Sunday, January 29, 2017

स्वस्थानी व्रतकथा, भाग – १८ (सात वर्षकी अन्जान बालिकालाई महादेवको श्राप)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तपाईंलाई मैले स्वर्गको र पातालको कुरा कहेँ । अब मर्त्यलोकका कुरा पनि कहन्छु । ध्यान लगाएर सुन्नुहोस् । मर्त्यमण्डलको दक्षिणपट्टि ब्रह्मपुर नामको एक नगर छ । त्यो ठाउँमा वेदपुराणादि धर्मशास्त्रहरूको अभ्यास गर्दै ब्राह्मणहरू आफ्ना स्वधर्मको नियमपूर्वक पालना गरी बसेका थिए । ती मध्ये शिवभट्ट नाम गरेका एकजना अतीव गरिब ब्राह्मण पनि थिए । कस्तै दुःख भए पनि तिनलाई कुनै कुरामा लोभ र मोह भने थिएन । कस्तै दुःख भएपनि आफ्नो ब्रह्मकर्म छोड्दैनथे । अर्कालाई दुखाएर कहिल्यै बोल्दैनथे । तिनकी ब्राह्मणीको नाम सती थियो । यी दम्पतीको एकआपसमा ज्यादै प्रेम थियो । धनसम्पत्तिको साह्रै कमजोरीले गर्दा दुःख पाएका शिवभट्टले आफ्नी स्त्रीसित एकदिन भने – 'हे प्रिये ! हामी साह्रै गरिब भयौं । धनसम्पत्तिको अभावले बुढेसकालमा झन् दुःख पाइएला । त्यसो हुँदा सम्पत्ति प्राप्त गर्नका निम्ति हामीले सिद्धिगणेशको सेवा गरौं ।'

यी कुरा सुन्दा सतीका मनमा आनन्द लाग्यो र दुबैले सात–सात दिनमा आउने मङ्गलवारै पिच्छे विहान चाँडै उठी गणेश मन्दिरमा पुगी श्रद्धा र भक्ति पुर्याई गणेशको सेवा गर्न लागे । एकत्व भई दशवर्ष जति सेवा गरेपछि सिद्धि विनायकले प्रत्यक्ष दर्शन दिई 'हे द्विजदम्पती ! तिमी दुईले गरेको सेवाले म सन्तोष भएँ । जो इच्छा छ वरदान माग' भन्नुभयो । यो सुनी शिवभट्टले साष्टाङ्ग दण्डवत् ढोग गरी हात जोडी भने – 'हे पार्वतीनन्दन ! यो जन्मका निम्ति पूर्वजन्ममा मैले केही कमाएको रहेनछु, जसले गर्दा आज मैले सम्पत्तिको साह्रै कङ्गाल भएर दुःख पाइरहेको छु । यसकारण हे प्रभु ! सम्पत्तिका इच्छाले मैले हजुरको सेवा गरेको हुँ ।' ब्राह्मणको आशय बुझी सिद्धिविनायकले भन्नुभयो – 'हे शिवभट्ट ! अब आउँदो मङ्गलवारका दिन विहानीपख यहाँ आएर सधैं झैं मेरो पूजा गर्नू । त्यसबेला तिमीहरू दुबैले मेरा मूर्तिका सामु केही देख्नेछौ । त्यो आफ्ना घरमा लगेर तसलामा राखेर माथिबाट तसलैले छोपिदिनु । त्यसलाई चारदिनपछि उघारेर हेर्नु । सुन भइराखेको भेट्टाउनेछौ । त्यसपछि तिमीहरू सुखी होउला ।' गणेशले यो वरदान दिई अन्तर्धान हुनुभयो । ती द्विजदम्पतीले पनि गणेशलाई साष्टाङ्ग प्रणाम गरी मनमा आनन्द मान्दै घर फर्किए ।

पर्खंदा पर्खंदा मङ्गलवार आइपुग्यो र गणेशको आज्ञाअनुसार सिद्धि विनायकका मन्दिरमा गएर शिवभट्ट ब्राह्मणका पतिपत्नीले सधैं झैं श्रद्धाभक्तिपूर्वक पूजा गरे । त्यसै बखतमा गणेशका मूर्ति आगाडि एउटा लड्डु देखा पर्यो । ती ब्राह्मणब्राह्मणीले खुसी हुँदै त्यो लड्डु बोकी घरमा लगेर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि तसला झिकी लड्डु राखेको तसलामा हेर्दा त्यहाँ त सुनको लड्डु भएको देखे । अनि खुसी हुँदै त्यसलाई बडो जतन गरी राखे । त्यसपछि आज भन्दै भोलिभन्दै ती ब्राह्मण/ब्राह्मणी अतुलनीय सम्पत्तिवान् भई सुखी भए । घरघर गएर भिक्षा मागी खाने शिवभट्ट ब्राह्मणले अब हुनेखाने भएपछि एकदिन आफ्नी पत्नीसित भने – 'हे सती ! पूर्वजन्ममा हामीले कुनै दानपुण्य नगरेकाले यो जन्ममा दरिद्र भई दुःखका दिन बिताउँदै थियौं । भाग्यवश सिद्धिविनायकका कृपाले आज हामी धनी र सुखी छौं । हामीले कर्तव्य बिर्सनु हुँदैन । अब यस जन्ममा धेरै दानधर्म गरौं । पतिका कुरा सुनी ब्राह्मणी ज्यादै खुसी भइन् र दुबै स्त्रीपुरुषले नित्य गङ्गास्नान गरी, हरिहरको पूजा गरी सुवर्णादि द्रव्य दान पनि गर्न लागे । जति धर्म गर्यो सम्पत्ति पनि बढ्दै गयो ।

यो देखी एकदिन ब्राह्मणले आफ्नी ब्राह्मणीसित भने – 'हे सती ! हाम्रा सन्तान छैनन् । अब बुढ्याइँले छोयो । यो सम्पत्ति बढाएर मात्र के गर्नु ? भरे यसको रक्षा र उपभोग गर्ने हाम्रो कोही छैन । यसकारण सन्तान प्राप्तिका निम्ति फेरि सिद्धिविनायकको सेवा गरौं ।' पतिका यस्ता कुरा सुनेर सतीले 'हवस् । त्यसै गरौं' भनिन् । त्यसपछि अघि झैं प्रत्येक मङ्गलवारका दिन एकाबिहानै गणेश मन्दिरमा गई दुबैजनाले भक्तिपूर्वक सिद्धिगणेशको सेवा गर्न लागे । ती दुईबाट यसरी सेवा भएको देखी गणेश सन्तोष भई दर्शन दिई 'हे शिवभट्ट ब्राह्मण ! हे सती ब्राह्मणी ! तिमीहरूका सेवाबाट म सन्तुष्ट भएँ । इच्छाअनुसारको वरदान माग' भनी आज्ञा गर्नुभयो । तब दुबै ब्राह्मणब्राह्मणीले अञ्जली बाँधी 'हे गजानन ! हजुरका कृपाले हामीलाई परिपूर्ण सम्पत्ति भयो, तर त्यसको रक्षा गरिदिने कोही नभएकाले हामीले सन्तान पाऊँ ।' भनी बिन्ती गरे । द्विजदम्पतीका यी कथन सुनी सिद्धिगणेशले भने - 'हे ब्राह्मणब्राह्मणी ! आउँदो मङ्गलवारका दिन यसैगरी यहाँ आएर मेरो पूजा गर्नू । त्यसबेलामा एउटी गौ आएर तिमीहरूका मुखमा आएर हेरी रहनेछिन् । तिमीहरूले त्यो गाईको मुख हेरी पूजा गर्नू । केहीबेरपछि ती गाईले गोब्र्याउनेछिन् । त्यो गोबरलाई भुइँमा खस्न नपाउँदै हातमा थाप्नु र घरमा लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनू । चारदिनपछि उघारेर हेर्नू । त्यो गोबरबाट एउटी कन्यारत्न उत्पत्ति भइरहेकी हुनेछिन् । तिमीले पूर्वजन्ममा नराखेकोले यो जन्ममा तिमीलाई पुत्र भने लेखिएको छैन ।' गणेशले यत्ति आज्ञा गरेपछि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी हर्षले गदगद हुँदै गणेशलाई साष्टाङ्ग प्रणाम गरी आफ्ना घर फर्किए । सिद्धिदाता गणेश पनि उनीहरूभन्दा अघि नै अन्तर्धान हुनुभयो ।

त्यसको सातौं दिन जब मङ्गलवार आयो, बिहानै उठी, स्नान, सन्ध्या सकी पूजाको सामग्री लिएर शिवभट्ट ब्राह्मण स्त्रीसहित भएर सिद्धिविनायकको मन्दिरमा गए । वहाँ पुगी सिद्धिविनायकको पूजा गर्न लाग्दा एउटी गाई आई ती दुबैका मुखतिर हेरिरहिन् । गणेशको पूजा सकिएपछि ती दुबैले गाईलाई प्रणाम गरे । त्यसै बखतमा गाईले गोब्र्याइन् । त्यो गोबरलाई भूमिमा गिर्नुभन्दा अगावै शिवभट्ट ब्राह्मणले हातमा थापे । त्यसपछि गौ र सिद्धिविनायकलाई परिक्रमा गरी प्रणाम गरी ती दम्पती घर गए । गणेशका आज्ञाअनुसार त्यो गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि छोपेको तसला उघारेर हेर्दा अर्का तसलामा भएको गोबरबाट नवजात कन्या उत्पत्ति भइरहेकी देखे । ती कन्या कस्ती थिईन् भने बालसूर्यको जस्तो झल्झलाकार तेज भएकी, पूर्णिमाका चन्द्रजस्तो मुखमण्डल भएकी, वासुकी नागका शरीरजस्ता हातगोडा भएकी, बाघका झैं कम्मर भएकी, हात्तीको सुँड जस्तो जङ्घा भएकी, यस्ती अपूर्व सुन्दरी कन्यालाई देखी ती ब्राह्मणब्राह्मणीले अत्यन्त खुसी हुँदै तसलाबाट झिकी सुरक्षित साथ लालनपालन गर्न लागे ।

ती बालिकालाई पियाउने दूध भएन र आउँदो मङ्गलबार विहान सिद्धिविनायकका मन्दिरमा गई अघिका झैं पूजा र प्रार्थना गरे । गणेशले प्रसन्न भई दर्शन दिएर 'हे शिवभट्ट ! हे सती ! तिमीहरू दुबै ब्राह्मणब्राह्मणीलाई के को इच्छा छ भन' भनी आज्ञा भयो । तब शिवभट्ट ब्राह्मणले अघिसरी बिन्ती गरे – 'हे विनायक ! हजुरका कृपाद्वारा सन्तान प्राप्त भयो, तर त्यसलाई खुवाउन पियाउन दूध नहुँदा निवेदन गर्न आएका छौं ।' ब्राह्मणका यी कुरा सुनी सिद्धिविनायकबाट 'मैले त्यो बालिकालाई दूध दिएँ, घर जाँदा हुन्छ' भन्ने आज्ञा भयो । सती ब्राह्मणीले आफ्नो स्तन निचोरी हेर्दा दूध आयो र दुबैले गणेशलाई साष्टाङ्ग प्रणाम गरी खुसी हुँदै घरमा पुगे । पुग्नासाथ सती ब्राह्मणीले बालिकालाई दूध चुसाएर स्याहारसुसार गर्न लागिन् । सीताजीको उत्पत्ति हुँदा राजा जनकलाई जुन आनन्द भएथ्यो, शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीलाई पनि त्यस्तै आनन्द प्राप्त भयो । जातक कर्म, छैठी कर्म गरी जब एघार दिन भयो, अनि वेद पढेका विद्वान् ब्राह्मणहरू डाकी आफ्ना शक्ति अनुसार शास्त्र र कुलाचारका आधारमा सूतकशुद्धि (न्वारान) कर्म गराए । गुरु पुरोहितले भने – 'हे शिवभट्ट ! तपाईं धन्य हुनुहुन्छ । यी बालिका धेरै भाग्यशाली छिन्, सम्पूर्ण लोकले मान्नेछन् । गाईका गोबरबाट उत्पत्ति भएकीले यिनको नाम गोमा भयो । यो नाम लोकमा प्रख्यात हुनेछ । यिनलाई सबैले सधैं सम्झनेछन् ।' शिवभट्ट ब्राह्मणले पनि गुरुहरूका आशीर्वादरूपी वचन सुनेर खुसी भई उहाँहरूलाई श्रद्धापूर्वक भोजन र दक्षिणाले सन्तुष्ट गराएर विदा दिए । गुरुहरू पनि आआफ्ना आश्रममा गए । 

हे अगस्त्य मुनि ! तहाँउप्रान्त गोमा बालिका शुक्लपक्षका चन्द्रमा झैं बढी पाँच वर्षकी हुन पुगिन् । एकदिन उनका बाबाआमाले 'हे छोरी गोमा ! हामी गङ्गास्नान गरी आउँछौं । तैंले पूजाको सामान तैयार गरी अक्षता पनि केलाई राखेस्' भनी अह्राई ती दुबै स्त्रीपुरुष गङ्गाजीतर्फ गए । उनीहरूको नित्य गङ्गामा जाने र वहाँ गएर स्नान गरी हरिहरको पूजा र सुवर्ण, वस्त्र र अन्न आदि दान गरेर आउने नियम थियो । ती दुई ब्राह्मण दम्पतीका यस्ता सत्कर्मका पुण्य प्रभावले गर्दा अमरावती कम्पायमान हुन लाग्यो । यो देखेर डराएका इन्द्रादि तेत्तीस कोटि देवताहरू कैलाश पर्वतमा पुगी महादेवका शरणमा गई बिन्ती गर्न लागे – 'हे स्मरहर ! मर्त्यमण्डलका दक्षिणकोणमा ब्रह्मपुर नामको एउटा नगर छ । त्यहाँ शिवभट्ट र सती नाम गरेका एक जोडा ब्राह्मण दम्पती छन् । ती दुई स्त्रीपुरुष मिली हजुरका पुत्र गणेशको सेवा गरेर उनलाई रिझाई अनगिन्ती धनसम्पत्ति पाएका छन् । ती ब्राह्मण दम्पत्तिले त्यो धनलाई पुण्य कमाउने काममा लगाए । तिनले नित्य गङ्गामा गएर स्नान गरी हरिहरको पूजा गरी सुवर्णादि दान गरेर मात्र घरमा आउने नियम बनाएका छन् । हे प्रभु ! तिनीहरूले गरेका दानधर्मका प्रभावले अमरावती हल्लियो । हे करुणावतार ! ती ब्राह्मणले गणेशका वरप्रसादले सम्पत्ति पाए पनि सन्तान पाएका थिएनन्, तर फेरि पनि गणेश प्रसन्न हुनुभई बत्तीसै लक्षणले युक्त भएकी, परम तेजस्वी, अत्यन्त सुन्दरी एक पुत्रीको पनि वरदान दिनुभयो । हे परमेश्वर ! अब हजुरबाट हाम्रो रक्षा नभएमा हामी अमरावतीबाट पतन हुनेछौं । हे नाथ ! अब हाम्रो उद्धार गरिबक्सियोस् ।' यो सुनी महादेवले देवताहरूलाई आश्वासन दिनुभयो - 'हे इन्द्रादि देवता हो ! म रक्षा गरुँला । तिमीहरू निर्धक्क भएर अमरावती फर्क ।' महादेवको आज्ञा सुनी खुसी हुँदै इन्द्रादि देवताहरूले 'हवस्' भनी साष्टाङ्ग प्रणाम गरी आआफ्ना लोकतर्फ फर्किए ।

देवताहरू गएउप्रान्त महादेवले इन्द्रको रक्षाका निम्ति जटाको मुकुट बनाई, भिक्षुकको रूप लिई, शरीरभर भष्म लेपन गरी, बायाँ हातमा त्रिशूल लिएर, दायाँ हातले डमरु बजाउँदै शिवभट्ट ब्राह्मणका घरमा भिक्षा माग्न पुग्नुभयो । त्यसबखतमा गोमा पूजाका निम्ति अक्षता केलाउँदै थिईन् । महादेवले पनि बलेंसीमा उभिई 'अलख निरञ्जन' भनी अलख जगाए । भित्रबाट गोमाले 'हे भिक्षुक ! मेरा बाबा महतारी गङ्गा स्नान गर्न जानुभएको छ । म पनि पूजाका अक्षता केलाउन थालेकी छु । यसकारण भिक्षा दिने अर्को छैन । एकैछिन पर्खनुहोला । म छिटो आउनेछु' भनी पर्खाएर थोरै वेरपछि भिक्षा लिएर दैलाका बाहिरपट्टि सिकुवामा आईन् र भनिन् 'हे भिक्षुक ! अक्षता केलाउन लाग्दा ढिलाई हुन गयो । यो भिक्षा लिनुहोस् ।' भिक्षुकरूपी महादेवले भन्नुभयो – 'हे बालिके ! द्वारमा आएर अलख जगाउने भिक्षुक, योगी, सन्यासीलाई पर्खाउने तेरा पितृकुलको कुन धर्म हो ? अघि तैंले केलाएका पूजाका अक्षता दिए लिन्छु, तर यो तैंले दिन ल्याएका भिक्षा मलाई चाहिँदैन ।' भिक्षुकको कुरा सुनी बालिका गोमाले पनि मुख फर्काइन् र भनिन् – 'लिने भए यही भिक्षा लेऊ । मेरा बाबाले पूजा गर्नका निम्ति मैले केलाएका अक्षता भने म दिन्न ।'

हे अगस्त्य मुनि ! धन सम्पत्तिका मदले मात्तिएर शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले कर्तव्य बिर्सिएर पतन हुँदै जालान् भन्ने विचारले भएभरका कुरा थाहा हुँदाहुँदै पनि लोकलाई आफ्नो महिमा बुझाउनका निम्ति भिक्षुकरूपी महादेवले गोमा कन्यासित भन्नुभयो – 'हे ब्राह्मण कन्या ! तैंले आफ्ना अहङ्कारले गर्दा मैले मागेको भिक्षा दिइनस् । अब म तँलाई चारवटा श्राप दिन्छु । तेरो सातवर्षको उमेर हुँदा सत्तरी वर्षका बुढासित बिहे होस् । सिद्धिविनायकका कृपाले पाएको तेरा बाबामहतारीका सम्पत्तिको नाश होस् । तैंले नाना प्रकारका दुःख भोग्नु परोस् । तेरा बाबाआमाको तँबाट छिट्टै बिछोड होस् ।' यत्ति भनी भिक्षुकरूपी महादेव त्यहाँ नै अन्तर्धान भई कैलाशमा पुग्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमाकन्या-श्रापप्राप्तिर्नामैकोनविंशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

भोलिको राशिफल (२०७३ माघ १८ गते मङ्गलबार/२०१७ जनवरी ३१)

भोलि वि.सं. २०७३ माघ १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ जनवरी ३१ तारिख

भोलिको चाडपर्व र उत्सव : मंगल चतुर्थी व्रत, तिलकुन्द चौथी,
भोलिको मूहुर्त : अग्निवास(होमादि), 

माघ शुक्लपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि ०३:४२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,
पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र,
भोलिको चन्द्रमा कुम्भ राशिमा, साँझ ०५:१३ बजेसम्म, त्यसपछि मीन राशिमा,
परिघ योग, बिहान १०:२१ बजेसम्म, त्यसपछि शिव योग,
सुरुमा वणिज करण साँझ ०४:२३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०३:४३ बजेसम्म, अन्तिममा बब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे

भोलिको राहुकाल, यमघण्ट र गुलिककाल :– 
राहुकाल : दिउँसो ०३:०० देखि ०४:२१ सम्म
यमघण्ट काल : बिहान ०९:३६ देखि १०:५७ सम्म
गुलिककाल : दिउँसो १२:१८ देखि ०१:३९ सम्म

भोलिको बारबेला :–
रोग वारवेला : सूर्योदयपूर्व ०६:५४ देखि ०८:१५ सम्म, साँझ ०४:२० देखि ०७:२१ सम्म र मध्यरात्रीपछि ०५:१५ देखि ०६:५४ सम्म
काल वारवेला : दिउँसो ०१:३९ देखि ०३:०० सम्म र बेलुका ०७:२१ देखि ०९:०० सम्म
लाभ वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०९:०० देखि १०:३९ सम्म
उद्वेग वारवेला : बिहान ०८:१५ देखि ०९:३६ सम्म र बेलुका १०:३९ देखि १२:१८ सम्म
शुभ वारवेला : दिउँसो ०३:०० देखि ०४:२१ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म
अमृत वारवेला : दिउँसो १२:१८ देखि ०१:३९ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म
चर वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१५ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा/व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।

आजको राशिफल (२०७३ माघ १७ गते सोमबार/२०१७ जनवरी ३०)

आज वि.सं. २०७३ माघ १७ गते सोमबार तदनुसार ई. सं. २०१७ जनवरी ३० तारिख
माघ शुक्ल तृतीयाशतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, वरीयान् योग, तैतिल र गर करण
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, 
भोलिको चाडपर्व र उत्सव : मंगल चतुर्थी व्रत, तिलकुन्द चौथी,
भोलिको मूहुर्त : अग्निवास(होमादि), 

आजको राहुकाल र काल वारवेला :–
राहुकाल : बिहान ०८:१५ देखि ०९:३६ सम्म
काल वारवेला : बिहान ०८:१५ देखि ०९:३६ सम्म र बेलुका १०:३८ देखि १२:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
अमृत वारवेला : बिहान ०६:५४ देखि ०८:१५ सम्म, साँझ ०४:२० देखि ०७:२० सम्म र मध्यरात्रीपछि ०५:१५ देखि ०६:५४ सम्म
लाभ वारवेला : दिउँसो ०२:५९ देखि ०४:२० सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म
शुभ वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१५ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
राज्य स्थानको चन्द्रमा कमजोर छ । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । पुराना समस्या र काममा समय खर्च हुनेछ । श्रमको उचित मूल्याङ्कन हुने छैन । शत्रुहरूको चलखेल बढ्नाले सोचेको काममा विभिन्न बाधाव्यवधान आउने छन् । खानपानको टुङ्गो हुँदैन । दिनभरि चिन्ता, शङ्का र छटपटीले सताउने छ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ ।
शुभ रङ्ग : सेतो वा घिउरङ
शुभ अङ्क : ७
शुभ दिशा : पश्चिम
इष्ट देवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जाप सङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । तत्काल सामान्य उपलब्धि प्राप्त भए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने छ ।
शुभ रङ्ग : कालो
शुभ अङ्क : २
शुभ दिशा : दक्षिण
इष्ट देवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जाप सङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्  । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । मिहिनेत र परिश्रम गर्न सकेमा बन्दव्यापारबाट मनग्ये फाइदा हुने देखिन्छ । पुरुषार्थी कामले प्रसिद्धि दिलाउन सक्छ । दिगो कामबाट मनग्य लाभ मिल्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।
शुभ रङ्ग : गाढा पहेंलो वा केशरी
शुभ अङ्क : ९
शुभ दिशा : पूर्व
इष्ट देवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जाप सङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।
शुभ रङ्ग : नीलो
शुभ अङ्क : ८
शुभ दिशा : उत्तर
इष्ट देवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्य सिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जाप सङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
सोख पूरा हुनुका साथै विभिन्न अवसर पाइने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
शुभ रङ्ग : हलुका रातो
शुभ अङ्क : ७
शुभ दिशा : पश्चिम
इष्ट देवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
चन्द्रमाको प्रतिकूल फलले तत्काल ठूलो फाइदा लिन सकिने स्थिति बनाउँदैन् । त्यसैले जेगरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ ।
शुभ रङ्ग : सेतो वा घुर्मैलो
शुभ अङ्क : ६
शुभ दिशा : दक्षिण
इष्ट देवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जाप सङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
मिश्रित प्रभाव भएको दिन छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । नेतृत्वका लागि गरिएको प्रतिस्पर्द्धामा हार खानु पर्छ । आफ्नै त्रुटि र कमजोरीका कारण प्रतिष्ठा गुम्न सक्छ, सचेत हुनुपर्छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ दिन सक्ने छैनन् । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । आफन्त र सँगीसाथीसँगको आत्मीयतामा कमी आउने छ । प्रेमी/प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ ।
शुभ रङ्ग : आकासे
शुभ अङ्क : ९
शुभ दिशा : पूर्व
इष्ट देवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जाप सङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
खराब समय छ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । समयमा होस नपुग्नाले बन्नै लागेको काम बिग्रन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ ।
शुभ रङ्ग : कलेजी
शुभ अङ्क : ४
शुभ दिशा : उत्तर
इष्ट देवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्य सिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
समयको गतिलाई अनुसरण गर्ने आँट र हिम्मत पलाउने छ । नयाँ भौतिक साधन जोहो गर्ने वातावरण बन्नेछ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । घरायससी र दाम्पत्य सम्बन्धमा सुमधुरता प्राप्ति हुनेछ । कृषि, पशुपालन एवं श्रमसाध्य कामबाट लाभ हुनेछ । प्रतिस्पर्धाबाट लाभ मिल्नेछ ।
शुभ रङ्ग : हरियो
शुभ अङ्क : ३
शुभ दिशा : पश्चिम
इष्ट देवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्य सिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जाप सङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
धनस्थानमा रहेको चन्द्रमा बलियो छ । त्यसैले आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
शुभ रङ्ग : सेतो
शुभ अङ्क : २
शुभ दिशा : दक्षिण
इष्ट देवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्य सिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जाप सङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मनमा उत्साह र उमङ्गको कमी देखिने छ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित भएमा कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा बढाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । परिवारजनसँगको आत्मीयतामा कमी आउँदैन, काम गर्दा गोपनीयतामा जोड दिनु पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला ।
शुभ रङ्ग : गुलाबी
शुभ अङ्क : १
शुभ दिशा : पूर्व
इष्ट देवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्य सिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जाप सङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
छरछिमेकमा असमझदारी बढ्ने योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।
शुभ रङ्ग : बैजनी वा पहेंलो
शुभ अङ्क : ४
शुभ दिशा : उत्तर
इष्ट देवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्य सिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जाप सङ्ख्या : १९
के गर्ने : खर्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Saturday, January 28, 2017

साप्ताहिक राशिफल (माघ १६ - २२)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१६ गते : सहिद दिवस, चन्द्रोदय, द्विपुष्कर योग बिहान ६ बजेर ६ मिनेटदेखि राती ११ बजेर ४३ मिनेटसम्म, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, 
१७ गते : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, 
१८ गते : मङ्गल चतुर्थी व्रत, तिलकुन्द चौथी, अग्निवास(होमादि), 
१९ गते : वसन्तपञ्चमी, श्रीपञ्चमी, सरस्वती पूजा, वसन्त श्रवण, रतिकाम पूजा, हलसारो गर्ने दिन, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), 
२० गते : स्कन्द षष्ठी, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास(जग राख्ने), गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, 
२१ गते : अचला सप्तमी, रथसप्तमी, मन्वादि, लगलाचुयके, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, 
२२ गते : अष्टमी व्रत, गोरखकाली, भीष्माष्टमी, अग्निवास(होमादि)


साप्ताहिक राशिफल
(वि.सं. २०७३ माघ १६ गतेदेखि वि.सं. २०७३ माघ २२ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भए पनि यो साता मध्यमस्तरको फलका साथमा उपस्थित भएको छ । साताको प्रारम्भमा बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मङ्गलबारपछि चन्द्रमाले बाह्रौं भावमा प्रवेश गर्नेछ, त्यसैले ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । तर शुक्रबारपछि आफ्नै राशिमा चन्द्रमा आइपुग्नाले समय राम्रै नै हुनेछ, यद्यपि नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कर्मप्रति सचेत भई अघि बढ्दा राम्रो उपलब्धी लिन सकिने सप्ताह छ । सुरुवातमा व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । मङ्गलबारपछि राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । रोकिएका सरकारी काम सुल्झाउन सकिने समय छ । शुक्रबारपछि खर्चको मात्रा बढ्न सक्ने समय छ, यद्यपि शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
समग्रमा लाभदायी सप्ताह हुनेछ । सुरुमा भाग्यभावमा चन्द्रमा रहेकाले केही नचिताएका शुभ परिणामहरू प्राप्त हुनेछन् । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल समय छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मङ्गलबारपछि कर्मप्राप्तिको समय सुरु हुनेछ, घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा अरुलाई सहयोग गर्नु पर्ला । शुक्रबारपछि धैर्यधारण गरी परिश्रम गर्ने समय हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
साताको प्रारम्भमा अष्टम भावमा चन्द्रमा रहने भएकाले सचेतता र सावधानीका साथमा समय व्यतीत गर्ने सप्ताह छ । साताको प्रारम्भमा गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । मङ्गलबारपछि भाग्यबलमा बृद्धि हुनेछ । छात्रछात्रालाई भोजन प्रदान गरेमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । शुक्रबारपछि कर्मप्रति सचेत र सतर्क रहने समय हो । कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय भूमिकाको खोजीहुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मध्यम समय छ । साताको प्रारम्भमा रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय यापन हुनसक्छ । सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । मङ्गलबारपछि आठौं भावमा चन्द्रमा रहने भएकाले अशुभ परिणाम प्राप्त हुनेछ, विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । शुक्रबारपछि भाग्यभावमा चन्द्रमाको आकर्षण रहने छ । नचिताएको र सुखद परिणाम प्राप्त हुनेछ । तर अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
झैझगडा र विवादबाट जोगिनु पर्ने समय छ । साताको प्रारम्भमा छैटौं भावमा चन्द्रमा हुनाले काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । मङ्गलबारपछि मनोरञ्जनात्मक समय सुरु हुँदैछ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । शुक्रबारपछि आठौं भावको चन्द्रमाले सचेत हुन निर्देशन गरेको छ । यद्यपि प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
जे गरे पनि आफ्नै बुद्धि खियाएर काम गर्ने समय छ । साताको प्रारम्भमा विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । मङ्गलबारपछि साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । शुक्रबारपछि समय मनोरञ्जनपूर्ण रहने छ । दाम्पत्य जीवन या प्रेम जीवनमा नयाँ तरङ्ग र उल्लास थपिने समय छ । हुन त यस समयावधिका दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
घरायसी वातावरण आफूअनुकूल नहुनाले साताको प्रारम्भ त्यति फलदायी हुने देखिंदैन । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । मङ्गलबारपछि पञ्चमभावमा चन्द्रमाको प्रवेश हुनेछ, बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । साताको अन्त्य सुखद रहने छ । मानसम्मानमा बृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
पराक्रम र उत्साह प्रदर्शन गर्ने राम्रो समय छ । यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । मङ्गलबारपछि त्यति राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । शुक्रबारपछि पञ्चम भावमा रहेको चन्द्रमाले बुद्धिपक्ष सक्रिय रहने छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
धनधान्य र सम्पत्ति व्यवस्थापनका लागि अनुकूल साता छ । साताको प्रारम्भमा व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । मङ्गलबारपछि पराक्रम र उत्साहमा बृद्धि हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । शुक्रबारपछि घरायसी काममा दिलचस्पी बढ्ने छ । काम झिनामसिना भए पनि लगनशीलता देखाएमा राम्रो लाभ हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यस समयमा महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । मङ्गलबारपछि धनप्रवाहका लागि अनुकूल समय छ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । शुक्रबारपछि मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । पराक्रम र उत्साहमा बृद्धि हुने छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
साताको प्रारम्भमा द्वादश भावमा चन्द्रमा छ, सञ्चित धननाश हुने खतरा छ, त्यसैले खर्चबर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मङ्गलबारपछि चन्द्रमाले आफ्नै राशिमा प्रवेश गर्नेछ, त्यसपछि निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ । शुक्रबारपछि धनलाभको सङ्केत छ । लगानी र निवेशका लागि राम्रो समय छ । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् ।

स्वस्थानी व्रतकथा, भाग – १७ (विष्णुले बन्नुपर्यो - झार, घाँस, रूख र ढुङ्गो)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! यता युद्धभूमिबाट महादेवले विष्णुलाई विदा दिएर वृन्दा कहाँ पठाएउप्रान्त जालन्धरसँग युद्ध गर्न लाग्नुभयो । त्यहाँ दुवैतर्फबाट घोर घमासान सङ्ग्राम पर्न गयो । उता विष्णुले वृन्दाको पतिव्रता धर्म नष्ट गरिसकेका कारण शक्ति क्षीण हुन गएका जालन्धर युद्ध गर्न नसकी आकाशमा गएर मायायुद्ध गर्न लाग्यो । महादेवले पनि आकाशमा नै गई युद्ध गर्दा जालन्धरलाई बलहीन हुँदै गएको थाहापाउनु भयो । त्यसपछि 'अव त विष्णुले वृन्दाको सत्यलाई नाश गरिदिनुभएछ' भन्ने बुझी महादेवले आफ्ना दाहिने हातमा लिएको त्रिशूलले जालन्धरको छातीमा ताकी, तीनै आँखाबाट आगाको ज्वाला निकाली, क्रोधले पूर्ण भएर प्रहार गर्नुभयो । त्यो त्रिशूल सिधै गएर जालन्धरका छातीमा लाग्यो । जसका चोटको वेदना सहन गर्न नसकी जालन्धरका प्राणपखेरू उडे र अन्तःपुरको चोकको मध्यभागमा ठूलो आवाजकासाथ उसको प्राणरहित देह गिर्न पुग्यो । त्यस्तो डरलाग्दो आवाज अकस्मात् सुनेपछि 'के को शब्द हो ?' भनी दगुरेर चोकमा पुग्दा वृन्दाले आफ्ना स्वामीको मृत शरीरलाई देखिन् । यो देखेर वृन्दाले अनेक तरहका रोदन र विलाप गर्दै भन्न लागिन् – 'हे स्वामी ! मलाई यो अवस्थामा एक्लै छाडी हजुर कहाँ गइबक्सियो ? पापिष्ठ विष्णुका छलले गर्दा आज मैले हजुरलाई यो स्थितिमा देख्नुपर्यो । हजुरविना अब मेरो प्राण कसरी टिक्ला ? हे प्राणनाथ ! हजुर जहाँ जानुभयो म पनि त्यहीं आउँछु ।' यत्ति भनी कपाल फिँजाई विष्णुतिर फर्किएर रुँदै र अलापविलाप गर्दै रिसाएर भन्नलागिन् – 'हे विष्णु ! तिमीले छलकपट गरी मेरो पतिव्रता धर्म डगाइदियौ, जसले गर्दा आज मेरो स्वामीको यो अवस्था भयो । तिमीले झार हुनुपरोस्, तिमीले घाँस हुनुपरोस्, तिमीले रुख हुनुपरोस्, तिमीले ढुङ्गा हुनुपरोस्, यत्ति चारवटा श्राप मैले तिमीलाई दिएँ ।' तहाँउप्रान्त विष्णुलाई यति चार किसिमका श्राप दिई उनी पनि जालन्धरकासाथ सती गएर प्राण त्याग गरिन् ।

हे अगस्त्य मुनि ! पतिव्रताले दिएको श्राप विष्णुलाई लाग्न गयो । झार हुनुपरोस् भनेकोमा तुलसी, घाँस हुनुपरोस् भनेकोमा कुश, रुख हुनुपरोस् भनेकोमा पिपल र ढुङ्गो हुनुपरोस् भनेकोमा शालिग्राम हुनुपर्यो । यसकारण तुलसी, कुश, पिपल र शालिग्रामलाई विष्णुको रूप मानी पूजा गर्नाले साक्षात् ईश्वर नारायणको पूजा हुन्छ । पतिव्रता नारीको ठूलो महिमा छ, त्यस्तै पत्नीव्रताको पनि । पतिव्रता धर्म भनेको ठूलो धर्म हो, त्यस्तै पत्नीव्रता धर्म भनेको पनि ठूलो धर्म हो । पत्नीव्रता तथा पतिव्रताले दिएको आशीष होस् वा श्राप तत्काल लाग्छ । त्यसैले यदि स्त्री पुरुष आफ्नो धर्ममा बस्छन् भने उनीहरूलाई सम्पूर्ण ब्रह्माण्डका मालिक महादेवै आएपनि कसैले केही पनि गर्न सक्दैन । यसको उदाहरणका रूपमा जालन्धर र वृन्दालाई लिन सकिन्छ । यसरी पतिव्रता वृन्दाका श्राप पाई महादेवसित गई विष्णुले सारा वृत्तान्त भन्नुभयो र अब वृन्दाको श्रापलाई मोक्ष गर्न जान्छु भनेर ठूलो पश्चात्ताप मान्दै विष्णु गएर तुलसी, कुश, पिपल र शालिग्राम भएर अहिलेसम्म त्यही रूपमा रहिरहनु भएको छ । तहाँउप्रान्त विष्णु गएपछि आफू महादेव पनि साँढेमाथि चढी, ब्रह्मादि देवता अघिपछि लगाई ढोल, मादल, नगरा, तुरही आदि बाजा बजाई हिँडेका गणमा पछिपछि अप्सराहरूले नाच्दै र गन्धर्वहरूले गाउँदै, फूल र अवीरको वर्षा गर्दै, ठूलो उत्सवका साथ विजययात्रा गरी कैलाशमा आइपुगी मुख्यद्वारबट प्रवेश गरी भूत, प्रेत र प्रमथगणले सहित भई शिवशक्ति स्वरूपले रहनुभयो । साथमा आएका ब्रह्मादि देवताहरू पनि महादेवसित विदा भई आआफ्ना लोकमा गई परम आनन्दका साथ रहँदा भए ।

हे अगस्त्य मुनि ! यहाँसम्म स्वर्गपट्टिका कथा सुनाएँ । अब पातालपट्टिका कथा सुनाउनेछु । सबै श्रोता सहित तपाईले ध्यानपूर्वक सुन्नुहोला । कुनै एक समयमा पार्वतीको आज्ञाअनुसार अश्वत्थामा ऋषि सप्तपातालहरू मध्येको रसातल नाम गरेको लोकमा पठाइएका थिए । यो कुरा मैले तपाईंलाई चौधौं अध्यायमा सुनाएको थिएँ । रसातललाई उनले कस्तो देखे भने सूर्यको जस्तो ज्वाज्वल्यमान तेज भएको, अनेकौं रत्नहरू जडिएर निर्माण गरिएको, सुवर्ण नै सुवर्णले बनिएको र त्यसमा अरु धेरै सम्पत्ति भरिएको शेषनाग, तक्षक नाग, कर्कोटक नाग, पद्म नाग, शङ्खपाल नाग, कुलिक नाग, वरुण नागहरूले वास गरेको, नगिनीहरूले पनि हिरा, मोती, मणिमाणिक्यादि जडिएका आभूषण लगाइएको, रङ्गिविरङ्गी उत्तम/उत्तम वस्त्र पहिरी ऊभन्दा ऊ राम्री, ऊभन्दा ऊ झन् राम्री भएर रहेका, यस्ता यस्ता सुन्दर महल, उद्यान, सरोवर र नागनगिनी भएका सुन्दर पुरीमा उनी पुगी शेषनागका दरवारमा गए । अतिथि आएको देखी शेषनागले स्वागत गरी उच्च आसनमा बसाली सम्मानपूर्वक पाद्य, अर्घ्य आदि दिई नैवद्य भेटी चढाए । यस्ता किसिमले उच्च सम्मान पाएका अश्वत्थामाले भने – 'हे शेषनाग ! अहिले म सिधा कैलाशबाट आउँदैछु । भगवती पार्वतीको आज्ञा लिएर म यहाँ आएको हुँ । 'यहाँ जो दुःखी छन्, जो रोगी छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक रोगका कारण अशान्त छन्, ती सबलाई स्वस्थानी परमेश्वरीको व्रत गराई उद्धार गर्नू' भन्ने माता पार्वतीको आज्ञा छ । यहाँ कोही त्यस्ता छन् भने मलाई बताउनुहोस् ।' ऋषिको आशय बुझेपछि शेषनागले भने – 'हे अश्वत्थामा ऋषि ! माता पार्वती धन्य हुनुहुन्छ । आफ्ना सन्तानको कल्याण सम्झिई तपाईंलाई पठाउनुभएको रहेछ ।' यति भनी धेरै टाढामा रहेको एउटा ठूलो वनतिर औंल्याउँदै शेषनागले फेरि भने – 'हे गुरु ! ऊ त्यो परको ठूलो वनको नजिकमा शङ्खचूड नाग, कृपादत्त नाग र धार्तराष्ट्र नागहरूका स्त्रीहरू दुःख पाएर बसेका छन् । त्यहाँ गएर तिनको उद्धार गराई दिनुहोस् । यहाँ मेरा छेउछाउमा धनका दरिद्री ता कोही छैनन्, तर मनका दरिद्री भने निकै छन् । तिनलाई पनि म तपाईंका कुरा सुनाउँला । लुला, लङ्गडा, काना, खोरण्डा, रोगी र लोभीहरू पनि कोही भेटे म तपाईंलाई खबर गरुँला ।'

शेषनागका यति कुरा सुनिसकेपछि अश्वत्थामा ऋषि पनि दुःख पाएका नगिनीहरूको वास पहिल्याउँदै त्यता लागे । शङ्खचूड नागकी स्त्री हीरावती, रत्नचूड नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री मृगावतीहरू पतिपत्नीमा ठूलो प्रेमप्रीति गरी बसेका थिए । तर दिन काल र दैव दशाले गर्दा ती नागनगिनीहरूले असाध्यै दुःख र कष्टका दिनहरू खेप्नुपर्यो । कुनै दिन ठूलो सुख र ऐश्वर्यमा रहेर आज ठूला दुःख र कष्टका दिन देख्नुपरेकोले घरमा अडिन नसकेर शङ्खचूड, कृपादत्त, धार्तराष्ट्र नागहरू घरको दुःख टार्न र आफ्ना स्त्रीहरूलाई सुख दिलाउन सकिन्थ्यो कि भन्ने मनसुवा गरी धन आर्जन गरेर ल्याऊँ भनी सल्लाह गरी परदेश गएका थिए । यसरी घर छोडी गएका पतिहरू कहिले धन लिएर आउलान् भनी नगिनीहरू दुःखका दिनहरू बिताई आआफ्ना घर रुँगेर बसिरहेका थिए । धेरै दिनकाल बितिसक्दा पनि पतिहरू नआएकाले तीनैओटी नगिनीहरू 'अब कसो गरौं ? कता जाऊँ ? पतिहरूको खबर कसरी बुझौं ?' भनी मानसिक चिन्ताले दुःखी भएर घरछाडी वनमा आएर बसेका पनि बाह्र वर्ष बितिसकेको थियो । एकातिर पतिहरू नआइपुगेका र अर्कातिर झन् भन्दा झन् दुःख पाउँदै गएकाले हाड र छाला मात्र भएका नगिनीहरू साह्रै विह्वल भएका थिए । यता शेषनागले देखाएका वनमा जाने बाटो लिई दुःखका सागरमा डुबेका नगिनीहरूलाई खोज्दै, बोलाउँदै, अश्वत्थामा ऋषि बल्लतल्ल त्यहाँ पुगे । टाढैबाट कोही बोलाउँदै आएका सुनी नगिनीहरू आफ्ना गुफाबाट बाहिर निस्की कोही ऋषि आएको देखी वस्त्रले ढाकेको शिर झुकाई प्रणाम गरेर सोधे – 'हे महात्मन् ! आज हामी दुःखिनीहरूका गुफामा पाइलो पारिदिन कताबाट के कामले कष्ट गर्नुभयो ?' यो सुनी अश्वत्थामा ऋषिले भने – 'हे नगिनी हो ! म अश्वत्थामा ऋषि हुँ । जगज्जननी पार्वती माताको आज्ञापछि संसारमा जो दुःखी छन्, जो रोगी छन्, जो दरिद्री छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक व्यथाले पीडित छन् त्यस्तालाई स्वस्थानी परमेश्वरीको विधि र नियमपूर्वक व्रत गराई तिनको उद्धार गर्न आएको हुँ '

हे अगस्त्य मुनि ! अश्वत्थामाका मुखारविन्दबाट दया, धर्म र प्रेमले भरिएका अति मीठा वाणी सुनेर नगिनीहरूले मनमा आनन्द मानी आसनमा बसाई – 'हे ऋषेश्वर ! हामी दुःखी पनि छौं, दरिद्री पनि छौं, पापिनी पनि छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन् ' भनी 'आफ्ना पतिहरू परदेश गएका, आफूहरूले दुःख पाएको, घर छोडी वनमा आएर दिन विताउँदै गरेको' कुरा बताए । तिनीहरूको कुरा सुनेर हृदयभित्रबाट दया गर्दै अश्वत्थामा ऋषिले भने 'हे नगिनीहरू हो ! अब तिमीहरूको अवश्य कल्याण हुनेछ । पतिहरू आइपुग्नेछन् । अनि सुखका दिन फर्किनेछन् । अब तिमीहरू एकचित्त भई सुन । सबैभन्दा पहिले अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले स्वस्थानी परमेश्वरीको व्रत गरी जगदीश्वर महादेवलाई स्वामीका रूपमा पाउनु भएको थियो । अब म तिमीहरूलाई यो पुण्यविधि सुनाउँदै जानेछु -'पौषशुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी, भोलिपल्ट पूर्णिमाका दिनदेखि सक्नेले नित्यस्नान गर्ने, अशक्त रोगीले पञ्च स्नान गरी शरीर र मनलाई शुद्ध राखी, एकभक्त र एकचित्त रही, हविष्य (होम गर्नाका लागि तैयार गरेका पदार्थहरू, व्रत यज्ञ आदिका अघिल्ला दिन उपासकले खाने सात्विक भोजनहरू, हविष्यान्न) भोजन गरी मेरा यिनै मनोकामना सिद्ध होउन् भन्ने भावना लिई, रिस, राग, छलकपट, द्वेष, जस्ता नराम्रा दोषहरू मनमा पस्न नदिई एक महिनासम्म नित्य मध्याह्नकालमा वालुवाको शिवलिङ्ग बनाई पञ्चोपचारले महादेवको पूजा गर्नू, गोबरको कुण्ड बनाई अर्घ्य दिनू, धूपबाती गर्नू, श्री स्वस्थानी परमेश्वरीको कथा एक/एक अध्याय गर्दै महिना दिनसम्म सुन्नू र जेजस्तो जुटाउन सकिएको छ पञ्चामृत, नैवद्य आदि कथाको प्रसादका रूपमा अरुलाई पनि बाँड्नू र आफूले पनि प्रसाद लिनू । यो नित्यको क्रम गर्दै लगेर माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी, नङले उधारेका अष्टोत्तर सय सग्ला अक्षता, अष्टोत्तर सय यज्ञसूत्र, अष्टोत्तर सय पान, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय नाना जातिका पुष्प आदि सगुनसमेत नाना उपचार तैयार गरी अष्टदल युक्त तामाका थालीमा राखेको आर्सीमा ॐकार लेखी त्यहीं नै श्री स्वस्थानी परमेश्वरीको षोडषोपचार विधिले पूजा गर्नू । सबैभन्दा पहिले गङ्गाजलले स्नान गराई पूजा प्रारम्भ गरी अरु पूजा उपचार नपुगे पनि श्रीखण्ड चन्दन, रक्तचन्दन, सिन्दूर, फलफूल, धूप, दीप, नैवद्य, वस्त्र, भेटी र अर्घ्य चढाउन नछुटाउनू । ध्यान गर्नू र श्री स्वस्थानी परमेश्वरीको 'ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।' मन्त्रको जप गर्नु अथवा पञ्चाक्षरी मन्त्र (ॐ नमः शिवाय) को जाप गर्नू । आरती, पुष्पाञ्जली र मन्त्र जपेर नमस्कार गरेर प्रसाद ग्रहण गर्नू । अर्पण गरिएका सबै प्रसादहरूबाट अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी, आठ वेलीपुष्प, सगुनसमेत झिकी आफ्ना पुरुषलाई दिनू, पुरुष नभए पुत्रलाई दिनू, पुत्र नभए मीतपुत्रलाई दिनू, मीतपुत्र पनि नभए आफ्नो नजिकका नातालाई दिनू र कोही नभए आफूले जुन मनोकामना लिएर व्रत लिएको हो सोही सिद्ध होस् भनी शाली नदी वा कुनै समुद्रमा मिसिन जाने जलाशय वा नदीमा लगी बहाइदिनू । आठ/आठका दरले छुट्याएर बाँकी रहेकामध्येबाट सय/सय चाहीँ आफूले लिनू । पूजा सकेका दिन साङ्गेका दिन त्यो रातभरि जागरण बसी भजन, कीर्तन र नाचगान गर्नू । भोलपल्ट नदी, तलाउ, मन्दिर, देवीस्थान वा देउरालीमा लगी फूलपाती सेलाउनू । यसो गर्नाले तिमीहरूको दुःख अवश्य नाश हुनेछ र हे नगिनीहरू हो ! तिमीहरूका पतिहरू पनि आइपुग्नेछन्, अनि तिमीहरूको इहलोकको जीवन धन र ऐश्वर्यले परिपूर्ण हुनेछ तथा मरणोपरान्त कैलाशलोकमा पुगी शिवसायुज्य मुक्ति प्राप्त हुनेछ । यसमा कुनै सन्देह छैन ।'

अश्वत्थामा ऋषिले यति भनिसकेपछि नगिनीहरूले अत्यन्त खुसी भई भने – 'हे गुरु ! हामी स्त्री जातिले तपाईंले भन्नु भए झैं पूर्ण गर्न सकौंला के ? बरु तपाईं आफै बसी यो पुण्यदायक पवित्र श्री स्वस्थानी परमेश्वरीको व्रत गराई हामी अभागिनीहरूको उद्धार गरिदिएर जानुहोला ।' यति भनी अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक आफ्ना घरमा लगी गुरु मानी राखे । केही समयपछि पौषशुक्ल चतुर्दशीको दिन आइपुग्यो र सो दिनदेखि व्रतको आरम्भ गराई एक महिना पूर्ण भएपछि माघशुक्ल पूर्णिमाका पवित्र तिथिमा पूजाका सम्पूर्ण सामग्री तैयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा गराई पूजाको विसर्जन हुनुअघि अश्वत्थामा ऋषिले भने – 'हे नगिनी हो ! अब अर्घ्य, ध्यान, जप, स्तोत्रको पाठादि गर ।' नगिनीहरूले पनि अह्राएअनुसार गरेर मनमनै प्रार्थना गरे - 'हे ईश्वरी ! हामीले गरेका पूजापाठबाट सन्तुष्ट हुनुहोस् । हामीलाई यो दुःखका सागरबाट पार गराई दिनुहोस् ।' एकचित्त र पवित्र मन गरी बसेका नगिनीहरूका भक्तिदेखि प्रसन्न भएकी श्री स्वस्थानी परमेश्वरी अकस्मात् हजार सूर्यको जस्तो तेज लिएर पूर्व दिशाबाट प्रत्यक्ष प्रकट हुनुभयो र 'हे भक्त हो ! तिमीहरूले गरेका अनुष्ठानबाट म सन्तोष भएँ, जे इच्छा छ, वरदान माग ' भन्नुभयो । परमेश्वरीको आज्ञा सुनी नगिनीहरूले 'हे माता ! हाम्रो दुःख र कष्टको नाश होस्, दुर्दिन जाओस्, हाम्रा स्वामीहरू चाँडै घर आइपुगून्' भनी वरदान मागे । परमेश्वरीले तिम्रो इच्छा पुगोस् भनी 'तथास्तु' भन्दै वरदान दिई अन्तर्धान हुनुभयो । जब नगिनीहरूले प्रसाद झिक्नै लागेका थिए, त्यसै बखतमा स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले नागहरू आइपुगे । नगिनीहरूले आफ्ना पतिहरूलाई धेरैपछि देख्न पाउँदा मनैदेखि हर्षविभोर भई 'धन्य ! धन्य ! श्री स्वस्थानी परमेश्वरी !' भनी चढाइएका प्रसादहरूबाट आठ अक्षता, आठ वेलीपुष्प, आठ रोटी, आठ सूत्र, आठ पान, आठ कुड्का सुपारी, सगुनसमेत आआफ्ना पुरुषहरूलाई दिई ढोगिदिए । अश्वत्थामा ऋषिलाई पनि श्रद्धापूर्वक भोजन दक्षिणा दिई सन्तुष्ट गराए । पूजामा आएका अरु पनि श्रद्धालु भक्तहरू, दुःखी, दरिद्री, पुरुष नहुने, स्त्री नहुने, सन्तान नहुने, अपाङ्ग, रोगी, शारीरिक मानसिक रोगले व्याकूल भएका र मनका दरिद्रीहरू सहितले श्री स्वस्थानी परमेश्वरी माताको प्रसाद पाएर सबै सन्तापहरूबाट दूर रही धन्य ! धन्य ! भए । यसरी लोकको उद्धार गराएर अश्वत्थामा ऋषि पनि नागनगिनीहरूसित विदा भई आफ्ना आश्रममा गए । नगिनीहरू पनि आआफ्ना स्वामीहरूका साथ त्यस दिनदेखि ठूलो ऐश्वर्य प्राप्त गरी परम आनन्दले रहन लागे । हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरी माताको महिमा अपरम्पार छ ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां नागलोके स्वस्थानी-व्रत-अनुष्ठान-वर्णनं नामाष्टादशोऽध्यायः ।।


ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Friday, January 27, 2017

सोनाम ल्होसार

विश्वका विभिन्न भागमा अवस्थित मानव समुदायले आफ्नो विशिष्ट जीवनशैली, जीवनपद्धति, धर्म, संस्कृति, रीतिस्थिति, चालचलन, रहनसहन, भेषभूषा र भाषाको विकास गरेका हुन्छन् । त्यही विशिष्टताका आधारमा उनीहरूले आ–आफ्ना मौलिक पहिचान, उत्सव र चाडपर्व मनाएर आफ्नो देश, क्षेत्र र जातिको पहिचान र परिचय प्रदान गर्दछन् । यिनै मौलिक चाडपर्वमध्ये एउटा पर्व हो - ल्होसार । यो पर्व विश्वका बौद्ध धर्मावलम्बी मङ्गोल जातिहरूका साथसाथै नेपालमा बसोबास गर्ने समस्त बौद्ध धर्मावलम्बीको धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणको महत्त्वपूर्ण चाड हो । समस्त बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मुख्य र विशिष्ट पर्वका रूपमा ल्होसार मनाए पनि यसलाई मनाउने तिथिमिति र नामकरण भने फरकफरक रहेको पाइन्छ, सोनाम ल्होसार नेपालका तामांगहरूले मनाउने ल्होसार हो ।

तामाङ भाषामा ल्हो भन्नाले वर्ष र छार वा सार भन्नाले नयाँ भन्ने अर्थ लाग्दछ । अर्थात् एकसाल समाप्त भएर अर्को सालको आगमन हुनुलाई ल्होसार भनेर बुझिन्छ । नेपालका तामाङलगायतका हिमाली समुदायले मनाउने नयाँ वर्ष हो - सोनाम ल्होसार, सोनाम अर्थात् किसान, यसकारण यस ल्होसारलाई किसानको ल्होसार पनि भनिन्छ । ल्होसार पर्व बाली लगाउने बेलामा सुरु हुन्छ ।काठमाडौं उपत्यकासँग जोडिएर मन्जुश्रीको नाम आउने गर्छ । मन्जुश्रीलाई तामाङहरूले जाम्बे याङ भन्छन् । उनीहरू तिनै जाम्बे याङले नै विश्वमा पहिलो पात्रो बनाएका थिए भन्ने विश्वास गर्दछन् । त्यही पात्रोअनुसार ल्होसार पर्व मनाउने गरिन्छ । प्रत्येक सोनाम ल्होसारका दिन नयाँ मञ्जुश्री वर्ष प्रारम्भ हुन्छ । यो संवत् नेपालमा प्रचलित विक्रम संवत्भन्दा ७८० वर्ष जेठो मानिन्छ । जाम्बे याङ धर्म प्रचारका क्रममा चीनतिर जाँदा उनले बनाएको पात्रोलाई लिपिबद्ध गरियो । नेपालमा चाहिँ उनले सुरु गरेको संस्कृतिमात्र अवशेषका रूपमा रह्यो । तिब्बतमा आइपुग्दा राजा (ग्याल्बो)ले मान्ने र जनसाधारण (सोनाम) ले मान्ने गरी दुई थरीका ल्होसार मनाउने चलन बस्यो । त्यसैले तिब्बतमा पनि जनताले मान्ने ल्होसार सोनाम ल्होसार नै हो । चंगेज खाँले ल्होसारको दिन तिब्बत विजय गरेछ, जनताले त्यस वर्ष ल्होसार मनाउन पाएनन् । दलाइ लामा (राजा लामा) लाई राजाका रुपमा स्थापना गरेपछि युद्धका कारण ल्होसार एक मिहना ढिला भयो र उनले अबदेखि एक महिनापछि ल्होसार मनाउनू भने । त्यो ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । ग्याल्बोको अर्थ हुन्छ राजा । तर त्यो ल्होसार जनताले होइन लामा र राजाहरूले मात्र मनाउँछन् ।

इतिहासलाई नियालेर हेर्ने हो भने विभिन्न प्रकारका जनावरहरूलाई प्रतिनिधित्व गराई वर्ष गणना गर्ने परम्परा नाग्ची ज्योतिष परम्परा विश्वकै पुरानो परम्परा हो । हुन त यस पर्वलाई बौद्ध धर्मावलम्बी मङ्गोल समुदायले नयाँ वर्षको रूपमा मानेको देखिए पनि यो पर्व उनीहरूको धर्म, संस्कृति, जीवन, जन्म, विवाह र मृत्युसँग घनिष्ठ ढङ्गले जोडिएको हुन्छ । यस समुदायमा मानिसको जन्म हुँदा ल्होका आधारमा नै नामकरण गरिन्छ । कुन ल्हो ? के खाम ? के मेवा ? के पार्खा ? भनी विवाहमा पनि दुलाहा र दुलहीको ल्हो र खाम हेरेर/मिलाएर मात्र विवाह गरिन्छ भने मृत्युमा पनि सिन्ची (मृत्यु) ज्योतिष हेरेर मात्र लाश लाने र छुने परम्परा छ । यसरी ल्होसारको विशिष्ट सांस्कृतिक महत्त्व रहेको देखिन्छ । तामाङ जातिहरूको सेलो (सामुहिक नाच) नाच्ने, गाउने, दोहोरी खेल्ने, म्हेन्दोमायालगायत टुङ्ना र डम्फूको तालमा फापरे दोहोरी गाउने परम्परालगायत छ्युवा ग्यान्छ्या (जातीय पोशाक) यही पर्वमा लगाउने  चलन छ ।

नयाँ वर्षलाई स्वागत, अभिनन्दन गर्ने क्रममा स्थान, समय र अवस्थानुसार भिन्नभिन्न समुदायमा विभिन्न परम्परा विद्यमान रहेको पाइन्छ । यसै क्रममा नेपालमा बसोबास गर्ने तामांगहरूले सोनाम ल्होसार माघ महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मनाउने गर्दछन् । ‘सोनाम ल्होसार’ को शाब्दिक अर्थ हुन्छ, कृषकहरूले मान्ने ल्होसार । सम्भोटा लिपीअन्तर्गत भोट वर्मेली भाषा परिवारको सम्भोटा भाषामा सोनाम शब्दको अर्थ पुण्य र कृषि भन्ने हुन्छ । बौद्ध धर्मावलम्बी तामाङलगायत संसारभरि बसोबास गर्ने मानव समुदाय कृषि तथा खेतीपातीमा नै निर्भर छन् र कृषिविना सजीव जीवनको कल्पनासम्म गर्न नसकिने भएकाले सङ्ख्यात्मक र व्यापकताको हिसाबले कुनै पनि चाडपर्व कृषिजीवनसित सम्बद्ध हुनु स्वाभाविक नै मान्नुपर्दछ । त्यसैले किसानहरूको नयाँ वर्ष अर्थ वहन गर्ने सोनाम ल्होसार आफैंमा जीवन्त र विशिष्ट पर्व हो । त्यसैले यस पर्वलाई पूर्ण प्राकृतिक र वैज्ञानिक चाड मान्न सकिन्छ ।

तिब्बती पात्रो चान्द्रवर्षमा आधारित पञ्चाङ्ग गणना गरी प्रत्येक वर्ष (लो) को बाह्रौं (पौष/माघ) महिनाको समापनमा पर्ने माघ शुक्ल पक्षको प्रतिपदा तिथिका दिन सोनाम ल्होसार पर्व पर्दछ । यस दिनदेखि सूर्य, चन्द्र, ग्रह, नक्षत्र, तारालगायत सौर्य मण्डलका ग्रहहरू दक्षिणी क्रान्तिवृत्तमा पर्ने मकर रेखाबाट उत्तरी क्रान्तिवृत्तको कर्कट रेखातर्फ सर्न थाल्दछन् । दिन लामा र रात छोटा हुँदै जान्छन् । पृथ्वीमा तातोपनाको महसुस हुन्छ । चराचुरुङ्गीहरूले पनि बासस्थान परिवर्तन गर्दछन् । झारपात, रुखबिरुवा, उम्रन थाल्छन् । कृषकहरू पनि वर्ष दिनसम्म पुग्ने खाद्यपदार्थको जोहो गर्न आफ्नो खेतबारीमा खनजोत गर्न थाल्छन् । यस दिन सोनाम ल्होसार पर्व मनाउने समुदायमा तिब्बतका कृषकवर्ग, नेपालका तामाङ जनजाति, भारतको कस्मिर प्रान्तमा बसोबास गर्ने लद्दाख र ह्योल्मो जनजाति पर्दछन् । त्यसबाहेक यो नववर्षको खुसियाली चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, श्रीलङ्का, ताइवान, भुटान, मलेसिया, सिङ्गापुर आदि राष्ट्रमा पनि मनाउने गर्दछन् ।

‘लोछार वा सार’ भन्नाले नयाँ वर्ष भन्ने अर्थ लागेतापनि यसको ज्योतिषशास्त्रसँग घनिष्ठ सम्बन्ध हुने हुन्छ । मञ्जुश्री खगोलशास्त्रका आधारमा चन्द्रमा, सूर्य, नक्षत्र, ग्रह, उपग्रह र पृथ्वीको गतिस्थितिको गणित फलको आँकलन हो । मुख्यतः ल्होसार अनुगामीहरूको समाजमा ‘लो’ गन्ने परम्परा नाग्ची र कारची ज्योतिषशास्त्रको आधारमा गरिन्छ । नाग्ची भनेको मञ्जुश्री खगोलशास्त्र चीनबाट प्रचार भएको र कारची भनेको कालचक्र परम्परा भारतबाट प्रचार भएको ज्योतिषशास्त्र । यी दुवै ज्योतिषशास्त्रलाई निर्माण गरी स्वतवैदूर्य नामक ज्योतिषशास्त्र रचना भएको छ । महिनाको ल्हो गणना गर्दा (तागदावा) बाघमहिना पौष, खरायो महिना माघ गर्दै गरुड, सर्प, घोडा गर्दै १२ महिना गन्ने प्रचलन छ । दिनको वर्ग गणना गर्दा ६ वटा वर्ग पुरुष र ६ वटा वर्ग स्त्रीमा छुट्याइन्छ । पुरुष महिना उदय भएमा, परेवा तिथि - बाघ, द्वितीया - खरायो गनेर लानुपर्दछ । तर स्त्री महिना परेमा बाँदर - परेवा, चरा -द्वितीया गरेर ३० वटा तिथि अर्थात् औँसीको दिनमा गोरुमा लगेर टुङ्ग्याइन्छ । १ दिनमा २४ घण्टा हुन्छ र त्यस समयमा २।२ घण्टाको ल्होले भोग गर्दछ । समयनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा वर्ग, १ बजेदेखि ३ बजेसम्म गोरु वर्ग गर्दै बाह्र वटा वर्गले १ दिन १ रात भोग गर्दछन् । बाह्र वर्गसँग ५ खाम पनि सँगै हुन्छन् । जसमा काष्ठ, अग्नि, पृथ्वी, फलाम र जल तत्त्व गरी पाँचवटा खाम (तत्त्व) हुन्छन् । यी तत्त्वहरू पुरुष र स्त्री हुन्छन् अर्थात् यीङयाङ खामलाई ब्रह्माण्डको वस्तुस्थितिसँग तुलना गरिन्छ भने सजीव प्राणीहरूको विभिन्न अङ्गसँगै ५ इन्द्रियसँग र शरीरमा लाग्ने रोगहरूसँग तुलना गरिन्छ । जसमा काष्ठ (कलेजो, आँखा), अग्नि (मुटु, जिब्रो), माटो (फियो, ओठ), फलाम (फोक्सो, नाक), जल (मिर्गौला, कान) लाई लिइन्छ । यी माथिका १२ वटा वर्गहरू ५ वटा तत्त्वसँग मिलन हुँदै जाँदा ५ फन्को पूरा गर्दा पुनः त्यही वर्ग र त्यही तत्त्व ६० वर्षमा दोहोरिन्छ जसलाई १ राप्लो (संवत्सर) भनिन्छ ।

मुसा, सुँगुर र गोरु :
आदिवासीहरू जब कृषि समाजमा प्रवेश गरे उनीहरूका लागि बालीनाली लगाउने समयतालिका आवश्यक पर्यो । जसअनुसार १२ वर्षको एक युग मानियो । यी १२ वर्षलाई चरा, कुकुर, बँदेल, मुसा, गोरु, बाघ, बिरालो, सर्प, गरुड, घोडा, भेडा, बाँदर आदि १२ वटा जीवजन्तुको प्रतीकद्वारा चिनाउने गरिन्छ । मुसा चाहिँ जेठो ल्हो मानिन्छ । कान्छो ल्होको नाम चाहिँ बँदेल (सुँगुर) हो । भनाइ के छ भने अन्नको सबैभन्दा पहिले जगेडा मुसाले गर्यो । मुसाबाट मान्छेले अन्नबाली थाहा पाए । मंगोलहरू मुसा खाने जाति हुन् । मुसा खोज्दै जाँदा प्वालमा उनीहरूले अन्न फेला पारे । मुसाको प्वालमा फेला पारेको अन्न फाल्दाखेरि त्यो उम्रियो, फल्यो । त्यसबाट खेतीको सोच विकास भयो । अन्नको संरक्षकको रुपमा मुसालाई मान्नुको सामाजिक विश्वास यस्तो रहेको छ ।

मंगोलहरू मन्चु, मङ र हाङ तीन भागमा विभाजित भएका छन् । कोरियाली, जापानीहरू मन्चु खलक हुन् । मन्चुहरूको मुख्य मासुजन्य भोजन गोरु हो । तिब्बत हुँदै हिमाली भूभागबाट आएकाहरूको मुख्य भोजन पिठो भयो । उनीहरूले मासुजन्य भोजनमा चौंरी, भेडा, च्यांग्रा खाने गर्छन् । हाङहो नदी पछ्याउनेहरू हान भए । चिनियाँहरू आफूलाई हान भन्छन् । हानहरू चाहिँ धान फल्ने र सुँगुर पाइने बाटोबाट आएका कारण उनीहरूको खाद्यमा धान र सुँगुर भयो । उनीहरूलाई हिन्दूहरूले किरात नाम दिएका हुन् । गोरु चाहिँ तीनैथरि मंगोलहरूको साझा मासुजन्य भोजन हो ।

ल्होसारपछि खेतीपाती सुरु
ल्होसार मनाउने क्रममा कोदोको पिठोबाट १२ जीवजन्तुको प्रतीक बनाएर पानीमा पकाउने गरिन्छ । त्यो पकाइएको १२ वटा जीवलाई काटेर परिवारको मूलीले सबैलाई बाँडेर खाने र खुवाउने काम हुन्छ । जुन ल्हो चल्दैछ त्यसको प्रतीकलाई सबैभन्दा ठूलो बनाइन्छ र अरु ११ वटा जीवजन्तुलाई चाहिँ सानो बनाएर पकाउने गरिन्छ । ल्होसारको दिनदेखि नयाँ बिउ राख्न सुरु हुन्छ । ल्होसारको दिन बेस्सरी हिउँ पर्नुपर्छ भन्ने विश्वास गरिन्छ । हिउँ पग्लिएपछि नयाँ बिउ राख्दा राम्ररी उम्रिन्छ, त्यो वर्ष अन्नको सह धेरै हुन्छ भन्ने विश्वास छ । ल्होसार मानिसकेपछि किसानहरू खेतीपातीमा लाग्ने गर्छन् ।

पारिवारिक जमघट
ल्होसार मुख्यतः ७ दिन विशेष रुपमा मनाइन्छ । घरपरिवार, नातागोताका बीचमा भेटघाट र खानपान चल्छ । दाजुभाइमध्ये सबैभन्दा जेठोको घरबाट भेटघाट र खानपान सुरु हुन्छ र पालैपालो सबै दाजुभाइको घरमा पालैपालो गरिन्छ । यस्तो क्रम दुईतीन महिनासम्म चलिरहन्छ । हिन्दूहरूका लागि जसरी दशैंतिहारको महत्त्व छ, तामांगलगायत ल्होसार मनाउने जनजातिमा ल्होसारको त्यति नै ठूलो महत्त्व छ । ल्होसार धर्मसँग नजोडिएको कृषि संस्कृति हो । तर, ग्याल्बो ल्होसारलाई चाहिँ लामाहरूले धर्मसँग जोड्ने गर्छन् ।

ल्होसार कसरी मनाइन्छ ?
ल्होसार विश्वकै पुरानो पर्व हो । मञ्जुश्रीले प्रारम्भ गरेको पात्रो गणनाको समय २८५० वर्षभन्दा बढी भैसकेको छ । यसै पात्रोका आधारमा यो पर्व मनाइने भएकाले ल्होसारको प्राचीनता पनि त्यत्ति नै वर्ष पुरानो रहेको विश्वास गरिन्छ । सुरुमा ल्होसार शुक्ल पक्षको परेवादेखि पूर्णिमासम्म विभिन्न धार्मिक र सांस्कृतिक विधिविधानको पालना गरी मान्ने गरेको इतिहास छ, तर हिजोआज प्रायशः एक दिन मनाउने चलन छ । नयाँ कपडा लगाउने, मिठो खाने, मनोरञ्जन गर्ने तरिका अन्य समुदायले मान्ने चाडबाडजस्तै देखिए तापनि ल्होसार पर्व आउनु ८/१० दिन अगावै गुम्बा, घर, धर्मशाला, चौतारा आदि सरसफाई गरी रङ्गरोगन गर्ने, ध्वजापताका (लुङ्दार) टाङ्ने र सजाउने काम गरिन्छ । चान्द्र गणनाबमोजिम तिब्बती बाह्रौं (पौष) महिनाको उनन्तीसौं दिन (माघ कृष्णपक्षको चतुदर्शी, ञीशुगु) का दिन गुम्बामा लामा, भिक्षु तथा गाउँभरिका भद्रभलादमी र महिला भेला भई ग्याब्सी पूजापाठ गर्ने, लामानृत्य (छ्याम) नाच्ने, पुरानो वर्ग (लो) को बिदाइ गर्ने र अशुभको प्रतिमूर्ति (तोरस्होर) फाल्ने गरिन्छ । त्यसै दिन साँझमा गुम्बा, पाटी, चौतारा र घरमा भएका पुराना फोहोरहरू बढारेर फोहोरसँगै मुला, जाँडको छोक्रा, पैसा, माटाका फुटेका भाँडाकुँडा, फाटेको लुगा, फाटेका जुत्ताचप्पल तथा भुतप्रेतलाई मनपर्ने सामानहरू जम्मा पारी च्यातिएको नाङ्लोमा राखी लामा धर्मगुरुहरूको मन्त्रोच्चारण र स्वस्तिवाचनका साथमा पटाका र ताली, चुट्की पड्काउँदै जलाउने र फाल्ने काम गरिन्छ । त्यसै दिन ल्होसारको भोज्य पदार्थ नौ प्रकारको गेडागुडी पकाएर गुथुग्पा खाने चलन छ । त्यसरी गुथुप्का खाँदा बाँकी रहेको जुठो र फोहोर पनि पुनः दोबाटोमा नै लगेर सेलाउने चलन छ ।

भोलिपल्ट तिब्बती बाह्रौं (पौष/माघ) महिनाको तीसौं दिन (माघ कृष्ण अमावस्या) का दिन बिहानै नुवाइधुवाई गरी दिनभरि घरको छ्योश्याम (पुजाकोठा) मा ल्होसारका विभिन्न प्रकारहरू (खाप्से, छेमार, फलफुल, याङछ्याङ्, ङोफु (जमरा) छेरिल आदि मिलाएर सजाउने गरिन्छ र टोटलाको फूलको माला उनेर पुजाकोठा सजाइन्छ । त्यस दिनको रात औसीको रात तथा पुरानो वर्षलाई विदाइ गर्ने रात्री भएकाले घरवरिपरि चारै दिशामा मार्मे (दियो/बत्ती) बाल्ने गरिन्छ । छ्योसाम (पूजाकोठा) मा मैदाको पिठो मुछी देब्रेहातको साहिली औला चोबेर औंलाको चक्रले वर्षभरि सह होस् भन्ने कामना गर्दै चक्रछाप हाल्ने गरिन्छ । औंसीको भोलिपल्ट बिहान ५ बजेबाट नयाँ ल्हो उदय भएको मानिन्छ ।

नयाँ ल्होको प्रथम दिन (माघ शुक्लपक्षको परेवाको दिन) प्रत्येक घरको मूली बिहानै उठी नुहाइधुवाइ गरी धारा वा कुवामा गई तीन टुक्रा ढुङ्गा चाङ लगाएर नैनीघ्यूको ३/३ वटा टीका लगाई ल्होसारका परिकार खाप्से, फलफूल, खादा र धूपबत्ती गरेर तीनपटक पानीको स्रोतलाई नाग राजा र जलदेवता सम्झी ढोग्ने चलन छ । ल्होसारकै अवसरमा उत्तरायण प्रारम्भ हुने विश्वासले त्यसपछि उत्तरपूर्व (ईशान) कोणपट्टि फर्केर शुद्ध पानी भरी पुजाकोठामा लगी छ्योपा (तिङ) मा उक्त पवित्र जल हाल्ने गरिन्छ । यसरी जल भर्दा वर्षभरि नागद्वारा हुने भय, एलर्जी, घाउखटिरा, सुनिने, टाइफाइट जस्ता पानी र नागद्वारा हुने रोगव्याधि र असरबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास छ । त्यस दिन अमृत योग पारेर घरमूली र अन्य मान्यजनले आफूभन्दा मुनिका जहान र बालबच्चालाई आशीर्वाद प्रदान गर्नुका साथै खादा गुतिदिने र यथाशक्य दानदक्षिणा दिने गरिन्छ । त्यसपछि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै ल्होसारका लागि तैयार गरिएको भोज्य पदार्थ खाने, रामरमाइलो गरी नाचगान गर्ने र गुम्बा तथा मन्दिरमा जाने गरिन्छ । धार्मिक र सामाजिक कार्यबाहेक अन्य कार्य गर्दा वर्षभरि अशुभ र हानि हुने भएकाले तामाङ समुदायमा ल्होसारका दिन कुनै पनि नयाँ कामकारोबार गर्न निषेध गरिएको छ ।

ल्होसारको दोस्रो दिन (माघ शुक्ल द्वितीयाका दिन) आफन्तहरूसँग भेटघाट गर्ने, मान्यजनको घरमा गई आशीर्वाद, खादा, छेछ्याङ (अमृत), छेमार (पिठोको सगुन) ग्रहण गर्ने चलन छ । यसरी आशीर्वाद ग्रहण गर्दा मान्यजनले टासी देलेग फुन्सुमछोग ज्याबाडान्बा ( मङ्गलमययुक्त यो नयाँ वर्ष बितोस्) र आशीष थाप्नेले ताग्तुदेवा फुन्सुमछोग या थुजेछ (शुभकामना सफल होस्)  भन्ने गरिन्छ ।

ल्होसारको तेस्रो दिन (माघ शुक्ल तृतीयाका दिन) टाढाटाढा बसोबास गर्ने आफन्तकहाँ जानेआउने क्रम सुरु हुन्छ । त्यसदिन स–परिवार सार्वजनिक स्थलमा भेला भई छेलो हान्ने र धनुवाण हान्ने खेल खेल्ने तथा सेलो नाच्ने, संस्कृति झाँकी प्रदर्शन गर्ने एवं अन्य विविध धार्मिक/सामाजिक नाटक प्रदर्शन गर्ने कार्य हुन्छ । त्यसै दिन बेलुका गुम्बामा भेला भई सामुहिक कुलपूजा, धर्मपाल पूजा, लामागुरुहरूद्वारा बुद्धशासन र प्रवचन एवं स्थानीय देवदेवीका मन्दिरमा सामुहिक पूजाआजा गर्ने चलन छ । यसरी पूजा गर्दा सहभागी प्रत्येकले हातमा पिठो वा सातु बोकी एकै स्वरमा तीन पटक किकी सोसो ल्हाग्पाल्लो (देवताको जय जय होस्) भन्दै आकाशै सेताम्मे हुने गरी पिठो उडाउँछन् । यसरी पिठो उडाउँदा व्यक्तिको आयु, स्वास्थ्य, शक्ति, भाग्य र विजयको अभिबृद्धि हुन्छ भन्ने धारणा रहेको पाइन्छ ।

ल्होसारमा प्रयोग गरिने परिकारहरू
गुथुग्पा : अघिल्लो वर्षको ल्होसार मानेपछि आफ्ना खेतबारीमा उब्जिएका नौ प्रकारका गेडागुडीलाई गुथुग्पा भन्ने गरिन्छ । केराउ, मटर, चना, मुगिदाल, भटमास, मुला, च्याउ, सिमी र हरियो सागसब्जी राखी आटा वा मैदाको मसिना डल्ला बनाई एकआपसमा बाँड्ने र त्यस डल्लोलाई फुटाएर आफ्नो भाग्य परीक्षण गर्ने गरिन्छ । आटाको डल्लामा नुनको ढिका, खुर्सानी, घ्यु, कोइला, कपास, सिन्का, राखेर आ–आफ्नो भागद्वारा खोलेर हेर्दा त्यसभित्र त्यसभित्र नुन परेमा दीर्घायु, खुर्सानी परेमा बिरामी, कोइला परेमा अभागी, कपास परेमा धनी, सिन्का परेमा चिन्ता बढ्ने आदि फलादेश गर्ने चलन पनि छ ।

खाप्से : खाप्से एक किसिमको खाद्य पदार्थ हो । यसलाई मैदाको पिठो मुछेर त्यसमा, चिनी, मिश्री, मह, घिउ, सुकुमेल, कालोजिरा मिसाएर तेलमा तारेर दोर्जे, दोर्जे ग्याडाम, धर्मचक्र/तारा आदि विभिन्न कलापूर्ण आकृति बनाइन्छ । यसलाई १५ दिनसम्म सजाएर राख्नु पर्दछ र यसलाई सुस्वास्थ्यको प्रतीक मानिन्छ ।

छेमार : चामल वा गहुँको सातुमा चिनी, मिश्री मह, दुध, दही, घिउ, ल्वाङ, सुकुमेल, अलैँची र जाइदाना मिलाएर नमुछी काठको कलात्मक बाकसमा वा नहुँदा बटुकामा चुली पारेर राख्ने र चुलीमाथि गहुँ वा जौको बाला गाड्ने गरिन्छ । जौ वा गहुँको बालाको अभावमा मसिना सिन्कालाई पाँच वटा भिन्नाभिन्नै रङ्गले रङ्ग्याएर आटाको जौ बनाई तेलमा तारेर राख्ने चलन छ । यसरी बनाइएको चुलीलाई नै छेमार भन्ने गरिन्छ । घरमा ल्होसार मान्न आउने परपाहुनालाई चम्चाले चुलीको एकापट्टिबाट कोट्याउँदै सगुनका रूपमा वितरण गरेमा दिने/लिने दुबैको आयुबृद्धि हुन्छ भन्ने मान्यता छ ।

ड्यासिल : चिनी, मिश्री, मह, घिउ, किसमिस, नरिबल, ल्वाङ, सुकुमेल मिसाएर दुधमा पकाइएको एक किसिमको सुख्खा किसिमको खिर (ढकने) लाई ड्यासिल भन्ने गरिन्छ । ल्होसारमा यसरी ड्यासिल पकाएर खाएमा ज्ञान र शक्ति बढ्छ भन्ने परम्परा रहेको छ ।

याङ्छ्याङ : चामल वा गहुँको छ्याङ् (जाँड) मा चिनी, मिश्री, मह मिसाएर घोली त्यस घोलमा तात्तातो नौनी घिउ हालेर त्यसलाई एउटा काँसे बटुकामा राखी त्यो घिउ जमेपछि बनेको भोज्य पदार्थलाई याङ्छ्याङ भन्ने गरिन्छ । यसरी तैयार भएको याङ्छ्याङ ल्होसार पर्व मान्न आउने परपाहुनालाई एउटा सानो चम्चाले पन्ध्र दिनसम्म वितरण गर्ने गरिन्छ । यसरी याङ्छ्याङ खानाले वर्षभरि सह हुने विश्वास छ, तामाङ समुदायमा ।

छेरिल : गहुँको सातुमा हल्का चिनी, मिश्री, मह, दुध, दही, घिउ, सुकुमेल, ल्वाङ, जाइदाना, अलैँची आदि आवश्यकताअनुसार मिसाएर बनाएको ससाना रिल्बु (डल्ला) लाई छेरिल भन्ने गरिन्छ । यसरी छेरिल बनाएर ल्होसारमा सजाउने गरिन्छ, पछि ल्होसार मान्न आउने परपाहुनालाई एकएकवटा छेरिलका डल्ला वितरण गर्ने चलन छ । यसरी छेरिल खाएमा आत्मबल बढ्छ, यसलाई सत्त्व र प्राणको प्रतीक मान्ने गरिन्छ ।

ङोफू : ङोफू भनेको गहुँ, जौ, वा, मकै र धान गरी पाँच किसिमका अन्न उमारेर बनाइएको जमरा हो । ल्होसारमा जमराको प्रयोग गरेमा अनिकाल, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, अतिवृष्टि, अनावृष्टि आदि अकालबाट कृषकलाई जोगाउँछ भन्ने मान्यता रहेको पाइन्छ । यसरी जमरा उमार्दा एक महिना अगाडि नै अन्नको बिउलाई सफासँग धोएर २ वटा गमलालाई घाम लाग्ने ठाउँमा राखी त्यसमा जमरा उमार्नु पर्दछ । यसरी बिउ राखेको ठिक एक महिनापछि ङोफू (जमरा) सजाउनु पर्दछ ।

बाबरग्याङ : तामाङ जातिको विशेष रोटी सेलरोटी नभई बाबर रोटी (बाबरग्याङ) हो । यसलाई कुलपूजा वा पितृपुर्खाको सम्झना गर्ने सिलसिलामा चढाउने चलन छ ।

यस बाहेक ल्होसारको अवसरमा कन्दमूल फलफूलहरू रितेमे (वनतरुल) लगायत सखरखण्ड, पिडालु, आलु, गिठ्ठो र भ्याकुरलगायत घरतरुल खाने र सजाउने, त्यस्तै आलुम (गहुँ वा कोदोको पानी रोटी), फोल्दोङ (गहुँ वा फापरको पिठोद्वारा बनाइएको नासपाती वा स्याउ आकारको फल) आदि पनि बनाउने, सजाउने र खाने तथा वितरण गर्ने गरिन्छ । फोल्दोङलाई स्वर्गको कल्पवृक्ष मान्ने गरिन्छ ।

यसरी विश्वकै प्राचीन र प्राकृतिक पर्व ल्होसार नेपाल लगायत विश्वभरिकै मङ्गोल मूलका व्यक्तिहरूका लागि सबैभन्दा ठूलो चाड हो भने नेपाली संस्कृतिको अभिन्न, अमूल्य र अद्वितीय निधि हो ।