Monday, July 24, 2017

हनुमान् चालिसाको पाठविधि

हनुमान् चालिसाको नियमित पाठ गर्नाले असङ्ख्य फाइदा हुन्छ, तीमध्ये मुख्यमुख्य फाइदा निम्नानुसार छन् ।

  • १)  जसले विधिपूर्वक हनुमान् चालिसाको पाठ गर्दछन् तिनलाई कहिले पनि धनधान्य र रुपिंयापैसाको  अभाव हुने गर्दैन ।
  • २) हनुमान् चालिसाको नियमित पाठ गर्नु माता दुर्गाको नियमित आराधनाबाट समान फल प्राप्त हुन्छ, विधिपूर्वक पाठ गर्नाले हनुमानले भक्तका शत्रुको समूल नाश गर्नुहुन्छ ।
  • ३) हनुमान् चालीसाको नियमित पाठ हुने ठाउँमा अशान्त र भट्किएका आत्मा, प्रेतात्मा, बोक्सी र किचकन्याले प्रवेश गर्न सक्दैनन् । जतिसुकै खराब र शक्तिशाली भूतप्रेत वा प्रेतात्मा किन नहोस् हनुमान् चालिसाको नियमित पाठ गर्दा तिनबाट छुटकारा पाउन सकिन्छ ।
  • ४) हनुमान् चालीसाको नियमित पाठ गर्नाले व्यक्तिले शनिको महादशा, साढेसातीका आदिको प्रकोपबाट पनि छुटकारा पाउँछन् ।
  • ५) घरमा परिवारका सदस्यहरूका बीचमा कलहको वातावरण छ वा पतिपत्नीका बीचमा खटपट छ, दूरी बढदैछ भने पनि विधिपूर्वक हनुमान् चालिसाको पाठ गर्नाले यी समस्या हल हुन्छन् ।
  • ६) हनुमान् चालिसा बिल्कूल सुरक्षित र शक्तिशाली ग्रन्थ हो । यसको नियमित पाठबाट कति फाइदा हुन्छ भन्ने कुरा लेखेर साध्य नै छैन । साधकले यतिमात्र बुझे हुन्छ, जसले नियमपूर्वक हनुमान् चालिसाको पाठ गर्दछन्, तिनले कहिल्यै कुनै किसिमको पीडा, कष्ट र दुःख व्यहोर्नु पर्दैन ।

हनुमान् चालीसा पाठ गर्नुअघि जुटाउनु पर्ने सामाग्री र नियम

  • १) पाठ गर्नुअघि साधकले स्नान गर्नु पर्दछ ।  जस्तो लुगा लगाए पनि हुन्छ, तर शुद्ध, पवित्र र सफा हुनु आवश्यक छ 
  • २) पाठ गर्दा बसिने आसन रातो रंगको र भरिसक्य ऊनबाट निर्मित आसन हुनुपर्दछ ।
  • ३) पाठ गर्नुअघि सामान्यतया दियो बालेर हनुमानको पूजा गर्नुपर्दछ । यथासम्भव पूजा कोठामा नै बसेर पाठ गर्नु पर्दछ । पूजाकोठाको अभाव छ भने शुद्ध स्थानमा माथि बताइएको आसन ओछ्याएर पाठ गर्न सकिन्छ । नैवेद्यका रूपमा सामान्यतया गुड र चनाको (नभएमा कुनै गुलियो खाद्यपदार्थ ) जोहो गर्नुपर्दछ, नैवेद्यमा तुलसीपत्र मिसाउन बिर्सनु हुँदैन ।
  • ४) हनुमानजीको श्रृंगारका लागि सिन्दूर, चमेलीको तेल र एउटा जनै (यज्ञोपवित) चाहिन्छ ।

अब याद गरौं कसरी गर्ने हो, हनुमान् चालिसाको पाठ

  • १) सबैभन्दा पहिले नुहाइधुवाइ गरी स्वच्छ कपडा लगाएर, शुद्ध आसनमा बसेर हनुमानको मूर्ति वा प्रतिमालाई स्नान गराउनुपर्दछ । हनुमानको स्नान गर्दा भरिसक्य गंगाजलको आवश्यकता हुन्छ, नभएमा शुद्ध र चोखो जल हुनुपर्दछ ।
  • २) कुनै कामनाका साथमा संकल्प गरी पाठ गरिंदैछ भने पाठको अवधि वा अनुष्ठानभरि मनसा, वचसा र कर्मणा ब्रह्मचर्यको पालना गर्नुपर्दछ ।
  • ३) हनुमान् चालिसाको पाठ प्रारम्भ गर्दा सामान्यतया हनुमान् जयन्तीका दिन (प्रत्येक वर्षको चैत्र शुक्लपक्षको पूर्णिमा) बाट प्रारम्भ गर्नु राम्रो मानिन्छ । त्यसबाहेक  कुनै महिनाको शुक्लपक्षको शनिवार वा मंगलवार पारेर पनि पाठ प्रारम्भ गर्न सकिन्छ । पाठको संख्या आफूखुसी निर्धारण गर्न सकिन्छ । तर एउटै आसनमा हलचल नगरी गरिएको एक सय एक आवृत्ति पाठबाट तुरुन्त मनोवाञ्छित फल प्राप्ति हुने गर्दछ भन्ने आम विश्वास छ । त्यस बाहेक २१, ११, ७, ३ वा १ आवृत्ति पाठ गरे पनि हुन्छ । सामान्यतया दिनैपिच्छे एउटै विधिले समान संख्यामा ४१ दिन पाठ गरेपछि पाठको एउटा अंग पूर्ण भएको मानिन्छ । दिनैपिच्छे पाठ गर्न असमर्थ हुनुहुन्छ भने प्रत्येक शनिवार र मंगलवारका दिन लगातार ११ हप्ता पाठ गरेर पनि एउटा एकाइ पूर्ण भएको मान्ने चलन छ ।
  • ४) हनुमान् चालिसाको पाठ सामान्यतया सूर्योदयपूर्व उषाकाल हो । मध्याह्नकालसम्म निराहार (पानी पनि नखाई) भोको बसेर मध्याह्नकालमा हनुमान् चालिसाको नियमित पाठ गरेमा पनि उत्तम फल प्राप्ति हुने गर्दछ ।
  • ५) पाठको सुरुमा चमेलीको तेलको वर्तन भएको दियो बाल्नुपर्दछ । दियो, कलश र गणेशको पूजा गरेर गुरुस्मरण गरी हनुमानको पूजा थाल्नुपर्दछ ।
  • ६) पञ्चोपचार वा षोडशोपचार विधिले पाद्य, अघ्र्य, आचमनादि पूजा गरेर जनै र तुलसीदल मिश्रित प्रसाद चढाएर पाठ अवधिभरि हनुमानको प्रतिमा वा मूर्तिमा चमेलीको तेल र सिन्दूर छर्किरहनु पर्दछ । त्यस्तै एक अंखोरा गंगा जल वा शुद्ध पानी पूजा स्थलमा हरहमेसा राखिदिनु पर्दछ । साथै धूप र अगरबत्ती बालिरहनु पर्दछ ।
  • ७) हनुमानजीको पूजा सकिएपछि क्रमशः कुलदेवता र कुलदेवीको पूजा पनि गर्नुपर्दछ । त्यसपछि पितृ देवतालाई सम्झनु पर्दछ ।
  • ८) अब त्यसपछि लक्ष्मण र सीतासमेतका भगवान् श्री रामचन्द्रको पूजा गर्नुपर्दछ ।
  • ९) यसपछि पुनः श्री हनुमानज्यूको स्मरण गरेर विधिपूर्वक हनुमान् चालिसाको पाठ प्रारम्भ गर्नुपर्दछ ।

यसरी गरिएको हनुमान् चालिसाको पाठबाट मनोवाञ्छित फल प्राप्त हुन्छ । पाठको समापनमा प्रसाद बाँडिदिनु पर्दछ र गाई र बाँदरलाई सक्खर (गुड), चना र केरा खान दिनुपर्दछ । कुनै संकल्पका साथमा हनुमान् चालिसाको पाठ गर्दै हुनुहुन्छ भने पूर्ण भएपछि अग्निस्थापना विधिले हवनको आयोजना गरी पूर्णाहुति गर्नु अनिवार्य मानिएको छ । यसरी हनुमान्ज्यूलाई हवन गर्दा हनुमान् चालिसाको प्रत्येक चौपाइबराबर एक पटक हवन गर्नु पर्दछ । पूर्णाहूतिका दिन कम्तीमा २१ जना भोकानांगा र गरीवगुरुबालाई जम्मा पारी पेटभरि मिष्ठान्न भोजन गराउनु पर्दछ । यसरी हनुमान् चालिसाको एउटा अनुष्ठानले पूर्णता प्राप्त गर्दछ ।   

श्री हनुमान् चालीसा

।।दोहा।।
श्री गुरु चरण सरोज रज, निज मन मुकुर सुधार |
बरनौ रघुवर बिमल जसु , जो दायक फल चारि |
बुद्धिहीन तनु जानि के , सुमिरौ पवन कुमार |
बल बुद्धि विद्या देहु मोहि हरहु कलेश विकार ||
।।चौपाई।।
जय हनुमान ज्ञान गुन सागर, जय कपीस तिंहु लोक उजागर |
रामदूत अतुलित बल धामा अंजनि पुत्र पवन सुत नामा ||
महाबीर बिक्रम बजरंगी कुमति निवार सुमति के संगी |
कंचन बरन बिराज सुबेसा, कान्हन कुण्डल कुंचित केसा ||
हाथ ब्रज औ ध्वजा विराजे कान्धे मूंज जनेऊ साजे |
शंकर सुवन केसरी नन्दन तेज प्रताप महा जग बन्दन ||
विद्यावान गुनी अति चातुर राम काज करिबे को आतुर |
प्रभु चरित्र सुनिबे को रसिया रामलखन सीता मन बसिया ||
सूक्ष्म रूप धरि सियंहि दिखावा बिकट रूप धरि लंक जरावा |
भीम रूप धरि असुर संहारे रामचन्द्र के काज सवारे ||
लाये सजीवन लखन जियाये श्री रघुबीर हरषि उर लाये |
रघुपति कीन्हि बहुत बड़ाई तुम मम प्रिय भरत सम भाई ||
सहस बदन तुम्हरो जस गावें अस कहि श्रीपति कण्ठ लगावें |
सनकादिक ब्रह्मादि मुनीसा नारद सारद सहित अहीसा ||
जम कुबेर दिगपाल कहाँ ते कबि कोबिद कहि सके कहाँ ते |
तुम उपकार सुग्रीवहिं कीन्हा राम मिलाय राज पद दीन्हा ||
तुम्हरो मन्त्र विभीषन माना लंकेश्वर भये सब जग जाना |
जुग सहस्र जोजन पर भानु लील्यो ताहि मधुर फल जानु ||
प्रभु मुद्रिका मेलि मुख मांहि जलधि लाँघ गये अचरज नाहिं |
दुर्गम काज जगत के जेते सुगम अनुग्रह तुम्हरे तेते ||
राम दुवारे तुम रखवारे होत न आज्ञा बिनु पैसारे |
सब सुख लहे तुम्हारी सरना तुम रक्षक काहें को डरना ||
आपन तेज सम्हारो आपे तीनों लोक हाँक ते काँपे |
भूत पिशाच निकट नहीं आवें महाबीर जब नाम सुनावें ||
नासे रोग हरे सब पीरा जपत निरंतर हनुमत बीरा |
संकट ते हनुमान छुड़ावें मन क्रम बचन ध्यान जो लावें ||
सब पर राम तपस्वी राजा तिनके काज सकल तुम साजा |
और मनोरथ जो कोई लावे सोई अमित जीवन फल पावे ||
चारों जुग परताप तुम्हारा है परसिद्ध जगत उजियारा |
साधु संत के तुम रखवारे। असुर निकंदन राम दुलारे ||
अष्ट सिद्धि नौ निधि के दाता। अस बर दीन्ह जानकी माता
राम रसायन तुम्हरे पासा सदा रहो रघुपति के दासा ||
तुम्हरे भजन राम को पावें जनम जनम के दुख बिसरावें |
अन्त काल रघुबर पुर जाई जहाँ जन्म हरि भक्त कहाई ||
और देवता चित्त न धरई हनुमत सेई सर्व सुख करई |
संकट कटे मिटे सब पीरा जपत निरन्तर हनुमत बलबीरा ||
जय जय जय हनुमान गोसाईं कृपा करो गुरुदेव की नाईं |
जो सत बार पाठ कर कोई छूटई बन्दि महासुख होई ||
जो यह पाठ पढे हनुमान चालीसा होय सिद्धि साखी गौरीसा |
तुलसीदास सदा हरि चेरा कीजै नाथ हृदय मँह डेरा ||
।।दोहा।।
पवन तनय संकट हरन मंगल मूरति रूप |
राम लखन सीता सहित हृदय बसहु सुर भूप ||

No comments:

Post a Comment