प्रत्येक वर्षको कार्तिक शुक्लपक्षमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । यस एकादशीका दिन क्षीरसागरमा शयनावस्थामा रहनुभएका भगवान् विष्णु निद्राबाट जागा हुनुहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस एकादशीको व्रत लिनाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा एक हजार अश्वमेध तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । नेपाली परिवेशमा यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यस दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्दछन् । आज तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी रङ्गीचङ्गी वस्त्र र फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यस एकादशीको व्रत लिने व्रतालुले तुलसीको विधिसम्मत विवाह गरिदिएर व्रत बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् ।
लक्ष्मीले एक पटक क्षीरसागरमा शयनावस्थामा रहनु भएका भगवान् नारायणको सेवा गर्दै आफ्नो जिज्ञासा राख्नु भएको थियो - 'हे नाथ! हजुर जागा रहँदा पनि वर्षौंवर्षसम्म जागै बस्नुहुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ । हजुर जागा रहँदा समस्त चराचर जगत् चलायमान हुन्छ, अनि शयनावस्थामा रहँदा समस्त जगतको प्रलय भई सृष्टिको विनाश हुने गर्दछ । त्यसैले हजुरले नियमित रूपमा विश्राम गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसरी हजुरले विश्राम गर्नुभयो भने मैले पनि केही समय फुर्सद पाउने छु ।' लक्ष्मीका कुरा सुनेर मुसुक्क हाँसेर भगवान् विष्णुले जवाफ दिनुभयो - 'हे देवी ! तिमीले ठीक भन्यौ । म जागा रहेको अवस्थामा मेरो सेवामा तल्लीन हुनुपर्ने भएकाले समस्त देवगणका साथमा तिमीले निकै खट्नु पर्छ, थकाइ मार्ने र विश्राम लिने समय नहुनाले शारीरिक र मानसिक रूपमा सबैलाई कष्ट हुन्छ। त्यसैले, तिम्रो इच्छा पूर्ण गर्न म आजदेखि प्रतिवर्ष वर्षा ऋतुबाट प्रारम्भ गरी चार महिनासम्म शयन गर्नेछु । उक्त समयमा तिमी र समस्त देवगणले फुर्सद पाउने छन् । उक्त निद्रा मेरो अल्पनिद्राका रूपमा विख्यात हुनेछ । मेरो अल्पनिद्राको समयमा प्रलयकाल जस्तो चराचर जगतको अन्त्य हुनेछैन, यथावत् सुसञ्चालित भइरहने छ । तर जब प्रलयको समय आउने छ, त्यस समयमा मैले महानिद्रा ग्रहण गर्नेछु र महानिद्राकालमा समस्त चराचर जगत भङ्ग हुनेछ, सृष्टिको विनाश हुनेछ । मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मङ्गलकारी, उत्सवप्रद तथा पुण्यबर्द्धक बन्नेछ । मैले अल्पनिद्रा ग्रहण गरेको समयमा मेरा श्रद्धालु भक्तजनले शयनावस्थाको अनुभूति ग्रहण गर्दै मेरो आराधना र व्रत/अनुष्ठान सम्पन्न गर्नेछन् । त्यसरी मेरो भक्ति/आराधना गर्ने भक्तजनको घरमा उक्त अवधिमा म तिम्रासाथमा निवास गर्नेछु ।'
भगवान् विष्णुले यसरी लक्ष्मीलाई आश्वस्त तुल्याएपछि प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा गई शयन गर्नुहुने र कार्तिक शुक्ल पक्षमा पर्ने एकादशीका दिन शयनावस्थाबाट जागा हुनुहुने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधिनी एकादशीलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ ।
हरिबोधिनी एकादशीका दिन व्रतालुले प्रातःकालमा ब्रह्ममुहूर्तमा निद्रा त्याग गरी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई भगवान् नारायणको प्रतिमासामु उपस्थित भई घण्टा ,शङ्ख, मृदङ्ग आदि बजाएर भगवान् विष्णुलाई अल्पनिद्राबाट ब्युँझाउन यी श्लोकहरू पढेर जगाउने गरिन्छ -

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥

उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु ॥

यसरी श्रीहरिलाई जागा गराएपछि स्नानादि गराई सुन्दर वस्त्राभूषणले सुसज्जित तुल्याई षोडशोपचार विधिले पूजा गरिदिनु पर्छ । त्यसपछि सम्भव भए पूर्णरूपमा निराहार रही वा फलाहार गरी व्रत लिनुपर्छ । व्रत लिन सम्भव नभए त्यस दिन चामलले बनेको पक्वान्न भए पनि त्याग गर्नु राम्रो हुन्छ । यस एकादशीका दिन जागरण गरेको राम्रो मानिन्छ । व्रतालुले रातभरि जागा रहेर हरि नामसङ्कीर्तन, अखण्ड भागवत पाठ, स्मृतिपुराणादिको कथाश्रवण गर्नाले भगवान विष्णु प्रसन्न हुनुहुन्छ भन्ने मान्यता छ ।
सनातन हिन्दू धर्मावलम्बीका समस्त वैदिक कर्म र संस्कारहरूमा भगवान् विष्णुको नामोच्चारणका साथमा सङ्कल्प गर्ने प्रावधान छ । श्रावणदेखि कार्तिकसम्मको चार महिनाको अवधि भगवान् विष्णुको शयनावस्था हुने भएकाले आषाढमा पर्ने ठूली एकादशीपछि विवाहादि समस्त माङ्गलिक कार्यको अन्त्य हुने र कार्तिकमा पर्ने ठूली एकादशीबाट ती कर्मको शुभारम्भ हुन्छ भन्ने मान्यता पनि छ ।
पद्मपुराणको उत्तरखण्डमा एकादशीको महात्म्य उल्लेख गरिएको छ । उक्त माहात्म्यअनुसार हरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस एकादशीको व्रतले शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका सबै पापको अन्त्य हुन्छ र व्रत लिने व्यक्तिले मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ । यस एकादशीका दिन भक्तजनले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नानदान र होमादि गर्दछन्, ती सबै अक्षय पुण्यदायक हुन पुग्छन् । यस एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मावलम्बी गृहस्थीको आध्यात्मिक कर्तव्य हो भन्ने मान्यता पनि छ ।
यस एकादशीका दिन प्रत्येक गृहस्थीले आआफ्ना घरआँगनमा रोपेको तुलसीको बिरुवाको साजसज्जा गरी विवाहोत्सव गर्ने चलन पनि छ । यस सन्दर्भमा विभिन्न पुराणमा एउटा कथा भेटिन्छ - उहिले एउटा जालन्धर नामको बलशाली दैल्य थियो । ऊ अधार्मिक, दुष्ट र खराब आचरणको भए पनि उसकी पत्नी वृन्दा शीलस्वभाव र सौन्दर्यमा तीनै लोकमा विख्यात थिई । उसले आफ्नो सतीत्व नष्ट नहुन्जेल अखण्ड सौभाग्यको वरदान प्राप्त गरेकी थिई । एक पटक भगवान् महादेव र जालन्धरका बीचमा ठूलो युद्ध भयो । युद्धमा कुनै तरिकाले जालन्धर पराजित भएन । उसकी पत्नीको पातिव्रत्य धर्म समाप्त नहुन्जेल जालन्धरलाई हराउन नसक्ने रहस्य थाहा पाएर महादेवले विष्णुको सहयोग लिनुपर्यो । अनि भगवान् विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट बनाउनु भयो । अन्ततः महादेवले जालन्धरको बध गर्नुभयो । विष्णुले आफूसित छल गरेको चाल पाएपछि वृन्दाले उनलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णुले पत्थर भएर शालिग्रामका रूपमा परिवर्तित हुनुपर्यो ।
विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरी वृन्दालाई वरदान दिनुभयो र भन्नुभयो - 'तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ, म त्यस नदीमा शालिग्राम शीलाका रूपमा सदैव तिम्रा साथमा रहने छु । अनि तिम्रो केश तुलसीका रूपमा औषधीय गुणले युक्त वनस्पति भई उत्पन्न हुनेछ । प्रत्येक गृहस्थीले तुलसीको पूजा गर्नेछन् । मेरो पूजा र भक्ति गर्दा सदैव तुलसीपत्रको प्रयोग हुनेछ र तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ । आजबाट तिमी मेरा निम्ति लक्ष्मीसरह प्रिय रहने छौ, त्यसैले तिमी हरिप्रिया नामले प्रसिद्ध हुनेछौ ।'
भगवान् विष्णुको आशीर्वाद प्राप्त गरेकै दिनदेखि तुलसीको महत्त्व बढ्न गएको हो । आजको हरिबोधिनी एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई स्वर्गका देवतासरह प्रसन्नता प्राप्त हुन्छ भन्ने मान्यता पनि छ । अस्तु ।।

No comments:
Post a Comment