मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह)का नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ । भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ । त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ । एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दु:खहरुको अन्त्य हुन्छ भने अर्कातिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा वर्णन गरिएको पाइन्छ । उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ । कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ । यसरी मङ्गलबारका दिन पर्ने भौम प्रदोषको व्रत लिएमा शिवजी, मङ्गल ग्रह, गणेशजी र हनुमानको एकसाथ उपासना र अाराधना गर्न सकिन्छ । भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ -
एक पटकको कुरा हो । भगवती पार्वती अाफ्ना सँगीहरूसित रमाइला कुराहरूमा भुलिनु भएको थियो । यसरी गफमा मस्त रहेका वेला पार्वती माता अचानक खित्का छाडेर हाँस्नुभयो । पार्वतीको हाँसोका साथमा उहाँको हास्यबाट एउटा डरलाग्दो विकराल पुरुष उत्पन्न भयो र हेर्दाहेर्दै ऊ पर्वतसरह विशालकाय अाकृति भएको राक्षस बन्यो । पार्वतीले अाफ्नो हाँसोबाट उत्पन्न भएको सन्ततिवत ठानेर उसको नाम ममतासुर राखिदिनु भयो र उसलार्इ अाफ्ना दाजु गणेशको उपासना गर्ने सुझाव दिंदै भन्नुभयो - गणेशको उपासनाबाट तिमीले अाफूलार्इ अावश्यक सबै वस्तु प्राप्त गर्न सक्दछाै । ममतासुरले पार्वतीलार्इ अनुरोध गर्यो, माते म दाजुको उपासना त गर्नेछु, तर मैले उपासना गर्न जानेकै छैन । त्यसपछि माता पार्वतीले 'भगवान् गणेशको षडक्षरी मन्त्र 'वक्रतुण्डाय हुम्' मन्त्रश्रवण गराउँदै गणेशजी प्रसन्न नहुन्जेल यही मन्त्रलार्इ निरन्तर उच्चारण गरेर बस' भन्नुभयो ।
माता पार्वतीलार्इ प्रणाम गरी ममतासुर तपस्या गर्न वनतर्फ लाग्यो । त्यहाँ उसले सम्बरासुर नामको अर्को दैत्यलार्इ भेट्यो । उसले ममतासुरलार्इ समस्त अासुरी विद्या सिकार्इ दियो । ती विद्याबाट विभूषित भएको ममतासुरले भगवान् गणेशको उपासनामा पनि उत्तिकै जोड दिंदै तपस्या गर्न थाल्यो । अाफूमा भएको अासुरी शक्तिको प्रयोग गरी पृथ्वी र अाकाशको मध्यभागमा वायुमण्डलमा अडिएर हज्जाराैं वर्षसम्म गणपतिको षडक्षरी मन्त्र जाप गरी ममतासुर तपस्यामा लीन भयो । उसको अखण्ड र अटल तपस्याबाट प्रसन्न भर्इ अादिपूज्य भगवान् गणेशले ममतासुरलार्इ दर्शन दिन बाध्य हुनुभयो । भगवान् गणेशको दर्शन पाएर कृतकृत्य भएको ममतासुरले सर्वप्रथम निष्ठा र भक्तिपूर्वक उहाँको पूजा गर्यो र अनुरोध गर्यो - 'भ्राताश्री ! यदि हजुर मसँग साँच्चिकै प्रसन्न हुनु भएको हो भने मलार्इ हजुरले यस ब्रह्माण्डको राज्याधिकार प्रदान गर्नुहोस् । युद्धका समयमा मैले कहिल्यै पराजित हुनु नपरोस् । ब्रह्मा, विष्णु वा साक्षात् त्रिलोकेश्वर महादेव नै मेरासामु अाउनु भएमा वहाँहरूलार्इ मैले जित्न सकाैं । म अजेय बन्न सकाैं ।' ममतासुरका यस्ता इच्छा सुनेपछि गम्भीर हुँदै भगवान् गणेशले भन्नुभयो - 'बालक ! तैंले असाध्य र दुरूह वरको याचना गरेको छस् । मेरो उपासना गरेको हुँदा मैले यी समस्त इच्छा पूर्ण हुने वरदान प्रदान गरें, तथास्तु । तर जुन दिन मैले अाफ्नो अपमान भएको अनुभूति गर्नेछु, त्यसदिनबाट यी वरदान स्वतः समाप्त हुनेछन् ।'

भगवान् गणेशबाट दिव्य वरदान प्राप्त गरेपछि ममतासुर सम्बरासुरकहाँ पुग्यो र अाफूले अजेय वरदान प्राप्त गरेको समाचार सुनायो । ममतासुरको पुरूषार्थ प्राप्ति भएकोमा हर्षित हुँदै सम्बरासुरले अाफ्नी अत्यन्त सुन्दरी छोरी मोहिनीको विवाह गरिदियो । यो समाचार दैत्यहरूका कुलगुरु शुक्राचार्यले पनि चाल पाए, त्यसपछि उनले ममतासुरलार्इ दैत्यहरूको राजा बनाए । राजा भएको केही समयपछि कुलगुरु शुक्राचार्यसँग अाफूले विश्वविजय गर्न चाहेको इच्छा ममतासुरले प्रकट गर्यो । शुक्राचार्यले उसलार्इ अाज्ञा दिंदै भने - 'हे राजन् ! हजुरको इच्छा पूर्ण हुनेछ, तर हजुरले याद राख्नुपर्छ, अाफ्नो विजयअभियान अघिपछि कहिल्यै पनि विघ्नेश्वर भगवान् गणपतिको विरोध कदापि गर्नु हुँदैन, किनभने अादिपूज्य भगवान् गणपतिको कृपा र अाशीषद्वारा नै तपार्इंले यो पद, प्रतिष्ठा र वैभव प्राप्त गर्नु भएको हो ।' ममतासुरले अाफ्नो अात्मबल, हिम्मत, साहस र दृढताको उपयोग गर्दै पराक्रमी सेनाका माध्यमले समस्त पृथ्वी र पाताल लोकमा कब्जा गर्यो । उसको लक्ष्य स्वर्गमाथि कब्जा गर्ने थियो, परिणामतः उसको र इन्द्रका बीचमा भीषण युद्ध भयो । उक्त युद्धमा रगतको खोलो नै बग्यो ।
ममतासुरका अगाडि इन्द्रको केही लागेन अन्त्यमा उसले स्वर्गमाथि कब्जा गरी छाड्यो । देव र दानवको युद्धमा भगवान् विष्णु र साक्षात् शिवले समेत ममतासुरका अगाडि घुँडा टेक्नु परेको थियो । अब सम्पूर्ण ब्रह्माण्डमा ममतासुरको शासन कायम भयो । देवताहरूमध्ये पनि कत्तिले स्वर्ग त्यागेर भाग्नु पर्यो भने कत्तिलार्इ ममतासुरले बन्दी र दास बनायो । ममतासुरको शासनकालमा धर्म, कर्म र वैदिक क्रियाकलापमा कसैको वास्ता भएन, सबै भोगविलास र मोजमज्जामा भुलिए । त्यसपछि देवताहरूले अाफ्नो दुःख र कष्ट निवारण गर्ने अनेकाैं उपाय गरे । तर उनीहरूको प्रयास निष्फल भयो । एक दिन अाफ्नो दुःख र पीडा निवारणका लागि कुनै उपाय सुझाउनका लागि भगवान् शिवको अाराधना गरे । देवताहरूको दुःखहरण गर्ने उपाय बताउँदै भोलेनाथले भन्नुभयो - ममतासुर मेरै अंशबाट पार्वतीको हास्यका माध्यमबाट उत्पन्न भएको हो । यसले भगवान् गणेशको अाराधना गरी दिव्यशक्ति र सामर्थ्य प्राप्त गरेको छ । त्यसैले तिमीहरूले भगवान् गणेशको प्रिय दिन मङ्गलबार र मेरो प्रिय तिथि त्रयोदशीको संयोग भएको प्रदोषका दिन व्रत गरी मेरो र गणेशको अाराधना गर । उक्त व्रतको प्रभावले प्रसन्न भएका गणेशले तिमीहरूको उद्धार गर्नेछन् ।'
शिवाज्ञा प्राप्त गरी सबै देवताहरूले भाैमप्रदोषका दिनदेखि विघ्नराज गणेशको पूजा गरे । त्यसपछि अाउने प्रत्येक प्रदोषको व्रत लिर्इ एक वर्षसम्म देवताहरूले शिवजी र गणेशको लगातार उपासना गरे । अर्को भाैमप्रदोषका दिन भगवान् गणेशको दर्शन पाए । देवताहरूले वहाँसित धर्मको उद्धार गर्न र ममतासुरको अत्याचारबाट मुक्ति दिलाउन अनुनय विनय गरे । त्यसपछि गणेशले नारदजीमार्फत सन्देश पठाउँदै ममतासुरलार्इ धर्मको अाचरण गर्न र अत्याचार समाप्त गर्न अादेश दिैदै उसले अाफ्नो शरणमा अाउनु पर्ने अादेश दिनुभयो । ममतासुरमा सुखसुविधा र पदको घमण्ड बढेको थियो । उसले नारदमार्फत सुनेको कुरालार्इ वास्ता गरेन । शुक्राचार्यले पनि उसलार्इ निकै सम्झाउने प्रयत्न गरे । तर पनि उसमा चेतना अाएन । ममतासुरको यस्तो दुष्ट प्रवृत्ति देखेर गणेशजी क्रोधित हुनुभयो र उसले अाफूलार्इ अपमान गरेको ठहर्याउनु भयो । गणेशजीलार्इ खिन्नता हुनासाथ ममतासुरमा प्राप्त भएका समग्र बल समाप्त भयो । उसको सामर्थ्य घटेको चाल पाउनासाथ देवताहरूले उसमाथि अाक्रमण गरिहाले । ममतासुरको पतन भयो र देवताहरूले पुनः राज्यश्री र सुखसम्मृद्धि प्राप्त गरे ।

सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर र अादिपूज्य गणपतिले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन् । शिव र गणेशको एकसाथ उपासना गर्न सकिने भाैम प्रदोषको ठूलो महिमा छ । जोसुकैले यस व्रतको सम्पादन गरेमा अाफूले गुमाएका पदप्रतिष्ठा, राज्यवैभव, सुखसम्मृद्धि र धनसम्पत्ति प्राप्त गर्न सक्दछन् । अानन्दपूर्वक जीवनयापन गरी तिनले अन्त्यमा शिवलोक प्राप्त गरी सायुज्यमुक्ति प्राप्त गर्दछन् । ऋणसापटीबाट मुक्ति प्राप्त गर्न पनि भौम प्रदोषको व्रत लिन सकिन्छ ।
No comments:
Post a Comment