Monday, November 21, 2016

मङ्गलबारको व्रत : श्रीहनुमान् आराधना

मङ्गलबार व्रतविधि
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ। यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने  जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी 'ॐ भौमाय नमः' ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो  भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ।

मंगलबारको व्रतकथा
परापूर्व समयमा कुनै गाउँमा एक जोडी ब्राह्ममण दम्पती बस्दथे । घरमा सबै वस्तु भए पनि तिनले सन्ततिसुख प्राप्त गरेका थिएनन् । सन्तान नहुनाले ती दुई पतिपत्नीको मनमा एक किसिमको निराशाभाव थियो । उनीहरू दिनरात ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा सन्तान प्रदान गर्नुहवस् । निशदिन उनीहरूको प्रार्थना यही रहने गर्दथ्यो । पुत्र-प्राप्तिका निमित्त निष्ठापूर्वक हनुमान् जीको अाराधना गर्ने उद्देश्यले ती ब्राह्मण घरनजिकैको कुनै वनमा आश्रम बनाई बस्न थाले र नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना सुरु गरे । ब्राह्मणी भने बसेर आफ्नो मनोकामनाको पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्ने गर्दथिन् ।

ब्राह्मणीको प्रतिज्ञा थियो – प्रत्येक मङ्गलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्ने । दैवसंयोगले एउटा मङ्गलबारका दिन तिनको घरमा कुनै अन्न थिएन । तिनले त्यस दिन व्रत त लिर्इन् तर अन्न नभएकाले खानेकुरा पकाउन पार्इनन्, त्यसैले हनुमान् ज्यूको भोग पनि लागेन, ब्राह्मणीले पनि केही खान पार्इनन् । हनुमानलार्इ नैवेद्य चढाउन नपाएकाले उनलार्इ ठूलो खिन्नता भयो । उनले मनैमन प्रतिज्ञा गरिन् – अब अर्को मङ्गलबार आउँछ अनिमात्र भोजन गर्नेछु । त्यसपछि उनले लगातार अन्नपानी ग्रहण गरिनन् । हनुमानलाई नैवेद्य समर्पण नगरी अाफू स्वयंले भोजन नगर्ने प्रतिज्ञा भएकाले उनले बुधबारदेखि सोमबारसम्म नखार्इ छ दिन बितार्इन् । प्रतिदिन उनको शारीरिक शक्तिमा ह्रास अायो । बल्लबल्ल अर्को मङ्गलबार अायो । तर मङ्गलबार बिहान उज्यालो हुनसाथ ती ब्राह्मणी मूर्च्छा परेर ढलिन् । मूर्च्छावस्थामा नै उनले हनुमानको दर्शन पार्इन् । हनुमान् अाएर उनलाई सम्बोधन गर्दै सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो- 'तिम्रो पूजा सफल भयो । म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु । यसले तिम्रो र तिम्रो घरपरिवारको संरक्षण र संवर्द्धन गर्नुका साथै राम्रो सेवासुश्रुषा गर्नेछ । भविष्यमा कुनै कर्तव्यपारायण पुत्रको चर्चा हुँदा यो बालक उदाहरणीय बन्नेछ । अहिलेसम्म कुनै छोराले अाफ्ना माता-पिताको जति सेवासुश्रुषा गरेका छन्, त्यसभन्दा पनि धेरै कर्तव्यपालना र सेवाचाकरी यस बालकबाट प्राप्त गर्नेछाै ।' त्यसपछि वहाँले बालकलाई आज्ञा दिनुभयो - 'ए मङ्गल! आऊ, आफ्नी आमालार्इ हरतरहले सेवा गर, यिनलार्इ कुनै किसिमको दुःख-कष्ट हुन नपाओस् ।' 

हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भर्इन् । मङ्गलको अागमनपछि ब्राह्मणीको घरमा अानन्द र हर्षको वर्षा भयो । त्यही बालका साथमा उनको समय व्यतीत हुन थाल्यो । समय बित्दै गयो । एक दिन वनमा अाश्रम बनाएर अनुष्ठान गर्दै गरेका ब्राह्मण पनि घर अाइपुगे । उनले अाफ्नो घरमा एउटा बालक देखेपछि 'यो को हो? र कसको छोरो हो?'  भनेर पत्नीसित जिज्ञासा राखे ।  ब्राह्मणीले सहज ढङ्गले जवाफ दिर्इन् - 'यो मङ्गल हो, हाम्रो अाराधनाबाट प्रसन्न भएर श्री हनुमानजीले हामी प्रदान गर्नु भएको पुत्र हो । यो तपार्इं र मेरो छोरो हो ' पत्नीको उत्तर सुनेर ब्राह्मणले पत्याएनन् । तर अाफ्नो सन्तान त छैनन्, बुढेसकालमा यसै पत्नीले पनि छोडेर जाने पो हो कि भन्ने डरले उनले पत्नीलार्इ केही पनि भन्न सकेनन् । तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का जन्म्यो । उनी भक्ति र अनुष्ठानको बाटो त्यागेर हरपल सोच्न थाले - ' म कुलटाको पति भएँ, म अाश्रममा गएको वेला मेरी पत्नी व्यभिचारिणी भइछ र यसको अनुचित सम्बन्धका कारण यो बालक उत्पन्न गरिछ । पक्का पनि यो बालक यसैको व्यभिचारको परिणाम हो ।' त्यसपछि रातदिन उनी मनमा विचार गर्न थाले – कसरी त्यस बच्चालार्इ घरबाट सधैंका लागि उनीहरूको दाम्पत्य जीवनबाट हटाउने । त्यस्तै विचार गर्दागर्दै उनको मनमा मङ्गल नामको त्यस बच्चालार्इ मार्ने योजना बन्यो ।

ब्राह्मण घरमा बसेका वेला गाउँघर डुल्दा वा कुनै काममा जाँदा त्यो बालक पनि बाउलार्इ पछ्याउन थालेको थियो । पत्नीलार्इ कुनै शङ्का नहोस् भनेर उनी बाहिर देखावटी उसलार्इ माया गरें झैं नै गर्दथे, तर मनमा त्यस बालकप्रति ठूलो द्वेष थियो । एक दिन नित्य स्नान गर्न र पानी लिर्इ अाउने उद्देश्यले ब्राह्मण इनारतर्फ जान लागेका थिए, मङ्गल ब्युँझी सकेको थियो, घरमा बसेर चकचक गरिरहने हुनाले ब्राह्मणीले पतिसित छोरालार्इ पनि पधेंरामा लिर्इ जान र नुवाइधुवाइ गरिदिन अनुरोध गरिन् । ब्राह्मणले बालकलाई पनि साथैमा लिएर गए । इनार भएको ठाउँमा पुग्दा अँध्यारै थियो । वरपर कसैलार्इ नदेखेपछि ब्राह्मणमा पापमति पलायो र बालकको टन्टा सधैंका लागि दूर गर्न उनले झुक्याएर त्यस बालकलाई इनारमा धकेलिदिए र घर फर्किर्इ अाए । पधेंराबाट बाहुन एक्लै फर्किएको देखेपछि पत्नीले छोरो खोर्इ? भनेर सोधिन् । ब्राह्मणले सहज जवाफ दिए – उसलार्इ नुवाइधुवाइ गरेर म नुहाएर सन्ध्यावन्दन गर्दै थिएँ, अाउने बेलामा खोजीनीति गर्दा त्यहाँ थिएन, दिक्क मानेर घरै अायो होला भनेर म लुरुलुरु घर अाएँ । कतै खेलवाडमा अल्मलिएको होला, अहिले अाइपुग्छ । त्यसपछि हनुमानको कुरा सम्झिन् र ठूलो स्वरले मङ्गललाई डाकिन्, बाहुनीले डाक्नासाथ हँसिलो अनुहारमा अाज्ञा गर्नुहवस्, माते! भन्दै मङ्गल तुरुन्त आइपुग्यो ।

यसरी ती ब्राह्मणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गर्थे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो । त्यसपछि एक दिन ब्राह्मण निदाएको अवसरमा सपनामा हनुमानले पनि ब्राह्मणलार्इ दर्शन दिएर आज्ञा गर्नुभयो- 'हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शङ्का र सन्देह नराख । तिमीले जसरी मेरो सेवा र भक्ति गर्‍यौ, त्यसैको परिणामस्वरूप यो बालक प्राप्त गरेका हौ।'

यसरी ब्राह्मणको मनमा रहेको चिन्ता दूर भयो । त्यस दिनपछि धेरै दिनसम्म ती पति-पत्नि सुखपूर्वक रहे । यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ ।

No comments:

Post a Comment