Wednesday, November 23, 2016

ज्योतिष र फलादेश

पूर्वीय मनीषीहरूको लामो अनुसन्धान र अनुभूतिको प्रतिफल हो, ज्योतिषशास्त्र । यो पाश्चात्य संसारमा प्रचलित अङ्कजाल, तासको पत्ति वा शिशाको टुक्राको तालमेलका गरिने भविष्यवाणी होइन, अनि ज्योतिषशास्त्र जीवन र मनको अान्तरिक अनुभूति हो, यसमा तुरुन्त प्रतिफल देखिएर विलीन भइहाल्ने जादु वा चमत्कार पनि हुँदैन । गणितीय पक्षमा मात्र सिद्ध गर्ने हो भने ज्योतिषशास्त्र विज्ञान नै हो र तथ्यमा खरो उत्रन्छ, यसमा पनि विज्ञान झैं गणित र सिद्धान्तलाई नै मुख्य आधार बनाइएको हुन्छ । सैद्धान्तिक पृष्ठभूमिमा ज्योतिषका दुईवटा हाँगा हुन्छन् - १) सिद्धान्त ज्योतिष २) फलित ज्योतिष ।

तिथि, बार, नक्षत्र, योग र करणको समुच्चय अध्ययनलार्इ पञ्चाङ्ग भन्दछन् । दैनिक ग्रहगति र जगत्प्रकाशक सूर्य र चन्द्रमाको गणितीय अवलोकनबाट पञ्चाङ्गको निर्माण हुन्छ । साैर्य परिवारका सूर्यलगायत अन्य ग्रह र ग्रहपिण्डहरूमध्ये सात वटा ग्रह/उपग्रहको अध्ययन पूर्वीय ज्योतिषशास्त्रमा हुने गर्दछ, ती ग्रह हुन् - सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनिश्चर । राहु र केतुलार्इ पनि ग्रहकै दर्जामा राखिन्छ, तर ती छायाग्रह हुन् । तिनले स्वतन्त्र फल प्रदान गर्दैनन्, तर अन्य अाफूसँगै रहेका वा तिनबाट दृष्ट ग्रहका अाधारमा तिनको शुभाशुभ फलको अध्ययन गरिन्छ ।

रावण, भृगु, शुक्र, जैमिनी, वशिष्ठ आदि १६ ऋषिहरुको सहयोगमा ज्योतिष शास्त्रको सिद्धान्तको उत्पत्ति भएको हो। फलित ज्योतिषमा सर्वप्रथम समस्त ब्रह्माण्डलाई १२ भागमा विभाजन गरी भिन्नभिन्न राशि र नक्षत्रको संरचना गरिन्छ । तिनै बाह्र खण्डमध्ये चन्द्रमा र जन्मसमयको अवस्थितिका अाधारमा व्यक्तिको राशि र लग्नको निर्धारण हुन्छ । व्यक्तिको जन्मसमयमा चन्द्रमा ब्रह्माण्डको जुन बिन्दुमा पुगेको हुन्छ, त्यो ठाउँका अाधारमा उसको राशि तय हुन्छ, भने जन्म लिने प्राणिको जन्म समयमा आकाशको पूर्वीय क्षितिजमा जुन राशि रहन्छ त्यसलाई लग्न भनिन्छ । त्यस्तै ज्योतिषमा गर्भधारणको समयको पनि ठूलो महत्त्व हुन्छ, गर्भाधानको समयलाई चन्द्र लग्न भन्ने गरिन्छ । व्यक्तिले चिना हेराउने समयमा स्थिर कुण्डली (जन्मसमयका अाधारमा तैयार गरिएको लग्नकुण्डली र त्यससँग सम्बद्ध सप्त वर्ग वा षोडश वर्गको कुण्डली) र गोचर कुण्डली (तत्काल भ्रमणशील ग्रहको अाकलन गरी तैयार गरिएको वर्षकुण्डली वा प्रश्नकुण्डली) को अध्ययन गरिन्छ । त्यसैले व्यक्तिको सूर्य, लग्न र चन्द्र तीनै पक्षबाट अध्ययन गरेको फलादेशले व्यक्तिको भूत, वर्तमान र भविष्यलार्इ समात्न सक्छ वा त्यसको नजिकमा पुग्न सकिन्छ । कुनै पनि कुण्डलीमा चारवटा राशि केन्द्रीय राशि मान्ने गरिन्छ । यो ज्योतिषीय भाषामा लग्नको पहिलो, चाैथो, साताैं र दसाैं भाव हुन्छ । वैज्ञानिक ढङ्गबाट भन्ने हो भने केन्द्रले ०, ९०, १८० र २७० डिग्रीलार्इ द्योतन गर्दछ । यिनलार्इ प्रतीकात्मक तरिकाले व्यक्ति, पति वा पत्नी, माता र पितासँग सम्बद्ध मान्ने गरिन्छ । कुण्डलीमा रहेका १२ वटै कोठाको व्यक्तिको जीवन अायामका कुनै न कुनै पक्षसँग उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । तिनकै अाकलनबाट व्यक्तिको समग्र जीवनलार्इ उपस्थापन गर्न सकिन्छ ।

No comments:

Post a Comment