Friday, March 17, 2017

सङ्कष्टनामाष्टकम् (सङ्कटा स्तोत्र)

राज्यभ्रंशाग्निदाहो गृहपुरनगरग्रामगोष्ठेषु पुंसां
तृष्णारोगाङ्गधातुक्षयविकृतिरथो पुत्रकान्तावियोगः ।
चेत्स्यान्मोहोऽरिभीतिः कृशतनुलतिकासङ्कटायाः विरोधो
नोमृत्युर्जन्मकालाद्यमपि हि विना सङ्कटां योगिनीजम् ॥

सङ्कटा शब्दले आपत्, विपत् र अप्ठ्यारो परिस्थितिको बोध गर्दछ । राहु ग्रह र केतु ग्रहसँग सम्बन्ध हुने भएकाले सङ्कटा योगिनीको प्रकृति दुर्इ किसिमको हुन्छ - सङ्कटा र विकटा । यस योगिनीको समयावधि ८ वर्षको हुन्छ जसमध्ये सुरुको चार वर्ष सङ्कटाका रूपमा र अन्तिम चार वर्ष विकटाका रूपमा यस योगिनीले जातकलार्इ फल प्रदान गर्दछ ।

नेपालमा प्रचलित ज्योतिषीय परम्पराबमोजिम सङ्कटाको नामले राहुकी पत्नी र विकटाको नामले केतुकी पत्नीको भूमिका सङ्कटा योगिनीमा प्राप्त हुन्छ भन्ने मान्यता छ । अतः सङ्कटाको सुरुको चार वर्षमा जातकले राहु ग्रहको फल पाउने तथा अन्तिम चार वर्षमा केतु ग्रहको फल प्राप्त गर्ने गर्दछ । मूलतः सङ्कटाको अवधिमा जातकले आफ्नो कुण्डलीमा राहु र केतुले निर्वाह गरेको भूमिकाअनुरूप फल भोग्नु पर्दछ, यद्यपि फलका दृष्टिले सङ्कटालार्इ अशुभ नै मान्ने गरिन्छ ।

सङ्कटाको महादशा चलेको वेला धन, मान, यश र पदप्रतिष्ठामा आघात पुग्दछ । कहिले चोरीडकैती, अग्निभय अथवा कुनै उपद्रवमा परी धनसम्पदाको नाश हुन्छ भने कहिले शारीरिक दुर्बलता, परिवारजनसँगको विछोड, सुनचाँदी आदि धातुको नोक्सानी आदिका कारण तनाव र पीडा ब्यहोर्नु पर्दछ । तृतीय वा अष्टमभावमा बसेको राहुले जातकको जीवनलाई नै समाप्त पार्ने सम्भावना पनि हुन्छ । यस अवधिमा जातकमा मनोमानी, जिद्दीप्रवृत्ति, कुसङ्गत, स्वार्थीपन र व्यभिचारको बृद्धि हुन्छ । उच्चाकाङ्क्षा, अनैतिक कर्म र गैरकानुनी काममा झुकाव बढ्नाले अाफ्नै कारणले मनुष्यले अनेकाैं हन्डर र ठक्कर ब्यहोर्ने स्थिति पनि अाउँछ । सङ्कीर्ण र सङ्कुचित भावनाको उदय हुन्छ । लोभ र स्वार्थका कारण अपयशको भागी बन्नु पर्दछ ।

सामान्यतया सङ्कटा योगिनीको सुरुदेखि अन्त्यसम्म कुनै पनि समयमा राम्रो फल प्राप्त गर्ने अाशा गर्न सकिंदैन । अझ यस योगिनीको समयमा सूर्य ग्रहको समय आएमा सामाजिक अपयश, पदच्युत, वाहन दुर्घटना, टाउकोको व्यथा आदि प्राप्त हुन्छ । चन्द्रमाको समयमा मानसिक खिन्नता, मङ्गलको समयमा घाउचोट, चिरफार, अप्रेसन आदि, बुध र सङ्कटामा बाझोजुझो, झैझगडा, बृहस्पति र सङ्कटामा बकबक गर्न मन लाग्ने,  धेर बोल्ने, जिद्दीपन बढ्ने, पित्तको रोग, कब्जीयत वा पाचनप्रणालीका विकार, शुक्र र सङ्कटामा यौनग्रन्थीमा समस्या, यौन व्यभिचारको सम्भावना, प्रेमीप्रेमिकाको विछोड तथा शनि र सङ्कटाको समयमा परिवारजनसँग विछोड, मानसिक कमजोरी र डिप्रेसन हुने सम्भावना बढी हुन्छ । राहु वा केतुसँग सङ्कटा योगिनीको संयोग छ भने आर्थिक र मानसिक तनाव त बढ्छ नै, शारीरिक कष्टका कारण व्यक्तिको मृत्यु नै हुने खतरा पनि हुन्छ ।

महादशामा मात्र होइन, यस योगिनीको अन्तर्दशा पनि घातक हुन्छ भनी मानसागरी नामक ज्योतिषीय ग्रन्थमा उल्लेख गरिएको छ :-

भ्रामर्यां च तथोल्कायां सङ्कटान्तर्दशा यदि । तदा तु यमराजस्य सदनं प्राप्यते नृभिः ॥
भ्रामरी वा उल्काको महादशामा सङ्कटाको अन्तर्दशा प्राप्त भएमा मृत्यु हुने लक्षण हुन्छ । त्यसैले सङ्कटा योगिनीको दशामा मात्र होइन, अन्तर्दशा कालमा समेत व्यक्तिले सचेत हुनुपर्दछ ।

यहाँ सङ्कटा योगिनीलाई प्रसन्न तुल्याउने स्तोत्रको उल्लेख गरिएको छ । यस स्तोत्रलाई शनिबार वा अष्टमीका दिन देखि प्रारम्भ गरी दैनिक रूपमा पाठ गर्दा सङ्कटा योगिनीले प्रदान गर्ने अशुभफलको निवारण वा न्यूनीकरण हुन्छ भन्ने मान्यता छ ।

ध्यानम्‌
ध्यायेऽहं परमेश्वरीं दशभुजां नेत्रत्रयोद्भूषितां
सद्यः संकटतारिणीं गुणमयीमारक्तवर्णां शुभाम्‌।
अक्षस्रग्जलपूर्णकुम्भकमलं शंखं गदां बिभ्रतीं
त्रैशूलं डमरुश्च खड्गविधृतां चक्राभयाढ्यां पराम्‌॥

नारद उवाच

जैगीषव्य मुनिश्रेष्ठ सर्वज्ञ सुखदायक । आख्यातानि सुपुण्यानि श्रुतानि त्वत्प्रसादतः ॥ १ ॥
न तृप्तिमधिगच्छामि तव वागमृतेन च । वदस्वैकं महाभाग सङ्कटाख्यानमुत्तमम् ॥ २ ॥
इति तस्य वचः श्रुत्वा जैगीषव्योऽब्रवीत्ततः । सङ्कटनाशनं स्तोत्रं श्रृणु देवर्षिसत्तम ॥ ३ ॥
द्वापरे तु पुरा वृत्ते भ्रष्टराज्यो युधिष्ठिरः । भ्रातृभिः सहितो राज्यनिर्वेदं परमं गतः ॥ ४ ॥
तदानीं तु ततः काशीं पुरीं यातो महामुनिः । मार्कण्डेय इति ख्यातः सह शिष्यैर्महायशाः ॥ ५ ॥
तं दृष्ट्वा स समुत्थाय प्रणिपत्य सुपूजितः । किमर्थं म्लानवदन एतत्त्वं मां निवेदय ॥ ६ ॥

युधिष्ठिर उवाच

सङ्कष्टं मे महत्प्राप्तमेतादृग्वदनं ततः । एतन्निवारणोपायं किञ्चिद् ब्रुहि मुने मम ॥ ७ ॥

मार्कण्डेय उवाच

आनन्दकानने देवी सङ्कटा नाम विश्रुता । वीरेश्वरोत्तमे भागे पूर्वं चन्द्रेश्वरस्य च ॥ ८ ॥
श्रृणु नामाष्टकं तस्याः सर्वसिद्धिकरं नृणाम् । सङ्कटा प्रथमं नाम द्वितीयं विजया तथा ॥ ९ ॥
तृतीयं कामदा प्रोक्तं चतुर्थं दुःखहारिणी । शर्वाणी पञ्चमं नाम षष्ठं कात्यायनी तथा ॥ १० ॥
सप्तमं भीमनयना सर्वरोगहराऽष्टमम् । नामाष्टकमिदं पुण्यं त्रिसंध्यं श्रद्धयाऽन्वितः ॥ ११ ॥
यः पठेत्पाठयेद्वापि नरो मुच्येत सङ्कटात् । इत्युक्त्वा तु द्विजश्रेष्ठमृषिर्वाराणसीं ययौ ॥ १२ ॥
इति तस्य वचः श्रुत्वा नारदो हर्षनिर्भरः । ततः सम्पूजितां देवीं वीरेश्वरसमन्विताम् ॥ १३ ॥
भुजैस्तु दशभिर्युक्तां लोचनत्रयभूषिताम् । मालाकमण्डलुयुतां पद्मशङ्खगदायुताम् ॥ १४ ॥
त्रिशूलडमरुधरां खड्गचर्मविभूषिताम् । वरदाभयहस्तां तां प्रणम्य विधिनन्दनः ॥ १५ ॥
वारत्रयं गृहीत्वा तु ततो विष्णुपुरं ययौ । एतत्स्तोत्रस्य पठनं पुत्रपौत्रविवर्धनम् ॥ १६ ॥
सङ्कष्टनाशनं चैव त्रिषु लोकेषु विषुतम् । गोपनीयं प्रयत्नेन महावन्ध्याप्रसूतिकृत् ॥ १७ ॥

॥ इति श्रीपद्ममहापुराणे सङ्कष्टनामाष्टकं सम्पूर्णम् ॥

No comments:

Post a Comment