारण प्रक्रिया सूक्ष्मतम देखिन्छ । प्राचीन ऋषिमुनि एवं मनीषीहरूद्वारा प्रतिपादित ज्योतिषका सम्पूर्ण सिद्धान्त एवं ग्रन्थहरू निरयण पद्धतिमा आधारित भएकाले पूर्वीय पद्धतिको चन्द्रमामा आधारित भई निर्धारण गरिएको राशि र गरिने फलादेश तथ्यपूर्ण हुन्छ । आकाशमा निरयण बिन्दु सधैं स्थिर हुने, स्थिर विन्दुलाई आधार मानी ग्रहगति गणना गर्दा गणितमा पनि स्थिरता हुने र फलादेश निरयण पद्धतिबाटै गरिने शास्त्रीय सिद्धान्तसमेत भएकाले पाश्चात्य सिद्धान्तको राशि निर्धारण पद्धतिभन्दा पूर्वीय सिद्धान्तको राशि निर्धारण पद्धति विशिष्टीकृत देखिन्छ ।

पाश्चात्य सिद्धान्तमा रही कुनै अन्वेषकले नवजात शिशुहरूको राशिगत भिन्नताका आधारमा व्यक्तिगत रुचि जस्ता विषयमा १२ राशिकै शिशुहरूको अवस्था अध्ययन गर्ने हो भने कम्तीमा एक वर्ष समय अवधि लाग्छ तर पूर्वीय सिद्धान्तअनुसार एक महिना अवधिमै सो कुरा सम्भव देखिन्छ । यसकारण अन्वेषकहरूका लागि समेत पूर्वीय सिद्धान्त श्रेयस्कर बन्नजान्छ ।

अधिकतम मानिसको खुराक बनेको विभिन्न पत्रपत्रिका, एफ.एम्.रेडियो, टेलिभिजन आदिमा पढ्न, सुन्न र देख्नपाइने राशिफल व्यक्तिगतरूपमा जिज्ञासा र सान्त्वनाको विषय पनि हो । नहँुदो हो त हरेक पत्रिका, रेडियो तथा टेलिभिजनले प्रमुखताका साथ प्रकाशन वा प्रसारण गर्ने थिएनन् । राशि र राशिफल मानिसको व्यावहारिक जीवनसँग सम्बन्धित छ । यति महत्त्वको विषयवस्तु हुँदाहुँदै पनि पत्रिका नै पिच्छे फरक राशिफल, रेडियो नै पिच्छे भिन्न फलादेश र टेलिभिजन नै पिच्छे भिन्न भविष्यकथनले सम्पूर्ण जनमानसमा सम्बन्धित विषय माथि वैचारिक तरङ्ग आउनु स्वाभाविकै हो । यसै सन्दर्भको गत फागुन १० गतेको शनिवार परिशिष्टमा निर्मलकुमार आचार्यले प्रस्तुत गर्नुभएको भिन्न-भिन्न उदाहरण मननयोग्य छन् । आचार्यले दर्शाउनुभएको समस्या यथार्थपरक भएकाले सम्बन्धित विषय अध्येताका हैसियतले उहाँप्रति साधुवाद ज्ञापन गर्दछु ।

वेदादि शास्त्रको आँखा मानिएको ज्योतिषशास्त्र प्रत्यक्ष मानिन्छ, किनभने आकाशीय सूर्य, चन्द्रमा यसका साक्षी छन् । हरेक विम्ब वा विषयवस्तुको सप्रमाण व्याख्या गर्नु नै ज्योतिषको प्रमुख उद्देश्य हो । ग्रह, विम्ब, तारा, नक्षत्र आदिको नामकरण तिनको वनावट प्रकृति हेरी गरिएको छ । चित्रा नक्षत्र काल्पनिक नाम होइन । यो चित्रविचित्र वर्णकै छ । यसैगरी मेषादि १२ राशिको नामकरण हचुवाका भरमा काल्पनिकरूपमा गरिएको छैन । राशि कसरी चिन्ने वा राशि भेद कसरी गर्ने ? भन्ने सम्बन्धमा त्रिस्कन्धज्ञ आचार्य वराहमिहिरले बृहज्जातकको राशिप्रभेदाध्यायमा " मत्स्यौ घटी नृमिथुनम् ....." इत्यादि प्रमाणका साथ राशिस्वरूप यसरी बताएका छन् — ' मेष भनेको भेडो हो सोही आकृतिमा, वृष भनेको गोरु हो सोही आकृतिमा, वीणा धारण गरेकी स्त्री र गदा बोकेको पुरुषको युग्म जोडी झैं मिथुन राशि, कर्कट गंगटोको आकृतिमा, सिंह जस्तो सिंह राशि,एक हातमा अन्न र अर्काे हातमा अग्नि लिएर डुँगामा बसेकी कन्या झैं कन्या राशी, तराजु झंै तुला राशि, विच्छी जस्तै वृश्चिक राशि, हातमा धनुष लिएको,घोडाको जाँघ जस्तै जाँघ भएको पुरुष जस्तो धनु राशि, मकर भनेको गोही हो अतः हरिणको मुख झैं मुख भई गोहीको झैं शरीर भएको पुरुष प्रकृतिको मकर राशि, काँधमा घडा बोकेको पुरुष झैं कुम्भ राशि र मुख तथा पुच्छर युक्त दुई वटा माछोको चित्र झैं मीन राशिको स्वरूप आकाशमा देखिनेभएकाले तत्तत् प्रकारका राशिको चित्राकृति हुनुपर्छ ।' राशि स्वरूपका सम्बन्धमा वैद्यनाथले जातकपारिजातमा र कल्याण वर्माले सारावलीमा यही लक्षण बताएकाले र यन्त्रमाध्यमले आकाशीय दृश्य अवलोकन गर्दा समेत यही प्रमाणित भएकाले राशिचित्र माथि भनिए झैं हुनुपर्दछ । जीवनाथ, मन्त्रेश्वर, यवनेश्वर, काशीनाथ, जयदेव, ढुण्डीराज, खानखाना, कालीदास जस्ता ज्योतिषी हरू एवं यवनजातक, मानसागर जस्ता ज्योतिषग्रन्थहरूले राशिशील र आकृतिका सम्बन्धमा वराहमिहिरको झैं मत प्रकट गरेकाले झनै स्पष्ट हुनजान्छ । राशिनामको शाब्दिक अर्थबाटै आकृति बुझिनेभए तापनि राशिबलका आधारमा र राशिवासस्थानका आधारमा राशि विभाजन गरी विश्लेषण गर्दा तिनीहरूको प्रकृति अझै सुस्पष्ट हुनजान्छ । यसबाट चित्राङ्कनमा समेत सरलता हुनजान्छ ।

आचार्य वराहमिहिरले वृहत्संहिताको सांवत्सरसूत्राध्यायमा बत्ती विनाको रात र सूर्य विनाको आकास जस्तो अन्धकारमय हुन्छ ज्योतिषी विनाको राज्यप्रमुख पनि त्यस्तै अन्धकारमा घुमिरहन्छ भनी ज्योतिषको प्रशंसा गरेलगत्तै ' अविदित्वैव यच्छास्त्रं...' भन्दै जान्दै नजानी दैवज्ञ हुनखोज्नु भनेको नक्षत्रसमूहलाई नै कलुषित पार्ने कलङ्कति नक्षत्र समान हुनु हो भनी अप्रावीण्य दैवज्ञको निन्दा पनि गरेका छन् । यसबाट तमाम ज्योतिषीमा आत्मसमीक्षा गर्नुपर्ने शिक्षा पाइन्छ । एकै व्यक्तिको शरीरको शिर, मुख, हात, हृदय, पेट, कटी, वस्तिस्थान, गुहृयस्थान, तिघ्रा, घुँडा, जाँघ र खुट्टालाई क्रमशः मेषादि १२ राशिको विभाग गरी जन्मकुण्डलीमा शुभाशुभ ग्रहहरूको स्थान अवलोकन गरी फलादेश गर्दा एउटा व्यक्तिमा सम्पूर्ण लक्षण घटेझैं दैनिक, साप्ताहिक, पाक्षिक, मासिक वा वाषिर्क राशिफल लेख्दा पनि चन्द्रसँग सम्बन्धित भएकाले मुख्य आधार चन्द्रमालाई मानी त्यसको स्थान, उच्चनीचता, क्षीणावस्था, पूर्णावस्था, अन्यग्रहको दृष्टि, मित्रादि अवस्था, भावस्थान आदि विचार गरी राशिफल लेख्दा सबैतिर मेल खान्छ र उपयुक्त पनि हुन्छ । लामो समयको राशिफल लेख्दा चन्द्रमाको राशिसङ्क्रमण धेरै पटक हुनेहुँदा सूर्यलाई आधार मानी लेख्नु भन्ने कुरा एकाध पाइए तापनि निरयण सूर्य र अन्य ग्रहसँगको सम्बन्धलाई नकार्न भने मिल्दैन । दैनिक राशिफल लेख्ने आधार भने चन्द्रमा नै हो अरू होइन । केवल अन्यग्रहसँगको सम्बन्धमात्रै हो । यी र यस्ता अनेकन् प्रमाण हुँदाहुँदै अर्कोभन्दा आफू पृथक् हुने सोचमा वा विशिष्टस्थान जमाउने धुनमा शास्त्रीयसिद्धान्त नाघेर स्वेच्छिक राशिचित्र र काल्पनिक राशिफलको प्रकाशन वा वकालत गर्नु वा गर्न लगाउनु वराहमिहिरका मान्यतामा ज्योतिषकुलकै कलङ्क बन्नु भएकाले सर्वाधिक पाठकको खुराक बनेको राशिफलका लेखक तथा प्रकाशन वा प्रसारण संस्थाले यस सम्बन्धमा जनमानसमा जागृत वैचारिक द्वन्द्व शमन गर्न गम्भीर चिन्तन र अध्ययन गर्नुपर्ने देखिन्छ । 

लेखक ज्योतिषाचार्य (सिद्धान्त तथा फलित) हुनुहुन्छ ।)

Tuesday, November 7, 2017

शरीर र जीवात्मा

र्इश्वरको सृष्टि गर्ने इच्छाशक्तिलाई अहङ्कार भनिन्छ. अहङ्कार पनि सत्त्व, रज र तमो गुुणमा आधारित हुने भएकाले यो इच्छाशक्ति तामस गुणमा आधारित अहङ्कारबाट परिचालित हुन्छ र प्रकृतिको गतिशिलता बढ्न थाल्दछ । तमः शब्दको अर्थ अन्धकार हो, त्यसैले अँध्यारो अहङ्कारका माध्यमबाट प्रभुको इच्छाशक्ति जागेको हो र भगवानको सृष्टिमा सृजित शरीरधारी प्राणीहरुमा रहेको जीवात्मा र भगवानको सम्बन्ध टाढिन पुगेको हो । यसै कारणले पृथ्वीमा जन्म लिन प्रत्येक जीवात्मा कर्मबन्धनमा फँस्न पुगेको हो भन्न सकिन्छ । सांसारिक प्राणिले मोहवश ईश्वरीय प्रभुसत्तालाई बिर्सिने गर्दछ र इन्द्रियहरूको दास बन्न पुगी वासनामा मग्न भई अधोगतिलाई समात्दै अघि बढ्न जान्छ । त्यसैले ईश्वरीय भावबाट महत्तत्त्व रुपी त्रिगुणमा मुछिनु र इन्द्रिय सुखलिप्सामा निरन्तर भुल्नुलाई नै तामस अहङ्कार भनिएको हो अनि तामस अहङ्रकारको ज्वलन्त उदाहरण र उत्कृष्ट दृष्टान्त शरीरधारी जीव नै हो ।

यो संसारमा जेजति शरीरधारी जीवात्माहरू छन्, ती सबै सधैं विषयसुखको बन्धनमा बाँधिएका हुन्छन् । इन्द्रियबाट भोग गरिने विषयवासनाहरूमा मोहभङ्ग नहुन्जेल वा ज्ञान आर्जन गरी  वैराग्य उत्पन्न नहुन्जेल त्रिगुणात्मक बन्धनबाट उनीहरू उम्कन सक्दैनन् । पञ्च महाभूतबाट बनेको पाञ्चभौतिक शरीरले भौतिक तत्त्वबाहेक आध्यात्मिक तत्त्वको खोजी गर्न चाहँदैन । शरीर नाशवान् भएकोले नाशवान् प्रकृतिको भौतिक तत्त्वलाई सारभूत वस्तु र महत्त्वपूर्ण उपलब्धी मान्दै जीवात्मा मख्ख पर्दछ र भाैतिक सुखलार्इ नै क्षणिक अानन्दका रूपमा ग्रहण गर्दछ । ईश्वरबाट नै सृष्टि परिचालनका लागि उत्पन्न गरेका आधारभूत तत्त्वहरू विद्यमान शरीरमा नै रहेको हुनाले शरीरधारी जीवात्माले तिनै ईश्वरको मायामा भुलिनु पर्दछ र प्रत्येक शरीरमा अाँफूसँगै  उपस्थित आफ्नो हितकारी परमात्मालाई उसले सदैव बिर्सिएको हुन्छ ।

यस संसारमा रहेका शरीरधारी जीवहरूको शरीरको बाह्य संरचनालाई नियाल्ने हो भने यसको परिकल्पना र निर्माण ईश्वरबाट नै भएको हुनुपर्छ भनी ठोकुवा गर्न सकिन्छ, किनभने मानिस, पशुपन्छी, जलचर, स्थलचर आदि सबै प्राणीको बनोट एकै किसिमको छ । श्रीमद्भागवद्गीतामा भनिएको छ - नवद्वारे पुरे देही नैव कुर्वन्नकारयन् । यसको अर्थ हो, नौ वटा ढोका भएको शरीरमा रहेको जीवात्माले केही पनि काम गर्दैन । यसरी सारा राम्रा र नराम्रा कामहरु मन, बुद्धि र इन्द्रियबाट सम्पादन भएका हुन्छन् । देह तथा शरीर सञ्चालन गर्ने जीवात्मा अव्यय (अमर) भएकाले जीव सँगसँगै शरीरमा विद्यमान रहन पुगेका तत्त्वहरू मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव यी अविनाशी षड्वर्ग तत्त्वहरू प्राणिको शरीरभित्रै सदासर्वदा रहेका हुन्छन् । शाश्वत तत्त्वहरु आकाश, वायु, तेज, पानी र पृथ्वीबाट बनेको पाञ्चभौतिक शरीरमा पञ्चतन्मात्रा शब्द, स्पर्श, रुप, रस र गन्ध प्राप्त गर्ने ज्ञानेन्द्रियहरू कान, छाला, आँखा, जिभ्रो र नाक सजाइएका हुन्छन् । शरीरको अन्तरात्मामा रहेको मनले चिताएका कार्यहरू सिद्ध गर्न सृष्टिकर्ताले पञ्च कर्मेन्द्रियहरूको पनि शरीरको यथोचित भागमा सजावट गरिदिनु भएको छ । मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय), पायु (गुदा) यी पाँचवटा अङ्गलार्इ कर्मेन्द्रिय भनिन्छ । हरेक शरीरमा नौ वटा छिद्र (प्वाल) हुन्छन् । दुईवटा आँखाका टोड्का, दुईवटा कानका दुला, दुई नाकका प्वाल, मुखको हाब्रो, लिङ्ग वा योनिमा रहेको प्वाल र दिसा गर्ने ठाउँमा रहेको दुलो गरी प्रत्येक प्राणिमा प्रायशः यी नाै वटा प्वाल विद्यमान हुन्छन् । यिनका बेग्लाबेग्लै काम हुन्छन्, जस्तै अाँखाले हेर्ने र शरीरको विकारलार्इ कचेराका रूपमा फ्याल्ने, नाकको सुँघ्ने र शरीरको विकारलार्इ सिंगानका रूपमा मिल्काउने, कानको सुन्ने र कानेगुजीका रूपमा शरीरको विकारलार्इ त्याग गर्ने, मुखको खाने, पिउने, बोल्ने तथा शरीरको विकार राल, खकार, कफ, वान्ता अादि मिल्काउने, लिङ्ग वा योनिका माध्यमबाट मैथुनिक अानन्द ग्रहण गरी सृष्टि सुसञ्चालन गर्ने र मूत्र, वीर्य, रज अादि शारीरिक विकारको उत्सर्जन गर्ने अनि पायु अर्थात् गुदाका माध्यमबाट पाचन प्रक्रिया लागि आवश्यक तत्त्वहरू शोषण गरी अपान वायु (पाद) का साथै दिसा (विष्टा) गर्ने आदि काम यी प्वालहरूबाट हुने गर्छ । भौतिक शरीरधारी प्राणीहरूका पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रियलगायत एघाराैं इन्द्रिय मनका माध्यमबाट उसको भाैतिक जीवन सुसञ्चालनका लागि अावश्यक कामहरू निरन्तर भइरहन्छन् । नाशवान् भौतिक शरीरभित्र रमाएर र इन्द्रियको अावश्यकता पूर्ति गर्दागर्दै जीवात्माले अाफूसँगै रहेको आफ्नो परममित्र परमात्मालाई बिर्सिएको हुन्छ र इन्द्रियको वशमा परी विषयभोगमा आशक्त भर्इ चुर्लुम्म डुब्न पुग्दछ । यसरी मायाको जालमा परेर ऊ सांसारिक बन्धनमा बाँधिन्छ । अतः तामस अहङ्कारबाट पञ्चमहाभूतका तत्त्वहरूले बनेको शरीर भएकाले प्रत्येक शरीरधारी जीव नाशवान् बन्न जान्छ ।

र्इश्वरले विश्वको सृष्टि गर्ने उद्देश्यले उत्पन्न गरेका तत्त्वहरू २५ वटा छन् । ती हुन् - बुद्धि, अहङ्कार, चित्त, काल, जीव, आकाश, वायु, तेज, पानी, पृथ्वी, शब्द, स्पर्श, रूप, रस, गन्ध, कान, छाला, आँखा, जिभ्रो, नाक, मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय) र पायु (गुदा) । मनसमेत जम्मा छब्बीस वटा तत्त्वहरू छन् । छोटकरीमा यी तत्त्वहरूलार्इ यसरी पनि बुझ्न सकिन्छ -

- पञ्च महाभूत : पृथ्वी, जल, तेज, वायु र अाकाश
- पञ्च तन्मात्रा : शब्द, स्पर्श, रूप, रस र गन्ध
- पञ्च ज्ञानेन्द्रिय : कान, छाला, आँखा, जिभ्रो र नाक
- पञ्च कर्मेन्द्रिय : मुख, हात, गोडा, उपस्थ र पायु
- षड्वर्ग तत्व : मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव


अविनाशी परब्रह्म परमात्मा समेत जम्मा सत्तार्इस तत्वहरुको समूह हुन्छ । विश्वको सृष्टि, स्थिति र सञ्चालन गर्ने क्रममा यिनै तत्त्वहरू सक्रिय हुन्छन् । वनस्पतिहरू बाहेक सम्पूर्ण हिंडडुल गर्ने जलचर पानीमा पौडी खेल्ने स्थलचर जमीनमा हिंड्ने तथा नभचर अाकाशमा उड्ने प्राणीहरुको शरीरमा यी सबै तत्त्वहरू विद्यमान हुन्छन् । शरीरको आकार र क्षमता अनुसार कुनै तत्त्व सूक्ष्म रूपमा र कुनै तत्त्व स्थूल रूपमा शरीरमा अवस्थित हुन्छन् । प्रत्येक मानव शरीरमा चाहिं यी सबै सत्तार्इस वटै तत्त्व सक्रिय हुन्छन् ।