Monday, July 31, 2017

राशिफल (२०७४ श्रावण १७ गते मङ्गलबार/२०१७ अगस्ट ०१)

आज वि.सं. २०७४ श्रावण १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अगस्ट ०१ तारिख

श्रावण शुक्ल नवमीविशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, शुक्ल योग, कौलव र तैतिल करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र

आजका लागि अशुभ समय :–


राहु काल : दिउँसो ०३:३१ देखि ०५:११ सम्म
यमघण्ट : बिहान ०८:४८ देखि १०:२९ सम्म
गुलिक काल : दिउँसो १२:०९ देखि ०१:५० सम्म
काल वारवेला : दिउँसो ०१:५० देखि ०३:३१ सम्म
रोग वारवेला : बिहान ०५:२७ देखि ०७:०७ सम्म र साँझ ०५:११ देखि ०८:११ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–


लाभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –




 
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत निरसता छाउने छ । घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुन ठिक हुन्छ । त्यस्तै विवाद, झैझगडामा समय खेर नफाल्नु राम्रो हो । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 


दिनभरि सातौं भावमा कमजोर चन्द्रमा भएकाले आज दाम्पत्य जीवन वा प्रेमप्रसङ्गमा निरसता आउने छ । दिनको सुरुमा केही झैझगडा र विवादको सम्भावना पनि हुन्छ । त्यसैले तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । पेसा वा व्यवसायमा समय दिन सकेमा लाभ नै हुनेछ । साँझमा रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा ध्यान आकृष्ट हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –


 
आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 


प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त पठनपाठनमा रुचि नभए झैं र सृजनात्मक क्षमतामा कमी भए झैं लाग्नेछ, तथापि बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ तर अध्ययन, अध्यापन र लेखनकार्यमा गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । छोराछोरीका समस्यामा केन्द्रित हुनुपर्ने दिन छ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 


दिनको सुरुवातमा सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने देखिन्छ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । दिउँसोबाट मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रबाट पनि भनेजस्तो उपलब्धी लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 


आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउने छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 


डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । 
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 


सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 


अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 


सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । सन्तानपक्षमा राम्रो छ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 


आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 


आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । पठनपाठनमा प्रगति हुनुका साथै दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

राशिफल (२०७४ श्रावण १८ गते बुधबार/२०१७ अगस्ट ०२)


भोलि वि.सं. २०७४ श्रावण १८ गते बुधबार तदनुसार ई. सं. २०१७ अगस्ट ०२ तारिख

भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, 

श्रावण शुक्लपक्षको दशमी तिथि, दिउँसो ०२:४३ बजेसम्म, त्यसपछि एकादशी तिथि,
अनुराधा नक्षत्र, दिउँसो ०४:४४ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र,
भोलिको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
ब्रह्म योग, साँझ ०६:२७ बजेसम्म, त्यसपछि ऐन्द्र योग,
सुरुमा गर करण दिउँसो ०२:४२ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०३:४३ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :– 

राहु काल : दिउँसो १२:०९ देखि ०१:५० सम्म
यमघण्ट : बिहान ०७:०८ देखि ०८:४८ सम्म
गुलिक काल : बिहान १०:२९ देखि १२:०९ सम्म

भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०५:२७ देखि ०७:०८ सम्म, साँझ ०५:११ देखि ०८:११ सम्म र मध्यरात्रीपछि ०४:०७ देखि ०५:२७ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:५० देखि ०३:३० सम्म र साँझ ०८:११ देखि ०९:३० सम्म
शुभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म र बेलुका ०९:३० देखि १०:५० सम्म
अमृत वारवेला : बिहान ०७:०८ देखि ०८:४८ सम्म र बेलुका १०:५० देखि १२:०९ सम्म
चर वारवेला : दिउँसो ०३:३० देखि ०५:११ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२९ सम्म
रोग वारवेला : दिउँसो १२:०९ देखि ०१:५० सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४८ सम्म
काल वारवेला : बिहान ०८:४८ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४८ देखि ०४:०७ सम्म

भोलिको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी/प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

Sunday, July 30, 2017

यँल पञ्चदान

सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं
संघञ्च शील सम्पन्न, रत्नत्रयं नमस्तुते। 
(सकल बुद्धलाई नमस्कार, बुद्धद्वारा अभिव्यक्त भएका धर्म ज्ञानलाई नमस्कार, शीलले सम्पन्न हुनु भएका बुद्धको पुद्गल संघलाई पनि नमस्कार। यी तीनवटा रत्नहरुलाई म सधैं शिरोपर गर्दछु।)

पञ्चदान शुरुवात कहिले भएको हो ?
पञ्चदान प्रारम्भ भएको प्रसङ्ग कोट्याउँदै जाँदा एउटा आख्यान भेटिन्छ। दीपावती नगरका सर्वानन्द राजा र धर्मावती रानीले शुद्ध चित्तले युक्त भई आफ्ना राजदरबारभित्र नै दानशाला बनाई श्री दीपङ्कर बुद्ध र प्रमुख ८० हजार भिक्षुसङ्घलाई प्रतिदिन पञ्चदान दिई दान प्रदान गरेका थिए। उनीहरूले कुनै एउटा वर्षको श्रावण शुक्ल अष्टमीबाट सुरु गरी अर्को वर्षको आषाढ पूर्णिमासम्म पञ्चदान दिएर दान कार्य सुसम्पन्न गरेका थिए। राजा सर्वानन्दको त्याग चित्तको प्रशंसा गर्दै दीपङ्कर बुद्धले दानगाथा आज्ञा गर्नुका साथै र आशीर्वाद प्रदान गरेका थिए। यसरी सर्वप्रथम पञ्चदानको सुरुवात भएको थियो। श्री दीपङ्कर बुद्धको पालादेखि नै पञ्चदानको निरन्तरता चल्दै आएको कुरा बताइन्छ। यो पञ्चदान कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र सीमित छैन, यो ठिमी, कीर्तिपुर आदि स्थानहरुका साथै राष्ट्रभरि छरिएका बौद्धहरुले दानशाला बनाई सञ्चालन गर्दै आइरहेको देखिन्छ। तर ललितपुरको पञ्चदानलाई विशिष्ट मानिन्छ। ललितपुरको यल पञ्चदानमा छुट्टै विशेष प्रकारको बौद्ध गाथा र बौद्ध श्लोक वर्णन भएको त देखिंदैन, तर त्यहाँको सामाजिकता फरक छ। पञ्चदान कार्य सफल तुल्याउन तलका विशेष तत्त्वहरु समावेश हुनु अत्यावश्यक मानिन्छ -
१) श्रद्धा २) आर्थिक क्षमता ३) त्याग भावना ४) अन्य व्यक्तिहरुको सहभागिता ५) सहनशीलता ६) उचित व्यवस्था ७) उचित प्रबन्ध ८) औपचारिकता। यसबाहेक विघ्नबाधाहरू र अड्चनअप्ठ्याराको सामना गर्न चनाखो पनि हुनुपर्छ। विशेषतः पाँच किसिमका दानलाई पञ्चदान भन्ने गरिन्छ। १) पूजा २) भोजन ३) पान ४) औषधी ५) दिनहुँ प्रयोग हुने आवश्यक सरसामानहरू

पूजाअन्तर्गत पुष्प, धूप, दीप, गन्ध, रस, भोजनअन्तर्गत धान, गहुँ, भोजन, क्वाँटी, केराउ, मासु, पिंडालु, कर्कलो, मुला, भुटेको गहुँको पीठो, रोटी र विभिन्न किसिमका खाद्यसामाग्री, पानअन्तर्गत सक्खरको सर्बत, फलफूल, पञ्चामृत आदि, औषधीअन्तर्गत हर्रो, अमला, नून, तेल आदि र दिनहुँ प्रयोग गरिने सरसामानमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषय वस्त्र, आसन, खरी, दतिवन आदि पर्दछन्।

पञ्चदान ग्रहण गर्न योग्य व्यक्तिहरू
सामान्यतया बज्राचार्य, शाक्यभिक्षुहरूको सर्वसङ्घलाई पञ्चदान दिने प्रचलन छ। प्रव्रज्यासम्बर अभिषेक प्राप्त नगरेका व्यक्तिहरूले पञ्चदान ग्रहण गर्न पाउँदैनन्। विशेष गरी बज्राचार्य, शाक्यभिक्षु, श्रामणेर आदि वर्गका ससाना उमेरका बालकहरुले पनि प्रव्रज्या ग्रहण गर्छन्। यसरी प्रव्रज्या ग्रहण गर्ने कार्यलाई 'बरे छुइगु' भन्ने गरिन्छ। यिनीहरूले चार दिनसम्म प्रव्रज्या भावमा बसी पिण्डाचरण गर्नुपर्छ र दशशील पालन गर्नुपर्छ। चारदिन पछि गृहस्थाश्रममा फर्कनु अघि पुनः त्रिरत्न (बुद्ध, धर्म र सङ्घलाई) श्रद्धाभावले वन्दना र पूजा गरी आफ्ना आचार्यसँग गृहस्थारम्भ सुरु गर्न याचना गर्नुपर्छ। पञ्चशील पालन गरी गृहस्थ जीवन यापनको लागि बारबार याचना गरिसकेपछि मात्र गृहस्थारम्भ गराइन्छ। त्यसपछि गृहजीवन बिताएर पनि बुद्धको धर्मोपदेश आदि प्रचारप्रसार गर्ने र आचार्याभिषेकको याचना गर्न पाइन्छ। आचार्याभिषेक प्रदान गर्ने प्रचलन अद्यापि आआफ्नो विहारमा सम्पन्न हुन्छ। यसरी आचार्याभिषेक प्राप्त गर्ने व्यक्तिले मात्र बौद्ध कर्मकाण्ड पूजाआजा, बौद्ध संस्कृति संस्कारको आरक्षण र संरक्षण गराउने दायित्व प्राप्त हुन्छ। वज्राचार्य गुरुजुहरू पनि पञ्चशील पालन गरी आफ्ना उपासक र उपासिकाहरूको गृहस्थ जीवनमा आइपरेका कठिनाइ, दुःख, दौर्मनस्य, पीर, मर्का आदिबाट मुक्त गराउन हरसम्भव प्रयत्नरत हुन्छन्। आफ्ना जजमानहरुलाई आइपर्ने विभिन्न भय, उपद्रव, आपद विपदहरु हटेर जावस् भनी मैत्री चित्त राख्ने गर्दछन्। यस्तो मैत्री भावनाको उद्गार व्यक्त गरिरहने वज्राचार्यहरु आआफ्ना कुलानुसारको दीक्षा पञ्चाभिषेक प्राप्त गरी सकेपछि, उनीहरु पूर्वसेवा पूजामा लाग्छन्। यस पूजा र ध्यान एवं योग भावनाबाट सिद्धि प्राप्त गरी सर्व प्रकारेण जगतो हिताय कार्यमा लाग्छन्। यस्ता व्यक्तित्वलाई पूजा आजामा आचार्य गुरुको रुपमा बुद्धको रुपमा मान्यता दिई आएको पञ्चदानमा पनि सर्वप्रथम पञ्चबुद्धको रुपमा पञ्चदान दिने कार्य गरिन्छ।

पञ्चदानको शुभारम्भ कसरी गरिन्छ ?
पञ्चदानको प्रारम्भमा सर्वप्रथम गुरुमण्डल पूजा गरिन्छ। त्यसपछि शुभ मुर्हूतको साइतमा स्वयम्भू भगवानको प्रतिमा अगाडि उभिएर दानपत्र पढ्ने गरिन्छ। अनि प्रमुख व्यवस्थापक (काजी)ले दानशालाको दैलो उघारिदिन्छन्। दैलो उघार्नासाथ उनले सबभन्दा पहिले जसलाई छुन पुग्छन्, त्यस व्यक्तिको खुट्टाको बुढी औंला समाती राख्नु पर्छ, छोड्नु हुन्न। त्यसपछि त्यस व्यक्तिलाई सम्मान गरी ढोकाभित्र भित्र्याइन्छ। उसलाई पुष्पादिले पूजा गरी मूलाचार्यको आसनमा राखिन्छ। त्यसपछि एकजना उपाध्याय, एकजना कर्माचार्य र दुईजना थ्याः गुरुजु समेत गरी जम्मा पाँचजनालाई पञ्चबुद्धको पञ्चरङ्गी वस्त्र पहिराइन्छ। पादार्घ्य र रत्नमुकुट वा उद्यां टोपी लगाउने काम हुन्छ। पञ्चोपचार पूजा अनुसार ती पाँच व्यक्तित्वहरुलाई नै पूजा गरिन्छ। मूलाचार्य गुरुलाई घर, खेत, चन्द्र सूर्य, आत्मा, जिम्बु, पेटी, चुल्या, कंगन, बेतालि आदि सबै आवश्यक वस्तुहरु दान प्रदान गरिन्छन्। यति दान कार्यको आरम्भपछि अगाडि बसिरहेका बज्राचार्य शाक्यभिक्षुहरुलाई दानशालाबाट दान दिने कार्यको निरन्तरता चलिरहन्छ। मूलाचार्य गूरुलाई बाजागाजा बजाई छत्र, ध्वजापताका आदिबाट सम्मान गरी पदयात्रा गर्दै उहाँको गृहस्थाश्रमसम्म पुगेर आशीर्वाद लिई फर्कने चलन छ। यसरी पञ्चदानको कार्य बेलुकीको दोस्रो प्रहरसम्म चलिरहन्छ। यस दान कार्यमा अन्य श्रद्धालु भक्तजनहरु आएर पनि दानशालाको छेउछाउमा बसी स्वेच्छापूर्वक दान दिने गर्दछन्। यसमा कसैलाई कुनै प्रकारको रोकटोक हुँदैन। दोस्रो प्रहरको अन्त्यमा फुबरे (अन्तिम भिक्षु) सुकुन्दा बत्ति बालेर दानशालामा भिक्षाचरण गर्न आउँछन्। उनलाई दान दिएपछि दानशालाको ढोका बन्द गरिन्छ। भित्र पञ्चोपचार पूजा गरी सम्बन्धित सबैले क्षीर प्रसाद ग्रहण गरेपछि पञ्चदान कार्य सम्पन्न भएको मानिन्छ।

पञ्चदानबाट पुण्य प्राप्त हुन्छ। भगवान् शाक्यमुनि बुद्धले भन्नु भएको छ -
नप्रणश्यन्ति कर्माणि, कल्पकोटि शतैरपि। सामाग्री प्राप्य कालञ्च, फलन्ति खलुदिहिनाम्॥
(आफूले गरेको कर्म सयौं कल्पकोटि नै बितेर गएपनि नाश हुँदैन। समयकाल आएपछि कर्मको फल अवश्य भोग्नै पर्ने हुन्छ। अर्थात् राम्रो काम गरे राम्रै फल प्राप्त हुन्छ नराम्रो काम गरे नराम्रै फल प्राप्त हुन्छ।)

दानं ददन्तु सद्धाय, सीलं रक्खन्तु सब्बदा। भावना भिरता होन्तु, गच्छतु देवता गता॥
(श्रद्धापूर्वक दान दिइनु पर्छ, शीलको आरक्षा गरिनु पर्छ। असल कार्यमा भावनामा प्रसन्न भइरहनु पर्छ। धर्म श्रवणार्थ आउनु भएका देवताहरु अब फर्कनु भएपनि हुन्छ।)

दानञ्च धम्मचरिय च ञातकानञ्च सङ्गहो। अनवज्जनि कम्मानि एतं मंगलमुत्तमम्॥
(दान दिनु धर्माचरण गर्नु, नाता कुटुम्बहरुको सम्मान गर्नु, निर्दोष काम गर्न पनि उत्तम मंगल हो।)

दानं विभूषणं लोके, दानं दुर्गति निवारणम्। दानं स्वर्गस्य सोपानं दानं शान्तिकरं शुभम्॥
(दानद्वारा लोकमा आभूषणयुक्त व्यक्तित्व पाउँछ, दानद्वारा नै दुर्गति निवारण हुन्छ, दानद्वारा नै स्वर्गमा पाइने जस्तो सुखभोग पाइन्छ। दानद्वारा नै यो लोकमा शान्ति ल्याउन सकिन्छ।)

उपर्युक्त बुद्धवचनलाई शिरोपर गरी सबैले पालना गर्न सकून् र यसको प्रभावले सबैलाई मङ्गल भइरहोस्।

स्रोत : सम्यक् महादान, सुगतरत्न सिन्दुराकार(सङ्कलक), काठमाडौं : तेजरत्न सिन्दुराकार , नेसं ११२३/ ई॰ २००३, पृ॰ ९४-९६। पूर्वप्रकाशन धर्मकीर्ति (लय्पौ), १८:११

मानव कल्याणको पर्व 'गुँ–ला धर्म'

प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध धर्मालम्वीहरूले मनाउने पर्व हो 'गुँ–ला धर्म' । यो पर्व एक महिना लामो हुन्छ । नेवारी भाषामा 'गुँ' को अर्थ 'नौ(९)' र 'ला' को अर्थ 'महिना' भन्ने बुझिन्छ । चान्द्रवर्षको गणनाबमोजिम प्रत्येक महिनाको शुक्लपक्षबाट महिनाको सुरुवात हुने नेवारी परम्परा छ र कार्तिक शुक्लपक्षको प्रतिपदा म्हपूजाका दिन नयाँवर्षको पहिलो महिना प्रारम्भ हुन्छ । यस आधारमा नवौं महिना सामान्यतया श्रावण र भाद्रमा पर्दछ । उक्त अवसरमा काठमाडौंस्थित स्वयम्भूमा एक महिनासम्म मेला लाग्ने गर्दछ । यो पर्वका क्रममा हरेक दिन बिहानैदेखि बौद्ध गुम्बा र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको चहलपहल हुने गर्दछ । खासगरी काठमाण्डौ उपत्यकामा विभिन्न परम्परागत बाजागाजाका साथमा स्वयम्भूको परिक्रमा गरेर शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना हुने गर्दछ र भक्तजनहरूले शान्तिको कामना गर्ने गर्दछन् । सो अवधिमा बुद्ध धर्मका अनुयायीहरू मात्र होइन, हिन्दु धर्मावलम्बीहरू पनि बौद्ध पीठमा गएर पूजाअर्चना गर्ने गर्दछन् । हिन्दू पद्धतिमा पनि दक्षिण भारतमा वैशाखबाट गन्दा नवौं महिनामा आउने महिनालार्इ धनुर्मास भनी व्रत, यज्ञ र उत्सवका रूपमा मनाउने प्रचलन छ । तर यो परम्परा उत्तर भारत र नेपालमा बसोबास गर्ने श्रीवैष्णव सम्प्रदायमा दीक्षित अनुयायीहरूले अनुसरण गरेको देखिन्छ । यहाँ धनुर्मास भनेर पौष महिनालार्इ लिइएको हो । मुस्लिम धर्ममा पनि उनहरूको गणनामा आउने नवौं महिनामा पवित्र मानिने रमजान पर्व पर्दछ र उक्त अवधिमा मुस्लिमहरू रोजा व्रत गर्ने गर्दछन् । यसरी धनुर्मास, रमजान र गुँ–ला प्रतीकात्मक सन्दर्भमा समान पर्व हुन् भन्दा अत्युक्ति हुँदैन ।

साउन र भदौ महिना बरसातको ऋतु भएकाले अत्यधिक पानी पर्ने र बढी गर्मी हुने महिना हुन् । किंवदन्तीनुसार परापूर्व कालमा यी महिनामा रोगव्याधिको प्रकोप बढ्न गई प्राणीहरू मर्ने गरेकाले उक्त एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान् बुद्धले लिनुभएको थियो । यसरी भगवान् बुद्धले जिम्मा लिएपछि प्राणीहरूको स्वास्थ्यमा सुधार भयो र मृत्युदर घट्न थाल्यो । भगवान् गौतम बुद्धको आश्रय प्राप्त गरेपछि सर्वसाधारणमा हर्ष र उमङ्गको वातावरण सिर्जना भयो । यसै खुसियालीमा भगवान् बुद्धप्रति कृतज्ञता ज्ञापन गर्न र सर्वसाधारणमा सधैं सुखसम्मृद्धि र माङ्गल्यको कामना गर्दै प्रत्येक वर्ष एक महिनासम्म गुँ–ला पर्व मनाउन थालिएको हो । यस क्रममा वर्षभरि मरेका प्राणिहरूको आत्मशान्ति र उद्धारका लागि संहभेदी राँगाको संह फुक्दै पूजा गर्ने र स्वयम्भूको परिक्रमा गर्ने चलन रहेको छ । त्यस्तै बुद्धको स्तुपा र मन्दिरमा दियो बालेर सुख र शान्तिको कामना गर्नुका साथै टोलटोलबाट न्यौलीबाजा, पञ्चेबाजा, कोंचाखे, नगराजस्ता बाजाहरू बजाउँदै स्वयम्भूमा केटाकेटी युवायुवती एवं बृद्धबृद्धाको घुइँचो लाग्ने गर्दछ । सो अवधिमा भक्तजनहरू माछा, मासु, जाँड, रक्सी आदि तामसी भोजन त्याग गरी एक छाक मात्र खाई व्रत लिने गर्दछन् । महिनाभरि रिस, राग, वैमनस्य त्याग गरी एक अर्कामा प्रेमभावपूर्ण सद्भाव राख्नुपर्छ भन्ने मान्यता छ । प्रतीकात्मक ढंगले विश्लेषण गर्ने हो भने असार र साउनको दिन श्रम र परिश्रम गरी अन्न उब्जाउने समय हो । खेतमा धान रोपिसकेपछि केही समयका लागि खासै कामको चाप हुँदैन । काम नहुने समयमा धेरै जसो मानिसहरू खासगरी नयाँ पुस्ताका युवायुवती कुलतमा फँस्ने सम्भावना हुन्छ । चेतनाको कमीले गर्दा युवाहरू मनोरञ्जनमा समय बिताउन थाल्दछन् । त्यसैले यस अवधिमा जुवा तास खेल्ने र जाँडरक्सी खाने क्रम बढ्न थाल्दछ । यसले समाजमा विकृति ल्याउँछ । त्यसैले यस्तो कुलतमा फँसेर समाजमा विकृति आउनु हुँदैन भन्ने मनसायले यो पर्व मनाउने चलन चलेको हो भनी अड्कल काट्न सकिन्छ । बेकामे काममा अलमलिन नदिन परोपकारी, सामाजिक र धार्मिक कृत्यमा सहभागी तुल्याउन सक्दा सबैको भलो हुने त छँदैछ, उता युवापुस्ता कुलतमा फँसेनन् भने तिनले जीवनोपयोगी काम गर्न सक्छन् भनेर परम्परादेखि गुँ–लाधर्म पर्व मनाउन थालिएको हुनुपर्छ ।


यो पर्वमा कुनै धर्म जातीय विभेद हुँदैन । यो धार्मिक कार्यमा विशेषगरी बौद्ध धर्मावलम्वीहरूको अधिकतम सहभागिता हुन्छ । यो पर्व शाक्य, बज्राचार्य, मानन्धर, महर्जन, तुलाधार आदि बौद्ध धर्मावलम्वीहरूले मनाउने गर्दछन् । विशेष गरी काठमाडौं उपत्यका, काभ्रे र दोलखामा बसोबास गर्नेहरूले मनाउने यो पर्व अहिले नेवारहरूको बसोबास हुने देशविदेशका विभिन्न स्थानमा पनि मनाउन थालिएको देखिन्छ । काठमाडौं उपत्यकाको स्वयम्भूमा यो पर्व सुरु भएको पहिलो दिनदेखि महिनाभरि नै विभिन्न टोल वा समुदायबाट आएका बौद्ध धर्मालम्वीहरूले आफ्नो परम्परा अनुसार धिमे बाजा बजाएर स्वयम्भू चैत्यको परिक्रमा गरी महाचैत्य र बिहारको दर्शन गरी घर फर्कने गर्छन् । महिनाभरि उनीहरूले बौद्ध विहार तथा बहीमा बसेर बुद्ध पूजा, नामसङ्गति, पञ्चरक्षा जस्ता बौद्ध स्तोत्रको पाठ गर्ने चलन पनि छ । पूजापाठ सकेपछि भन्टे(भिक्षु) र आनी(गुरुमा)हरूले बुद्धशिक्षा सम्बन्धी धर्मदेशना गर्नुहुन्छ । यस गुँ–लापर्वमा बौद्ध धर्मावलम्बीहरूले वर्षभरि मृत्यु भएका आफन्तहरूको नाममा स्वयम्भूमा १०८ बत्ती बाल्ने र उनीहरूका नाममा सिङ फुकेर देवीदेवताका मन्दिरको परिक्रमा गर्ने गर्दछन् । यसो गरेमा मृतकहरूले सुखवती भुवनमा बास बस्न पाउँछन् भन्ने जनविश्वास छ । गुँ–ला महिनाभरि बौद्ध धर्मालम्वीहरूले द्यथायेगु भनेर काला माटाका ससाना चैत्यहरू बनाउने र पूजा गर्ने प्रचलन छ । कोही महिनाभरि व्रत बसी स्वयम्भू विहार आदि स्थानहरूमा गई भगवान बुद्धको पूजाआजा र दर्शन गर्दछन् । भाद्र प्रतिपदाको दिन वा गुँ–ला धर्म पर्वको अन्तिम दिन ती चैत्यहरू नदीमा बगाएर समापन गर्ने प्रचलन छ र आआफ्नो चलन अनुसार भोजभतेर गरी रमाइलो गर्ने चलन छ । गुँ–ला महिनाभरि भगवान् बुद्धको नाममा बत्ति बाल्ने पूजाआजा गर्नेहरूको भीडले स्वयम्भूमा यो पर्व हेर्ने दर्शनार्थीको घुइँचो उल्लेखनीय रहने गर्दछ ।

रोगबाट मुक्ति पाउने महिना : श्रावण

पूर्वीय दर्शन र विज्ञान दुबैले स्वीकार गरेको तथ्य हो - सृष्टि र मानव शरीर पञ्चतत्त्वको सम्मिश्रणबाट निर्माण भएको हो। ती पञ्चतत्त्व हुन् - अग्नि, पृथ्वी, वायु, आकाश र जल। विधिवत् रूपमा सृष्टिको सञ्चालन हुन र मानव शरीरको सञ्चालनका निमित्त यी पञ्चतत्त्वको सन्तुलनको आवश्यकता पर्दछ। यी तत्त्वहरूको सन्तुलनबाट जसरी सृष्टिलाई प्रसन्न तुल्याउन सकिन्छ, ठीक त्यसरी नै एउटा मनुष्यले प्रसन्नता र सुस्वास्थ्य/निरोगिता प्राप्त गर्न पनि यिनको खाँचो हुन्छ र यिनै तत्त्व असन्तुलित हुँदा जसरी सामुद्रिक ज्वारभाटा र अन्य प्राकृतिक आपदा उपस्थित हुन्छन्, त्यस्तै मनुष्य पनि रोगग्रस्त, चिड़चिड़ापन, दुखहरूबाट पीड़ित र कान्तिहीन हुनपुग्छ। अतः यीमध्ये कुनै एउटाको मात्र न्यूनता वा आधिक्यता हुनु नकारात्मक हुन्छ।

यी पाँचैवटा तत्त्वहरू मूलत: ग्रह, नक्षत्र आदिबाट नियन्त्रित रहने गर्दछन्। अतः यदि हामीले सरल भाषामा जान्न चाह्यौं भने ग्रहले नै हाम्रो शरीरलाई सञ्चालन गर्ने गर्दछन् भन्ने बुझ्दा हुन्छ। अनि रोग पनि शरीर सञ्चालनको खराब तर महत्त्वपूर्ण अङ्ग हो।

पूर्वीय ज्योतिष विज्ञानले प्रमाणित गरेको सिद्धान्त के हो भने प्रत्येक वर्षमा एक पटक आउने श्रावण महीनामा बाबा भोलेनाथलाई प्रसन्न तुल्याउन सकियो भने व्यक्तिले यी पञ्चतत्व र ग्रहहरूका असन्तुलनसँगै रोगको निवारण पनि गर्न सकिन्छ। त्यसैले पर्यावरणीय सन्तुलन र शारीरिक सन्तुलनका साथै रोग निवारण गर्न श्रावण महिनामा भगवान् भोलेनाथ शिवशङ्करको आराधना गर्नु पर्दछ। तपाईंले तल लेखिएमध्येका कुनै उपाय अवलम्बन गरेर शिवपूजन गर्न सक्नुहुन्छ।

·    कुनै योग्य र दक्ष ज्योतिषीलाई आफ्नो कुण्डली विश्लेषण गर्न लगाई रोगको कारक ग्रह कुन हो भन्ने पत्ता लगाउनु पर्दछ र त्यसपछि त्यस ग्रहसम्बद्ध वार वा नक्षत्र जुन दिन पर्दछ, त्यस दिन त्यस ग्रहसँग सम्बन्धित तुलादान गरी शिव रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप गर्दा रोग, शोक र भयबाट मुक्त भइन्छ।
·        श्रावण महिनामा प्रत्येक मङ्गलवारका दिन शिव पूजा गर्नाले (विशेषतः रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप) गर्नाले रोगबाट छिट्टो मुक्त हुन सकिन्छ। यसरी शिवार्चन गर्दा करबीरको फूल शिवप्रतिमामा अर्पित गर्नुपर्दछ।

·        कुनै पनि रोगबाट पूर्णत: मुक्ति प्राप्त गर्नका निम्ति श्रावण महिनाको पहिलो सोमवारबाट नै प्रारम्भ गरी प्रत्येक सोमवारका दिन शिवालयमा गई कपूरयुक्त जलद्वारा अभिषेक गर्नुपर्दछ। त्यसरी शिवलिङ्गमा जलाभिषेक गर्दा महामृत्युञ्जय मन्त्रको निरन्तर रूपमा जप गर्नु आवश्यक छ।
महामृत्युञ्जय मन्त्र :-
ॐ ह्रौं जुं स: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम्,
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स: जुं ह्रौं ॐ॥

यस मन्त्रलाई केवल श्रावण महिनामा मात्र होइन, त्यसपछि पनि पूरा वर्षभरि जप्नु आवश्यक छ। अवश्यमेव स्वास्थ्यलाभ हुनेछ।

·        साउन महिनामा प्रत्येक बिहीबारका दिन भगवान् शिवको विशेष पूजा गर्नाले आयु बढ्छ।

·        रोगबाट मुक्तिको अर्को एउटा उपाय पनि छ। त्यो हो यस महिनामा पर्ने मङ्गलबार वा शनिबारको कुनै दिन महामृत्युञ्जय मन्त्रको जप गर्दै मौरीको शुद्ध महले स्नान गर्ने।

·        साउन महिनाको सोमबार वा शुक्रबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन कुशोदक जलद्वारा शिवार्चन र रुद्राभिषेक गर्दा असाध्य रोग शान्त हुन्छ।

·        श्रावण महिनामा पर्ने नागपञ्चमीका दिन लघुरुद्राभिषेक र नागको पूजा गरेमा मात्र पनि तपाईंले रोग, शोक, भय, कालसर्पको दुष्प्रभाव र कीराफट्याङ्ग्रा तथा सर्पको भय आदिबाट मुक्ति प्राप्त गर्नु हुनेछ।

·        साउन महिनाको पञ्चमी तिथि, बुधबार वा आइतबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन काँचो दूधले शिवार्चन र रुद्रीपूजा गर्नाले सुगर रोग (मधुमेह)को शान्ति हुन्छ।

·        भगवान् शिवको मृत्यञ्जय मन्त्रको १०,००० (दसहजार)को सङ्ख्यामा सङ्कल्प पूर्वक जप गर्दै घिउको धाराद्वारा शिवलिङ्गको अभिषेक गर्दा मधुमेह (डाइबिटीज) रोगबाट मुक्ति पाइन्छ।

·        महाकाल शनि मृत्युञ्जय स्तोत्र र रुद्रीपूजा गरी गाईको शुद्ध घिउले शिवजीलाई अभिषेक गर्नाले स्वास्थ्यसम्बद्ध कुनै बाधा हुँदैनन्।

·        श्रावण महिनाको कुनै सोमबारका दिन जुन मनुष्यले हरियो दुबोले भगवान् शिवको पूजा र आराधना गर्दछ, उसले दीर्घायुष्य प्राप्त गर्दछ।

·        तपाईं लामो समयदेखि बिरामी हुनुहुन्छ वा रोगको पत्तो नलागेर दिक्क हुनुहुन्छ भने कुनै गङ्गागामिनी नदीको पानी ल्याएर पञ्चमुखी शिवलिङ्गमा चढाउनुहवस्, तपाईंको रोगको निदान हुने छ र सुस्वस्थ हुनुहुनेछ।

·        टाइफाइड, मलेरिया वा यस्तै कुनै ज्वरोको प्रकोपबाट तपाईं पीडि़त हुने गर्नुहुन्छ भने यस महिनामा पर्ने शनिबार वा प्रदोषका दिन भगवान् शिवलाई जलाभिषेक गर्नुहवस्, तपाईंले तुरुन्त लाभ पाउनुहुनेछ।

·       अल्पसन्तति, गर्भस्राव, सन्तानहीनता, बाँझोपनको समस्या वा नपुंसकता छ भने त्यस्ता व्यक्तिले दम्पतिसहित विधिविधान पूर्वक श्रावण महिनाको प्रत्येक सोमबारका दिन व्रत लिई एवं रुद्री र अग्नि जुर्ने कुनै शुक्रबारका दिन घृतधारासहित कुनै शिवालयमा लघुरुद्राभिषेक कर्म सम्पादन गर्नुहोस् र कर्मको समापनमा कम्तीमा २१ जना ब्राह्मणलाई घृतपायस (घिउ र खिर)को भोजनद्वारा तृप्त तुल्याउनु हवस्। तपाईं पूर्ण पुरुषत्व वा पूर्ण स्त्रीत्व प्राप्त गर्नु हुनेछ। केही समयपछि तपाईंको घरआँगनमा केटाकेटीको बालक्रीडा र बालसुलभ चञ्चलताको सौभाग्य प्राप्ति हुनेछ।

जय शम्भो कैलाशपति !!!

Saturday, July 29, 2017

साउनको पन्ध्र : खीर


नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको मान्यता छ । परापूर्वकालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।

रवि सप्तमी र आइतबारको व्रतकथा

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्रकाशित तुल्याउने काम गर्दैनन्, अपितु चराचर जगतलाई नियन्त्रण गर्ने काम पनि उनैबाट हुन्छ । यिनी समस्त देवताहरूका प्रशासक हुन् । यिनको दिनकर र भास्करादि अन्य नाम पनि छन् । यिनले सम्पूर्ण जगतलाई उज्यालो बनाउँदै धारण गर्दछन् र सबैलाई कर्म गर्न प्रेरणा प्रदान गर्दछन् । त्यसैले सूर्य सबैका लागि वन्दनीय छन् । संसारका समस्त घटनाहरू भगवान् सूर्य नारायणकै लीलाविलास हो । भगवान् सूर्यले प्रातःकालमा आफ्नो सात्विक शक्ति सञ्चरण गर्दै समस्त चराचर जगतलाई सञ्जीवनी प्रदान गरी उत्साहित र प्रफुल्ल तुल्याउँदछन् ।  यिनीबाट प्रातःकालमा प्राप्त हुने सञ्जीवनी शक्तिका कारण संसार आफ्नो कर्मसृष्टि र सिर्जनाको लीलामा जुट्दछ । प्रातःकालका सूर्यलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिन्छ ।

मध्याह्न कालमा सूर्यले आफ्नो तामसी स्वभावको प्रदर्शन गर्दछन् । आफ्ना किरणमा भएका तीक्ष्ण र प्रचण्ड प्रकाशलाई चराचर जगतमा सञ्चरण गर्दै सूर्यले आफूमा रहेको तमोगुणबाट सम्पूर्ण दैनिक कर्म सृष्टिको कालिमालाई शोषण गर्दछन् । भगवान् आदित्यले मध्याह्नकालमा आफ्ना रश्मिहरूद्वारा महेश्वर रूपमा दैनिक सृष्टिका विकारहरूलाई शोषित गरेर जगतलाई हृष्टपुष्ट, स्वस्थ र नीरोगी बनाउँदछन् । जगत् कल्याणका लागि भगवान् सूर्यको यो दैनिक विकार शोषणको लीलालाई नै भगवान् भोलेशङ्कर नीलकण्ठको हलाहल पानको प्रतीकका रूपमा लिइन्छ ।

जसरी ईश्वरले बनाएको सृष्टिलाई ईश्वर आफैंले आवश्यकतानुसार आफैंमा विलय गर्नुहुन्छ, ठीक त्यसरी नै सन्ध्याको समयमा सम्पूर्ण सृष्टिलाई दिनभरि प्रकाश र आनन्द सञ्चरण गरेर सायंकालमा अस्ताचलमा गएर आफ्नो राजसी स्वरूप प्रदर्शन गर्दछन् र सारा जगतलाई विश्रामको सन्देश प्रवाह गर्दछन् । सन्ध्याकालका सूर्यलाई क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णुको स्वरूपलाई स्मरण गर्ने गरिन्छ । त्यसैले सूर्यको विशेषता बताउँदै भनिएको छ :-
उदये ब्रह्मणो रूपं मध्याह्ने तु महेश्वरः ।
अस्तकाले स्वयं विष्णुस्त्रिमूर्तिश्च दिवाकरः ।।

सूर्यको उपासनाका क्रममा सूर्यका विविध रूपको ध्यान र पूजा गर्ने प्रचलन छ, जसमा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, पूषा, पर्जन्य, अंशुमान्, भग, त्वष्टा, विष्णु आदि सूर्यका बाह्रवटा स्वरूपको चर्चा गरिन्छ ।


आइतबारको व्रतविधान
आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर 'ॐ घृणि सूर्याय नमः' यस बीज मन्त्रको कम्तीमा ५ माला जाप गर्नु पर्दछ । एकै पटक जाप पूरा गर्न नसकिएममा व्रतको अवधिभरिमा भए पनि पाँच माला जाप पुर्याएको राम्रो हुन्छ । जाप गरिसकेपछि तामाको लोटी वा कलशमा चोखो जल भर्नु पर्दछ र त्यसमा मह वा चिनी, अबीर, रातो फूल, राता अक्षता, रातो चन्दन, दुबो र सर्स्युँ राख्नु पर्दछ । यसरी तैयार गरिएको जलले तुलसाको मठमा वा गमलामा पूर्व फर्किएर भगवान् सूर्य नारायणलाई निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ ।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।
नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।
गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र फलाहार गर्दा पनि चित्त नबुझेमा गहुँका रोटी वा पुरी खान सकिन्छ । यसरी दिनभर व्रत लिएर बेलुका अग्निहोत्रादि नित्यकर्म गरेर नुन र नुनिलो चिजबाहेक अन्य सात्विक भोजन ग्रहण गर्दा हुन्छ । व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति राता चिजबिज, रातै कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

किन लिने आइतबारको व्रत ?
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । विधिपूर्वक प्रत्येक आइतबारका दिन सूर्यको उपासना गर्दा दैविक, दैहिक र भौतिक तीनै किसिमका कष्टबाट छुटकारा पाइन्छ । यसरी सूर्योपासना गर्ने उपासकको सूर्यको प्रकाश जसरी नै बुद्धि प्रखर र तीव्र हुन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ।


आइतबारको व्रतकथा
कुनै गाउँमा एउटी बुढी आमै बसोबास गर्ने गर्दथिन् । तिनको नियम थियो, प्रत्येक आइतवारका दिन बिहानै स्नानादि गरी गोबरले घर लिपेर भोजन तैयार गरी भगवान् सूर्यनारायणलाई भोग लगाएरमात्र भोजनादि ग्रहण गर्ने । यस नियमको पालना गरी अनुष्ठान गरेकाले उनको घरपरिवारमा सुखसन्तोष थियो र अनेक किसिमका धनधान्य र सुखसुविधाले भरिपूर्ण थियो, उनको परिवार । भगवान् श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । ती बृद्धाको घरमा गाई थिएन, त्यसैले व्रतपालना गर्न उनी छिमेकबाट गोबर ल्याउने गर्दथिन् । यो क्रम चलिरहेको थियो, केही दिन बितेपछि उनले गोबर ल्याउने घरकी छिमेकी महिलाले विचार गरिन् - यी बृद्धा सधैं मेरो घरबाट गोबर लिएर जान्छिन् र धर्मकर्म गर्छिन्, उनको घरमा सुखैसुख र आनन्द छ, त्यसैले अब म गोबर लान दिन्न, बरु आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु ।

छिमेकीले गाईलाई गोठभित्र बाँधेर थुनेपछि एकाबिहानै आमैले गोबर लान पाइनन् । छिमेकी नउठुन्जेल एक पटक त पर्खिएर गोबर ल्याउने विचार पनि गरिन् । तर ईर्ष्यालु छिमेकीले कुनै हालतमा गोबर नदिने भनेपछि उनले एउटा आइतबारका दिन घर लिप्न पाइनन् । उनको सूर्योपासनाको क्रम भङ्ग भयो । उनले त्यस दिन न त भोजन नै बनाइन्, न भगवानलाई अर्पण नै गरिन् । नियमिततामा विघ्न आएकाले उनले आँफूले पनि केही खाइनन् । बरु उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनामा उनले भगवान् सूर्यनारायणको दर्शन पाइन् । सूर्यले उनलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । बृद्धाले गोबरको अभावमा नित्यकर्म सम्पादन हुन नसकेको र व्रतमा विघ्न सिर्जना भएकाले आफूले त्यसो गरेको विवरण बिन्ती बिसाइन् । आफूमा अगाध श्रद्धा र भक्तिभाव राख्ने ती सरल स्वभावकी बृद्धाको अवस्था बुझेर सूर्यनारायणले आज्ञा गर्नुभयो -  'हे  माता ! म तपाईंको भक्तिभावबाट अत्यन्त प्रसन्न भएको छु, अब म तपाईंलाई एउटा यस्तो गाई दिन्छु, जसले तपाईंका समस्त इच्छाहरू पूर्ण गर्नेछ । तपाईं जसरी नै प्रत्येक आइतबारका दिन व्रत सम्पादन गर्ने प्रत्येक नरनारीसँग म अत्यन्त प्रसन्न हुने गर्दछु । मेरा भक्तहरूको स्वास्थ्य रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो, त्यसबाहेक निर्धनलाई धन र बाँझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु । मेरा भक्तजनहरूले जीवनकालभरि धनधान्य र सुखसम्मृद्धिका साथमा जीवन बिताएर अन्त्यकालमा मोक्ष प्राप्त गर्दछन् ।' स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो । बृद्धा ब्युँझिइन्, सपनामा सूर्यले दिएको वरदान साँच्चिकै साकार भयो, उनका आँखा खुल्दा आँगनमा एउटा अति सुन्दर गाई र बाछो उभिइरहेको दृश्य देखियो । त्यसरी आफ्नै आँगनमा गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँसपात गरिदिइन् । दिउँसो उनकी छिमेकी स्त्रीले ती आमैका घरमा पनि गाई र बाछो ल्याइएको थाहा पाइन्, उनको डाहा र रिसको पारो अझ चुलियो । उनी ईर्ष्यालु भई गाई र बाछो हेर्दै थिइन्, त्यसै बखतमा गाईले गोब्र्यायो, त्यस गाईले त सुनको गोबर पो गोब्र्याउँदो रहेछ । यो दृश्य देख्दा त उनको मनमा अझ खपिनसक्नु भयो । यसो वरपर हेरिन्, कसैले देखेको छैन भन्ने चाल पाएर  उनले तुरुन्त त्यो सुनको गोबरको थाप्रो टिपेर आफ्नो गाईको गोबरसँग साटिदिइन् । अब ती छिमेकीको काम कतिबेला त्यस गाईले गोब्र्याउँछ, रुङ्ने र साट्ने हुनथाल्यो । ती सोझी बृद्धालाई छिमेकी स्त्रीको कुटिलता र चलाखीको अत्तोपत्तो थिएन ।

छिमेकी स्त्रीको यो नयाँ दैनिकीलाई जगत्साक्षी भगवान् सूर्यनारायणले पनि नियालिरहनु भएको थियो । लामो समयसम्म ती चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा बृद्धा ठगिएको ठगियै भइन् । अनि जगदीश्वर सूर्यले एक दिन सन्ध्याकालमा आफ्नो मायाद्वारा ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीबेरीले गाई र बाछोलाई नोक्सान पो गर्ने हो कि भन्ने भयले ती बृद्धाले ती वस्तुभाउ घरभित्र लगेर बाँधिन् । अर्को दिन प्रातःकालमा बल्ल ती बृद्धाले गाईले सुनको गोबर गोब्र्याएको दृश्य देखिन्, उनको आश्चर्यको सीमा रहेन । त्यसपछिमात्र ती आमैले हरेक दिन गाईबाछालाई घरभित्र नै बाँध्न थालिन् । बृद्धाले गाई र बाछा भित्र बाँध्न थालेपछि छिमेकी स्त्रीको आयस्रोत घट्ने भयो । उनी ईर्ष्या र डाहले अझ पिरोलिन थालिन् । दुई चार दिन प्रतीक्षा गरिन्, आमैले त्यसपछि कहिल्यै पनि घरबाहिर गाई र बाछालाई छाडिनन् । केही उपाय नदेखेर तिनले बुढीआमैलाई दुःख दिने उद्देश्यले राजाका सभामा गएर उजुर गरिन् - 'महाराज ! मेरो छिमेकमा एउटी बृद्धासँग यस्तो गाई छ, जुन गाई हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनकि त्यस गाईले प्रत्येक दिन एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्छ । त्यसैले हे महाराज !  हजुरले नै त्यो गाईलाई अधिग्रहण गरी दरबारमा ल्याएर राख्नु उचित हुन्छ । त्यस गाईले गोब्र्याउने सुनको थाप्रोले देशको विकास र प्रजाको संरक्षणमा टेवा पुग्छ । आखिर त्यस बृद्धालाई त्यत्रो सम्पत्तिको के काम छ र ?' राजाले स्त्रीका उजुरमाथि विचार गर्दा उनलाई ती कुरा जायज लाग्यो । उनले तुरुन्त आफ्ना सिपाहीलाई आदेश दिए - 'जाओ, त्यो गाई र बाछो लिई आओ ।'

त्यस दिन पनि आइतबार नै परेको थियो । आमै आफ्नो प्रातःकालको नित्यकृत्य सिद्ध्याएर भोजन गर्न लागेकी थिईन्, त्यत्तिकैमा राजाका सिपाहीहरूले उनका गाई र बाछा खोलेर लगे । आमैले रोक्ने प्रयास गरिन्, अनुनय, विनय र अनेक तरहले विलाप गरिन्, रोइन्, कराइन्, तर उनको जोड चलेन । त्यस दिन बृद्धाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन् र रातपरेपछि पनि सुँक्क् सुँक्क गर्दै ईश्वरसँग आर्तपुकारा गरिरहिन् । उक्त गाई र बाछा पुनः प्राप्त होस्, बरु राजालाई आवश्यक छ भने आफूसँग भएको सबै धनसम्पत्ति र गाईले दिनैपिच्छे गोब्र्याउने सुनको थाप्रो सबै उनले लगेहुन्थ्यो भन्ने कामनाले आमैले भगवान् सूर्यनारायणसित प्रार्थना गरिरहिन् । राजा सिपाहीले गाई ल्याएको समाचार सुनेर असाध्यै प्रसन्न भए, बिहान छिट्टै उठेर गाईले गोब्र्याएको सुन हेर्ने रहर थियो उनमा । तर भोलिपल्ट राजाले सोचेजस्तो भएन । उनी उठ्दा त सारा महल गोबरैगोबरले भरिएको देखियो । यस्तो दृश्य देखेर राजा अत्तालिए, सिपाहीलाई तुरुन्त सरसफाइ गर्ने आदेश दिए । जति सफा गरे पनि फेरि जताजतै गोबरैगोबर देखिन्थ्यो । दिनभरि राजाको चिन्ताको विषय बन्यो, उक्त गाई र महलभरि छरिएको गोबर । रात्रीकालमा अब के उपाय होला भनी राजा घोरिंदाघोरिंदै निदाए । राजा पनि धार्मिक स्वभावका थिए, उनलालाई सपनामा दर्शन दिएर सूर्यनारायणले आज्ञा गर्नुभयो - 'हे राजन् ! ती गाई र बाछा जहाँबाट ल्याएको हो, त्यही पुर्याइदिनुहोस्, तपाईंको कल्याण हुनेछ । मैले बृद्धाले निष्ठा र श्रद्धासाथ लिएको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर उनलाई उक्त गाई र बाछो प्रदान गरेको थिए ।

भोलिपल्ट ब्युँझनासाथ राजाले गाई र बाछा बृद्धाका घरमा पुर्याउन आदेश दिए, साथै ती बृद्धा भक्तलाई ससम्मान पालकीमा राखी तथा छिमेकी कुटिल स्त्रीलाई पाता कसेर घिसार्दै लिई आउन उर्दी पनि गरे । राजाले यसरी आदेश गर्नासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे - 'समग्र राज्य र आआफ्नो सुखसम्मृद्धिका निमित्त तथा समस्त मनोकामना पूर्तिका निम्ति आइतबार (रविवार) का दिन व्रत लिनुपर्छ ।' राजाज्ञापछि त्यस राज्यका सबै नरनारीले त्यसपछि आएको रविसप्तमीको शुभमुहूर्तदेखि प्रारम्भ गरी विधिवत् आइतबारको व्रत लिनथाले । व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले । अन्त्यकालमा राजालगायत समस्त देशवासीले क्रमशः मोक्ष प्राप्त गर्दा भए ।

साप्ताहिक राशिफल

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 

१५ गते : रविसप्तमी व्रत, साउनको पन्ध्र खीर खाने दिन, गोस्वामी तुलसी दास जयन्ती, द्विपुष्कर योग बिहान १०।१४ बजेसम्म, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, 
१६ गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँलपञ्चदान (बौद्ध नेवारहरूको पर्व), मुहूर्तहरू : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, 
१७ गते : मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
१८ गते : मुहूर्तहरू : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, 
१९ गते : पुत्रदा एकादशी व्रत, मुहूर्तहरू : कलशचक्र, 
२० गते : बहिद्यबोय (नेवारी पर्व), सहिद शुक्रराज शास्त्रीको जन्मदिन, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पुराणश्रवण, कलशचक्र, 
२१ गते : शनि प्रदोष व्रत, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र

साप्ताहिक राशिफल

(वि.सं. २०७४ श्रावण १५ गतेदेखि वि.सं. २०७४ श्रावण २१ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

यो साता तपाईंको राशिबाट सातौं, आठौं र नवौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले साताको प्रारम्भमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । मङ्गलबारपछि अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । बिहीबारपछि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

यो साता तपाईंको राशिबाट छैटौं, सातौं र आठौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सुरुमा पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । सोमबार बेलुका मन आनन्दका लागि आकर्षित बन्नेछ । मङ्गलबारपछि प्रेमसम्बन्धमा सुधार आउने छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

यो साता तपाईंको राशिबाट पाँचौं, छैटौं र सातौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले साता सुरु हुँदा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । मङ्गलबारपछि प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । साताको समाप्तिमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

यो साता तपाईंको राशिबाट चौथो, पाँचौं र छैटौं घरमा चन्द्रमाले भ्रमण गर्ने भएकाले सुरुमा घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । मङ्गलबारपछि कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । अन्तिममा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, साताको प्रारम्भमा नै विगतमा गरेका कामको लेखाजोखा गर्न मन लाग्नेछ । मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । मङ्गलबारपछि घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बिहीबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

यो साता तपाईंको राशिबाट दोस्रो, तेस्रो र चौथो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । साताको मध्यभागमा कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुपर्छ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । बिहीबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

यो साता तपाईंको राशिमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएको छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । मङ्गलबार दोस्रो भावमा रहेको चन्द्रमाका कारण उत्साहवर्द्धक समय हुनेछ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । बिहीबारपछि सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

यो साता तपाईंको राशिबाट बाह्रौं, पहिलो र दोस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सुरुमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुई दिनपछि सकारात्मक समय सुरु हुनेछ, कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साता प्रारम्भ भएको छ, त्यसैले विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । तर दुई दिनपछि भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । साताको अन्त्यमा क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुरुमा कर्मक्षेत्रमा रहेको चन्द्रमाका कारण मातापिताको आशीर्वचन र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मङ्गलबारपछि भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । तर साताको अन्त्य राम्रो छैन, खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

भाग्यस्थानमा रहेको चन्द्रमाले गर्दा इष्टमित्रको सरसहयोग र प्रशंसा प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । त्यस्तै साताको अन्त्यमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

नकारात्मक समय छ, पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । बाटो काट्दा वा हतियार चलाउँदा सचेत हुनुपर्छ, तर मङ्गलबारपछि हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । साताको अन्त्यमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।