Sunday, May 14, 2017

ज्येष्ठ महिनाको मासिक राशिफल

ज्येष्ठ महिनाको ग्रहस्थिति र जनजीवनमा पर्ने यसको प्रभाव
ज्येष्ठ महिनामा सूर्यले बृष राशिमा भ्रमण गर्दछन् । अन्य ग्रहहरूमध्ये सुरुमा मेष राशिमा रहेको बुध ग्रह १७ गते दिउँसो बृष राशिमा प्रवेश गर्नेछ । त्यस्तै वैशाखदेखि नै बृष राशिमा रहेको मङ्गल ग्रह यो महिनाभरि बृष राशिमा नै रहने सङ्केत छ । महिनाको सुरुमा कन्या राशिमा बक्री अवस्थामा रहेका बृहस्पति ज्येष्ठ ३० गते मार्गी हुने देखिन्छ, त्यस्तै बक्री अवस्थामैं रहेको शनिश्चर ग्रहले आगामी ०६ गते धनु राशि त्यागी बृश्चिक राशिमा प्रवेश गर्नेछ । मीन राशिमा उच्च गृहमा विचरणशील शुक्र ग्रह १७ गतेपछि मेष राशिमा पुग्ने देखिन्छ । राहु र केतु ग्रह यथावत् क्रमशः सिंह र कुम्भ राशिमा रहनेछन् । शनिको राशि परिवर्तनका कारण आगामी ०६ गतेपछि गत मकर राशिमा रहेको शनिश्चरको साढेसाती तथा बृष र कन्या राशिको अढैया आगामी कार्तिक मसान्तसम्मका लागि समाप्त भएको छ भने उक्त अवधिसम्म तुला राशिमा साढेसाती तथा मेष र सिंह राशिमा पुनः अढैयाको प्रकोप रहने अवस्था छ । अन्य समग्र ग्रहगोचरको मूल्याङ्कन गर्दा मीन लग्नमा सङ्क्रान्ति परेको तथा लग्नेश बृहस्पति बक्री रहेकाले मेलमिलाप र वार्ताका माध्यमबाट मात्र सम्पन्न हुने सरकारी कामकाजमा सत्तापक्ष र विपक्षको अहमका कारण विलम्ब र ढिलासुस्ती हुने छ, यद्यपि महिनाको उत्तरार्द्ध सन्तोषजनक हुनसक्छ । गृष्म ऋतुको प्रारम्भिक महिना भएकाले गर्मीमा उल्लेख्य बृद्धि हुनेछ, नयाँनयाँ रोगव्याधि र महामारीको प्रकोप देखिन सक्छ । धान्यादि वस्तुको मूल्यमा बृद्धि हुनेछ । देश कलह, झैझगडा र द्वन्द्वको चपेटामा फँस्नसक्छ । मोटर, गाडी, हवाइजहाज आदि सवारी दुर्घटनाको सङ्ख्यामा बृद्धि हुनेछ । सुन, चाँदीजस्ता धातुको मूल्यमा समेत बृद्धिको सङ्केत छ । ठाउँठाउँमा आँधीहुरी, आगलागी, अपहरण, चोरीडकैती आदि अप्रिय घटना घटेको दुःखद समाचार सुन्न पाइन्छ । तेलहन पदार्थको मूल्य आकासिने सङ्केत छ ।

ज्येष्ठ महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
राशिस्वामी मङ्गल र सूर्यको धनस्थानमा उपस्थिति रहेको देखिन्छ, त्यसैले आर्थिक दृष्टि यो महिना त्यति लाभदायी रहने सङ्केत छैन । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने वा चोरी हुने सङ्केत पनि छ । भाग्येश बृहस्पति पनि बक्री रहेको अवस्था छ, अतः व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेतता अपनाउनु आवश्यक छ । शत्रु र प्रतिस्पर्धीहरू बलिया हुनेछन् । तर छैटौं भावको बृहस्पति भएकाले मुद्दामामिला र अड्डाअदालतको कामका लागि राम्रो समय छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आफ्नै राशिमा सूर्यले प्रवेश गरेको छ, अतः यो महिना धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनु हुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सुरुमा भाग्येश बुध र महिनाको उत्तरार्द्धमा राशिपति शुक्रले बाह्रौं भावमा उपस्थिति जनाउनाले यस अवधिमा मानसिक तनाव र चिन्ता बढ्ने सङ्केत चाहिं देखिन्छ नै, खर्चको मात्रा बढने छ, धनमाल हराउने वा चोरी हुने सम्भावना छ, अनि सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता हुनसक्छ । तर महिनाको पूर्वार्द्धमा राशिस्वामी शुक्र राज्यस्थानमा रहेकाले खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । प्रत्येक प्रयासमा मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
उत्तरार्द्धका तुलनामा महिनाको पूर्वार्द्धमा केही शुभफल प्राप्त हुनेछन् । बाह्रौं घरमा रहेको सूर्य र मङ्गलको प्रभावले आम्दानीका मार्गहरू अवरुद्ध हुनेछन् । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ, होस राख्नुपर्छ । व्यवहारिक खर्चको मात्रा बढ्ने छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । यद्यपि १७ गतेसम्म राशिस्वामी बुधले राज्यस्थान ओगटेको हुँदा केही सन्तोष जनक अवस्था देखिन्छ । लामो दूरीको यात्रा गर्ने सम्भावना छ । व्यापार÷व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । भाग्येश शनि बक्री रहेको हुँदा अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने योग छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
राज्यस्थानमा रहेको सूर्य र पञ्चमेश मङ्गलको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । भाग्येश बृहस्पति बक्री भएकाले केही नकारात्मक फल पनि प्राप्त हुनसक्छन् । दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनु ठिक हुन्छ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । घरव्यवहारमा असुरक्षाको भावना विकसित हुनसक्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
कर्मक्षेत्रमा राशिस्वामी सूर्य र मङ्गलको प्रभाव रहेकाले जेठ महिना अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । आयमूलक र फलदायी यात्राको सम्भावना छ । आर्थिक समस्याहरू हल हुनसक्छन् । सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । तर पञ्चमेश बृहस्पति बक्री रहेकाले सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । सन्ततिको उन्नतिप्रगति र स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । बढी आशावादी हुनु उचित होइन, तथापि यो महिना राम्रो महिना छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
महिनाको १७ गतेसम्म राशिस्वामी बुध आठौं भावमा रहने भएकाले महिनाको पूर्वार्द्धका तुलनामा उत्तरार्द्ध असल छ, उता भाग्यमा रहेको सूर्य र मङ्गलले मिश्रित प्रभाव प्रदान गर्नेछ । लामो यात्रा सफल हुनेछैन तर उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । ज्येष्ठ १७ गतेपछि मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् । सातौं शुक्रले महिनाको प्रारम्भमा नै आनन्दप्रद यात्राको सङ्केत गर्दैछ । सामान्यतया यस महिनाको ०२, ०९, १०, ११, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आठौं भावमा सूर्यको प्रवेश भएको छ । विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । तर १७ गतेसम्म भाग्येश बुध सातौं भावमा रहनाले प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । प्रतिस्पर्धामा सफलता हाासिल हुनेछ । ०६ गतेपछि पञ्चमेश शनिश्चर दोस्रो भावमा बक्र गतिका साथमा आउने हुँदा आम्दानीका मार्ग अवरुद्ध हुनसक्छन् । तर नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत देखिन्छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१,  गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
सातौं भावमा बसेको सूर्य र राशिस्वामी मङ्गलको प्रभाव त्यति अनुकूल हुँदैन । मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ । यद्यपि एघारौं घरमा रहेको भाग्येश बृहस्पतिको प्रभावले यस महिनालाई उत्साहपूर्ण समय मान्दा हुन्छ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । राशिस्वामीको आफ्नो राशिमा पूर्णदृष्टि रहने हुँदा विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि बढ्ने छ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
छैठौं भावमा बसेका सूर्य र मङ्गलको प्रभावले पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । राशिस्वामी बृहस्पति कर्मक्षेत्रमा बक्री रहेकाले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सङ्घर्षका बाबजुद सफल हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनसक्छ । पारिवारिक जीवन सुखद हुनेछ । शनिश्चरले ०६ गतेपछि बाह्रौं भावमा प्रवेश गर्ने हुँदा आर्थिक पक्षमा बाधा पुग्नसक्छ । सामान्यतया यस महिनाको ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
पाँचौं भावको सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । उता बक्री नै भए पनि राज्यस्थानमा राशिस्वामी शनिश्चरको प्रभाव रहने भएकाले दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । तर दोस्रो घरमा रहेको केतुले मुखलाई अनियन्त्रित बनाउन सक्छ, सचेत हुनुपर्छ र खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
चतुर्थ भावमा बसेको सूर्य र कर्मेश मङ्गल तथा कर्मक्षेत्रमा जाने राशिस्वामी शनिश्चरको प्रभावले यो महिना कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । यद्यपि १७ गतेसम्म तृतीय भावमा रहने पञ्चमेश बुधका कारण मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । त्यस्तै भाग्येश शुक्रको प्रभावले परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
तृतीय भावमा बसेका सूर्य र भाग्येश मङ्गलको प्रभावले यो महिना राम्रो महिना छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । राशिस्वामी बक्री रहेकाले धेरै हौसिनु उचित हुँदैन, यद्यपि समग्रमा यो उत्तम समय छ । दाम्पत्य जीवनमा सामान्य चिसोपन देखिन सक्छ । कुनैकुनै समयमा मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । काम ढिलो सम्पन्न हुनेछ । १७ गतेसम्म तृतीयेश शुक्र आफ्नै राशिमा रहेकाले उक्त अवधिभित्र उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

२०७४ ज्येष्ठ ०१ गते सोमबार/२०१७ मई १५ (कृष्ण चतुर्थी)
ज्येष्ठ सङ्क्रान्तिसाहित्यकार रामकृष्ण शर्मा जयन्ती
शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा),
२०७४ ज्येष्ठ ०२ गते मङ्गलबार/२०१७ मई १६ (कृष्ण पञ्चमी)

शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि),
२०७४ ज्येष्ठ ०३ गते बुधबार/२०१७ मई १७ (कृष्ण षष्ठी)
मदनआश्रित स्मृति दिवस
रुद्राभिषेक(रुद्रीपूजा)चूडाकर्म(छेवर),कर्णवेध(कान छेड्ने)अक्षरारम्भशिलान्यास (सामान्य)दैलो राख्नेपुराणश्रवण,
२०७४ ज्येष्ठ ०४ गते बिहीबार/२०१७ मई १८ (कृष्ण सप्तमी)
अष्टमी व्रत
अन्नप्राशन(पास्नी)अग्निवास(होमादि),चूडाकर्म(छेवर)कर्णवेध(कान छेड्ने),शिलान्यास (सामान्य)द्रव्यप्रयोग वा लगानीदैलो राख्नेपुराणश्रवण,
२०७४ ज्येष्ठ ०५ गते शुक्रबार/२०१७ मई १९ (कृष्ण अष्टमी)
गोरखकाली पूजा
रुद्राभिषेक(रुद्रीपूजा)कर्णवेध(कान छेड्ने),   द्रव्यप्रयोग वा लगानीडेरा सर्ने,
२०७४ ज्येष्ठ ०६ गते शनिबार/२०१७ मई २० (कृष्ण नवमी)

ब्रतबन्ध (उपनयन)अग्निवास(होमादि)कलशचक्र,
२०७४ ज्येष्ठ ०७ गते आइतबार/२०१७ मई २१ (कृष्ण दशमी)

शुभविवाहअग्निवास(होमादि)कलशचक्र,
२०७४ ज्येष्ठ ०८ गते सोमबार/२०१७ मई २२ (कृष्ण एकादशी)
अपरा एकादशी व्रत
शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)पसल थाप्नेशिलान्यास (सामान्य)गृहप्रवेश,डेरा सर्नेदैलो राख्नेकलशचक्र,
२०७४ ज्येष्ठ ०९ गते मङ्गलबार/२०१७ मई २३ (कृष्ण द्वादशी)
भौमप्रदोष व्रत
रुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि),कलशचक्र,
२०७४ ज्येष्ठ १० गते बुधबार/२०१७ मई २४ (कृष्ण त्रयोदशी)
सिथिचह्रे पूजा (नेवारी पर्व)
रुद्राभिषेक(रुद्रीपूजा),
२०७४ ज्येष्ठ ११ गते बिहीबार/२०१७ मई २५ (कृष्ण  अमावस्या)
दर्श श्राद्धबटसावित्री व्रतशनि जयन्तीनिशि तथा हलो बार्ने दिन
अग्निवास(होमादि),
२०७४ ज्येष्ठ १२ गते शुक्रबार/२०१७ मई २६ (शुक्ल प्रतिपदा)
दशहरा स्नान प्रारम्भगोसाइँकुण्ड स्नान प्रारम्भ
अग्निवास(होमादि)पसल थाप्नेशिलान्यास (सामान्य)डेरा सर्नेदैलो राख्ने,
२०७४ ज्येष्ठ १३ गते शनिबार/२०१७ मई २७ (शुक्ल द्वितीया)
चन्द्रोदयमहाराज छत्रशाल जन्मजयन्ती (कृष्णप्रणामी)द्विपुष्कर योग बेलुका ०९।०३ बजेसम्म
रुद्राभिषेक(रुद्रीपूजा)द्रव्यप्रयोग वा लगानीघर छाउने/ढलान गर्ने,
२०७४ ज्येष्ठ १५ गते सोमबार/२०१७ मई २९ (शुक्ल चतुर्थी)
गणतन्त्र दिवससगरमाथा विजय दिवस
अग्निवास(होमादि),
२०७४ ज्येष्ठ १६ गते मङ्गलबार/२०१७ मई ३० (शुक्ल पञ्चमी)

रुद्राभिषेक(रुद्रीपूजा),
२०७४ ज्येष्ठ १७ गते बुधबार/२०१७ मई ३१ (शुक्ल षष्ठी)
कुमार षष्ठीचण्डिकाभगवती यात्रा (भक्तपुर)विश्व धूमपानरहित दिवससिथिनख (नेवारी पर्व)
रुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि),अक्षरारम्भकलशचक्र,
२०७४ ज्येष्ठ १८ गते बिहीबार/२०१७ जुन ०१ (शुक्ल सप्तमी)
कुमार यात्रा। साहित्यकार गोपालप्रसाद रिमाल स्मृति दिवस
रुद्राभिषेक(रुद्रीपूजा)कलशचक्र,
२०७४ ज्येष्ठ १९ गते शुक्रबार/२०१७ जुन ०२ (शुक्ल अष्टमी)
अष्टमी व्रतगोरखकाली पूजावायु अष्टमीश्री ५ वीरेन्द्र स्मृति दिवस
शुभविवाहअग्निवास(होमादि)कलशचक्र,
२०७४ ज्येष्ठ २० गते शनिबार/२०१७ जुन ०३ (शुक्ल नवमी)

शुभविवाहब्रतबन्ध (उपनयन)रुद्राभिषेक(रुद्रीपूजा)कलशचक्र,
२०७४ ज्येष्ठ २१ गते आइतबार/२०१७ जुन ०४ (शुक्ल दशमी)
गङ्गा दशहरागङ्गापूजा (रामेश्वरदक्षिणभारत)हत्यामोचन तीर्थस्नानहृषिकेशोत्सव (रुरु रिडीक्षेत्रगुल्मी)बज्रगुरु पद्मसम्भव जयन्तीगोसाइँकुण्ड स्नानसमाप्ति,साहित्यकार भवानी भिक्षु जयन्ती
शुभविवाहअग्निवास(होमादि)कलशचक्र,
२०७४ ज्येष्ठ २२ गते सोमबार/२०१७ जुन ०५ (शुक्ल एकादशी)
निर्जला एकादशी व्रततुलसीको दल राख्ने दिनविश्ववातावरण दिवसश्री ५ दीपेन्द्र स्मृति दिवस
शुभविवाहचूडाकर्म(छेवर)कर्णवेध(कान छेड्ने)अक्षरारम्भपसल थाप्नेगृहप्रवेशद्रव्यप्रयोग वा लगानीघर छाउने/ढलान गर्नेडेरा सर्नेकलशचक्र,
२०७४ ज्येष्ठ २३ गते मङ्गलबार/२०१७ जुन ०६ (शुक्ल द्वादशी)
प्रदोष व्रत
शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि)कलशचक्र,
२०७४ ज्येष्ठ २४ गते बुधबार/२०१७ जुन ०७ (शुक्ल त्रयोदशी)

शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)कलशचक्र,
२०७४ ज्येष्ठ २५ गते बिहीबार/२०१७ जुन ०८ (शुक्ल चतुर्दशी)
पूर्णिमा व्रत
शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि)पुराणश्रवण,
२०७४ ज्येष्ठ २६ गते शुक्रबार/२०१७ जुन ०९ (शुक्ल  पूर्णिमा )
मष्टो पूर्णिमामन्वादिगैडुपूजापनौती स्नानभैरवभद्रकाली इन्द्रेश्वर रथयात्रा (पनौतीकाभ्रे)ज्यापुह्नि (नेवारी पर्व)

२०७४ ज्येष्ठ २७ गते शनिबार/२०१७ जुन १० (कृष्ण प्रतिपदा)

शुभविवाहरुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि),
२०७४ ज्येष्ठ २८ गते आइतबार/२०१७ जुन ११ (कृष्ण द्वितीया)

अग्निवास(होमादि),
२०७४ ज्येष्ठ ३० गते मङ्गलबार/२०१७ जुन १३ (कृष्ण चतुर्थी)
मङ्गलचतुर्थी व्रत
रुद्राभिषेक(रुद्रीपूजा)अग्निवास(होमादि),
२०७४ ज्येष्ठ ३१ गते बुधबार/२०१७ जुन १४ (कृष्ण पञ्चमी)
धनिष्ठा पञ्चक प्रारम्भ
अन्नप्राशन(पास्नी)रुद्राभिषेक(रुद्रीपूजा),चूडाकर्म(छेवर)कर्णवेध(कान छेड्ने),अक्षरारम्भशिलान्यास (सामान्य)दैलो राख्नेपुराणश्रवण,

No comments:

Post a Comment