युधिष्ठिरले भन्नुभयो -
हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् !
भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो -
हे राजन् ! तपाईंले लोकको हितका इच्छाले अति उत्तम प्रश्न गर्नु भयो । अत्यन्त पुण्य प्रदान गर्ने उक्त एकादशीले ठूलाठूला पाप र पातकलाई नाश गर्दछ ।
यस ज्येष्ठ कृष्ण पक्षको एकादशी एकादशीको नाम अपरा एकादशी हो । जसले यस एकादशीको विधिपूर्वक व्रत लिने गर्दछ उसले सद्बुद्धिले युक्त जीवनसाथी र सन्ततिका साथमा इहलोकमा प्रसिद्धि, वैभव र सम्मान प्राप्त गर्नुका साथै परलोकमा उत्तम गति प्राप्त गर्दछ । व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । व्यवहारमा यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । यस दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।
अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् ।
जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् ।
अर्धप्रसूतां गां दत्वा सुवर्णं वसुधां तथा तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।
यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।
यसरी समस्त पापराशिलाई नष्ट बनाउन समर्थ यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरीले सबै पापबाट मुक्त भई अन्त्यकालमा वैकुण्ठलोक पुग्दछन् भन्ने मान्यता पनि छ ।
ज्येष्ठस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् ।श्रोतुमिच्छामि माहात्म्यं तद्वदस्व जनार्दन
हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् !भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो -
साधु पृष्टं त्वया राजन्लोकानां हितकाम्ययाबहुपुण्यप्रदा ह्येषा महापातकनाशिनी
हे राजन् ! तपाईंले लोकको हितका इच्छाले अति उत्तम प्रश्न गर्नु भयो । अत्यन्त पुण्य प्रदान गर्ने उक्त एकादशीले ठूलाठूला पाप र पातकलाई नाश गर्दछ ।अपरा नाम राजेंद्र अपरा पुत्रदायिनीलोके प्रसिद्धितां याति अपरां यस्तु सेवते
यस ज्येष्ठ कृष्ण पक्षको एकादशी एकादशीको नाम अपरा एकादशी हो । जसले यस एकादशीको विधिपूर्वक व्रत लिने गर्दछ उसले सद्बुद्धिले युक्त जीवनसाथी र सन्ततिका साथमा इहलोकमा प्रसिद्धि, वैभव र सम्मान प्राप्त गर्नुका साथै परलोकमा उत्तम गति प्राप्त गर्दछ । व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । व्यवहारमा यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । यस दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।ब्रह्महत्याभिभूतोऽपि गोत्रहा भ्रूणहा तथापरापवादवादी च परस्त्री रसिकोऽपि च कूटसाक्ष्यं कूटमानं तुलाकूटं करोति यः अपरा सेवनाद्राजन्विप्रात्मा भवति ध्रुवम्
अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् ।क्षत्त्रियः क्षात्रधर्मं यस्त्यक्त्वा युद्धात्पलायतेस याति नरकं घोरं स्वीयधर्मबहिष्कृतः अपरा सेवनात्सोऽपि पापं त्यक्त्वा दिवं व्रजेत्विद्यावान्यः स्वयं शिष्यो गुरुनिंदां करोति च स महापातकैर्युक्तो निरयं याति दारुणम्अपरा सेवनात्सोऽपि सद्गतिं प्राप्नुयान्नरः
जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् ।महिमानमपरायाः शृणु राजन्वदाम्यहम्मकरस्थे रवौ माघे प्रयागे यत्फलं नृणाम्काश्यां यत्प्राप्यते पुण्यमुपरागे निमज्जनात्गयायां पिंडदानेन पितॄणां तृप्तिदो यथासिंहस्थिते देवगुरौ गौतम्यां स्नातको नरःकन्यागते गुरौ राजन्कृष्णवेणी निमज्जनात्यत्फलं समवाप्नोति कुंभकेदार दर्शनात्बदर्याश्रमयात्रायां तत्तीर्थसेवनादपियत्फलं समवाप्नोति कुरुक्षेत्रे रविग्रहेगजाश्व हेमदानेन यज्ञं कृत्वा सदक्षिणम्तादृशं फलमाप्नोति अपरा व्रतसेवनात्
अर्धप्रसूतां गां दत्वा सुवर्णं वसुधां तथा तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।
No comments:
Post a Comment