Showing posts with label राशिफल. Show all posts
Showing posts with label राशिफल. Show all posts

Thursday, November 9, 2017

राशिफल (२०७४ कार्तिक २५ गते/२०१७ नोभेम्बर ११)

भोलि वि.सं. २०७४ कार्तिक २५ गते शनिबार तदनुसार ई. सं. २०१७ नोभेम्बर ११ तारिख


भोलिको चाडपर्व र उत्सव : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), 

मार्गशीर्ष कृष्णपक्षको अष्टमी तिथि, साँझ ०६:०५ बजेसम्म, त्यसपछि नवमी तिथि,
अश्लेषा नक्षत्र, साँझ ०४:५१ बजेसम्म, त्यसपछि मघा नक्षत्र,
भोलिको चन्द्रमा कर्कट राशिमा, साँझ ०४:५१ बजेसम्म, त्यसपछि सिंह राशिमा,
शुक्ल योग, बिहान ०९:२१ बजेसम्म, त्यसपछि ब्रह्म योग,
सुरुमा बालब करण बिहान ०६:५८ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०६:०५ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :– 

राहु काल : बिहान ०९:०५ देखि १०:२६ सम्म
यमघण्ट : दिउँसो ०१:०८ देखि ०२:३० सम्म
गुलिक काल : बिहान ०६:२३ देखि ०७:४४ सम्म

भोलिको वारवेला :–

काल वारवेला : बिहान ०६:२३ देखि ०७:४४ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र मध्यरात्रीपछि ०४:४३ देखि ०६:२३ सम्म
लाभ वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म र बेलुका ०६:५१ देखि ०८:३० सम्म
उद्वेग वारवेला : बिहान १०:२६ देखि ११:४७ सम्म र बेलुका ०८:३० देखि १०:०८ सम्म
शुभ वारवेला : बिहान ०७:४४ देखि ०९:०५ सम्म र बेलुका १०:०८ देखि ११:४७ सम्म
अमृत वारवेला : दिउँसो ०२:३० देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२६ सम्म
चर वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०३:०५ सम्म
रोग वारवेला : बिहान ०९:०५ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०३:०५ देखि ०४:४३ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

मध्यम खाले समय छ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा/व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।

आजको राशिफल (२०७४ कार्तिक २४ गते/२०१७ नोभेम्बर १०)

वि.सं. २०७४ कार्तिक २४ गते शुक्रबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १० तारिख

मार्गशीर्ष कृष्ण सप्तमी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, शुभ योग, विष्टि (भद्रा) र बब करण
आजको चाडपर्व र उत्सव : लौहपुरुष वीर गणेशमानको जन्मदिन,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, 
भोलिको चाडपर्व र उत्सव : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), 

आजका लागि अशुभ समय :–

राहु काल : बिहान १०:२६ देखि ११:४७ सम्म
यमघण्ट : दिउँसो ०२:३० देखि ०३:५१ सम्म
गुलिक काल : बिहान ०७:४३ देखि ०९:०४ सम्म
रोग वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म
अमृत वारवेला : बिहान ०९:०४ देखि १०:२६ सम्म


आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईष्र्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजको क्षेत्र वा विदेशमा रहेका आफन्तसँग आत्मीयता बढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । 
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिन्छन्, तर जे गरे पनि आफ्नै बुद्धि खियाएर गर्नु पर्नेछ । पञ्चम भावमा रहेको अनिष्ट चन्द्रमाको प्रभावले आज कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर आवश्यक काममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । सवारी साधनमा खराबी आउन सक्छ । बोलीमा नकारात्मक ऊर्जा हाबी छ, त्यसैले कम बोलेकै जाती हुनेछ । कुनै पनि काम दोहोर्याएर गर्ने परिस्थिति सिर्जना हुनेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Saturday, November 4, 2017

साप्ताहिक राशिफल (कार्तिक १९ - २५ )

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 

भोलिको चाडपर्व र उत्सव : त्रिजटालाई अर्घ्य दिने दिन, महालक्ष्मी यात्रा (थानकोट), त्रिपुष्कर योग बिहान ०९।३१ देखि मध्यरात्रीपछि ०१।५८ बजेसम्म
२० गते : मूहुर्त : अन्नप्राशन(पास्नी), 
२१ गते : मङ्गल चतुर्थी व्रत, 
२२ गते : पूर्व रानी ऐश्वर्यको जन्मदिन, 
२३ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, 
२४ गते : लौहपुरुष वीर गणेशमानको जन्मदिन, मूहुर्त : अन्नप्राशन(पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, 
२५ गते : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)

साप्ताहिक राशिफल

(वि.सं. २०७४ कार्तिक १९ गतेदेखि वि.सं. २०७४ कार्तिक २५ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

साताको प्रारम्भमा नै सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । तर साताको अन्त्यमा राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

समग्रमा राम्रो समय छ, तर क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

साताको प्रारम्भ त्यति अनुकूल छैन, सुरुमो खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । तर मङ्गलबारपछि महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

मिश्रित प्रभाव भएको साता हुनेछ, सुरुमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । तर साताको मध्यभागमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । तर साताको अन्त्यमा अनुकूल समय रहने छ, निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने सप्ताह छ । यद्यपि स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । यात्रामा रमाइलो हुनेछ । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तर साताको अन्त्यमा ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

भाग्यमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । साताको अन्त्यमा शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

साताको प्रारम्भ गतिलो छैन, तर समग्रमा शुभफल नै प्राप्त हुनेछ । सुरुमा स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम थाल्नु  हुँदैन । मङ्गलबारपछि लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला । साताको अन्त्य धैर्यधारण गरी परिश्रम गर्ने समय हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

राम्रो नराम्रो दुबै खालका परिणाम प्राप्त हुने समय छ । प्रारम्भमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । मङ्गलबारपछि दुई दिन गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु उचित हुनेछ । बिहीबारपछि भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय भूमिकाको खोजीहुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

मिश्रित प्रभाव भएको साता छ, सुरुमा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । तर मङ्गलबारपछि सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । साताको अन्त्य अनुकूल छैन, विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने सप्ताह छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । तर साताको मध्यभागमा काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु पर्छ । निर्णय क्षमताले काम नगर्न सक्छ । तर साताको अन्त्यमा प्रेममा सफलता प्राप्त हुने योग छ, दाम्पत्य जीवन रसिलो बन्नेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

साताको प्रारम्भमा घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । तर मङ्गलबारपछि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । साताको अन्त्य राम्रो छैन, साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

सुरुवातमा सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ । मङ्गलबारपछि विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । साताको अन्त्यमा बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । साताको अन्त्यमा मानसम्मानमा बृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

Monday, July 31, 2017

राशिफल (२०७४ श्रावण १७ गते मङ्गलबार/२०१७ अगस्ट ०१)

आज वि.सं. २०७४ श्रावण १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अगस्ट ०१ तारिख

श्रावण शुक्ल नवमीविशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, शुक्ल योग, कौलव र तैतिल करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र

आजका लागि अशुभ समय :–


राहु काल : दिउँसो ०३:३१ देखि ०५:११ सम्म
यमघण्ट : बिहान ०८:४८ देखि १०:२९ सम्म
गुलिक काल : दिउँसो १२:०९ देखि ०१:५० सम्म
काल वारवेला : दिउँसो ०१:५० देखि ०३:३१ सम्म
रोग वारवेला : बिहान ०५:२७ देखि ०७:०७ सम्म र साँझ ०५:११ देखि ०८:११ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–


लाभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –




 
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत निरसता छाउने छ । घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुन ठिक हुन्छ । त्यस्तै विवाद, झैझगडामा समय खेर नफाल्नु राम्रो हो । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 


दिनभरि सातौं भावमा कमजोर चन्द्रमा भएकाले आज दाम्पत्य जीवन वा प्रेमप्रसङ्गमा निरसता आउने छ । दिनको सुरुमा केही झैझगडा र विवादको सम्भावना पनि हुन्छ । त्यसैले तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । मायाप्रेम, रतिराग र विलासिताका भावना बारम्बार आइरहने हुनाले मन अस्थिर र अशान्त बन्नेछ । सन्तानपक्षमा राम्रै छ । पेसा वा व्यवसायमा समय दिन सकेमा लाभ नै हुनेछ । साँझमा रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा ध्यान आकृष्ट हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –


 
आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । प्रेम तथा प्रणयप्रसङ्गमा मध्यम फल छ । बन्दव्यापारबाट लाभै हुने देखिन्छ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 


प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त पठनपाठनमा रुचि नभए झैं र सृजनात्मक क्षमतामा कमी भए झैं लाग्नेछ, तथापि बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ तर अध्ययन, अध्यापन र लेखनकार्यमा गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । छोराछोरीका समस्यामा केन्द्रित हुनुपर्ने दिन छ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 


दिनको सुरुवातमा सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने देखिन्छ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । दिउँसोबाट मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रबाट पनि भनेजस्तो उपलब्धी लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 


आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउने छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 


डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । 
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 


सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 


अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 


सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । सन्तानपक्षमा राम्रो छ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 


आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 


आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । पठनपाठनमा प्रगति हुनुका साथै दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

राशिफल (२०७४ श्रावण १८ गते बुधबार/२०१७ अगस्ट ०२)


भोलि वि.सं. २०७४ श्रावण १८ गते बुधबार तदनुसार ई. सं. २०१७ अगस्ट ०२ तारिख

भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, 

श्रावण शुक्लपक्षको दशमी तिथि, दिउँसो ०२:४३ बजेसम्म, त्यसपछि एकादशी तिथि,
अनुराधा नक्षत्र, दिउँसो ०४:४४ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र,
भोलिको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
ब्रह्म योग, साँझ ०६:२७ बजेसम्म, त्यसपछि ऐन्द्र योग,
सुरुमा गर करण दिउँसो ०२:४२ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०३:४३ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :– 

राहु काल : दिउँसो १२:०९ देखि ०१:५० सम्म
यमघण्ट : बिहान ०७:०८ देखि ०८:४८ सम्म
गुलिक काल : बिहान १०:२९ देखि १२:०९ सम्म

भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०५:२७ देखि ०७:०८ सम्म, साँझ ०५:११ देखि ०८:११ सम्म र मध्यरात्रीपछि ०४:०७ देखि ०५:२७ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:५० देखि ०३:३० सम्म र साँझ ०८:११ देखि ०९:३० सम्म
शुभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म र बेलुका ०९:३० देखि १०:५० सम्म
अमृत वारवेला : बिहान ०७:०८ देखि ०८:४८ सम्म र बेलुका १०:५० देखि १२:०९ सम्म
चर वारवेला : दिउँसो ०३:३० देखि ०५:११ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२९ सम्म
रोग वारवेला : दिउँसो १२:०९ देखि ०१:५० सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४८ सम्म
काल वारवेला : बिहान ०८:४८ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४८ देखि ०४:०७ सम्म

भोलिको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी/प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।