Friday, March 31, 2017

भोलिको राशिफल (२०७३ चैत्र २० गते आइतबार/२०१७ अप्रिल ०२)

भोलि वि.सं. २०७३ चैत्र २० गते आइतबार तदनुसार ई. सं. २०१७ अप्रिल ०२ तारिख

भोलिको चाडपर्व र उत्सव : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत कात्यायनी भगवतीको आराधना गर्ने दिन, द्विपुष्कर योग बेलुका ०७ बजेर ४१ मिनेटदेखि भोलिपल्ट बिहान ५ बजेर २८ मिनेटसम्म,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), 

चैत्र शुक्लपक्षको षष्ठी तिथि, बेलुका ०७:४३ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
रोहिणी नक्षत्र, बिहान ०७:०३ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र,
भोलिको चन्द्रमा बृष राशिमा, साँझ ०६:१५ बजेसम्म, त्यसपछि मिथुन राशिमा,
सौभाग्य योग, मध्यरात्रीपछि ०१:२१ बजेसम्म, त्यसपछि शोभन योग,
सुरुमा कौलव करण बिहान ०८:५५ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०७:४४ बजेसम्म, अन्तिममा गर करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :– 
राहु काल : साँझ ०४:४८ देखि ०६:२१ सम्म
यमघण्ट : दिउँसो १२:०९ देखि ०१:४२ सम्म
गुलिक काल : दिउँसो ०३:१५ देखि ०४:४८ सम्म

भोलिको बारबेला :–
उद्वेग वारवेला : सूर्योदयपूर्व ०५:५६ देखि ०७:२९ सम्म, साँझ ०४:४८ देखि ०७:४८ सम्म र मध्यरात्रीपछि ०४:३० देखि ०५:५६ सम्म
शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१५ सम्म र बेलुका ०७:४८ देखि ०९:१५ सम्म
अमृत वारवेला : दिउँसो १०:३५ देखि १२:०९ सम्म र बेलुका ०९:१५ देखि १०:४२ सम्म
चर वारवेला : बिहान ०७:२९ देखि ०९:०२ सम्म र बेलुका १०:४२ देखि १२:०९ सम्म
रोग वारवेला : दिउँसो ०३:१५ देखि ०४:४८ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:३५ सम्म
काल वारवेला : दिउँसो १२:०९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:३५ देखि ०३:०२ सम्म
लाभ वारवेला : बिहान ०९:०२ देखि १०:३५ सम्म र मध्यरात्रीपछि ०३:०२ देखि ०४:३० सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो समय नै छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ । तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ । विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्न सक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ ।

No comments:

Post a Comment