एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-
स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ॥
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूप हरेर्दिनात् ॥
अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरूमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।
कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः ब्राह्मणतर्पणैः। तेषां वै रूद्रसायुज्यं जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।
श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।
शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ। एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।
एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।
‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको 'हरिदिवस' र 'हरिवासर' पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-
अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
इ. शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।
ई. व्रत सम्पादन गर्न सजिलो हुनु।
उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।
'एकादशी' व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-
अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।
यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।
एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
वर्षभरिका एकादशीका नाम
* चैत्रमास - पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास - वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास - अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास - योगिनी एवं शयनी एकादशी।
* श्रावण मास - कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास - अजा एवं पद्मा एकादशी।
* अश्विन मास - इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास - रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष - मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास - सफला एवं पुत्रदा एकादशी।
* माघ मास - षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास - विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास - पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।
एकादशी व्रत सम्पादन गर्ने विधान
सनातन हिन्दूधर्मका पुराणादि शास्त्रमा वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु राम्रो हो भनिएको छ । सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा कम्तीमा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत भए पनि लिनु जाति हुन्छ बताइएको छ । त्यत्ति पनि गर्न सकिंदैन भने चौमासा अर्थात् चतुर्मास भरिमा आउने आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्मका सबै एकादशीको व्रत गर्नु वाञ्छनीय छ भनी उल्लेख गरिएको पाइन्छ । यत्ति पनि व्रत लिन अप्ठ्यारो वा असहज छ भने वर्षमा कम्तीमा दुईवटा आषाढ शुक्ल पक्ष (हरिशयनी) र कार्त्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा पर्ने एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ भन्ने मान्यता छ ।
एकादशीका दिन सकेसम्म अहोरात्र (२४ घण्टाको अवधि, दिनरात) पानीसमेत नखाई व्रतसम्पादन गर्नु पर्ने खास नियम हो । तर सबै वस्तु त्याग्दा शरीरमा कमजोरी उत्पन्न भई व्रतपालनामा विघ्न आउने भएकाले उक्त दिन पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ, तर अन्नादि ग्रहण गर्नु हुँदैन भन्ने हाम्रो सामाजिक परम्परा छ । व्रत भनेको त्याग हो, यसको अर्थ खानेकुरा मात्र त्याग्नु व्रत होइन, यस त्यागको अर्थ तपार्इंको शरीरमा भएका सबै किसिमका भोगवृत्तिलाई त्याग्नु भन्ने हो । मानिसका शरीरमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य नामका भावहरू विद्यमान हुन्छन् । यिनै भावका अधीनमा रही मानिसमा अनेकानेक भोगवृत्ति सिर्जना हुन्छन् । यी छ वटा भावहरूलाई शास्त्रले षड्रिपु अर्थात् छ जना शत्रुहरूको समूह भनेको पाइन्छ । त्यसैले केवल अन्नादिमात्र त्यागेर व्रत पूर्ण हुँदैन । अतः उमेर, रोग आदिका कारण भोकै बस्न नसक्ने परिस्थिति छ भने एकादशीका दिन केवल चामल मात्र नखाने गरेमा पनि व्रत लिनु पर्दछ, तर काम, क्रोधादि वृत्तिहरूलाई अनिवार्य रूपमा दमन गर्न सक्नुपर्दछ । व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ । गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ।
देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ । एकादशी तिथिका इष्ट देवता भगवान् नारायण हुन् । त्यसैले यस दिन व्रत लिने व्रतालुले भगवान् विष्णुको पूजा गर्नुपर्छ। यथासम्भव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ । पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती (दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतका दिन नित्यकर्मको समापन गरी घर नजिकै भगवान् विष्णुको मन्दिर छ भने मन्दिरमा गई अथवा घरकै पूजाकोठामा बसी गीता, भागवत वा विष्णुसम्बद्ध पौराणिक ग्रन्थको पाठ गर्नुपर्छ । आफूलाई पाठ गर्न आउँदैन भने पाठ गर्नसक्ने परिवारको कुनै सदस्य वा गुरुपुरोहितलाई पाठ गर्न लगाई आफूले श्रद्धाभक्तिपूर्वक उक्त पाठ श्रवण गर्नुपर्छ । यति गरेपछि भगवान् नारायणको प्रतिमा, मूर्ति वा फोटोका सामु उभिएर हातमा तिल, कुश र शुद्ध जल लिई प्रतिज्ञा (सङ्कल्प) गर्दै 'आज म दुष्ट स्वभाव भएका चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम सङ्कीर्तन गर्नेछु, 'ॐ नमो भगवते वासुदेवाय' यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असङ्ख्य दिव्य नामलाई मुखाग्र बनाउने छु' भनी आफूले त्याग्न सक्ने क्रियाकलाप त्याग गर्ने भनी बाचा गर्नुपर्छ । यस्तो सङ्कल्प गरेर भगवान् विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ - 'हे त्रिलोकपति ! मेरो प्रतिष्ठा र इज्जत हजुरको हातमा छ, त्यसैले मैले अहिले गरेका सङ्कल्प पूरा गर्ने शक्ति र सामर्थ्य प्रदान गर्नुहवस् । ' यसरी प्रतिज्ञावाक्य (सङ्कल्प) गरेपछि ती कुरालाई जसरी भए पनि पालना गर्नु पर्दछ । यदि बिर्सिएर कुनै प्रतिज्ञा भङ्ग भयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति भगवान् सूर्यनारायणको दर्शन अथवा भगवान् हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ । एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकालबाहेक अन्य समयमा घर बढार्नुहुदैन । यस दिन नङ्ग, केश आदि काट्नु हुन्न । धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ । यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैंकहाँ कुनै हालतमा पनि फिर्ता आउने गरी दान दिनु हुँदैन । असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु रहनुपर्छ । मैथुन, रिसराग, लोभलालच, तिर्सना, घमण्ड, अनावश्यक फूर्तिफार्ति, पूरा गर्न नकिने कुराकानी, असत्य वादन आदि कर्म गर्नु हुँदैन र यी वृत्तिहरू मनमा आउनसमेत दिनु हुँदैन । व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ । एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसैले व्रतको समाप्तिमा दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई भोजन, दक्षिणादि प्रदान गर्नु आवश्यक मानिन्छ । एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ।

No comments:
Post a Comment