Tuesday, November 29, 2016

आजको राशिफल (२०७३ मार्गशीर्ष १५ गते बुधबार/२०१६ नोभेम्बर ३०)

आज वि.सं. २०७३ मार्गशीर्ष १५ गते बुधबार तदनुसार ई. सं. २०१६ नोभेम्बर ३० तारिख
मार्गशीर्ष शुक्ल प्रतिपदा, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, धृति योग, बब र बालब करण
आजको मूहुर्त : शुभविवाह, 
भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, विश्व एड्स दिवस,
भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पुराणश्रवण, दीक्षाग्रहण, 

आजको राहुकाल र कालवारवेला :
राहु काल : दिउँसो ११:५२ देखि ०१:११ सम्म
काल वारवेला : बिहान ०९:१५ देखि १०:३४ सम्म र मध्यरात्रीपछि ०३:१५ देखि ०४:५६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
लाभ वारवेला : बिहान ०६:३८ देखि ०७:५६ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र मध्यरात्रीपछि ०४:५६ देखि ०६:३८ सम्म
शुभ वारवेला : दिउँसो १०:३४ देखि ११:५२ सम्म र बेलुका ०८:३० देखि १०:११ सम्म
अमृत वारवेला : बिहान ०७:५६ देखि ०९:१५ सम्म र बेलुका १०:११ देखि ११:५२ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । सामान्य विवादले ठूलो रूप लिन सक्छ, प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा तिक्तता आउन सक्छ, सचेत हुनुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने छ । मनोरञ्जनात्मक काम वा रमणीय यात्राको सम्भावना छ, आम्दानी राम्रै भए पनि रामरमाइलोका क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । नयाँ उद्योगधन्दा वा व्यापारव्यवसायमा हात हाल्नु राम्रो हुँदैन ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पाँचौं भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मन एकतमासको बन्न सक्छ । एकाबिहानै विगतका अनुभूतिमा रुमल्लिंदा निराशाभाव उत्पन्न हुनसक्छ । नघोरिई आत्मबलको प्रयोग गरी अघि बढेमा र रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता तपाईंको मुट्ठीमा हुनेछ । पठनपाठन र बौद्धिकताप्रति आकर्षण नै हुनेछ । मिहिनेत गरेमा विद्यार्थीले उच्च सफलता आर्जन गर्नेछन्, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास गरिने छन् । आवेग र क्रोधमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र सहयोगीहरू टाढिन सक्छन् ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
चौथो घरको चन्द्रमाका कारण शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिने छ । सेवासुश्रुषामा समय र धन खर्च हुनसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । शरीरमा स्फूर्ति र उमङ्ग देखिंदैन । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । आवेग र क्रोध आजका शत्रु हुन्, यथासम्भव संयम र अनुशासित भएर बस्नु पर्नेछ । 
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । इज्जत र प्रतिष्ठा बढ्ने छ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । हाँकेका र ताकेका काममा सफलता मिल्नेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । धेरै टाढा जानु हुँदैन, लामो दूरीको यात्रामा झमेला आउने छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
मनमा चिन्ता, शङ्का र छटपटीको बास छ । भय र त्रासले सताइरहने छ । आत्मविश्वास र पराक्रममा कमी आउन दिनु हुँदैन, त्यसैले मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने दिन छ । सानातिना कुरामा अल्मलिनु पर्ने भएकाले केही महत्वपूर्ण अवसर गुम्नसक्छन्, होस राख्नु होला । राज्यपक्षका वा प्रशासनिक काममा ढिलासुस्ती हुने सम्भावना छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रबाट लाभ हुन्छ । अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने स्थिति छ । जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । विवादको सम्भावना भएकाले मुखलाई नियन्त्रणमा राख्नुहोला ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
बन्दव्यापारमा समय दिन सकिंदैन । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने समय छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

भोलिको राशिफल (२०७३ मार्गशीर्ष १६ गते बिहीबार/२०१६ डिसेम्बर ०१)

भोलि वि.सं. २०७३ मार्गशीर्ष १६ गते बिहीबार तदनुसार ई. सं. २०१६ डिसेम्बर ०१ तारिख,

भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, विश्व एड्स दिवस,
भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पुराणश्रवण, दीक्षाग्रहण, 

मार्गशीर्ष शुक्लपक्षको द्वितीया तिथि, बेलुका ०८:४५ बजेसम्म, त्यसपछि तृतीया तिथि,
मूल नक्षत्र, मध्यरात्रीपछि ०४:२८ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र,
भोलिको चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त),
शूल योग, मध्यरात्रीपछि ०६:१२ बजेसम्म, त्यसपछि गण्ड योग,
सुरुमा बालब करण बिहान ०८:०० बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०८:४४ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे

भोलिको राहुकाल, यमघण्ट र गुलिककाल :– 
राहुकाल : दिउँसो ०१:११ देखि ०२:३० सम्म
यमघण्ट काल : बिहान ०६:३८ देखि ०७:५७ सम्म
गुलिककाल : बिहान ०९:१५ देखि १०:३४ सम्म

भोलिको बारबेला :–
शुभ वारवेला : बिहान ०६:३८ देखि ०७:५७ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र मध्यरात्रीपछि ०४:५६ देखि ०६:३८ सम्म
अमृत वारवेला : दिउँसो ०१:११ देखि ०२:३० सम्म र बेलुका ०६:४८ देखि ०८:३० सम्म
चर वारवेला : दिउँसो १०:३४ देखि ११:५३ सम्म र बेलुका ०८:३० देखि १०:११ सम्म
रोग वारवेला : बिहान ०७:५७ देखि ०९:१५ सम्म र बेलुका १०:११ देखि ११:५३ सम्म
काल वारवेला : दिउँसो ०२:३० देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५३ देखि ०१:३४ सम्म
लाभ वारवेला : दिउँसो ११:५३ देखि ०१:११ सम्म र मध्यरात्रीपछि ०१:३४ देखि ०३:१५ सम्म
उद्वेग वारवेला : बिहान ०९:१५ देखि १०:३४ सम्म र मध्यरात्रीपछि ०३:१५ देखि ०४:५६ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन् । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

Monday, November 28, 2016

हिजोको राशिफल (२०७३ मार्गशीर्ष १४ गते मङ्गलबार/२०१६ नोभेम्बर २९)

हिजो वि.सं. २०७३ मार्गशीर्ष १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ नोभेम्बर २९ तारिख
मार्गशीर्ष कृष्ण  अमावस्याअनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, सुकर्मा योग, नाग र किंस्तुघ्न करण
हिजोको चाडपर्व र उत्सव : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
आजको मूहुर्त : शुभविवाह, 

हिजोको राहुकाल र कालवारवेला :
राहु काल : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म
काल वारवेला : दिउँसो ०१:११ देखि ०२:२९ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म

हिजोका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
लाभ वारवेला : दिउँसो १०:३३ देखि ११:५२ सम्म र बेलुका ०८:२९ देखि १०:११ सम्म
शुभ वारवेला : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५२ देखि ०१:३३ सम्म
अमृत वारवेला : दिउँसो ११:५२ देखि ०१:११ सम्म र मध्यरात्रीपछि ०१:३३ देखि ०३:१४ सम्म

हिजोको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
विभिन्न समस्याहरू झेल्ने समय छ । त्यसैले हिजो लडाइँ, झगडा र वादविवादमा आकर्षित नभएको जाति हुन्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, खर्च गर्दा होस राख्नुपर्छ । उता घरपरिवार र कार्यक्षेत्रमा पनि राम्रो छैन । गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । हिजो धन, धर्म र भाग्यमा कमी हुने दिन हो ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन हिजो गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै हिजोको दिन बितेको पत्तो पाइँदैन ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
संयम हुँदै धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भएको जाति हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना पनि छ । बन्दव्यापारमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ । दूरदराज वा विदेशमा भएका आफन्तजनसँग भने भलाकुसारी गर्न पाइने छ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि हिजोको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । 
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके/ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
लाभस्थानको चन्द्रमा निर्बल भएकाले समय त्यत्ति बलियो छैन तर कसैको पनि अपमान नगरेमा गरेका कामधन्दा र व्यवसायबाट बेफाइदा हुँदैन । एकाबिहानै मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । कुनै पनि भिखारी, माग्ने वा याचकलाई सकेसम्म निराश नतुल्याउनु होला । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
घरपरिवारका कामधन्दामा सधैंभन्दा बढी खट्ने समय छ । मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, हिजो । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा भनेजस्तो अनुकूलता देखिंदैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना श्रममूलक कामले अल्मल्याउन सक्छ । नयाँ कामप्रति मनमा धारणा पलाए पनि कार्यान्वयन नगर्नु नै बेस हुन्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

(द्रष्टव्य : हिजो उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Sunday, November 27, 2016

बाला चतुर्दशीको सामाजिकता

हुन त सनातन हिन्दुधर्मप्रति श्रद्धा राख्ने मानिसहरू नेपाल र भारत लगायत संसारका भिन्नभिन्न देशमा छरिएर बसेकाछन्, जाति र संस्कृतिअनुरूप तिनका संस्कार र परम्परा पनि भिन्नभिभिन्न छन्, अनि देश, काल र परिस्थितिबमोजिम तिनले भिन्नभिन्न शैली र परम्परामा विविध चाडपर्व मनाउने गर्दछन्, तर समयअनुरुप सँस्कृतिमा विभिन्नता हुन सक्छ। कुनै चाडपर्वले धार्मिक भावना व्यक्त गरेको हुन्छ भने कुनै सांस्कृतिक चाडपर्वले सामाजिक जीवनका विविध पक्षको गरिमाको अभिव्यक्ति गर्दछ। तिनै चाडहरूमध्ये पौराणिक र धार्मिक आस्थाअनुसार मनाइने पर्व बाला चतुर्दशी पनि हो ।  यो पर्व चान्द्र पात्रोको गणनाअनुसार मंसिर महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन पर्दछ । यस दिन आमा(बाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्दछन् । सतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, मास, कागुनु र सामा मिसाएर बनाइएको पदार्थको साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्तधान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो ।

यद्यपि यस पर्वको सन्दर्भ पौराणिक र ऐतिहासिक ग्रन्थहरू नेपाल महात्म्य, स्कन्द पुराणको हिमवत्खण्ड, शिव पुराण आदिमा पनि भेटिन्छ, तथापि बाला चतुर्दशी नेपाली मौलिक पर्व हो भन्दा फरक पर्दैन। शिवपार्वतीको प्रणयलीलाका क्रममा भगवान् भोलेशङ्करले मृगको रूप धारण गर्नु भएको पौराणिक आख्यानलाई यस पर्वसँग गाँसिएको पाइन्छ। भगवान् शिवले मृगरूप लिएर विचरण र विहार गर्नुभएको स्थललाई पुण्य क्षेत्र मानिन्छ र त्यस पुण्यभूमिमा शतबीज (सद्बीज) छर्दा उक्त बीजहरूमध्ये एक गेडो अन्नबाट मात्र पनि एक रत्ति सुन छरे झैं पुण्यप्राप्ति हुन्छ भनी मृगावतारका समयमा शिवजीले आकाशवाणीबाट आदेश गर्नुभएको विश्वास गरिन्छ। त्यसैले यस पर्वको कथा र त्यसको कार्यपीठिका शिवले मृगरूप लिई विचरण गरेको पशुपतिनजिकैको श्लेष्मान्तक वन र त्यस वरपरको क्षेत्र रहेको देखिन्छ। त्यसैले पनि यो पर्व नेपाल अझ पूर्वी नेपालमा बसोबास गर्ने पाहाडी मूलका नेपालीहरूमाझ बहुप्रचलित छ। जे होस् यस पर्वलाई मनाउने क्रममा अघिल्लै दिन अर्थात् मार्गकृष्ण त्रयोदशीका दिन श्रद्धालु भक्तजनहरू आआफ्नो परम्परा र संस्कृतिअनुसार पशुपतिनाथ मन्दिरको प्राङ्गण र छेउछाउमा बास बसी आआफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिका लागि रातभरि 'महादीप' बालेर भजन कीर्तन र जाग्राम गरी बस्दछन् र भोलिपल्ट बिहानै वागमतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्दछन् । यसलाई चतुर्दशी यज्ञ पनि भनिन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आफ्नै ठाउँपायकका शिवमन्दिरमा गई शतबीज छर्दछन् । यस पर्वले कृषि र पशुपालनसँग सम्बद्ध सामाजिक जीवनलाई प्रतीकात्मक ढङ्गले पुष्टि गर्दछ। जीवनचर्याका क्रममा पशुपंक्षी र कीटपतङ्गको भूमिकालाई अपरिहार्य मानेको जैविक तथ्यलाई पनि यस पर्वसँग गाँस्न सकिन्छ। परोपकारको भावनाले ‘शतबीज’ अर्थात् सयथरी विभिन्न गेडागुडी छर्नाले ती अन्नका दाना पंक्षीको चारा बन्छ र छर्ने क्रममा जमिनमुनि गाडिन पुगेका अन्नका दाना केही समयपछि उम्रिएर पशुको खाना अर्थात् घाँस बन्दछ, यस पर्वले यसरी फ्यालेको अन्नबाट बन्ने चारा र घाँसले मनुष्येतर अन्य जङ्गली प्राणीहरूको जीवनरक्षा हुनजान्छ र पृथ्वीको उर्वरतालाई सबै प्राणीहरूले समानताका साथ उपभोग गर्नुपर्ने सन्देश प्रदान गरेको देखिन्छ।

बालाचतुर्दशीका दिन श्लेष्मान्तक वन क्षेत्रमा शतबीज छर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने निश्चित र प्रामाणिक तिथिमितिको यकीन छैन। यस पर्वलाई खास गरी शिवभक्ति र पितृभक्ति गरी दुईवटा आधारमा मनाउने गरेको देखिन्छ। विभिन्न पुराण र स्वस्थानीकथामा नै भगवान् शिवको मृगरूप धारण गरेको कथाप्रसङ्ग प्राप्त हुन्छ। कथाअनुसार शिवले श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी लामो समय व्यतीत गरेपछि छट्पटिएकी पार्वतीले बागमती किनारस्थित मृगस्थलीमा भगवान् शिवले मृगको रुपमा विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीजहरु छरेको र तिनै बीजबाट केही दिनपछि घाँसबिरुवा उम्रिएको, ती घाँसबिरुवामा आकर्षित भई मृगको बथान जम्मा भएको अनि पार्वतीले शिवजलाई मृगका रूपमा भेटेको वृत्तान्तसँग गाँस्दै पार्वतीले सुरु गरेको शतबीज छर्ने काम पछि गएर परम्परा बनेको बताइन्छ। यस दिन पशुपतिनाथ, गुह्येश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने र मृगस्थलीमा टेक्ने व्यक्तिको मोक्ष हुन्छ भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ।

बाला चतुर्दशी पर्वसँग अर्को एउटा जनश्रुति पनि गाँसिएको प्रसङ्ग सुन्न पाइन्छ, प्रसङ्गअनुसार कुनै समयमा नेपालमा भुवनकेशरी नाम गरेका राजा थिए। उनको समयमा बालानन्द नाम गरेको एउटा वैश्य त्यस राज्यमा बसोबास गर्दथ्यो। एक दिन एकजना गुठियार मरेकाले सद्गति गर्न उसलाई खटाइयो। सद्गति गर्ने क्रममा मलामीहरू मसानघाटमा पुग्दा थाक्ने र भोकाउने भएकाले पुगेपछि चितामा लाश पोल्दापोल्दै खाजा खाने चलन थियो। बालानन्दले खाजा खाने क्रममा संयोगले चिताको आगोमा मुर्दाको टाउको पड्कियो र गिदी उछिट्टिएर बालानन्दले खाँदै गरेको खाजामा मिसियो, गिदी मिसिएको पत्तो नपाई उसले गिदीसमेत खानुपर्यो। गिदी मुखमा पर्नासाथ बालानन्दको स्वरूपमा अचानक परिवर्तन आयो र ऊ झल्झलाकार तेजिलो चाँदी झैं टाउको भएको बालासुर नाम गरेको राक्षस भयो अनि त्यस लाशलाई खपाखप खान थाल्यो। मलामीहरू डराएर आआफ्ना घरतर्फ फर्किए। त्यसपछि त्यहाँ सद्गति गर्न जेजति लाशहरू ल्याइन्थ्यो, ती लाशलाई बालासुरले खोस्दै खाँदै गर्न थाल्यो। त्यस राज्यमा कसैको पनि मरणपछि सद्गति हुन छाड्यो। मृतकको शरीरलाई आफ्नो रीतिस्थितिअनुसार सद्गत गर्न नपाउँदा जनताले राजा भुवनकेशरीलाई जाहेरी गरे। जनताले निवेदन गरेबमोजिम राजाले बालासुरलाई मार्न निकै प्रयास गरे, तर उनी सफल भएनन्। अन्त्यमा बालानन्द वैश्यकै मित वृषसिंहलाई राजाले बोलाए र उसलाई बालानन्दको वृत्तान्त सुनाई परोपकारका निम्ति मितलाई मार्न सहयोग मागे। त्यसो गरेमा जनहीत हुने भएकाले राजाले वृषसिंहलाई प्रशस्त धनसम्पत्ति र जग्गाजमिन उपहार दिने आश्वासन पनि दिए। उसले पनि आफ्नो मितलाई मार्न अनेक जुक्ति रच्यो तर सफलता पाएन। अन्ततः भगवान् शिवको तपस्या गरी प्रसन्न तुल्याई बालासुरलाई मार्ने शक्ति प्राप्त गर्यो। त्यसपछि गाउँमा आई एक घ्याम्पो रक्सी र सोहीअनुसारको मासुचिउरा आदि खानेकुराहरु लिई १५–२० जवान भरियालाई बोकाएर स्मशानघाट गयो। घाटमा त्यत्तिका धेरै मानिस आउँदै गरेको देखेर लाश आएको ठानी बालासुर पनि घाटमा आयो। वृषसिंहले आफ्ना मित बालासुरलाई अभिवादन गरी गाउँबाट ल्याएको सामाग्री उपहारका रूपमा प्रदान गर्यो। बालासुरले पनि रमाई रमाई जम्मै चीजबीज खायो र रक्सीको नशाले मातेर अचेत भयो । त्यही मौकामा वृष सिंहले आफुसँग आएका भरियाको सहयोगले बालासुरलाई डोरीले कसेर इनारमा खसाले र उसलाई माथिबाट ढुंगामुढा हानेर मारे। मित्रहत्या गरी आमजनतालाई खुसी तुल्याएपनि वृषसिंहलाई पश्चात्ताप हुनथाल्यो। फेरि भगवान् शिवजीको आराधना गरी उसले प्रायश्चित्त कसरी हुन्छ भनी उपाय बताउन भगवान् शिवलाई अनुरोध गर्यो। त्यसपछि महादेवले वृष सिंहलाई बालासुर मरेको दिन हरेक वर्ष श्रीपशुपतिनाथको मूर्तिमा पूजा गरेमा र श्लेष्मान्तक वनमा सद्बीज छरेर श्री पशुपतिनाथको क्षेत्रमा खुट्टाले टेकेमा यस हत्याको दोष नलाग्ने कुरा बताए, साथै यसको अनुकरण गरी अन्य श्रद्धालुहरूले प्रतिवर्ष त्यसै गरेमा उसका समस्त पितृहरूले मोक्ष प्राप्त गरी शिवलोक पुग्ने आज्ञासमेत शिवबाट प्राप्त भयो। त्यसै बेलादेखि बालासुर मरेको दिन अर्थात् बाला चतुर्दशीका दिनमा सद्बीज छरेर श्री पशुपतिनाथको दर्शन गर्न जाने चलन चलेको मानिन्छ। त्यसैले नेपाली समाजमा आफ्ना दिवङ्गत पितृका नाममा धान, जौ, तिल, गहुँ, मकै, कागुनो, चना, फलफूल, कन्दमूलादि मिसाएर खासगरी पशुपतिनाथ र हलेसी, जलेश्वर, दिङ्गला, पिण्डेश्वर, सतासीधाम लगायत अन्य शिवालय र देवालयमा गई सद्बीज छर्ने गर्दछन्। ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बू, तामाङ आदि विभिन्न वर्ग र जातिका मानिसहरू सबैले यस पर्वलाई मनाएको पाइन्छ । यस पर्वमा लिङ्ग, धर्म र सम्प्रदायको भेदभाव छैन । नेवार समुदायमा यस दिनलाई ‘बालाचह्रे’ भन्ने गरिन्छ।

पौराणिक आख्यान वा लोकगाथाको प्रभावबाट प्रारम्भ भएपनि यस पर्वले मनुष्यले प्रकृतिको कोखबाट जन्मलिने र अन्त्यमा प्रकृतिमा नै विलीन हुनुपर्ने यथार्थ पक्षलाई समातेको छ। चराचर प्राणी प्रकृतिका अनन्य अङ्ग हुन् र तिनको निकटस्थ अन्तर्सम्बन्ध छ भन्ने भावलाई पनि बाला चतुर्दशीले ग्रहण गरेको छ। सारांशमा यस पर्वले मनुष्य र अन्य जीवजन्तुसँगको आत्मीय सम्बन्धलाई उजागर गर्दै मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको सन्देशलाई जीवन्त तुल्याएर मृतकका प्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोधलाई समेत उपस्थापन गरेको देखिन्छ। यसरी यस पर्वले प्रकृति र पूर्वज दुबैलाई सम्झिने साझा दिनका रूपमा आफुलाई उभ्याएको छ। यो पर्वको नेपाली समाज र संस्कृतिमा महत्त्वपूर्ण स्थान छ।


एक गेडो अन्नका कारण पुनर्जन्म नहुने

सनातन हिन्दू धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बाला चतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । मार्गशीर्ष(मङ्सिर) कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी नेपालमा मानाईने एउटा परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बाला चतुर्दशीपर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथलगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिपरिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमाद्रिले भनेका छन्-
'सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।'[1]

नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ । प्रचलनअनुसार मार्गशीर्ष(मङ्सिर) कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन् ।[2]

पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बाला चतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ । यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के । यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंहमार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बाला चतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।[3]

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ । भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बाला चतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बाला चतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ । मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरैवर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् । लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन् । पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन् । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ । यसरी बाला चतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ । यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ । श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ ।





[1]वार्षिक रत्नावली, वर्षकृत्यखण्ड 
[2] रामप्रसाद धिताल, गोरखापत्र, वि.सं. २०६६ कार्तिक २९ आइतवार (ई. २००९ नवेम्बर १५, पृ.७)
[3] स्कन्दपुराण र स्वस्थानी व्रतकथा

Saturday, November 26, 2016

साप्ताहिक राशिफल (मंसिर १२–१८)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१२ गते : रामेछापमा तामाकोसी र सुनकोसीको दोभानमा त्रिवेणी मेला, पशुपतिनाथ, झापाको अर्जुनधारा र शताक्षी धाम (सतासी धाम), खोटांग हलेसी महादेवस्थान लगायत देशभरिका शिवालयमा बाला चतुर्दशीको मेला, अखण्ड बत्ती बाल्ने दिन, बालाचह्रे पूजा, रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने, 
१३ गते : बाला चतुर्दशी, सद्बीज छर्ने दिन, अग्निवास(होमादि), 
१४ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, 
१५ गते : शुभविवाह, 
१६ गते : चन्द्रोदय, विश्व एड्स दिवस, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पुराणश्रवण, दीक्षाग्रहण, 
१७ गते : टंकप्रसाद आचार्यको  जन्मदिन, दीक्षाग्रहण, 
१८ गते : विश्व अपांग दिवस, शुभविवाह, अग्निवास(होमादि)

साप्ताहिक राशिफल
(वि.सं. २०७३ मार्गशीर्ष १२ गतेदेखि वि.सं. २०७३ मार्गशीर्ष १८ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
सुखद दाम्पत्य जीवन र रमणीय वातावरणमा यो साता व्यतीत हुने देखिन्छ । साताको प्रारम्भमा रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । तर सोमबारपछि आठौं भावमा चन्द्रमाको प्रवेश हुनेछ, सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । बिहीबारपछि भाग्यको चन्द्रमाले सुखसुविधा र मनोरञ्जन जुटाउन मद्दत गर्नेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । साताको अन्त्यमा कर्मप्रति समर्पित हुने समय आउने छ । आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
मौसमी रोगव्याधि र घरायसी समस्यामा समय व्यतीत हुनेछ । साताको मध्यभाग केही सन्तोषजनक भए पनि समग्रमा दौडधूप र बेचैनीमा साता बित्नसक्छ । सुरुमा प्रतिद्वन्द्वीहरूसित सतर्क रहने समय छ । घरपरिवारमा पनि वैचारिक मतभेद देखा पर्नसक्छ । जीवनसँगी वा नजिकको मित्रसँग कुरा मिल्दैनन् । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा पनि समस्या आउन सक्छ । सोमबारपछि प्रेम र प्रणयप्रसङ्गका लागि अनुकूल हुनेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । तर बिहीबारपछि समय राम्रो हुँदैन, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । अन्त्यमा भाग्यको चन्द्रमाले साथ दिनेछ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
बौद्धिक क्रियाकलाप र ज्ञानगुनका क्षेत्रमा सक्रिय हुने समय छ । साताको प्रारम्भमा नै कुनै खुशीको समाचार सुन्न पाइएला । लाभमूलक कामको लागि खट्नुपर्ने वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ । सोमबारपछि काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बिहीबारपछि रामरमाइलो र मनोरञ्जनका क्षेत्रमा समय व्यतीत हुनेछ, हाँसखेल, भ्रमण र मनोरञ्जनको अनुकूलता मिल्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । मावली पक्षका काममा सरिक हुने समय छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा दुर्घटना र स्वास्थ्यप्रति सचेत हुनु राम्रो हो । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । सोमबारपछि बुद्धिपक्ष सक्रिय हुनेछ । तर पाँचौंभावमा चन्द्रमा र शनिको युति हुनाले मानसिक खिन्नता बढ्ने सम्भावना छ, प्रेम र भावनापक्ष कमजोर बन्नेछ । यद्यपि सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । बिहीबारपछि छैटौं चन्द्रमा हुने भएकाले मनमा अशान्ति र छटपटी अझ बढ्ने सम्भावना देखिन्छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । अन्त्यमा सातौं भावमा चन्द्रमा जाने हुँदा मनोरञ्जन र रमाइलो वातावरणको आगमन हुनसक्छ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
पराक्रमी काम गर्ने समय छ । आत्मबल र उत्साहमा अभिबृद्धि हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । सोमबारपछि घरपरिवारका समस्यामा समय बित्नेछ । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । बिहीबारपछि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । बौद्धिक क्रियाकलापबाट लाभ पाउन सकिन्छ । तर साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । त्यसबाट फाइदा हुने सम्भावना छैन । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
धनधान्य र सुखसम्मृद्धि कमाउने राम्रो सप्ताह छ । सुरुमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । सोमबारपछि तृतीय भावको चन्द्रमाले गर्दा पराक्रम र उत्साह बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । बिहीबारपछि चौथो घरमा रहेको चन्द्रमाका कारण घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । झैझगडा र विवादबाट फाइदा हुँदैन । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । साताको अन्त्यमा बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आफ्नै घरमा रहेको चन्द्रमाका साथमा यो साताको प्रारम्भ भएकाले समग्रमा यो साता उत्तम साता मान्दा हुन्छ । तर साताको अन्त्यमा घरायसी समस्यामा रुमल्लिनु पर्ने समय हुनेछ । सुरुमा रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । सोमबारपछि चन्द्रमाले धनमा प्रवेश गर्नेछ, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । बिहीबारपछि व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । साताको अन्त्यमा परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
सुरुमा बाह्रौं भावमा चन्द्रमा रहेकाले यो साता तपाईंको आर्थिक क्रियाकलापमा मन्दी छाउने छ । त्यसैले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु पर्छ, बाटो काट्दा वा सवारीसाधन हाँक्दा निकै सचेत हुनुपर्छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । सोमबारपछि राशिमा चन्द्रमाको प्रवेश हुनेछ, हाँकेका, ताकेका काममा सफलता मिल्नेछ । रमाइलो र खुसीको वातावरण सिर्जना हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । बिहीबारपछि परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । साताको अन्त्यमा मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
राज्यस्थानको चन्द्रमाका साथमा साता सुरु भएकाले सामाजिक प्रतिष्ठा र सम्मान प्राप्तिका लागि यो साता राम्रो छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो । सोमबारपछि समय ठिक छैन । बाह्रौं भावमा चन्द्रमा पुग्नाले समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । बिहीबारपछि चन्द्रमा पुनः सकारात्मक बन्नेछ, आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । साताको अन्त्यमा आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
कर्मक्षेत्रमा सक्रिय भई खट्ने वातावरण मिल्नेछ, नयाँ कामधन्दा र व्यापारबाट प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सोमबारपछि सुखद समाचार सुन्न पाइने छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । तर बिहीबारपछि बाह्रौं चन्द्रमा हुनाले उचित समय हुँदैन । सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुन सक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । यात्राका क्रममा झमेला पनि आउनसक्छ । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । यद्यपि साताको अन्त्यमा नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय आउने छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
भाग्यभावमा रहेको चन्द्रमा हुँदा साताको प्रारम्भमा मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । सोमबारपछि कर्मक्षेत्रमा लगनशील हुने समय छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । बिहीबारपछि प्रशासनिक र राज्यपक्षका कामबाट लाभ लिन सकिन्छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । साताको अन्त्यमा खर्चभार बढ्ने छ । कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
सुरुमा अष्टमस्थ चन्द्रमाका कारण विविध समस्यामा रुमल्लिने अवस्था आइ लाग्नेछ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । सोमबारपछि भाग्यमा चन्द्रमा पुग्नाले लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बिहीबारपछि कर्मक्षेत्र सफल हुनेछ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।